• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
64x64
प्रजु पन्त शनिबार, कात्तिक १, २०७७  ११:३०
1140x725
कुटपिटपछि घाइते भएका त्रिचन्द्र क्याम्पसका तत्कालीन प्रमुख प्रदीपबहादुर न्यौपाने (बायाँ) र त्रिविका उपप्राध्यापक प्रेम चलाउने।

काठमाडाैं-

घटना १- २०७६ मंसिर ९ गते त्रिचन्द्र क्याम्पसका तत्कालीन प्रमुख प्रदीपबहादुर न्यौपाने कुटिए। उनलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुका इकाइ अध्यक्ष गोविन्द थपलिया र अखिल नेता मन थापाको टोलीले मरणासन्न हुने गरी कुटेका थिए।

घटना २- २०७७ असोज २० गते त्रिवि केन्द्रीय परिसर अर्थात् समाजशास्त्र विभाग अगाडि उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट भयो। कुटपिटमा संलग्न भएको आशंकामा प्रहरीले नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघसँग आबद्ध रुपेश शाह र रविन लामा पक्राउ गर्‍यो।

० ० ०

दुई घटना उस्तै हुन्। दुवैमा प्राध्यापक कुटिएका छन्। कुटपिटका कारण दुवै प्राध्यापकले लामो समय अस्पतालमा बिताउनुपरेको छ। उनीहरुले भोगेको आघात पनि उस्तै छ।

त्रिचन्द्रको घटनाको  सिसिटिभी फुटेज समेत सार्वजनिक भएको छ। जसमा नेउपानेलाई भर्‍याङबाट कुट्दै गेटसम्म पुर्‍याइएकाे छ, लछारपछार गरिएको छ। घटनापछि नेउपानेले तीन दिन ट्रमा सेन्टर र एक हप्ता त्रिवि शिक्षण अस्पतालमा उपचार गराउनुपर्‍यो। त्यसपछि पनि एक महिना घरमा पूर्ण आराममा बस्नुपर्‍यो। अहिले अवकाश पाइसकेका न्यौपानेको बुढो शरीरले युवा जोशको कुटाइ खाएको थियो। उनलाई टाउको, खुट्टा र हातमा गहिरो चोट लागेको थियो। परिणामतः अहिले पनि उनलाई ज्यान दुखिरहन्छ। ‘खुट्टाको नसा चुँडिएको रहेछ। कहिले कुहिनोनेर दुख्छ, कहिले ढाडमा’, उनले भने।

उपप्राध्यापक प्रेम चलाउनेको उपचार भइरहेको छ। घटनापछि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएका उनको उपचार जारी छ। उनको टाउकोमा चोट लागेको र दायाँ खुट्टा भाँचिएको बताइएको छ।

जब पार्टी फरक पर्‍यो
दुवै घटनाको थप समानता पनि छ। दुवै घटना हुँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार छ। र असमानता भने यहीँबाट सुरु हुन्छ। पहिलो घटनामा संलग्नहरु सत्तारुढ दल नेकपाका विद्यार्थीहरु थिए, दोस्रो घटनामा नेविसंघका। त्यसैले उनीहरुमाथि सरकारले गर्ने व्यवहारमा पनि आकाश-जमिनको फरक छ।

दुवै घटना उस्तै भएकाले घटनामा संलग्नलाई उस्तै किसिमको कारबाही हुनुपर्ने हो। तर, सरकारले आफ्ना विद्यार्थी र कांग्रेसका विद्यार्थीबीच फरक व्यवहार गरेको छ। अर्थात्, न्यौपानेमाथि कुटपिट गर्नेलाई अभद्र व्यवहार र चलाउनेमाथि कुट्नेलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा लगाइएको छ।

अभद्र व्यवहार भनेर लगाइएको मुद्दा निकै फितलो मुद्दा हो। अभद्र व्यवहारसम्बन्धीको मुद्दा जिल्ला प्रशासन कार्यालयले हेर्छ। सोही कारण घटनामा संलग्नहरु घटनाको केही दिनमै १५/१५ हजार धरौटी बुझाएर रिहा भएका थिए।

अर्कोतिर, चलाउनेमाथि कुटपिटमा संलग्न भएका भनिएका नेविसंघ आबद्ध शाह र लामामाथि भने अपेक्षाकृत ‘ज्यान मार्न उद्योग मुद्दा’ लगाइएको छ। जिल्ला सरकारी कार्यालय काठमाडौंका प्रमुख हरिप्रसाद रेग्मीका अनुसार दुवै जनालाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको छ। अहिले उनीहरु हिरासतमा छन् र घटनामा संलग्न अन्यको खोजी भइरहेको बताइएको छ।

प्रष्ट छ, न्यौपाने नेपाली कांग्रेसनिकट मानिन्थे र उनलाई नेकपाका विद्यार्थीले कुटेका थिए। उनीहरुका निम्ति सत्ता दाहिना थियो। त्यसैले उनीहरुलाई फितलो मुद्दा लगाइयो। चलाउने नेकपा निकट मानिन्छन् र उनलाई कांग्रेसी विद्यार्थीले कुटेका छन्। त्यसैले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा लगाइयो।

सरकारले प्राज्ञिक थलोमा अमर्यादित काम गर्नेलाई समान व्यवहार गरेन। कुटाइ खाएका प्राध्यापकमाथि पनि समान अपनत्व देखाएन। आफ्नालाई काखा र अरुलाई पाखा गर्ने शैली देखाइयो। 

‘सत्ताधारी दलको विद्यार्थी संगठन भएर मैले प्रयास गर्दा पनि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्न मानिएन’, नेकपाका विद्यार्थीबाट कुटाइ खाएका न्यौपानेको भनाइ छ।

न्यौपानेको भनाइ
आफूलाई कुटपिट गर्नेलाई कडा कारबाही नगरेकैले उस्तै घटना दोहोरिएको न्यौपानेको भनाइ छ। ‘ममाथि कुटपिट गर्नेहरुलाई नै ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा लगाइदिएको भए अहिले फेरि प्राध्यापक कुट्ने विद्यार्थीको मनोबल बढ्ने थिएन’, उनले भने।

आफूलाई कुटपिट गर्नेमाथि फितलो मुद्दा लगाएर राज्यले अन्याय गरेको न्यौपानेको भनाइ छ। ‘फितलो अभद्र व्यवहारको मुद्दा लगाइयो। त्यो पनि दिनभरि उनीहरुलाई क्याम्पसमा विरोध गर्न आउन दिइन्थ्यो, रातिमात्रै थुनिन्थ्यो। योभन्दा राज्यको अन्याय के हुन्छ?’, उनको प्रश्न छ।

पोहोर नै विद्यार्थीलाई राज्यले छुट नदिएको भए, प्राध्यापकहरु सबैको सहयोग भएको भए र ५०/६० जनाको जत्था लिएर मरणासन्न हुने गरी कुट्ने अखिलका नाइकेलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा लगाइदिएको भए अहिले उपप्राध्यापक प्रेम चलाउनेमाथि कुट्ने मनोबल हुने थिएन भन्छन् न्यौपाने। ‘पोहोर ममाथि कुट्ने विद्यार्थीलाई मैले चाहेको ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा लगाइदिएको भए अहिले प्रेम चलाउने सरमाथि आक्रमण हुँदैनथ्यो कि जस्तो लागिरहन्छ’, उनी भन्छन्, ‘राजनीतिक आधारमा कारबाही नगर्दा अपराधिक मानसिकता भएकाहरुको मनोबल उच्च भयो। प्राध्यापक कुटिन बाध्य भए। यस्ता घटनाको जति भर्त्सना गरे पनि कमै हुन्छ।’

न्यौपानेले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गर्न सक्थे, किन गरेनन्? उनका अनुसार प्रहरीले सुरुमा जाहेरी लिनै मानेको थिएन। पछि बलबल्ल जाहेरी त लियो। त्यो पनि केही प्राध्यापक र न्यौपानेकी श्रीमतीको जोडबलले। न्यौपाने प्रहरी प्रशासनबाटै आफूहरुले सहयोग नपाएको बताउँछन्। ‘आक्रमण हुने केही दिनअघि  नै विद्यार्थीले आक्रमण गर्ने धम्की दिएको भनेर त्यस क्षेत्रका डिएसपी विनोद घिमिरेलाई जानकारी दिएको थिएँ। कुटिएको दिन पनि सुरक्षा दिन भनेको थिएँ। तर, सुरक्षा पाइनँ', न्यौपानेले भने, ‘सत्ताको वरपर लुटपुटिएर प्राध्यापकले जानकारी दिँदा र  सुरक्षा माग्दा त नदिनेले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा किन लगाइन्थ्यो?’

कानुनका कुरा
अभद्र व्यवहार आकर्षित हुने अवस्थालाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८ (१) मा भनिएको छ- ‘कसैले सार्वजनिक स्थानमा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन।'

सोही दफाको उपदफा २ मा भनिएको छ- उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

तर न्यौपानेलाई अखिल नेता गोविन्द थपलिया र मन थापाको टोलीले कुटपिट गर्दै लछारपछार गरेको सिसिटिभी फुटेजमा देख्न सकिन्छ। 

त्यस्तै, मुलुकी अपराध संहिताकै दफा १९१ कुटपिट गर्न नहुने उल्लेख छ। भनिएको छ-
(१) कसैले कसैलाई कुटपिट गर्न हुँदैन।
(२) कसैले कसैलाई देहायको कुनै कार्य गरेमा निजले कुटपिट गरेको मानिनेछः (क) कुनै किसिमको शारीरिक पीडा पुर्‍याएमा, (ख) कुनै काम गरी दफा १०४ र १०५ मा उल्लेखित बाहेकका अन्य कुनै रोग सारेमा, (ग) अन्य कुनै कार्य गरी अशक्त बनाएमा
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि ‘अशक्त’ भन्नाले शरीरको कुनै  अङ्ग सामान्य रुपमा काम गर्न नसक्ने गरी अशक्त भएको अवस्था सम्झनु पर्छ र सो शब्दले मानसिक अशक्ततालाई समेत जनाउँछ।
(३) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

सम्बन्धित समाचार
जलिरहन्छ त्रिवि, कुटिइरहन्छन् प्राध्यापक
उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने नेविसंघ कार्यकर्ता पक्राउ
उपप्राध्यापकमाथि कुटपिटमा संलग्नलाई कारबाहीको माग

उपप्राध्यापक चलाउनेमाथि भएको आक्रमणको अनेरास्ववियूद्वारा भर्त्सना 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  ११:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
जलिरहन्छ त्रिवि, कुटिइरहन्छन् प्राध्यापक
सम्बन्धित सामग्री
आज मोहर्रम पर्व मनाइँदै मुसलमान समुदायका व्यक्तिहरूले पर्वका अवसरमा आफ्नो गच्छेअनुसारका ताजिया घरमा स्थापना गरेका छन्। मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदक... आइतबार, असार २२, २०८२
झोलुङ्गे पुलले छोटियो यात्रा दुई वडाका गाउँ जोड्नका लागि पुलले निकै सहज बनाएको छ। रुरुक्षेत्र गाउँपालिका–१ र २ अन्तर्गत थोर्गा तथा ग्वादीको बीचमा झोलुङ्गे पुल नि... मंगलबार, असार १७, २०८२
जनकपुरमा क्यान्सर पहिचान अभियानमा विनयतारा र पूर्व राजदूत डेलिसी नेतृत्वको इन्गेज नेपाल शिविरकै अवसरमा तीनवटा तालिम कार्यक्रम पनि सञ्चालन गरिएको थियो। उच्च रक्तचाप : रोकथाम र परीक्षण,  अष्टोमी हेरचाहसम्बन्धी जनचेतना र स्... सोमबार, असार १६, २०८२
ताजा समाचारसबै
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
कर फर्छ्यौटसम्बन्धी मुद्दामा विशेषको फैसला सर्वोच्चले गर्‍यो बदर मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट : बेपत्ता हुनेको संख्या २० पुग्यो मंगलबार, असार २४, २०८२
छानबिन समितिको बैठक : तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने सभामुखको विश्वास मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्