• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
जब संसदीय टोली बाढी प्रभावित क्षेत्रमा नगई होटलतिर सोेझियो...
64x64
शेरबहादुर ऐर बिहीबार, साउन २२, २०७७  ०९:५७
1140x725

धनगढी-सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको टोलीले बुधबार कैलालीको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको थियो। बाढीबाट अति प्रभावित दक्षिणपूर्वी क्षेत्रका स्थानीय आफ्ना समस्या बताउन टोलीका सदस्यलाई कुरिरहेका थिए।

टोली आउने जानकारी पाएपछि भजनी नगरपालिका ८ छछरवाका स्थानीय वीरबहादुर चौधरी टोलीलाई मार्ग देखाउन सडकमै कुरिरहेका थिए। समितिको टोलीमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावल पनि थिए। 

वीरबहादुरले टोलीलाई सडकमै रोक्ने प्रयास गरे। तर, गाडी नरोकिई अघि बढ्यो। सभापति हर्कबहादुर कुँवर नेतृत्वमा रहेको गाडी अलि अगाडि त रोकियो, तर फर्किएन। केही पछि थियो नेता रावलको गाडी। उनले स्थानीयको इसारा हेरेपछि रोकेर वीरबहादुरको मोटरसाइकल पछाडि आफनो गाडी लगे। तर, प्राकृतिक स्रोत समितिको टोली भने अति प्रभावित क्षेत्रमा नपुगि भजनी नगरपालिका १ स्थित होटल मोनिस्कामा आयोजित कार्यक्रममा सहभागी भयो, पीडित जनताका कुरै सुनेन।

टोलीमा सहभागी एक प्रदेश सभा सदस्यले भने, ‘हामी यहाँ जनताका समस्या बुझ्न आएका हौं तर, टोली भने यस्ता विषयमा गम्भीर नभइ राजनीति गर्न लाग्यो ।’ 

उनले टोलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै अति प्रभावित क्षेत्रका समस्या तथा समाधानको उपायका लागि स्थलगत अनुगमन गर्नुपर्नेमा राजनीतिक भाषण र कार्यकर्तामा व्यस्त भएको आरोप लगाए।

उनका अनुसार बाढीबाट भजनी नगरपालिका ८ अति प्रभावित क्षेत्र थियो । वडा नम्बर ८ को छछरवा, जनकपुर, दैलेखी टोल, सोनाफाटालगायतका क्षेत्रमा आठ दिन अघि आएको बाढीले प्रभाव पारेको थियो। सोही बाढीमा परि वडा नम्बर ८ जनकपुरका १० वर्षीय इज्केल चौधरी, ३३ वर्षीय चक्रबहादुर विक र काँडाढिकका ४० वर्षीय इश्वर शाहको मृत्यु भएको थियो। 

सो टोलीले भजनीको कार्यक्रम सकेपछि भजनी नगरपालिका ३ को कुसुमघाट क्षेत्रमा कान्द्रा नदीले प्रभाव पारेको बारे स्थलगत निरीक्षण गरेको थियो। टोलीका ती सदस्यले भने, ‘सभापतिलाई पूर्व सामाजिक विकासमन्त्री तथा प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीले अल्झाए।’ उनले सभापतिलाई भजनी ८ मा जाउँभन्दा सोडारीले दबाब दिएर कार्यक्रममा लगेको बताए।

यसअघि धनगढीबाट टोली निस्कँदा सोडारीले आफनो निर्वाचन क्षेत्रका केही वडाहरुमा टोलीलाई व्यस्त बनाएका थिए। ती सदस्यका अनुसार टोलीको मुख्यतः टीकापुर, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने कार्यक्रम थियो । टोलीमा भौतिक पूर्वाधार मन्त्रालयमातहतको ऊर्जा तथा जलस्रोत महाशाखाका विज्ञ टोलीको पनि सहभागिता रहेको थियो।

समितिका सभापति हर्क कुँवरले वडा नम्बर ८ को स्थलगत निरीक्षण नगरे पनि उनी टीकापुर क्षेत्रको निरीक्षण गर्न नेता रावललाई हुलाकी सडकमा कुरिरहेका थिए । सभापतिसँगै रहेका अन्य प्रदेश सभा सदस्यहरु भने त्यहाँबाट फर्केर घोडाघोडीमा भोजभतेरमा व्यस्त भएको एक सदस्यले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  ०९:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' चिनियाँ सुरक्षा अधिकारीले अनुमतिबिना प्रवेश गरेको भन्दै रसुवागढी पारि चिनियाँ भूमिमा सेनाको हेलिकोप्टर ल्याण्ड गराएका हुन् । मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच... मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अब गभर्नर पौडेलले निरन्तर काम गर्न पाउने भएका छन् ।  यद्यपि गभर्नर नियुक्तिविरुद्धका रि... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्