• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २६, २०८२ Thu, Jul 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
झाँक्री पक्राउका साढे ५ घण्टा : प्रहरीका ४ प्रश्नमा झाँक्रीको लिखित उत्तर, अनि खुल्यो रिहाइको बाटो रातभरको निगरानीपछि दिउँसो पक्राउ
64x64
नारायण अधिकारी बिहीबार, माघ २९, २०७७  २१:१३
1140x725

काठमाडौं- नेकपा नेता रामकुमारी झाक्री साढे ५ घण्टा प्रहरी नियन्त्रणमा रहेर छुटिन्। राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध गोरखामा अभिव्यक्ति दिएको आरोपमा बिहीबार दिउँसो १ बजे झाँक्री आफ्नै निवास शंखमूलबाट पक्राउ परेकी थिइन्। 

अनमेसंघले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै झाँक्रीमाथि कारबाहीको माग गरेको थियो। उक्त ज्ञापनपत्रसहित गृहले प्रहरीलाई 'कानुन बमोजिम कारबाही गर्नू' भनी लेखी पठाएको थियो। गृहको निर्देशनअनुसार नै बिहीबार महानगरीय प्रहरी अपराध महाशाखाले झाँक्रीलाई पक्राउ गरेको हो। 

गृहको निर्देशनपछि झाँक्रीको निगरानीका लागि बुधबार रातिबाटै प्रहरी परिचालन भएको थियो। झाँक्रीको निगरानी नभई उनी उपत्यका बाहिर गएको अवस्थामा प्रहरीले गृहलाई दिने जवाफ थिएन। जसकारण रातभर निगरानी गरी पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ। 

बिहीबार बिहान करिब ९ बजेतिर महाशाखाका एसएसपी दीपक थापाले झाँक्रीलाई फोन गरेर प्रहरी कार्यालयमा उपस्थित हुन भनेका थिए। तर झाँक्री उपस्थित नभएपछि उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो। त्यसविरुद्ध नेकपाका कार्यकर्ताले अवरोध गरेपछि झाँक्री पक्राउ गर्न केही समय ढिला भएको थियो। 

दिउँसो १ बजे प्रहरीले घरबाटै उनलाई पक्राउ पुर्जी थमाएर नियन्त्रणमा लिएको थियो। सवा १ बजे उनलाई महाशाखा ल्याइयो। 

महाशाखामा करिब ५ घण्टा राखिएपछि उनी रिहा भइन्। उनलाई भेट्न नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरू योगेश भट्टराई, सुरेन्द्र पाण्डेलगायत पुगेका थिए। 

झाँक्रीलाई लिखित सोधपुछ गरेर छाडिएको महाशाखाका एसएसपी थापाले बताए। सोधपुछका क्रममा उनलाई ४ वटा प्रश्न सोधिएको र त्यसको लिखित जवाफ दिएपछि रिहा गरिएको थापाको भनाइ छ। 

प्रहरीका ४ सवालमा झाँक्रीका जवाफ
सवाल १ : तपाईले मिति २०७४।१०।१६ गते गोरखा जिल्ला सिरानचोक गाउँपालिकामा भएको राजनीतिक भेलामा दिनु भएको सार्वजनिक अभिव्यक्तिको भिडियो देखाइन्छ, के कसो हो? कुन सन्दर्भमा उक्त अभिव्यक्ति व्यक्त गर्नु भएको हो? खुलाई लेखी दिनुहोस्। 
जबाफ १ :
मिति २०७७/१०/१६ गते गोरखा जिल्लाका सिरानचौक गापामा भएको राजनीतिक भेलामा मैले बोलेको भिडियो देखाउँदा देखी सुनी पाएँ। म नेकपाको केन्द्रीय सदस्य भएकाले राजनीतिक भेलामा संसद् विघटन पछिको राजनीतिक परिवेशको विषयमा राजनीतिक अभिव्यक्ति दिएकी हुँ। म एक जिम्मेवार पदमा रहेकी राजनीतिकर्मी भएकाले नेपालको संविधान २०७२ को धारा १७ ले दिएको अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक स्वतन्तताको हक अन्तर्गत रही आफ्नो अभिव्यक्ति दिएकी हुँ। 

सवाल २ : अखिल नेपाल महिला संघले माननीय गृहमन्त्रीज्युलाई सम्बोधन गरी मिति २०७७।१०।२१ गते दिएको ज्ञापन पत्र पढी वाची सुनाइन्छ। ज्ञापनपत्रको व्यहोरा के कसो हो? खुलाई लेखी दिनुहोस्। 
जवाफ २ :
अखिल नेपाल महिला संघले माननीय मन्त्रीज्यूलाई सम्बोध गरी  दिएको ज्ञापन पत्र मैले पढी वाची सुनी हेरी पाएँ। व्यहोरा बुझेँ। उक्त ज्ञापनपत्र दिने व्यक्तिहरूलाई म खासै चिन्दिनँ। निजहरूले ज्ञापनपत्र के कुन अभिप्रायले दिएका हुन् मलाई थाहा भएन। मुलुकका सबै संवैधानिक निकाय र संघीय लोकतान्त्रिक गणतन्त्र प्रति मेरो सदैव सम्मान छ र रहने छ। 

सवाल ३ : तपाईले गोरखा जिल्लाको सिरानचोक गाउपालिकामा भएको राजनीतिक भेलामा सम्माननीय राष्ट्रपतिज्युको बारेमा व्यक्त गरेको अभिव्यक्तिले सम्मानित संस्था एवं सम्माननीय राष्ट्रपतिज्युको गरिमामाथि नै आँच पुर‍याउने, धम्की दिने किसिमका अभिव्यक्तिहरु हुन/होइनन्। खुलाई लेखी दिनुहोस्। 

जवाफ ३ : मैले गोरखा जिल्लामा भएको राजनीतिक भेलामा गरेको अभिवक्यक्तिहरू राजनीतिक अभिव्यक्ति हुन्। संवैधानिक राष्ट्रपति प्रतिको मेरो सम्मान हिजो, आज र भोलि पनि उत्तिकै रहने छ। सबै निकायले नेपालको संविधान तथा ऐनको परिपालना गर्नुपर्छ भन्ने मेरो जोड छ। 

सवाल ४ : तपाईको अन्य केही भन्न बाँकी भए खुलाई लेखी दिनुहोस्।
जवाफ ४ :
मैले नेपालको संविधान, प्रचालित कानूनको पालना गरी अभिव्यक्ति स्वतन्त्रताको हक, राजनितिक स्वतन्त्रताको हकको उपयोग गरेकी हुँ।


000

प्रहरीको प्रश्न र झाँक्रीको उत्तर टिपोट तयार पारी उक्त पत्रमा हस्ताक्षर गरेपछि साढे ५ घण्टापछि उनी रिहा भएकी हुन्। 

नेकपाका नेताकार्यकर्तालाई झाँक्रीको जिम्मा लगाएर प्रहरीले छोड्न खाजेको थियो। तर नेताहरुले जिम्मा लिन मानेनन्। 

'भोलि प्रधानमन्त्री पक्राउ पर्लान् रे! रिहा हुने बेलामा प्रहरीले कसैको जिम्मामा छाड्नुपर्ने अवस्था आउला। त्यसको जिम्मा कुनै नेताले लिने कुरा हुन्छ?,' नेकपा नेता सुरेन्द्र पाण्डेले प्रहरीलाई प्रतिप्रश्न गरेका थिए। 

अन्ततः नेकपा नेताले जिम्मा नलिएपछि उनका श्रीमान् पशुपति पुरीको जिम्मा लगाएर झाँक्रीलाई रिहा गरिएको छ। रिहाइपछि झाँक्रीले छोटो प्रतिक्रिया दिँदै प्रतिगमनविरुद्ध पुनः लड्ने बताइन्।

थप समाचार:
'राज्यद्रोह'को आरोपमा समातिएकी रामकुमारी झाँक्री प्रहरी हिरासतमुक्त

झाँक्री पक्राउ : अभिव्यक्ति स्वतन्त्रता तर्साउने सरकारको दाउ

रामकुमारी झाँक्री पक्राउ परेपछि बाबुरामले भने- सरकारको काल आएकै हो ? 

प्रहरी नियन्त्रणमा रहेकी झाँक्रीले भनिन्- यो अन्तिम लडाईं हो

झाँक्रीको पक्राउ अभिव्यक्ति स्वतन्त्रतामाथि नांगो हस्तक्षेप : रामचन्द्र पौडेल

प्रधानमन्त्रीको ठाडो आदेशमा झाँक्री पक्राउ : प्रचण्ड

रामकुमारीलाई भेट्न अपराध महाशाखा पुगे नारायणकाजी र योगेश

‘राज्य विरुद्धको कसुर’ लाग्ने गरी गोरखामा के भनेकी थिइन् झाँक्रीले?

गगन थापाले भने- प्रश्न गर्नेलाई रोक्ने उहिले महाराजा, अहिले राष्ट्रपति ! 

रामकुमारी झाँक्रीलाई अपराध महाशाखा लगियो [तस्बिरहरू]

नेकपा नेता झाँक्रीविरुद्ध लगाइएको कसुर के, सजाय कति ?

हामीले कहिल्यै नखोसिने लोकतन्त्रका लागि लडेका थियौं : झाँक्री

रामकुमारी झाँक्रीले गिरफ्तारी दिइन्

रामकुमारी निवासमा प्रहरी र कार्यकर्ताको ठेलमठेल [तस्बिरहरू]

नेकपा नेता झाँक्रीलाई प्रहरीले पक्राउ पूर्जी थमायो, राज्य विरुद्धको कसुर

झाँक्री निवास : समर्थक आक्रोशित, प्रहरी अघि बढ्न सकेन

प्रहरीलाई रामकुमारीले भनिन्- ‘मलाई पक्राउ गर्ने हो भने पक्राउ पूर्जी लिएर आउनू’

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी निवास पुगेपछि नेताहरुको विरोध

रामकुमारीलाई पक्रन प्रहरी पुगेपछि नारायणकाजीले भने : ‘निरंकुश प्रवृत्तिले नाङगो व्यवहार देखायो, हामी यत्तिकै छोड्दैनौं’

नेकपा नेता झाँक्री निवासमा प्रहरी र नेकपा कार्यकर्ताबीच तनाव

नेकपा नेता झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि कार्यकर्ताको नाराबाजी

झाँक्रीलाई पक्राउ गर्न प्रहरी टोली पुग्यो निवासमा

रामकुमारी झाँक्रीलाई बोलायो प्रहरीले

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  २१:१३
  • #रामकुमारी_झाँक्री

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
माओवादीसहित १२ राजनीतिक घटकले शुक्रबार काठमाडौँमा जनप्रदर्शन गर्ने माओवादी केन्द्रका महासचिव देव गुरुङद्वारा जारी सर्कुलरअनुसार, इजरायली सरकारले अमेरिकी साम्राज्यवादको संरक्षणमा गाजा लगायतका क्षेत्रम... बुधबार, असार २५, २०८२
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति पार्टीका उम्मेदवारलाई पराजित गराउने गलत मनसायका साथ सामाजिक सञ्जाल, अडिओ/भिडिओ लगायत अनेकन हत्कण्डा प्रयोग गरिएका प्रमाणहरूका आधारमा... बुधबार, असार २५, २०८२
सांसद् श्याम घिमिरेकाे प्रश्न : राजतन्त्र पूर्वराजालाई कि राप्रपालाई ? बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक समेत रहेका घिमिरेले राप्रपालाई यस्तो प्रश्न गरेका हुन्। बुधबार, असार २५, २०८२
ताजा समाचारसबै
माओवादीसहित १२ राजनीतिक घटकले शुक्रबार काठमाडौँमा जनप्रदर्शन गर्ने बुधबार, असार २५, २०८२
कोहलपुरमा तीन जना बालक स्कुलबाटै हराए, तीन दिनदेखि खोजी जारी बुधबार, असार २५, २०८२
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय बुधबार, असार २५, २०८२
रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्