• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
देश प्यारो, तर बाँच्नै गाह्रो
64x64
निर्मला घिमिरे शुक्रबार, पुस २४, २०७७  ०७:००
1140x725

काठमाडौं– बिहानको ९ बजेको छ। पुसको कठ्यांग्रिने ठिहीकाे पर्वाह नगर्दै झलकबहादुर परियार कंक्रिट मिक्स्चर फिटिङ गर्न तल्लीन थिए। हात चिसाेले कक्रक्क थिए। जिम्मेवारीले कक्रक्क बनाएपछि चिसाेकाे पर्वाह नहुने रहेछ। उदयपुर कटारीका २१ वर्षीय परियार काममा खटिएका छन्। 

‘एकदम चिसो बढेको छ। त्यसमाथि बिहान-बिहान चिसिएको फलामले हात एकदम ठिहिर्‍याउँछ,’ नजिकै फालिएको पन्जा टिपेर हात घुसाउँदै उनले सुनाए। 

उनीसँगै मिक्स्चर फिटिङ गर्ने अर्का युवा थिए। उनले पनि नजिकै फालिएको पन्जा टिपेर हातमा लगाए र काम गर्न थाले। तर हेल्पर कामका लागि आएका अर्का एक साना बालकले त्यो फालेको पन्जा पनि पाएका थिएनन्। उनी यत्तिकै काम सघाउँदै थिए।

No description available.

 घर ढलान गर्ने बेलामा उनीहरु यसैगरी कंक्रिड मिक्स्चर फिटिङ गर्छन्। मिक्स्चर चलाउँछन् । र, ढलानको काम सकिएपछि त्यो मिक्स्चर फेरि खुस्काउँछन्। र, जहाँ काम हुन्छ त्यहाँ पुर्‍याउँछन्। 

हेर्दा सजिलोजस्तो देखिए पनि काम गाह्रो छ। मेसिन जोड्ने बेला र खुस्काउँदा निकै खतरनाक हुन्छ। नट कस्दै-कस्दै भर्‍याङ बनाउनुपर्छ। त्यही फलामको भर्‍याङबाट अग्लो-अग्लो घरको छतमा पुग्नुपर्छ । 

‘जति तल्लाको घर बनायो त्यति माथि चढ्नुपर्छ। अलिकति खुट्टा चिप्लियो भने गइयो,’ नट कस्दै उनले सुनाए। 

‘केही गरि काम गर्दागर्दै खसेर केही भइहाले त्यसको सबै जिम्मेवारी आफैँ लिनुपर्छ । मरे त ठीकै थियो, लडेर अपांग भएर बाँच्नुपर्‍याे भने पो पीडा हुन्छ, त्यसमाथि घर परिवार कसरी चल्ला,’ सम्झिएरै झलकबहादुर झसंग हुन्छन् । 

झलकबहादुर ५ वर्षदेखि उही मिक्स्चर जोड्ने चलाउने र खोल्ने काम गरेर गुजारा गरिरहेका छन् । यो काम गरेबापत उनले दैनिक १२ सय कमाइ गर्छन् । आफूमात्र होइन श्रीमती, छोरी पाल्नुपर्छ । गाउँमा भाइबहिनी साना–साना छन् । आमा मुटु रोगी छन्। आम्दानीको स्रोत केही छैन। कहिलेकाहीँ आमाबुबालाई पैसा पठाउँछन्  त्यसमथि बेलाबेलामा उपचारका लागि आमालाई काठमाडौं ल्याउनुपर्छ । तर सधैं काम भइदिए त हुन्थ्यो नि। कामको आशमा  दिनभर भौतारिनुपर्छ। नियमित पाइँदैन। 

‘दुई दिन काम भयो भने हप्ता दिन खालीहात बस्नुपर्छ,’ उनी भन्छन्, ‘दिनको १२ सय कमाइ हुने सुनेर यो काम थालेको । कमाइ त हुने तर धेरै दिन खाली हात बस्नु परेपछि के गर्नु ?’ सामान्य अवस्था हुँदा त काम गरेर खान लाउन ठीकै पुगेको थियो। तर कोरोना महामारीले उनलाई निकै अप्ठ्यारो बनायो। कोरोनापछि काम पनि घट्यो। लकडाउनका बेलामा त खानलाई ऋण नै काड्नुपर्‍याे।  गाउँबाट ऋण मगाएर उनले त्यो बेला सास अल्झाए। 

‘सरकारले न खान दियो, न घर जान। यहाँ काम पनि थिएन । त्यसमाथि आमा बिरामी भएर आउनु भएको थियो । लकडाउनमा गाउँबाट ऋण ल्याएर यता बाँचियो,’ उनले भने । 

No description available.

त्यो बेला खान र आमाको उपचार गर्न ७० हजारभन्दा बढी ऋण लागेको छ। घरबेटीलाई ४ महिनादेखिको भाडा तिर्न सकेका छैनन्। गाउँको ऋण विस्तारै काम गरेर तिर्ने झलकबहादुरको सोच छ । तर पैसा बचाउन सक्ने अवस्था छैन। त्यो ऋण कहिलेसम्म तिर्ने भन्ने चिन्ता छ। 

‘साथीहरु विदेश विदेश भन्दै गए। आफू ३०, ४० हजार कमाउन के विदेश जानु आफ्नै देशमा काम गर्छु भन्दै बसेँ। अहिले मुस्किलले २५ हजार कमाइ हुन्छ। त्यो पनि बचाउनै सकिँदैन,’ उनले सुनाए। 

१२ वर्षको उमेरदेखि मजदूरी सुरु गरेका उनले सुरुमा खासा–काठमाडौं रुटमा सहचालकको काम गर्थे । त्यसपछि त्यही रुटमा गाडी चलाउन थाले । गाडी चलाउन थालेको २ वर्ष भएको थियो । उनले पैसा तिरेर नक्कली लाइसेन्स बनाएका थिए । त्यहाँ पनि साहुको गाडी चलाउँदा मासिक १५ हजार मात्र कमाइ हुन्थ्यो । पछि चेकिङमा ट्राफिकले लाइसेन्स जफत गर्‍याे। त्यसपछि उनले त्यो काम छाडे। 

त्यसपछि दिनको १२ सय कमाइ हुने सुनेपछि कंक्रिट मिक्स्चर चलाउने काम सुरु गरेका उनले सुख दुःख काम गरिरहेका छन् । जोखिम मोलेर काम गर्दा पनि खान लगाउन पुर्‍याउनै मुस्किल पर्छ । 

‘आफ्नै देशमा काम गर्न मनलाग्छ । तर दुःख गरेर पनि बाँच्नै मुस्किल हुने सम्झिँदा दिक्क लाग्छ,’ उनले गुनासो गरे, ‘न केही सुरक्षा व्यवस्था छ ।’

No description available.

‘पन्जा त फालेको कता पाइन्छ भनेर खोजेर टिप्नुपर्छ,’ उनका साथीले हाँस्दै थपे । 

एकातिर कार्यस्थल सुरक्षा व्यवस्था छैन । अर्कोतिर काम गर्दागर्दै चोटपटक लाग्यो भने रोजगारदाताले उपचार गरिदिने ग्यारेन्टी छैन। सामान्य चोटपटक लाग्दा त कतिपटक झलकबहादुर आफैँले पनि उपचार गराएका छन् । ठूलै चोटपटक लाग्यो भने उपचार गर्न अर्को ऋण खोज्नुपर्ने अबस्था आउँछ । 

‘एकपटक मेरो हातको औँला काम गर्दागर्दै जस्ताले काटेको थियो । तुरुन्त अस्पताल गएर उपचार गराएँ । औँला जोडियो पनि । त्यतिबेला उपचार गर्दा ६ हजार रुपैयाँ लागेको थियो। त्यो कम्पनीले तिर्‍याे कि मेरो हिसाबबाट कटाइयो मलाई थाहा भएन,’ उनले भने।

रकम आवश्यक पर्दा लिइरहने र वर्ष पुगेपछि सबै हिसाब गर्ने गरेकाले उनले त्यो उपचार खर्चको रकम आफ्नो खाताबाट काटियो अथवा कम्पनीले तिरिदियो भन्ने कुरा नै बुझेनन्। त्यसबारे रोजगारदातासँग पनि सोधेनन्।

प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ, कानुन मान्नुपर्छ : सञ्चारमन्त्री प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा निजी क्षे... मंगलबार, असार १०, २०८२
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि–अक्सिडेन्टजस्ता पोषकतत्वहरूलाई ध्या... शनिबार, जेठ ३१, २०८२
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
केन्द्रीय समितिमा उपप्रधानमन्त्री सिंहले भने- यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ आइतबार, असार २२, २०८२
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु आइतबार, असार २२, २०८२
सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडियो, हुम्ला पुगेर प्रधानमन्त्रीले गरे बेलिब्रिज उद्घाटन आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्