एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकी र मध्यपूर्वका १२ देशका नागरिकमाथि अमेरिका आउन लगाएको प्रतिबन्ध सोमबारदेखि लागू भएको छ।
ट्रम्प प्रशासनको आप्रवासन नीतिको विरोध भइरहेको छ अनि यही विषयमा लस एन्जलसमा हिंसा भड्किएको समयमा यो प्रतिबन्ध लागू भएको छ।
यात्रा प्रतिबन्ध लगाइएका १२ देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन्। यति मात्रै होइन। अमेरिका बाहिर रहेका अनि मान्य भिसा नभएका बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूमाथि भिसा प्रतिबन्धहरू कडा पारिएको छ।
प्रतिबन्ध लागू हुनुभन्दा पहिले नै अमेरिकी भिसा जारी भइसकेकाहरूमा यो प्रतिबन्ध लागू हुनेछैन। यस सम्बन्धमा सबै अमेरिकी दूतावासहरूलाई निर्देशिका जारी गरिएको छ।
अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइएका देशका नागरिकहरूलाई अमेरिका प्रवेश गर्न निषेध गरिनेछ र पर्यटक भिसा, विद्यार्थी भिसा, कार्य भिसा र आप्रवासी भिसा दिइने छैन। आंशिक प्रतिबन्ध अन्तर्गत, ती देशका नागरिकहरूलाई निश्चित प्रकारका भिसाहरू मात्र प्राप्त गर्न प्रतिबन्ध लगाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।