• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
माेहना नदीले धार परिवर्तन गर्दा वर्षेनी कटानको त्रास
64x64
शेरबहादुर ऐर शनिबार, साउन १०, २०७७  ०८:००
1140x725

धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का बासिन्दा हरेक वर्ष मोहना नदीको कटानबाट हैरान भइसकेका छन्। नदीले हरेक वर्ष धार परिवर्तन गर्दा स्थानीयले थप सास्ती र त्रास भोगिरहेका छन्। स्थानीय भन्छन्, 'नदी नजिक खुला चौर तथा निर्माणाधीन पुलका कारण मोहना नदीले हरेक वर्ष धार परिवर्तन गरिरहेको छ। कतिबेला नदीको धार बस्तीतिर फर्किन्छ भन्ने डर भइरहन्छ।'

चार/पाँच वर्षअघि कैलालीको धनगढी र कञ्चनपुरको राजघाट जोड्ने पुलको पश्चिममा रहेको पहिलो र दोस्रो पिल्लरको बीचबाट बग्दै आएको मोहना नदीको भंगालो अहिले धार परिवर्तन गर्दै तेस्रो पिल्लरसम्म आइपुगेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का स्थानीय दुर्गाप्रसाद ओझाले भने, 'मोहना नदीले हरेक वर्ष सात/आठ मिटर कटान गरिरहेको छ।' उनले तीन वर्षको अवधिमा मोहना नदीले आठ/दश बिघा जग्गा कटान गरिसकेको बताए। यो क्रम रोकिएन भने शान्ति सामुदायिक वन र भर्खरै निर्माण गरिएको गौशाला पनि कटानमा पर्ने उनकाे भनाई छ।

विगतमा पश्चिमतिरबाट बग्ने मोहना नदी अहिले पूर्वतिरबाट बगिरहेको छ। स्थानीय चन्द्र चौधरीले भने, 'हरेक वर्ष मोहना नदी कटानका कारण बस्तीमा बाढी पस्ने त्रास कायमै छ। नदी कटानका कारण शान्ति सामुदायिक वनको केही भाग मोहना नदीमै समाहित भइसकेको छ।' मोहना नदीले कहिले कञ्चनपुरतिरको जग्गा कटान गरिरहेको छ भने कहिले कैलालीतिरको जग्गा कटान गरिरहेको छ। 

धेरै वर्षा भएमा नदीले कतातिर बढी क्षति पुर्‍याउँछ भन्ने टुंगो नै हुँदैन। पछिल्ला तीन/चार वर्षदेखि मोहना नदीको धार कैलालीतिर फर्किएको छ। अहिले केही दिनदेखि कैलालीसहित सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। अविरल वर्षाका कारण मोहना नदीको बहाव पनि घटबढ हुने क्रम जारी छ। बिहीबार मोहना नदीमा पानीको बहाव बढेको थियाे।

मोहना नदी अहिले गौशाला र खुल्ला चौरको भागतिरै बगिरहेको छ। स्थानीयहरुले भने, 'लगातार तीन/चार दिन वर्षा हुने हो भने मोहना नदीको बहावले गौशाला र शान्ति सामुदायिक वनमा बढी असर गर्ने खतरा छ।' स्थानीयले मोहना नदीको कटान नियन्त्रण गर्न गत वर्ष बासका काठ राखेर तटबन्धको प्रयास गरेका थिए। 'मोहना नदीले जग्गा कटान नहोस् भनेर हामीले नदी किनारमा बासका काठहरु राखेर तटबन्ध बनायौं, तर गत वर्ष नै तीनचार मिटर कटान गर्‍यो,' स्थानीयले भने।

चौधरीले मोहना नदीबाट हुन सक्ने सम्भावित जोखिमलाई कम गर्न तटबन्धनका कार्यक्रम लागू गर्नुपर्ने बताए। उनले भने, 'फाप्ला क्रिकेट खेल मैदानसम्म अहिले तटबन्धन गरेका कारण नदीबाट हुन सक्ने जोखिम केही कम भएको छ, तर यतातिर अहिलेसम्म काम अघि बढन सकेको छैन।'

२०७० सालदेखि भएका संघीय संसदको निर्वाचन होस् वा पछिल्लो स्थानीय तहको निर्वाचन अथवा प्रदेश सभा सदस्यको निर्वाचनताका प्रत्येक राजनीतिक दल तथा उम्मेदवारहरुले मोहना नदीमा तटबन्धनका कार्यक्रम अघि बढाउने आश्वासन दिएका थिए। तर, स्थानीय निर्वाचन भएको तीन वर्ष भइसकेको छ। त्यस्तै, पछिल्लो संघीय तथा प्रदेश संसदका लागि निर्वाचन भएको अढाई वर्ष बढी भइसकेको छ, तर मोहना नदीमा तटबन्धन कार्यक्रमको सुरसार नै भएको छैन। 

दुर्गाप्रसाद ओझाले वर्षेनी मोहना नदीले जमिन काट्दै जाने, तर नेताहरु निर्वाचन जितेपछि फर्केर नआउने हुँदा अब तटबन्धन बन्ने आश मरिसकेको बताए। धनगढी उपमहानगरपालिका पनि मोहना नदीमा तटबन्धन निर्माणको जिम्मेवारी संघीय र प्रदेश सरकारको भएको भन्दै पन्छिदै आएको स्थानीयको आरोप छ। धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले ठूला तटबन्धनका कार्यक्रम नभएकाे बताए। 'हामी प्रदेश तथा संघीय सरकारसंग मोहना नदी कटान रोक्न समन्वय गरिरहेका छौं', उनले भने। नगर प्रमुख वडले आर्थिक वर्ष २०७७/७८ मा जसरी पनि मोहना नदीमा तटबन्धन निर्माण कार्यक्रम अघि बढाउन पहल गरिने प्रतिबद्धता व्यक्त गरे।

धनगढी उपमहानगरपालिकाले हरेक वर्ष डुबान रोक्न नाली सरसफाइ अभियान सञ्चालन गरिरहेको जनाएको छ। नगर प्रमुख वडले खोला तथा नाली अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्दा उपमहानगरपालिकामा डुवानको जोखिम बढेको बताए। 'हामीले खोलानाली अतिक्रमण हटाउने प्रयास गरिरहेका छौं', उनले भने।

प्रकाशित मिति: शनिबार, साउन १०, २०७७  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' चिनियाँ सुरक्षा अधिकारीले अनुमतिबिना प्रवेश गरेको भन्दै रसुवागढी पारि चिनियाँ भूमिमा सेनाको हेलिकोप्टर ल्याण्ड गराएका हुन् । मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच... मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अब गभर्नर पौडेलले निरन्तर काम गर्न पाउने भएका छन् ।  यद्यपि गभर्नर नियुक्तिविरुद्धका रि... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्