• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
'ओली हार्छन् हामी जित्छौं, ढुक्क छौं'
64x64
वीरेन्द्र ओली बुधबार, चैत ४, २०७७  २२:२३
1140x725

काठमाडौं- बुधबार ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको नेकपा एमालेको माधवकुमार नेपाल पक्षको राष्ट्रिय भेलालाई धेरैले एमाले विभाजनको प्रस्थानबिन्दूका रुपमा चर्चा गरेका थिए।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले यही आकलन गरेरै सकेसम्म भेला रोक्ने प्रयत्न गरेका र नसकेपछि त्यसलाई असफल पार्ने रणनीति अपनाएका थिए। त्यसका लागि आफ्नो सचिवालयलाई समेत प्रयोग गरेर भेलाविरोधी प्रचार गराउनेदेखि त्यसमा सहभागी हुनेहरूलाई कारवाही गर्ने अप्रत्यक्ष धम्कीसमेत उनले दिए।

तर, भेलामा प्रस्तुत राजनीतिक दस्तावेज, प्रमुख नेताहरूका धारणा र धेरैजसो कार्यकर्तामा ओलीप्रति हदैसम्मको आक्रोश देखिएपनि छुट्टै पार्टी बनाएर जानेभन्दा एमालेमै रहेर ओलीलाई सुधार्नुपर्छ भन्ने 'मूड' देखिएको छ।

प्रधानमन्त्री ओलीले पार्टी र सरकार दुवैतिर देखाएको रवैयालाई बुझाउन बरु वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल तथा भेलामा समूहगत छलफलका लागि तोकिएका नेताहरूले कार्यकर्तामाझ विस्तृत व्याख्या गरे।

नेता घनश्याम भुसालले अहिलेको एमालेको लडाईंमा पनि ओली हार्ने निश्चित भएको दाबी गरे।

एमाले उपमहासचिव घनश्याम भुसालले एमालेलाई बलियो बनाएर जानेबाहेक अरु केही सोच्दै नसोचिएको बताए। ‘आमरूपमा हामीले गर्न खोजेको एकता नै हो। ओलीजीको प्रवृत्तिलाई म ‘ओलीवाद’ भन्छु। त्यो भनेको विचारधारामा ‘म’, सिद्धान्तमा जता भत्क्यो उतै रोइलो। राजनीतिमा मेरा कि चाकरहरू कि शत्रुहरू हुनुपर्छ। संगठनमा जति चाकरी त्यति ठूलो चाकर भन्ने बनाएको छु’ भुसालले भने, ‘मलाई व्यक्तिगत रुपमा सोध्नुहुन्छ भने ओलीजी हार्नुहुन्छ, हामी जित्छौं।’

दुई दिने भेलाको बुधबारको कार्यक्रम सकिएपछि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी विभाजन गर्ने भन्दा पनि एकीकृत बनाएर जाने विषयमा बहसको थालनी गरिने बताइन्।

1140x725

‘हामीले एमाले विभाजन गरेर नयाँ पार्टी बनाउने सोचेकै छैनौं। ओली कमरेडले नेकपा अर्कैको जिम्मा लगाएर एमालेमा पुर्‍याउनु भएको छ,' शाक्यले भनिन्, ‘एमाले पार्टीमा भएका खराब तत्वलाई पाखा लगाएर त्यही पार्टीलाई हामीले जनताको पार्टी बनाउनुपर्छ।’

भुसालले हामीसँगको कुराकानीमा अर्को कुरा सुनाए। प्रतिनिधि सभा विघटन भएलगतै तीन महिनाभित्र पुनःस्थापना हुने आफूले बताएको उल्लेख गर्दै उनले अहिलेको एमालेको लडाईंमा पनि ओली हार्ने निश्चित भएको दाबी गरे।

‘हामी ओलीलाई हराउँछौ ओली नहार्ने एउटा पनि तर्क छैन। जुन जुन तर्कहरू गरिन्छन्, ती सबै ओली हार्ने तर्कहरू हुन्,' भुसालले भने, ‘अबको मिलनबिन्दु जेठ २ गते (एमाले र माओवादी एकता भएको २०७५ जेठ ३ भन्दा एक दिनअघि) फर्कनुपर्छ। यो सहमतिमा कसैले हुन्न भन्दैन। अस्तिको बैठकमा ओलीजीले पनि भन्नु भएन।’

एमाले पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्ने जनमत बढ्दै गएको, आफूहरूले पनि जेठ २ गतेमै फर्काएर छाड्ने अठोट गरेको उल्लेख गर्दै भुसालले आफूहरू एमाले बाहेक अर्को हुने सोच्दै नसोचेको, एमाले हुनुमै गौरव गर्ने बताए।

कारबाही गरेर साध्यै हुन्न 
प्रधानमन्त्री ओलीले फागुन २८ गते वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालनिकट नेताहरूलाई आफ्नो पक्षको बैठक राखेर जिम्मेवारीबाट हटाएका र आफूनिकटलाई जिम्मेवारी दिएका थिए। त्यसलगतै नेपाल र खनाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेका थिए। यो भेलाले ओलीलाई पनि तर्सायो, उनी नेपाललाई भेट्न तयार भए र धुम्बाराहीस्थित पार्टी कार्यालय पुगे। तर, धुम्बाराहीमा भएको बैठक फलदायी नभएपछि एमालेभित्रको तनाव यो भेलासम्म आइपुगेको हो। 

दलको बैठकमा सबै सांसदलाई उपस्थित हुन खबर पठाइए पनि नेपाल र खनालपक्षका सांसदहरूले बालुवाटारमा हुने बैठकमा नजाने निर्णय गरेका छन्।

प्रधानमन्त्री ओलीले नेपाल पक्षको राष्ट्रिय भेला चलिरहेकै बखत बिहीबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएका छन्। दलको बैठकमा सबै सांसदलाई उपस्थित हुन खबर पठाइए पनि नेपाल र खनालपक्षका सांसदहरूले बालुवाटारमा हुने बैठकमा नजाने निर्णय गरेका छन्।

राष्ट्रिय भेला भइरहेको जान्दाजान्दै दलको बैठक बोलाएकाले उपस्थित हुन नसक्ने सचिव योगेश भट्टराईले बताए। ‘बुधबार र बिहीबार राष्ट्रिय कार्यकर्ता भेला चल्नेछ। प्रधानमन्त्रीज्यूले थाहा पाउँदापाउँदै दलको बैठक बोलाउनु भएछ। बिहीबारको दलको बैठकमा कार्यव्यस्तताले उपस्थित हुन सक्दैनौं। अन्य दिन बोलाए दलको बैठकमा नजाने भन्ने हुँदैन,' भट्टराईले भने। 

यो पनि पढ्नुहोस्

सानेपा भेलाका एमाले कार्यकर्ता : ओलीदेखि आजित तर विभाजनको विपक्षमाबुधबार, चैत ४, २०७७

दलको बैठकमा अनुपस्थित भएकै कारण देखाएर ओलीले आफूहरूमाथि कारबाही गर्न नसक्ने पनि भुसालले बताए। ओलीले एकपछि अर्को गर्दै कारबाही गरेर जान सम्भव नभएको भन्दै भुसालले भने, ‘उहाँले राजनीति सक्नुभयो। एमालेको जुन शान, प्रतिष्ठा र वैभव थियो त्यो सखाप पार्दै हुनुहुन्छ। हामीले गठबन्धन गरेर चुनावबाट त्यति धेरै मत ल्यायौं, बलियो सरकार बनायौं, एकता गर्‍यौँ , एकता पनि भत्कायौँ। अब एउटा पार्टी एमाले छ त्यही पनि फोर्न थालिएको छ। एमालेमा ओलीलाई कसरी बिउझाउँन सकिएला भन्ने लाग्या छ।’  

ओलीमाथि दबाब बढाउन पुराना वाम नेता सक्रिय
एमालेमा ओलीको मनपरी अचाक्ली भएको र आफूहरूमाथि अत्याचार थोपरेको भन्दै आएका नेपाल र खनालपक्षीय नेताहरूले आफ्नो पक्षमा पुराना वाम नेतालाई पनि सक्रिय बनाएका छन्। कम्युनिस्ट आन्दोलनका पहिलो र दोस्रो पुस्ताका पुराना नेताहरू सकिनसकि वैशाखीको सहाराले बुधबार हेरिटेज गार्डेनमा उपस्थित भए। पार्टीलाई एकताबद्ध गराउनुपर्ने भन्दै राजनीतिबाट विश्राम लिएका नेताहरू मञ्चमै उपस्थित भएर खबरदारी गरे। 

ओलीसँगै जेल परेका मोहनचन्द्र अधिकारी भन्छन्- ओली तानाशाह भए

ओलीसँग जेल जीवन विताएका मोहनचन्द्र अधिकारी धर्मराउँदो शरीरसहित मञ्चमा पुगेर पार्टी एकताको सन्देश दिए। १८ वर्ष जेल जीवन विताएर नेपालका नेल्सन मण्डेलाको रुपमा समेत चर्चा बटुलेका अधिकारीले ओलीको प्रवृत्ति पहिलेदेखि यस्तै रहेको उल्लेख गरे। पुराना वाम नेताहरू सिद्धिलाल सिंह, कमलप्रसाद कोइराला, मोदनाथ प्रश्रित, शीतल झा, राधाकृष्ण मैनालीलगायतलाई मञ्चमा राखेर नेपाल र खनालले ओलीले आफूहरूमाथि अत्याचार गरेको बताएका थिए। 

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  २२:२३
  • #नेकपा_एमाले
  • #माधवनेपाल
  • #राष्ट्रिय_भेला

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्