• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
‘लाजले भोको पेट भरिँदैन’
64x64
निर्मला घिमिरे शुक्रबार, पुस ३, २०७७  ०९:५३
1140x725

काठमाडौं– ‘कोरोनाको महामारी त्यसमाथि सरसफाइको काम, कत्तिको डराउनु भएको छ?’ यो मेरो प्रश्न नयाँ बसपार्कमा सरसफाइको काम गर्दै भेटिएकी एक महिलाका लागि थियो। 

‘के को डर?’ उनले चर्को स्वर निकालिन्। जस्तो मैले उनलाई जिन्दगीकै सबैभन्दा रीस उठ्ने प्रश्न सोध्दैछु। 

‘त्यसो भए ढुक्कसँग काम गरिराख्नु भएको छ?,’ उनको रिसको झोकमाथि मैले यो प्रश्न थपिदिएँ। उनी नसुने झैँ काम गरिरहिन्। 

‘मैले त्यही प्रश्नलाई केही परिमार्जन गरेर दोहोर्‍याएँ, त्यसो भए कोरोनासँग त्यति धेरै डराउनु भएको छैन?’ 

‘डराएर पनि के गर्नु?, खानुपर्‍यो‚ छोराछोरी पाल्नुपर्‍यो। डराएर पैसा आउँदैन,’ यो पटक भने उनी मलिन स्वरमा बोलिन्।  

उनी अर्थात् दुर्गा नेपाली। उमेर ३४ वर्ष। शरीर हृष्टपुष्ट। सरकारी जागिरेकी श्रीमती। काम क्लिनर। 

No description available.

हामी अधिकांशलाई लाग्न सक्छ,‘कोही सरकारी जागिरेकी श्रीमती पनि सरसफाइको काम गर्लिन् र? कामलाई हेप्ने होच्याउने प्रवृति देख्दै र भोग्दै र त्यही प्रवृत्तिसँग घुलमिल हुँदै आएका तपाईं/हामी कतिपयको दिमागले यस्तै सोच्न भ्याउला। 

कतिपयले त उनलाई भन्छन् पनि रे, ‘टन्न कमाउँने पुलिस श्रीमान् हुँदाहुँदै त्यस्तो सरसफाईको काम पनि के गरेकी?’ 

हुन पनि हो अरुले भने भनेजस्तै दुर्गाका श्रीमान नेपाल आर्मीको जागिर खान्छन्। तर तपाईं/हामीले बाहिरबाट देखेको र सोचेको जस्तो सरल छैन दुर्गाको जिन्दगी। सोचाइ र देखाइभन्दा ठ्याम्मै अलग छ उनको भोगाइ। 

उनका श्रीमानको कमाइ महिनामा बढीमा ३५ हजार हुन्छ। त्यो कमाइले पाल्नुपर्ने परिवारको संख्या ठूलो छ। उनीहरुका सन्तानमात्रै ५ जना छन्। त्यसमाथि वृद्धावस्थामा पुगेका आमाबुबा। अनि भूकम्पले भत्किएको घर बनाउँदा लागेको ऋण। 

‘मैले कमाएको पैसाले काठमाडौंमा खान पुगे त बुढाले कमाएको पैसाबाट छोराछोरीलाई कापी कलम किन्न र ऋणको किस्ता हाल्न पनि पुग्छ भनेको तर खै कमाइ धेरै छैन,’एकछिन रोकिएर उनी लामो श्वास तान्छिन्।

उनी सरसफाइको कामबाट मासिक १३ हजार ५ सय कमाउँछिन्। तर बसभाडामै दैनिक ४० रुपैयाँका हिसाबले मासिक १२ सय सकिन्छ। खाजा कम अथवा कहिलेकाँही खाएर पैसा बचाउँछु भन्दा पनि महिनामा २/३ हजार त सकिन्छ। बाँकी पैसा कोठाभाडा तिर्दै ठिक्क हुन्छ। बाँकी घर खर्च उनका श्रीमानले कमाएको रकमबाट टार्दै आएका छन्। उनीहरुले मुस्किलले बच्यो भने साहुको ऋणको किस्ता पनि कहिलेकाँही त्यसैबाट घटाउँछन्। 

ऋणले थिचेका दुई दम्पति दिनरात खट्दा पनि छाक टार्न मुस्किल छ। अरु आधारभूत आवश्यकता पुरा गर्ने त कता हो कता? बिरामी भए भने उपचारका लागि ऋण लिनुपर्ने अवस्था छ। 

५ जना छोराछोरीलाई काठमाडौंमा राखेर पढाउन सम्भव नदेखेपछि उनीहरुले छोराछोरी गाउँमै छाडेका छन्। जसोतसो कापिकलम खर्च जुटाएर सामुदायिक विद्यालयमा पढाएका छन्। 

No description available.

दुई जना मिलेर काम गर्‍यो भने घर बनाउँदा लागेको ऋण तिर्न सकिन्छ कि भनेर दुर्गा पनि कस्सिएकी छन्। खर्चमा थपथाप पार्नका लागि आफूले गरेको कामलाई जोडेर अरुले आफूलाई होच्याए पनि उनी बेपरवाह बनिदिएकी छन्। नसुनेझैँ गरेर आफ्नो कामलाई निरन्तरता दिएकी छन्। 

‘अरुले के भन्छन् भनेर काम गर्न लाज मानेर त भोको पेट भरिँदैन। आफूले पढेलेखेको छैन,’ उनी भन्छिन्, ‘जसले जे भने पनि आफ्नो बलले भ्याएसम्मको काम गर्न कुनै मलाई कुनै अप्ठ्यारो लाग्दैन।’

यसअघि देखि नै उनी ज्याला मजदूरी नै गर्थिन्। काठमाडौं  छिर्नुभन्दा अगाडि गाउँकै नेपाली कागज कारखानामा काम गर्थिन्। जति काम गर्न सक्यो त्यति कमाइ हुन्थ्यो। उनी भने महिनामा १२ हजारसम्म कमाइ गर्थिन्। 

तर त्यहाँ धेरै पानीमा रहेर काम गर्नुपर्थ्यो। पानीमा काम गर्दा उनको स्वास्थ्यमा समस्या देखिन थाल्यो। 

‘त्यहाँ पानी धेरै चलाउनुपर्थ्यो। पानीका कारण मेरा हातखुट्टाहरु सुनिन थाले। डाक्टरलाई देखाउँदा धेरै पानी नचलाउन सल्लाह दिनुभयो। त्यसपछि त्यो काम छाडेर अहिले यो थालेको।’

No description available.

बसपार्कमा सरसफाइको काम पनि उनले गत वर्षको फागुन महिनादेखि मात्रै थालेकी हुन्। उनले काम थालेको केही समयमै कोरोना महामारी फैलियो।

त्यसपछि लकडाउनमा सरसफाइको काम पनि ठप्प भयो। पछि यातायात सञ्चालनमा सरकारले अनुमति दिएपछि बल्ल उनको काम सुरु भयो। 

उनले बल्लतल्ल पाएको काम पनि कोरोनाले झण्डै खोसिदिएको। नत्र काठमाडौंमा काम पाउँन थोरै मुस्किल पर्छ। कमाई थोरै भए पनि दुईजनाले मिलेर गर्दा घरखर्च टार्न केही सहज हुने भएपछि उनी सक्दो खटेकी छन्। तर दिनभरी खटेको कमाइले उनी एक्लै मात्रैलाई पनि ढुक्कले दुई छाक खान पुग्ने अवस्था छैन। राज्यले श्रमको मूल्य बुझ्न नसक्दा थुप्रै दुर्गाहरुले पसिनाको बदलामा अपमान खेप्नुपर्ने अवस्था छ। 

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  ०९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ, कानुन मान्नुपर्छ : सञ्चारमन्त्री प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा निजी क्षे... मंगलबार, असार १०, २०८२
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि–अक्सिडेन्टजस्ता पोषकतत्वहरूलाई ध्या... शनिबार, जेठ ३१, २०८२
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
केन्द्रीय समितिमा उपप्रधानमन्त्री सिंहले भने- यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ आइतबार, असार २२, २०८२
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु आइतबार, असार २२, २०८२
सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडियो, हुम्ला पुगेर प्रधानमन्त्रीले गरे बेलिब्रिज उद्घाटन आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्