• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
नेपाली कलाकारितामा 'रंगभेद', बडी सेमिङ र गरिबीको प्रश्न
64x64
पुष्पा थपलिया सोमबार, माघ १२, २०७७  १२:३०
1140x725

काठमाडौं- ६ जना पात्रहरु पालैपालो मञ्चमा आउँछन्। सबैका आँखामा प्रश्नै प्रश्न र आक्रोश प्रतिबिम्बित हुन्छ। उनीहरू सेतो रंगको गोलो ‘प्रप्स’मा आफूलाई उभ्याउँछन् र आँखामा पोखिन खोजेका प्रश्न दर्शकतिर फर्केर सोध्न थाल्छन्। 

हरेकका प्रश्नले दर्शकको मथिंगल हल्लाउँछ। शरीरको रौं ठाडो पार्छ। र, एकछिन सोच्न बाध्य बनाउँछ। 

कलाकार पवित्रा खड्कासँग गरिबीको प्रश्न छ।

कलाकार संगिता उराँवसँग आफू कालो हुँदा समाजले गरेको रंगभेदका प्रश्न छन्। 

अझै दर्दनाक प्रश्न तेर्स्याउँदै मञ्चमा आउँछिन् कलाकार सुमित्रा लामिछाने। उनका आँखामा नाबालिकामा समेत कामुकता देख्ने नजरप्रति प्रश्न मात्र छैन उत्तिकै आक्रोश पनि उम्लिएको छ। 

कलाकार नम्रता अर्यालले लिंगका आधारमा गरिने भेदभावबारे प्रश्न उठाउँदा कलाकार सुहाना आचार्यले ‘बडी सेमिङ’ माथि प्रश्न तेर्स्याउँछिन्। 

कलाकार साहिना भट्टराईको आँखामा भने अहिलेको समयमा समेत प्रेम गर्न जात हेर्नुपर्ने किन भन्ने प्रश्नका ज्वारभाटाहरु देखिन्छन्।

काठमाडौंकोे बत्तिसपुतलीस्थित गोठाले नाटकघरले समेत परिचित शिल्पी थिएटरमा मञ्चित नाटक ६ पात्रको एकालापमा उठाइएका प्रश्न हुन् यी। 

Ncell 2
Ncell 2

घिमिरे युवराजको लेखन तथा निर्देशनमा बनेको यो नाटक कोभिड–१९ को महामारीले नाटकघर बन्द भएको लामो समयपछिको पहिलो नाटक हो। नाटक शनिबारसम्म मञ्चन गरिएको थियो। 

लेखक तथा निर्देशक घिमिरले सम्पूर्ण नेपालीका प्रश्नका रुपमा पात्रमार्फत् माथिका ६ प्रश्न उठाएका छन्। 

विशेषतः महिलावादी नजरबाट यसलाई मञ्चन गरिए पनि गरिबी, रंगभेद, जातीयता, ‘बडी सेमिङ’का विषयमा पुरुष पनि उत्तिकै पीडित छन्।  गरिबी, ‘बडी सेमिङ’, रंंगभेद र शारीरिक, मानसिक शोषण मनोरञ्जन क्षेत्रमा अन्य क्षेत्रको तुलनामा बढी छ। 

कलाकारले नाटकमार्फत् आम दर्शकसँग उठाइरहेका यी प्रश्न कलाकारिता क्षेत्रमाथि नै उठाउँदा कसो होला ? 

रंगभेदको प्रश्न

नेपाली कलाकारितामा सुन्दरताको मानक गोरो छाला मान्ने चलन अहिले पनि छ। कालो अनुहार भन्नेबित्तिकै फिल्ममा देखाइने पात्रहरु कागज टिप्ने, पानीपुरी बेच्नेका रुपमा देखाइन्छ। गोरो छाला नभएका महिला पात्रलाई घरको नोकर्नी, गरिबी र दुःखमा बाँचेको, सधैं लोग्नेले जाँड पिएर कुट्ने भूमिका दिइएको हुन्छ। 

नेपाली कलाकारिता क्षेत्रका अगुवाहरुको रंगभेदी सोच कति छ भन्ने जान्न यिनै दृश्य पर्याप्त छन्। 

यसै विषयलाई लिएर केही समयअघि अमेरिकामा ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियान चल्यो। ‘फेयर एण्ड लभ्ली’को विज्ञापन खेल्ने केही नेपाली अभिनेत्रीले पनि यो विषयमा आफ्ना बिचार राखे।  

नेपालमा हुने विभिन्न सुन्दरी प्रतियोगितामा पनि गोरो छाला भएका नै सुन्दरीको ‘क्याटेगोरी’मा पर्ने गर्छन्। निकिता चाण्डक मिस नेपाल हुँदा स्वीकार्न धेरै कलाकारलाई मुस्किल परेको थियो।

नेपाली चलचित्रमा नाजिर हुसेन मात्र यस्तो अपवादका पात्र हुन्, जसलाई सबैले नायकको रुपमा स्वीकारेका छन्। शिवशंकर रिजाल (जो, जोगिन्दरको नामले परिचित छन्) पान पसलेबाट कहिल्यै अर्को चरित्रमा पुग्न सकेनन्। 

आलोचनामा फसिरहने अर्को चरित्र छ, मिठाइलाल ज्यादव। कलाकार सन्दीप क्षेत्रीले मिठाइलाल जादवका रुपमा मधेशी पात्र रोजेका छन्, जहाँ उनी गहुँगोरो छालामा कालो दलेर प्रस्तुत हुन्छन्।  

नेपाली मनोरञ्जनका क्षेत्रमा यस्ता कयौं पात्र छन्, जसले रंगभेदी भावना बोकेका छन्। र, गोरो छाला नहुनेहरुलाई निरन्तर अपमान गरिरहेका छन्।

‘बडी सेमिङ’को प्रश्न

करिष्मा मानन्धरकी छोरी कविताले एउटा यस्तो प्रेम कहानी चलचित्रमार्फत् नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरिन्। उनको काम हेरेर धेरै कलाकारले एकै प्रकारका प्रतिक्रिया दिए। कविताले शरीरको बोसो घटाएर फिल्म क्षेत्रमा आउनुपर्छ। उनको अभिनय जस्तोसुकै होस्, यहाँ नजर पर्‍यो उनको मोटो शरीरमा। 

यस्तै प्रतिक्रियाको सामना गरिरहनुपर्छ नायिका वर्षा रावतले पनि। जतिनै शरीर फिट राख्ने कोशिस गरे पनि उनी ह्वात्तै मोटाइहाल्छिन्। फिल्म क्षेत्रकै मान्छेले जिब्रो टोक्दै भन्छन्–‘कत्ति साह्रो मोटाएको, हिरोइनजस्तो देखिएन।’

नायिका तथा निर्देशक दीपाश्री निरौलाले आफ्नो शरीरलाई लिएर निकै गाली खेप्नुपर्‍यो। उनलाई राजेश हमालसँग जोडिएको ‘महानायक प्रकरण’ले निकै गाली खुवायो। जसमा अधिकांशले उनको मोटो शरीरमाथि भद्धा मजाक गरेका थिए। 

गरिबीको प्रश्न
केही दिनअघि कलाकार सुस्मा कार्कीको एउटा भिडियो सामाजिक सञ्जाल टिकटकमा भाइरल भयो। उनले उक्त भिडियोमा भनेकी छन्, ‘त्यस्तोलाई भन्छ कलाकार, के कुरा गरेको तपाईले? लाओस् न १०–१५ लाखको लुगा, मर्सिडिज कारमा आओस्, सबैले देख्न तम्सियोस्, त्यस्तोलाई भन्छ सेलिब्रेटी।’

यो सोच नायिका कार्कीको मात्रै हैन, मनोरञ्जन क्षेत्रको प्रतिनिधिमूलक सोच हो। केही समयअघि यस्तै लफडामा परेकी थिइन्, नायिका पारमिता आरएल राणा पनि। ‘म गुचीको कपडा लगाउँछु, औकात छ भने तिमी पनि लगाएर देखाऊ’ भन्ने आशयको प्रतिक्रियाले उनका ‘फ्यान’हरु निकै रिसाएका थिए। 

हुन त तामझाम र तडकभडकमा पनि कलाकार नै अगाडि छन्। नेपाल जस्तो सानो फिल्म बजार भएको देशमा उनीहरु बिहेमा करोडौं खर्चिन्छन्। केही समयअघि सुनैसुनले ढकमक्क भएर हेलिकप्टर चढेर बिहेको रिसेप्सन पार्टी दिएकी आँचल शर्मा मात्रै होइन पाँच तारे होटलमा भव्य पार्टी दिएकी प्रियंका कार्की, ऋचा शर्मा, स्वेता खड्का नै किन नहोउन् धनसम्पत्तिको दम्भ उनीहरुमा देखिन्छ। 

जसले कलाकार समाजका ऐना हुन् भन्ने मान्यतालाई गिज्याइरहन्छ। 

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
हसन राईको ‘नायुमा’ म्युजिक भिडियो सार्वजनिक गायक हसनले अहिले सम्म करिव २ दर्जन बढी गीतहरु रेकर्ड गरिसकेका छन् । आधा दर्जन गीतको म्युजिक भिडियोमा मोड्लिङ समेत गरिसकेका हसनले यो... बुधबार, वैशाख ३१, २०८२
स्मारिका ढकाल र पुरु भण्डारीको अभिनयमा “ढाँटछेउ कतिलाई” सार्वजनिक यस गीतलाई नेपाली आधुनिक गीतको उत्कृष्ट नमुनाको रूपमा लिइएको छ र यसले नेपाली संगीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ । गीत प्रेम,... मंगलबार, वैशाख ३०, २०८२
ताजा समाचारसबै
अर्थमन्त्रीले बोलाए गभर्नर छनोट सिफारिस समितिको बैठक मंगलबार, जेठ ६, २०८२
सरकार ढल्ने अवस्थामा पुग्यो: वर्षमान पुन मंगलबार, जेठ ६, २०८२
देउवासँगको भेटपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक मंगलबार, जेठ ६, २०८२
राप्रपा सांसद कार्कीको प्रश्न- कांग्रेस सांसदहरू गभर्नर कि प्रधानमन्त्री खोज्न जानुभयो ? मंगलबार, जेठ ६, २०८२
रविको रिटमा सुनुवाइ जारी मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्