• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
सम्पदा नबुझेको लज्जा : रानीपोखरीबाट नसिकेको पाठ
64x64
ऋग्वेद शर्मा शुक्रबार, माघ २, २०७७  १७:१६
1140x725

काठमाडौं- कमलपोखरी बचाउ अभियानमा लागिरहेका अभियन्तासँगै स्थानीय बासिन्दाले शुक्रबार पोखरीमै भेला भएर सांकेतिक विरोध गरेका छन्। पोखरी बचाउन समयमै काम गर्न नसकेको, रानीपोखरीबाट पाठ नसिकेको भन्दै उनीहरुले पोखरीको माटो अनुहारमा दलेर आत्मसमीक्षा गरे। पोखरी बचाउन लागिपर्ने प्रण गरे।

काठमाडौं महानगरपालिकामार्फत अहिले कमलपोखरी पुनर्निर्माणमा काम भइरहेको छ। त्यसमा सम्पदाको मूल्य र महत्व नबुझी काम भइरहेको जसले पोखरी नै संकटमा पर्ने भन्दै अभियन्ताले विरोध सुरु गरेका हुन्। जसमा चरणबद्ध रुपमा उनीहरुले सम्बन्धित निकायमा आवाज पुर्‍याउने र सचेत गराउने काम गरिरहेका छन्। 

शुक्रबार भएको विरोध कार्यक्रममा अभियन्ता र केही सचेत नागरिकसँगै वडाअध्यक्षदेखि सांसदसम्म आएर अनुहारमा माटो दले। कुनै समय सिमसारको रुपमा रहेको व्यापक कमलपोखरी अतिक्रमण हुँदै अहिलेको अवस्थामा आइपुगेकोमा चिन्ता व्यक्त गरे। रानीपोखरीबाट पाठ नसिकेकोमा आफूहरु लज्जित रहेको साथै सिमेन्ट र डण्डीको कमल चाहिँदैन भन्दै आवाज उठाए। 

काठमाडौं महानगरपालिकाले गएको वर्ष असारमा कमलपोखरी पुनर्निर्माणको काम सुरु गरेको हो। मेयर, उपमेयर र कमलपोखरी रहेको वडा नम्बर १ का वडाध्यक्षसमेतले पुनर्निर्माणको शिलान्यास गरेका थिए। जहाँ ९ करोड ४६ लाख ९९ हजार रुपैयाँमा पोखरीको स्वरुप फेर्ने, वरपर व्यायाम क्षेत्र, ब्याडमिन्टन, बास्केटल खेल्ने स्थान बनाउने, पोखरीको बीचमा जाने पुल बनाउने, सिमेन्टको कमल बनाउने जस्ता योजना देखिन्छन्। 

पुनर्निर्माणको शिलान्यास हुँदा स्थानीय बासिन्दासमेत पोखरीमा कसरी काम हुँदैछ भन्नेमा यकिन जानकार थिएनन्। कतिपयले पोखरीको पर्यावरणीय महत्व र सम्पदाको महत्व बुझेका पनि थिएनन्। अहिले भने भइरहेको काम हेर्दा र अभियन्ताले अवाज उठाउँदा धेरै सचेत देखिएका छन्।

भूकम्पपछि रानीपोखरीको पुनर्निर्माणमा ‘स्वीमिङ पुल’ को स्वरुपको डिजाइनबाट यिनै अभियन्ताले आवाज उठाएपछि महानगर पछि हटेको थियो। अहिले रानीपोखरीको अवस्थाबाट पाठ नसिकेर महानगर सम्पदामाथि अर्को मजाक गरिरहेको छ। महानगरपालिका भने स्थानीयसँगको छलफलमा नै काम भएको र अझै स्थानीयले जिम्मा लिएर काम गराउन सकिने बताइरहेको छ। 

तर महानगरले गरिरहेको काममा भने त्यस्तो देखिँदैन। माटो र पानीको अवस्थिति र अस्तित्व नबुझी पोखरीमा डोजर लगाइएको छ। जसले पोखरीमा जीवन समाप्त भएको छ भने कालान्तरमा पोखरी नामेट हुने अवस्था देखिन्छ। यसैले अभियन्ताले महानगरले नबुझेको सम्पदाको अवस्थामा आफूहरुले नै लज्जाबोध गर्दे शुक्रबार कमलपोखरीको माटो अनुहारमा दले। 

के भन्छन् स्थानीय र जानकार? 

सुशिल श्रेष्ठ, अध्यक्ष, ऐतिहासिक ढुंगेधारा पोखरी संरक्षण संघ
पोखरी कसरी निर्माण हुन्छ र पोखरी किन बनाइन्छ भन्ने कुरा नै बुझ्न जरुरी छ। त्यसको महत्व बुझ्नुपर्‍यो। पोखरीमा पानी हुन्छ, पानी भएपछि त्यहाँ जीवन हुन्छ। जुन अवस्था अहिले कमलपोखरीको देखिरहेका छौँ, त्यो अब पूरा कुन किसिमबाट काम गर्न लागिएको हो त्यो नै यकीन छैन। डिपिआर पनि हेर्न पाइएको छैन। १६ वर्षसम्म ढुंगेधारा पानी र पोखरीको अध्ययन गरेको आधारमा के भन्न सक्छु भने अहिले जुन तरिकाले कमलपोखरी पुनर्निर्माण गर्न कोसिस गरिरहनुभएको छ त्यो अलि ठीक ढंगबाट गइरहेको जस्तो लाग्दैन। किनभने अहिले पोखरीमा पानी सुकाएर काम गर्नु नै पहिलो ठूलो गल्ती हो। कुनै पनि पोखरी पुनर्निर्माण गर्न पानी सुकाउन जरुरी छैन। हामीले यसअघि अन्य पोखरीमा काम गर्दा पानी नसुकाइ काम गरेका थियौँ।

अहिले कमलपोखरीमा जमीन चिरा चिरा परेको देखिएको छ। छेउको माटो पनि खनेर कहाँ पुगिसक्यो थाहा छैन। कमलपोखरी सिमसार हो कि मानवनिर्मित पोखरी हो त? हामीले यसबारे जुममार्फत छलफल पनि गरेका थियौँ। अहिलेसम्मको विषय हेर्दा यो पोखरी सिमसार हो भन्ने देखिएको छ। यसमा भएको ठूलो दलदल पनि त्यसको प्रमाण हो। दलदलसमेत माटो निकालेर सुकाउने काम भइरहेको छ। यो पोखरी बस्तीभन्दा ठाढा भएकाले पनि यो सिमसार हो भन्ने देखिएको छ। अहिले यसको उत्खनन् गरेर हेर्ने हो भने पनि देखिन्छ नै। यो पहिले ६० रोपनीको क्षेत्रफलमा थियो भन्ने आधारले पनि यो सिमसार नै हो। सिमसार मिच्दा मिच्दा अहिले यति सानो क्षेत्रफलमा कमलपोखरी पुगेको छ।

सुशिल श्रेष्ठ, अध्यक्ष, ऐतिहासिक ढुंगेधारा पोखरी संरक्षण संघ

पाटनमा यसरी नै मिचेर एउटा सिमसार नै सकिएको थियो। त्यहाँ कुमारीपाटीदेखि पाटन अस्पताल हुँदै जावलाखेल टेलिकमसम्म थियो भन्ने सुनिन्छ। अहिले त्यसैगरी कमलपोखरीको जग्गा पनि कहाँ गयो भनेर खोज्नुपर्ने हो कि होइन? मानवनिर्मित हो भने पोखरीमा गिचा गथेचा जस्ता माटो त हुनै पर्ने हो। डोजर लगाएर खनिएको छ, त्यहाँ न त गिचा छ न त गथेचा नै छ, त्यसैले यो सिमसार हो भन्ने नै देखिएको छ। प्राकृतिक पोखरी हो यो। यो माटो जति देखिएको छ यो हजारौँ वर्षदेखि खाँदिएको माटो छ। त्यसले पानीलाई छेकेर राखेको हुन्छ। अब यो माटो झिकेपछि यसमा कसरी पानी अडिन्छ? यसको छेउछेउमा पहिले पक्कै जंगल पनि हुनैपर्छ। अब अहिले जुन काम भइरहेको छ यहाँ पानी नसुकाइकन जानुपर्ने हो। यो सिधा चिरा परेपछि कति मुनिसम्म चिरा पर्छ थाहा हुँदैन।

ल, अहिले भनेको सबै काम गरेर बीचमा सिमेन्टको कमल नै बनाएपछि पोखरीमा पानी चाहिँ कसरी अडिन्छ त? पानी नभए पोखरीको के अर्थ? अनि त्यसपछि डलान गर्ने? विचार गर्नुपर्दैन? रानीपोखरीमा पनि भनिएको जसरी काम नहुँदा कति समस्या देखियो? अहिले जमेको पानीमा पनि झ्याउ, लेउ उम्रिएर आएको छ। रानीपोखरी नै दलदलमा परिणत भएर जाने खतरा छ। अहिले कमलपोखरीमा निर्माणका लागि जुन प्राकृतिक सामान चाहिन्छ त्यो उपत्यकामा नै पाइन्छ। तर अनावश्यक सामानको प्रयोग त गर्नु भएन नि? 

राजन शाक्य, स्थानीय बासिन्दा
कमलपोखरीमा हामी आज किन छौँ भने हामी विकास गर्दा प्रक्रिया राम्रो होस् भन्न चाहन्छौँ। नेपालमा अहिले हामी विकासको काममा मिलाएर अघि बढिरहेको देख्दैनौँ। पहिले विकासको काम गर्छौं, त्यो योजनामा भएको हुँदैन अनि फेरि भत्काउँछौँ। रानीपोखरीमा पनि त्यस्तै समस्या देखिएकै हो। त्यसकारण हामी सरकारलाई विकासको कला सिकाउन चाहन्छौँ। गरिसकेको काम फेरि दुई महिनापछि भत्काउन नपर्ने होस् भन्न चाहन्छौँ।

हामी विकासको विरोधी होइनौँ, सुन्दरता कसलाई मन पर्दैन र? गर्नु पनि पर्छ तर गर्ने भन्दैमा टालटुले काम पनि त गर्नु भएन नि। कमलपोखरी महत्वपूर्ण सम्पदा हो। यहाँ पानीको स्रोत त बचाएर नै जानुपर्छ। रानीपोखरीमा जस्तो भयो भने के गर्ने? जनताको कर त बेकारमा खर्च भयो नि। हामीले भनिरहेका छौँ कि पोखरीको लामो समयको जीवन हेरौँ। हामी शतप्रतिशत सहि रुपमा काम होस् भन्ने चाहन्छौँ।

राजन शाक्य, स्थानीय बासिन्दा

म राजनीतिक कुरामा जान चाहन्न उनीहरु काम देखाउन काम गर्ने खालका मात्र छन्। जसले यो काम गरे पनि राम्रो ढंगमा गरोस् भन्न चाहन्छु। म वास्तवमा यहाँ नजिकै हुर्किएको हुँ। यहाँ पहिले भएको पोखरी पनि धेरै राम्रो त थिएन। फोहोर गरेर राखिएको थियो। अब राम्रो हुँदै गइरहेको बेला फेरि पनि बिगार्न त भएन नि। हामी गरिब भइरहेको पैसा नभएर होइन, हामी दिमागदेखि नै गरिब छौँ। त्यही दिमागलाई अब परिवर्तन गर्नुपर्‍यो। 

रामजी प्याकुरेल, कमलपोखरी स्पोर्टस् क्लब
अगाडिको समयमा यो पोखरी कस्तो थियो भन्ने त हामीलाई पनि यकिन जानकारी छैन। मैले जान्दाको समयमा यो पोखरी ढल पठाउने स्थान बनिरहेको थियो। यहाँ वरपर सबै घरको ढल यहाँ नै आइरहेको हुन्थ्यो। २०५० सालमा यहि पोखरीको किनारमा कमलपोखरी स्पोर्टस् क्लब स्थापना गरियो। त्यसमा सचिवमा रहेर मैले नै काम गरिरहेको छु। यही क्लबको पहलमा नै हामीले यहाँ पोखरीमा मिसिएको फोहोर छेउमा ढल बनाएर ब्यवस्थापन गर्ने काममा पहल गरेका थियौँ।

रामजी प्याकुरेल, कमलपोखरी स्पोर्टस् क्लब

२०६५ सालमा त्यसका लागि स्थानीय घरसँग सहयोग लिएर ४ लाख रुपैयाँमा ढलको काम गरेका थियौँ। त्यसले पोखरी केही राम्रो भयो। पोखरीमा त्यसपछि क्लबको आयस्रोत हुने गरी माछापालन पनि सुरु गरेका थियौँ। त्यसपछि पनि पोखरी पुनर्निर्माण र यहाँको संरचनाका लागि पटकपटक रकम खर्च भइरहेको छ। कहिले दुई करोड, कहिले छ करोड रुपैयाँ खर्च गर्नुपर्ने नै हो त? हाम्रो सन्ततीका लागि यो पोखरी कसरी बचाएर राख्ने हो त? यसको स्वरुप नमर्ने गरी पहिलेको जस्तै बनाइराख्नुपर्ने होइन र? जसरी पनि यसमा राम्ररी छिटो काम गर्नुपर्‍यो। 

विराज भक्त श्रेष्ठ, वागमती प्रदेश सांसद
यो इतिहास बोकेको पोखरीलाई बचाउँ भनेर साथीहरु लागिरहनुभएको छ। यो कुरा यही कमल पोखरीको मात्र पनि होइन, यसले काठमाडौं महानगरपालिकाको भिजन के हो भन्ने कुरा पनि उजागर गरेको छ। २०२४ सालमा नापीले यो पोखरी अतिक्रमण भएको छ भनेर रिपोर्ट नै दिइसकेको विषयमा पनि आजसम्म केही काम हुन नसक्नु, काठमाडौंको यो केन्द्र स्थानमा यस्तो फोहोर बनाइराख्नु कस्तो सोच हो त? विकास भनेको कंंक्रिट नै कंक्रिट मात्र हो त? बरु पूरै काठमाडौंलाई कंक्रिट बनाउने ठेक्का नै दिउँ न। यो पोखरीमा कंक्रिट मात्र हाल्दा पुतलिसडकमा सडक भासिन सक्छ, त्यसमा कत्तिको ध्यान पुगेको छ?

विराज भक्त श्रेष्ठ, वागमती प्रदेश सांसद

जमीनको पुनर्भरणको विषय नुबझिकनै काम गर्नु मिल्छ त? यति करोड भनेर बजेट निकाल्ने र पैसाको लागि मात्र काम गर्ने हो भने महानगरपालिकालाई मेरो निवेदन, बरु पैसा नै बाँडिदिनुस् तर हाम्रो ठाउँ नबिगारिदिनुस्। हामी कति कुरामा मात्रै लडिरहने हो त? काठमाडौं महानगरपालिकासँग यस्तै विषयमा हामी कति लडिरहने हो? अभियन्तासँग बसेर मेयर साबले कुरा गर्न सक्नुहुन्न? हामी विकास विरोधी बौलाह हो र?

हामी यसरी बोल्दा डलरे भनेर ट्याग पनि आउँछ, कमलपोखरीको माटो हातमा लिएर अभयदानमा विश्वास गर्ने हामीले यो प्राणी मारेर भएको विकासको नामको विनाश कसरी हेरिरहने? हामी सफल हौँला या असफल हौँला तर हामीले यसलाई बचाउने कोशिस भने गर्छौं नै। समय रहँदै सुध्रिनुस भनेर मेयर ज्यूलाई पनि भन्न चाहन्छु, यो भन्दा बिग्रिन नदिनुस्, विज्ञ राखेर कुराकानी गर्नुस्। 

थप तस्बिरमा हेर्नुहोस् विरोध र कमलपोखरीको अवस्था

 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु आइतबार, असार २२, २०८२
२०८४ को चुनावका लागि कांग्रेस तयार नै छैन : नेता साउद आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो आइतबार, असार २२, २०८२
नेकपा एसको सचिवालय बैठक जारी,झाँक्रीको स्पष्टिकरणबारे छलफल हुने आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्