• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
पहिलो प्रेमको अनुभूति बारबार लिने बानी लागेकाहरु रंगकर्मी बन्छन् : अनुप बराल
64x64
पुष्पा थपलिया बिहीबार, माघ ८, २०७७  १६:३१
1140x725

कोरोना अहिलेदेखि होइन, रंगमञ्चमा पहिल्यैदेखि थियो।  

करिब ३० वर्षदेखि नाटक क्षेत्रमा समय बिताएका नाट्य निर्देशक अनुप बरालले चियाको चुस्कीसँगै रंगमञ्चमा कोरोनाले अड्डा जमाइरहेको कुरा सुनाए। 

कारण के होला त? गफ सुनिरहेका लेखक बुद्धिसागरले कुरा कोट्याए। आर्थिक अभावले गर्दा रंगकर्मीले सधैं कोरोनाकालको जिवन बिताउन बाध्य भएको अनुपको भनाइ थियो। 

उनले भने, ‘पहिल्यैदेखि कोरोनाकाल बिताइरहेका रंगकर्मीले अहिले झनै महाकोरोनाकाल भोगिरहेका छन्। यसबाट रंगमञ्च र यसका कालाकार कसरी बाहिर उम्कन्छन् भन्ने चिन्ता छ।’ 

रंगमञ्चका कलाकर्मीलाई दुई छाक खानसमेत खर्च जुटाउन मुस्किल परिरहेको छ। शिल्पी थियटरका निर्देशक घिमिरे युवराजले पनि यहि कुरा दोहोर्‍याए। 

उनका अनुसार कलाकार यतिसम्म आर्थिक अभावमा फसका छन् कि, अझै उनका चारजना विद्यार्थी गाउँबाट शहर आउन सकेका छैनन्। 

खान र बस्न नै अभाव भएपछि गाउँ पुगेका उनीहरू फेरि काठमाडौंसम्म आउन नसकेको युवराजको भनाइ छ।

चलचित्र र नाटक एकै पाटाका दुई सिक्काजस्ता हुन्। अनुपले भने, ‘कति कुरा फिल्मले नाटकबाट सिकेको छ त कतिपय कुरा नाटकबाट फिल्मले सिकेका छन्। लाइटको कुरा रंगमञ्चबाटै फिल्मले सिकेको हो। अन्य देशमा त झनै रंगमञ्चमा नाटक गरेर फिल्म छिर्ने कलाकारको संख्या धेरै छ‚’ अनुपले भने, ‘तर हाम्रो देशमा यी दुईमा काम गर्ने कलाकारको जीवनशैली आकाश र जमिनजस्तो फरक छ।’

‘फिल्मका कलाकारहरु ब्राण्डेड कपडा लगाएर कार चढेर हिड्ने हैसियत राख्छन् भने रंगमञ्च अझै माइक्रोबसको ढोकामा झुण्डिन बाध्य छ‚’ अनुपले भने। 

त्यसो त उनी आशावादी पनि देखिए। अहिले रंगमञ्चका कलाकार भन्नासाथ फिल्ममा राम्रो अफर छ। यहाँबाट पास आउट भएको भनेरै कतिपय फिल्मले सहायक भूमिकाका लागि रंगमञ्चका कलाकार रोज्छन् यो खुशिको कुरा हो। 

यसको श्रेय भने उनी विद्यार्थी दयाहाङलाई दिन्छन्। दयाहाङको क्रेज र सफलता देखेरै रंगकर्मीले फिल्ममा राम्रो ठाउँ पाइरहेको उनको भनाइ छ।

फिल्ममा सानातिना भूमिका पाएपनि उनीहरुको आर्थिक हैसियत भने केहिको बाहेक माथी जान सकेको छैन। अनुपले दुखेसो पोख्दै भने, ‘हामी यही क्षेत्रमा जमेका मान्छे भन्नेहरुलाई त बाँच्न गाह्रो छ, झनै भर्खरै रंगमञ्च छिरेकाहरुलाई त कति समस्या होला।’ 

नाटकको भोक 
त्यसो त अन्य भोकको अगाडी नाटकको भोकले जित्ने अनुप बताउँछन्। आफ्नो सुरुवाती दिन सम्झँदै अनुपले भने, ‘विदेशमा नाटक पढेर आएको मान्छे म, सुरुमा निकै गर्छु भन्ने सोचेको थिएँ। तर नेपाल आएपछि मेलोमेसो मिलाउनै समस्या भयो‚’ अनुपले भने, ‘एकपटक प्रज्ञा प्रतिष्ठानमा नाटक महोत्सवको आयोजना हुनेभयो।  हाम्रा लागि त नाटक महोत्सव दशैँजस्तै हुनुपर्ने हो। तर त्यस्तो उत्साह नै छैन। दर्शक नै नभएको हलमा कसलाई देखाउनु नाटक।’ 

रौसिँदै उनले भने, ‘त्योबेला नाटकको भोक यतिसम्म थियो कि, सबैले पागल भने। म सुनिल पोखरेल दाइको घरमा गएँ र अनुहारमा लगाउने पेन्ट मागें। अनि त्यो अनुहारमा लगाएर सडकमा उफ्रिन थालें। मेरो उफ्राइ हेर्न मानिसहरु जम्मा भए। मैले बिस्तारै उनीहरुलाई हलभित्र लगें र हल भरिपूर्ण बनाएँ। 

त्यही भोकले नै आज तीस वर्ष हुँदासम्म पनि म यही क्षेत्रमा टिकिरहेको छु। 

पछि सुनिल पोखरेलले नै विदेशमा नाटक पढेर आएको मान्छे, केही नयाँ पढाउला कि भनेर नाचघरमा अभिनय पढाउन दिएको उनले बताए। कोठामा स्टोपमा खाना पकाएर हिँड्दै जमल पुगेर काम गर्थें। त्यो समयमा मेरो तलब महिनाको तीन हजार थियो।

दुःखमा फुर्नेे र समयसँगै कुद्ने कला
अन्य कलाहरु आजिवन हुन्छन्। पेन्टिङ, फिल्म, लेखिएको नाटक, किताब आदि। तर रंगमञ्च त्यस्तो हुँदैन। आज हेर्‍यो, भोलि हेरेको नाटक त्यही नाटक हुँदैन। अनुपले भने, ‘हामी कहिलेकाहीँ नोस्टाल्जियामा बाँच्छौं तर रंगमञ्चमा एकपटक राम्रो काम गरें भनेर त्यसैमा जिवन बिताउन मिल्दैन‚’ उदाहरण दिदैं अनुपले भने, ‘युरोपमा एक कलाकारले समुन्द्रमा बाँसैबाँसको कफन बनाए। कफनमा लाशलाई पनि निकै कलात्मक तरिकाले सजाए। दर्शकलाई हेलिकप्टरमा राखेर कफनमा आगो लगाइदिए। आर्ट त्यस्तो पनि हुँदोरहेछ।’

उनले उत्साहित हुँदै भने, ‘पहिलोपल्ट प्रेम गर्नुहुन्छ नि। त्यसको स्वाद बिहे गरेर सँगै बस्दा त्यही अनुभूति फेरि लिन सकिँदैन, नाटक पनि त्यतै हो। पहिलो प्रेमको अनुभूति बारबार लिने बानी लागेकाहरु रंगकर्मी हुन्छन्। र जस्तै दुःख परेपनि यसैमा रमाउन थाल्छन्‚’ 
उनले जोड दिँदै भने, ‘दुःखमा प्रतिभा फुर्छ। खान नपाएका बेला कतिपय काव्य रचना भएका छन्। यसको अर्थ सबै गरिब हुनुपर्छ भनेको होइन,’ उनी हाँसे।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार वि... शनिबार, जेठ २४, २०८२
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्