डोटी–डोटीको आदर्श गाउँपालिका १ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । मंगलबार बिहान १ बजे घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा लोगे लुहारकी श्रीमती बिस्ना लुहार, उनका छोरा पारस, ७ वर्षीया छोरीहरू जेनिसा र ५ वर्षकी सिरु लुहार रहेकी जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । ५ जना घाइते भएका छन्।
पहिरोमा परी घाइते भएकाको अस्पतालमा उपचार गरिँदै
घाइते हुनेहरूमा घरधनी लोगे लुहार, उनकी आमा, सासू आमा, सालो र २ वर्षीया छोरी रहेका छन्।
उनीहरूलाई उद्धार गरेर उपचारका लागि दिपायल ल्याइरहेको डिएसपी मल्लले जानकारी दिए। घाईतेको जिल्ला सदमुकाममा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको आफन्तले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।