• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नेपालले भने– राजीनामा फिर्ता लिनुहोस्, भीम रावलको जवाफ– म फेरि सोच्छु
64x64
डिबी खड्का बुधबार, साउन ६, २०७८  २२:३६
1140x725

काठमाडौं- नेकपा एमालेको एकता कार्यदलले तयार पारेको १० बुँदे सहमति-पत्रको स्वामित्व अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले नलिइदिँदा आफूले सांसद पदबाट राजीनामा गरेको एमाले उपाध्यक्ष भीम रावलले बताएका छन्। 

बुधबार बेलुकी नेता नेपाल र सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश शाहसहित १४ जना सांसदसँग आफ्नै निवास टोखामा भएकाे भेटवार्तामा उनले यस्तो बताएका हुन्। 

मन्त्री शाहका अनुसार भेटमा नेपालले रावललाई राजीनामा फिर्ता लिन प्रस्ताव गर्दै भने, ‘मेरो चाहना पनि सबै समस्याविरुद्ध एकसाथ लडौं भन्ने नै छ। साथीहरुको चाहना पनि तपाईंले राजीनामा फिर्ता लिनुहोस् भन्ने छ।’

यसको जवाफमा रावलले आफूलाई एकताका लागि सक्रिय बनाएर दुवै पक्षका शीर्ष नेताहरुले त्यसको स्वामित्व नलिएकोमा चित्त दुखेको बताए। 

उनको जवाफ थियो, ‘मैले एकताका लागि इमान्दारीपूर्वक भूमिका खेलें। यसमा पार्टी अध्यक्ष, वरिष्ठ नेतालगायत सबैले धन्यवाद दिनुपर्नेमा इमान्दारीपूर्वक स्वामित्वसमेत लिने काम भएन। यसमा मेरो चित्त दुख्यो।’

किन पुगे नेपाल टोखा?
नेकपा कालदेखि नै वरिष्ठ नेता नेपालसँग निकट रहेर अन्तरसंघर्षको अग्रपंक्तिमा रहेका रावलले आइतबार एकाएक साथ छाडे। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुपर्ने नेपालको चाहना विपरीत उनले सांसद पदबाटै राजीनामा दिएको घोषणा गरे। 

रावल आफूसँग नराम्रोसँग रिसाएको महसुस गरेका नेपालले भेट्ने बहाना खोजिरहेका थिए। यही सन्दर्भमा रावलसँग निकट नेपाल पक्षका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रीसमेत रहेका संसदीय दलका नेता शाह नेतृत्वको टोली काठमाडौं आइपुग्यो र रावललाई राजीनामा फिर्ता लिन दबाब दिन उनको निवास पुग्यो। 

एकपल्ट नेता रावलसँग भेट गरेपछि उक्त टोली नेपाल निवास कोटेश्वर पुग्यो। सुदूरपश्चिमको मात्रै होइन, देशकै नेता भएकाले रावललाई उक्त निर्णयबाट रोक्नुपर्ने माग नेपालसमक्ष शाहको टोलीले राख्यो। 

शाह भन्छन्, ‘हामीले नेपाललाई भेटेर प्रस्ताव राख्यौं। उहाँ पनि एकचोटी भेटेर राजीनामा फिर्ताको प्रस्ताव राख्न तयारीमा हुनुहुँदोरहेछ। संयोगले हामी पनि राजीनामा फिर्ता लिन दबाब दिनका लागि उहाँको घरमा पुग्यौं। त्यसपछि आज सँगै रावलकहाँ पुगेर राजीनामा फिर्ताका लागि आग्रह गर्ने कुरा भएको हो।’ 

नेपालको योजना अन्य कुनै दिन भेट्ने रहेपनि सुदूरपश्चिमको नेपाल–रावलनिकट समूहले आग्रह गरेपछि बुधबार अपराह्न नेपाल रावललाई भेट्न उनकै निवास पुगेका हुन्। 

रावलसँगको भेटमा नेपालले पार्टी आन्दोलनका विषयमा एकै ठाउँ बसेर सल्लाह गर्नुपर्ने समय भएकाले राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। नेपालको भनाइ थियो, ‘पार्टी आन्दोलनका विषयमा एकै ठाउँ बसेर सल्लाह गरौंला। अहिले राजीनामा फिर्ता लिनुहोस्। हाम्रो पार्टीको तर्फबाट तपाईं हामी सबैलाई माया गर्नेको तर्फबाट हो भन्ने सम्झिदिनुहोस्।’

सुदूरपश्चिमका सांसदको दबाब– तपाईंले व्यक्तिगत निर्णय गर्न पाउनुहुन्न
सुदूरपश्चिमबाट रावललाई राजीनामा फिर्ता गराउन आएका मन्त्री र सांसदहरुले रावललाई आफ्नै मर्जीमा राजीनामा दिने छुट नभएको बताएका थिए। 

भेटमा उक्त टोलीका नेतृत्व गरेका मन्त्री शाहले भने, ‘हामीले तपाईंलाई व्यक्तिका रुपमा होइन, सर्वाधिक मत ल्याएर जितेको एमालेको उपाध्यक्षका रुपमा लिएका छौं। पदले उपाध्यक्ष भएपनि राष्ट्रियताका मामलामा अहिले प्रमुख नेता हो तपाईं। त्यसैले आफ्नै मर्जीले राजीनामा गर्ने छुट छैन।’

यसैगरी, सुदूरपश्चिमका सांसदहरुले देशभक्ति आन्दोलनको खम्बा भएकाले प्रतिनिधि सभाबाट अलग्गिन नसक्ने बताएका थिए। उनीहरुको भनाइ थियो, ‘तपाईं प्रतिनिधि सभाबाट अलग भएर एमसीसीदेखि लिएर कालापानी, लिम्पियाधुरा र लिपुलेकका साथै नागरिकता विधेयकहरु बलियो हुन्छन् भन्ने विश्वास छैन। प्रतिनिधि सभामा गएर नै सामना गर्न सक्छौं।’

राष्ट्रभक्तिको राजनीति गरेको नेता कमजोर हुँदा देश कमजोर हुने महसुस गर्न पनि उनीहरुले आग्रह गरेका थिए। आफ्नो मात्रै नभइ सुदूरपश्चिमको सरकार, पार्टी र संसदका साथै राष्ट्रिय चिन्ता रहेको उनीहरुले बताएका थिए।   

रावलको जवाफ– एकतामा लागेको मान्छेले कसरी मतदान गर्ने?
वरिष्ठ नेता नेपाल र सुदूरपश्चिम प्रदेशका नेताहरुको कुरा सुनेपछि प्रतिक्रियामा रावलले नेपालप्रति पनि गुनासो पोखे। नेपाललाई लक्षित गर्दै उनले भने, ‘मैले एकताका लागि पहल गरें। तपाईंले धन्यवाद दिनुपर्थ्याे। मलाई एकताका लागि भनेर पठाउने र उता एकता भाँड्ने काम भए। मलाई दुःख लाग्यो।’

मूल्यहीन राजनीतिको गोलचक्करमा फस्नुभन्दा आफूलाई नै समर्पण गर्नु उत्तम ठानेर राजीनामा गरेको उनले जवाफमा बताएका थिए। उनको भनाइ थियो– 'एकतामा सक्रिय भएको मान्छेले विश्वासको मत कसरी दिने?’

आफू अन्य १० नेताजस्तो तटस्थ पनि बस्न नहुने मान्यतामा रहेको उनले खोलेका छन्। उनले नेपालसमक्ष भने, ‘मतदान नगरेर तटस्थ बस्ने राजनीतिको कुनै मत हुँदैन। कि त मतदान गर्ने कि अस्वीकार गर्ने हो। तटस्थ मित्रहरुबीच गरिने राजनीति होइन।’

आफूलाई राजीनामा फिर्ता लिन दिइएको दबाबलाई लिएर एकपल्ट फेरि सोच्ने उनले बताएका छन्। ‘तपाईंहरु जस्तो शुभचिन्तक, सहयोद्धा र नेता कार्यकर्ताले आग्रह गर्नभएको छ। म यसबारे विचार गर्छु,’  उनले भने।

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  २२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्री ओलीले स्पेनको पाँच दिन भ्रमणको उपलब्धिबारे जानकारी गराएका हुन्। सोमबार, असार २३, २०८२
संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री (लाइभ) बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे जानकारी गराउने छन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
शुक्लाफाँटामा सेन्सरयुक्त सौर्यबत्ती जडान सोमबार, असार २३, २०८२
एप्पलद्वारा इयूसँग ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न आग्रह सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार, असार २३, २०८२
कारोबारसँगै खुम्चियो सेयर बजार सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा शाह सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्