• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
लघुवित्त मर्जरको नीतिले पाएन सार्थकता दुई वर्षमा १४ वटा संस्था विलय १६ वटा प्रक्रियामा
64x64
अरुण सापकोटा मंगलबार, कात्तिक ११, २०७७  १०:५२
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको संख्या घटाउने नीति लिएको दुई वर्ष बित्दा जम्मा १६ वटा संस्था मात्रै घटेका छन्। १६ वटा संस्था विलय हुने प्रक्रियामा छन्। राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि मर्जरको प्याकेज ल्याए पनि संस्थाहरु आकर्षित हुन सकेका छैनन्। 

राष्ट्र बैंकले नयाँ संस्थालाई प्राथमिक शेयर निष्काशन गर्न र पुराना संस्थालाई हकप्रद शेयर निष्काशन गर्न बन्देज लगाएसँगै संस्थाहरु बाध्य भएर मर्जरको प्रक्रियामा लागेका हुन्। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थालाई घटाउन राष्ट्र बैंकले धेरै वटा प्रतिवन्धात्मक व्यवस्था गरेका छन्।

विगत दुई वर्षको अवधिमा १२ वटा मर्जर सफल भएका छन्। उक्त मर्जर प्रक्रियामा २६ संस्थामध्ये १४ वटा विलय भएका छन्। त्यस्तै हाल ३० वटा संस्थाहरु मर्जर प्रक्रियामा छन्। जसमध्ये १६ वटा संस्था विलय हुने छन्। नेपाल राष्ट्र बैंकबाट अनुमति लिएका लघुवित्त वित्तीय संस्थाहरु कुनै समयमा ९० वटा थिए। अहिले घटेर ८६ वटामा झरेका छन्।

राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुर्‍याइएको छ। त्यस्तै प्रादेशिक स्तरका लघुवित्तका लागि २ करोड रुपैयाँ रहेको छ भने थोक कारोबार गर्ने लघुवित्तको ६० करोड रुपैयाँ रहेको छ। प्रादेशिक स्तरबाट केन्द्रीय स्तरको लघुवित्त बनाउन तथा प्रादेशिक स्तरका लघुवित्तलाई हकप्रदमार्फत् पुँजी बढाउन रोक लगाइएको छ। प्रादेशिक स्तरमै रहेर पनि दुई करोड पुँजी लघुवित्तका लागि धेरै कम हुने लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्साल बताउछन्।

चर्को ब्याजदरमा कर्जा लगानी गरेर राम्रो नाफा कमाइरहेका लघुवित्त वित्तीय संस्थाहरुलाई ब्याजदरमा क्याप लगाएर पनि कडाइ गर्न खोजेको छ। थोरै व्याजदरमा काम गर्दा लघुवित्तलाई गाह्रो हुने भएपछि उनीहरु संस्था ठूलो बनाउनतिर लाग्ने राष्ट्र बैंकले उपाय लगाएको हो। यसरी संस्था ठूलो बनाउने क्रममा हकप्रद शेयर निष्काशन गर्न रोक लगाउँदा संस्थाहरु मर्जरमा जान बाध्य हुने राष्ट्र बैंकको ठहर छ। 

पछिल्लो समय राष्ट्र बैंकले नयाँ लघुवित्तलाई प्राथमिक शेयर निष्काशन गर्नमा समेत रोक लगाउँदै आएको छ। यसले सुरु हुन नपाउदै संस्थाहरु विलय हुनुपर्ने बाध्यता रहेको छ। सञ्चालन अनुमति पाएर केही वर्ष पनि प्रस्तुत हुन नपाउदै मर्जरमा जानुपर्ने बाध्यता रहेको लम्साल बताउछन्। कतिपय संस्थाहरु केही वर्ष हेरौ सञ्चालन गर्न सकिएन भने मर्जरमा जाउला भन्ने मनस्थितिमा रहेको लम्साल बताउछन्।

सञ्चालमा आउनेबित्तिकै मर्जरमा जाँदा नयाँ संस्थाहरुको भ्यालु धेरै कम हुन्छ। कतिपय ठूला लघुवित्त वित्तीय संस्थाहरु भने यस्ता अस्तित्वमा पनि नआएका संस्थाहरुलाई लिएर मर्जरको सुविधा लिने दाउमा छन्। मर्जरमा जाँदा राष्ट्रिय स्तरको लघुवित्तको रुपमा काम गर्न पाउने भएकाले त्यस्ता लघुवित्त वित्तीय संस्थाहरु मर्जरको प्रक्रियामा हिँडिरहेका छन्।

राष्ट्र बैंकले मर्जमा प्रोत्साहन गर्न एकल ग्राहक कर्जा सीमा नाघेका ऋणीको कर्जालाई सीमाभित्र ल्याउन समय थप गर्ने व्यवस्था गरेको छ। त्यस्तै तोकिएको पुँजीकोष अनुपात पुर्‍याउनुपर्ने समय थप गरेको छ।

लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई एकीकृत कारोबार सञ्चालनको क्रममा वा एकीकृत कारोबार सुरु भएको तीन महिनाभित्र पदमुक्त भएका वा सेवामा निरन्तरता नपाएका सञ्चालक प्रमुख कार्यकारी अधिकृत वा नायब प्रमुख कार्यकारी अर्को संस्थामा नियुक्त हुन पाउने छन्। उनीहरुका लागि कुलिङ पिरियडको नियम लागू नहुने राष्ट्र बैंकले व्यवस्था गरेको छ। 

राष्ट्र बैंकले पछिल्लो समय लघुवित्त वित्तीय संस्थाले २० प्रतिशतभन्दा धेरै लाभांस वितरणको प्रस्ताव गरेमा २० प्रतिशत माथिको प्रस्तावित लाभांसको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ। मर्जरको प्रक्रियामा गएका संस्थाहरुलाई यो नियम लागू हुँदैन।

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरमा जान प्रोत्साहन तथा कडाइ गरे पनि जुन हिसाबले संस्था घट्नुपर्ने हो, त्यसरी घट्न सकेका छैनन्। नियामक निकायले देशमा कति वटा संस्था भए पुग्छ भन्ने अध्ययन नगरी निवेदन आएजति सबैलाई अनुमति दिँदा यस्तो समस्या आएको हो। सुरुमा लाइसेन्स दिने अनि मर्जरमा लैजाने अदूरदर्शी नीतिले लगानीकर्ता तथा व्यवसायी समस्या तथा झमेलामा पर्ने गरेका छन्।

माइक्रोफाइनान्सको मर्जर
१२ वटा मर्जर सफल हुँदा १४ वटा संस्थाको अस्तित्व विलय भयो। १४ वटा मर्जर प्रक्रियामा छन्। १६ वटा संस्था विलय हुने छन्।

मर्जरमा सहभागी लघुवित्त

मर्जर पछिको नाम

संयुक्त कारोबार

साधना लघुवित्त

साधना लघुवित्त

असार २०७६

समृद्धि लघुवित्त

वमी लघुवित्त

वमी लघुवित्त

मंसिर २०७६

नागरिक लघुवित्त

सारथी लघुवित्त

सारथी लघुवत्त

पुस २०७६

सत्यवती लघुवित्त

कालिका लघुवित्त

कालिका लघुवित्त

पुस २०७६

जनसेवी लघुवित्त

सूर्योदय लघुवित्त

सूर्योदय लघुवित्त

फागुन २०७६

त्रिलोक लघुवित्त

मिर्मिरे लघुवित्त

मिर्मिरे लघुवित्त

असार २०७७

स्वेडा लघुवित्त

आरम्भ लघुवित्त

आरम्भ चौतारी लघुवित्त

असार २०७७

चौतारी लघुवित्त

उन्नती लघुवित्त

उन्नती सहकार्य लघुवित्त

असार २०७७

सहकार्य लघुवित्त

एनआरएन लघुवित्त

एनआरएन लघुवित्त

असार २०७६

दिव्य लघुवित्त

किसान लघुवित्त

जीवन विकास

जीवन विकास लघुवित्त

भदौ २०७७

गरिबी न्यूनीकरण

सोल्भ लघुवित्त

समिट लघुवित्त

समिट लघुवित्त

असोज २०७७

सजिलो लघुवित्त

स्वोरजगार लघुवित्त

स्वरोजगार लघुवित्त

असोज २०७७

जनकपुर लघुवित्त

मर्जरको प्रक्रिया रहेका संस्थाहरु

मर्जरको प्रकृयामा रहेका संस्था

किसिम

मिर्मिरे लघुवित्त

प्राप्ती

नागबेली लघुवित्त

आँधीखोला लघुवित्त

मर्जर

देउराली लघुवित्त

नयाँ नेपाल लघुवित्त

मर्जर

सारथी लघुवित्त

नेपाल एग्रो लघुवित्त

मर्जर

नेस्डो लघुवित्त

माहुली लघुवित्त

मर्जर

नवीकरण लघुवित्त

स्मार्ट लघुवित्त

मर्जर

मनकामना लघुवित्त

युनिक लघुवित्त

मर्जर

बुद्ध ज्योती लघुवित्त

एनआईसी एशिया लघुवित्त

मर्जर

स्वदेशी लघुवित्त

वमी लघुवित्त

मर्जर

ग्रामिण स्वयंसेवक

समाज लघुवित्त

मर्जर

स्वस्तिक लघुवित्त

आरम्भ चौतारी

मर्जर

सिवाइसिएल

शालिग्राम

मिर्मिरे लघुवित्त

प्राप्ति

सिर्जनशील 

विजय लघुवित्त

प्राप्ति

खप्तड लघुवित्त

ग्लोबल आइएमई

प्राप्ति

स्पर्श लघुवित्त

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७  १०:५२
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
साताको पहिलो दिन बढ्यो सेयर बजार, साढे ९ अर्बको सेयर कारोबार सेयर बजार झिनो अंकले बढे पनि कारोबार रकम साढे ९ अर्ब पुगेको छ। आज सेयर बजारमा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा प्रयाप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको मौद्रीक नीतिसम्बन्धी छलफलमा गभर्नर पौडेलले सवै क्षेत्र बर्ग समूदायलाई सम... आइतबार, असार २२, २०८२
साताको अन्तिम दिन बढेर बन्द भयो सेयर बजार, फाइनान्समा फर्कियो आकर्षण बुधबार ३४ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ९ अंकले बढ्दै बन्द भएको हो। योसँगै आज सेयर बजार २७०३ विन्दुमा पुगेर बन्द... बिहीबार, असार १९, २०८२
ताजा समाचारसबै
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
दुई संसदीय समितिको बैठक बस्दै सोमबार, असार २३, २०८२
झलनाथ खनाल चीन भ्रमणमा जाँदै सोमबार, असार २३, २०८२
अमेरिकी सहयोग कटौतीले २०३० सम्म १ करोड ४० लाखभन्दा बढीको ज्यान जाने खतरा: द ल्यानसेटको रिपोर्ट सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्