• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
एम्बुलेन्स खरिद छानबिन : संसदीय उपसमितिको प्रतिवेदनमाथिको छलफलमै अवरोध
64x64
शेरबहादुर ऐर शुक्रबार, साउन ९, २०७७  २०:१८
1140x725

धनगढी- एम्बुलेन्स खरिदसम्बन्धी छानबिन गरी सार्वजनिक लेखा समितिको उपसमितिले तयार पारेको प्रारम्भिक प्रतिवेदनमाथिको छलफलमा अवरोध आएको छ। लेखा समितिका केही सदस्यहरुले उपसमितिको प्रतिवेदनमाथिको छलफल सुरु गर्नुअघि पूर्ण समितिमा समिक्षा हुनुपर्ने अडान राखेपछि छलफल प्रक्रिया अघि बढ्न सकेको छैन। 

सार्वजनिक लेखा समितिका सभापति नन्दाकुमारी बमको संयोजकत्वमा गठित उपसमितिले एम्बुलेन्स खरिदबारे छानबिन गर्दा विधि, प्रक्रिया र पद्धति मिचेर काम गरेको आरोप समेत लगाएको छ। 

शुक्रबार बसेको सार्वजनिक लेखासमितिको ७४ औं बैठकमा समितिका सदस्यहरु मानबहादुर धामी, बलबहादुर सोडारी, बलदेव रेग्मी र अम्मरबहादुर साउदले उपसमितिले प्रक्रियागत ढंगले प्रतिवेदन पेश नगरेकाले पूर्ण समितिमा समिक्षा गरेर मात्रै छलफल अघि बढाउने अडान राखेका थिए। 

समितिको बैठकमा सदस्य धामीले प्रश्न गरे‚ ‘उपसमितिले प्रतिवेदन तयार गर्दा कुन विज्ञसँग छलफल गर्‍यो वा कोठाभित्रै बसेर तयार पारियो?’ उनले प्रतिवेदन पेश गर्ने प्रक्रियामै त्रुटी देखिएको दाबी गर्दै यसबारे उपसमितिले समितिको पूर्ण बैठकमा जवाफ दिनुपर्ने माग गरे। 

समितिका अर्का सदस्य रेग्मीले भने‚ ‘अहिले हामीले जसरी काम गरिरहेका छौं, भोली त्यो ‘सिस्टम’ बन्न सक्छ। त्यसैले हामीले विधि, प्रक्रिया र पद्धतिलाई ध्यानमा राखेर काम गरौं।’

सदस्य रेग्मीले उपसमितिबाट भएका गल्तीहरुको समितिको पूर्ण बैठकमा छलफल गर्न माग गर्दै उनले भने‚ ‘उपसमितिले पूर्ण समितिमा प्रतिवेदन पेश नगर्दै, सञ्चार माध्यममार्फत प्रतिवेदन सार्वजनिक भइसकेको छ। अब कस्ता बैठकमा सञ्चारकर्मीलाई सहभागी गराउने वा नगराउने भन्नेबारे पनि सोच्न आवश्यक छ।’

बैठकमा सभापति नन्दाकुमारीले हतारहतारमा प्रतिवेदन ल्याएको स्वीकार गरिन्। उनले प्रतिवेदन तयार गर्दा विशेषज्ञहरुसँग छलफल गर्न नपाएको समेत बताइन्। उनले भनिन्‚ ‘विशेषज्ञहरुका लागि सचिवालयले बजेट उपलब्ध नगराएपछि मन्त्रालयले उपलब्ध गराएको कागजपत्रकै आधारमा हामीले प्रतिवेदन तयार गरेका हौं।’

उनले प्रतिवेदन ल्याउने क्रममा कुनै प्रक्रिया, पद्धति नअपनाइएको भए सच्याउन तयार रहेको बताइन्। बैठकमा उपसमितिका सदस्य मनाकुमारी साउदले प्रतिवेदन अपरिपक्व तयार गरिएको स्वीकार गरिन्। उनले भनिन्‚ ‘हामी (उपसमिति) ले एम्बुलेन्स खरिद प्रक्रियाबारे जसरी अध्ययन गर्नुपर्ने थियो, त्यसरी अध्ययन भएको छैन। न त हामीले विशेषज्ञहरुसँग छलफल नै गर्‍यौं।’

यसैबीच, लेखासमितिको शुक्रबारको बैठकमा समितिका सदस्य अम्मरबहादुर साउदको संयोजकत्वमा गठन गरिएको उपसमितिले सामुदायिक सिचाईं परियोजनाको प्रारम्भिक प्रतिवेदन समितिमा पेश गरेको छ। 

समितिमा पेश भएका प्रतिवेदनमाथि कहिले छलफल अघि बढ्छ भन्ने बैठकले टुंगो लगाउन भने सकेको छैन।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  २०:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' चिनियाँ सुरक्षा अधिकारीले अनुमतिबिना प्रवेश गरेको भन्दै रसुवागढी पारि चिनियाँ भूमिमा सेनाको हेलिकोप्टर ल्याण्ड गराएका हुन् । मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच... मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अब गभर्नर पौडेलले निरन्तर काम गर्न पाउने भएका छन् ।  यद्यपि गभर्नर नियुक्तिविरुद्धका रि... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्