• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
एमालेमा निर्णायक मोड : बालकोट झर्ने कि चन्द्रागिरि चढ्ने?
64x64
डिबी खड्का सोमबार, भदौ ७, २०७८  २१:४२
1140x725

काठमाडौं– नेकपा एमालेको तत्कालीन ‘माधव नेपालपक्ष’मा सोमबार दुई घटना घटे। कुनै समय तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपालका अति निकटस्थमध्ये मानिने दोस्रो तहका नेताहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगे। तत्कालीन एमालेकै तेस्रो तहका नेताहरुलाई बोकेर नेपाल भने काठमाडौंको पश्चिमतर्फ रहेको चन्द्रागिरि डाँडोमा उक्लिए। 

नेपाली राजनीतिमा एकै दिन बालकोट झर्ने र चन्द्रागिरि उक्लने संयोग एउटा बिम्बका रुपमा रहनेछ। किनभने राजनीतिक अडानमा सौदाबाजी गर्न नचाहेर नयाँ पार्टी बनाउन चन्द्रागिरिको डाँडो चढेका छन् नेपाल। आफ्नै सहकर्मीलाई मिलाउन नसकेर बालुवाटारबाट बालकोट झरेका हुन् अध्यक्ष ओली।

तिनै ओलीसँग एमालेमै रहने ‘ठाउँ’ खोज्दै तत्कालीन नेपाल पक्षका ९ जना बालकोट पुगेका हुन्। एमाले सचिवद्वय प्रदीप ज्ञवाली र योगेश भट्टराईकाअनुसार ओली त्यसका लागि राजी भएका छन्। 

२०७५ जेठ २, अझै अस्पष्ट 
नेकपा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले निरन्तर उठाइरहेको माग थियो– पार्टी संरचनालाई २०७५ जेठ २ मा फर्काउनुपर्ने।

सर्वोच्च अदालतले फागुन २३ गते एमाले ब्युँताएपछि अध्यक्ष केपी शर्मा ओली दुरुस्तै जेठ २ मा जान चाहेनन्। बरु नेकपाकालमा प्रचण्डसँग लागेर आफूलाई अप्ठ्यारो पार्ने नेपालपक्षलाई पेल्ने रणनीति लिए। त्यसको परिणाम वरिष्ठ नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। 

चार महिनासम्म एमालेमा समानान्तर गतिविधि चलाउन नेपाललाई सघाएका ९ जना प्रभावशाली नेताहरु, उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भूसाल, सचिवत्रय गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई तथा स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्तले नेपालको साथ औपचारिक रुपमै छाडेका छन्। 

एमाले एकताकै पक्षमा लाग्ने भन्दै साथ छाडेका उनीहरुको सुनुवाई अध्यक्ष ओलीले ढिलोगरी गरेका छन्। १० बुँदे सहमति कार्यान्वयन थाल्ने भन्दै मंगलबार संयुक्त स्थायी कमिटी बैठक बोलाइएको छ। 

तर, हिजो नेपाल पक्षमा रहेका ती नेताहरु पूर्ववत् अडानबाट केही तल ओर्लिएको संकेत सोमबारको सहमतिपछि नेताहरुले दिएको प्रतिक्रियाबाट मिलेको छ। तत्कालीन ‘नेपालपक्ष’ले सवैभन्दा बढी उठाएको माग थियो, एमालेको पहिलो बैठकमा माओवादी केन्द्रबाट आएका रामबहादुर थापा (बादल)सहितको समूहलाई सहभागी नगराइयोस्।

एमालेको बैठकले मिसिन आइपुगेका उनीहरुलाई स्वागत गरेर जिम्मेवारी दिनुपर्ने धारणा उनीहरुले चार महिनासम्म निरन्तर उठाए। तर, मंगलबारको बैठकमा बादल समूह सहभागी हुने महासचिव ईश्वर पोखरेल बताउँछन्। उनले नेपाललाइभसँग भने, ‘बादल समूह किन नहुनु? यो विकसित एमाले हो। जेठ २ को ‘लेजिटमेन्ट बोर्डरलाइन’मा जाने हो।’

दशबुँदे सहमतिको दोस्रो नम्बर बुँदामा २०७५ जेठ २ मा जेठ ३ गते मनोनित केन्द्रीय सदस्य सहित फर्किने उल्लेख छ। त्यसमा बादल समूहलाई कहीँ सम्बोधन गरिएको छैन। तर, दशबुँदे सहमति कार्यान्वयन गर्ने ‘पहिलो बैठक’मा बादल समूहको उपस्थिति ‘क्लिएर’ छैन। यस विषयमा माधव नेपाललाई ‘छाडेका’ नेतामध्ये एक पन्त भन्छन्, ‘जेठ २ गतेको एमालेको बैठक बोलाउन भनिएको हो। त्यो बैठकमा के के हुन्छ ग्यारेन्टी गर्न सक्दिनँ। हुनुपर्ने पूर्वमाओवादी बाहेकका एमालेको स्थायी कमिटी बैठक हो।’

एमाले मोह र नेपालसँग चित्त दुखाइ
माधव नेपाललाई छाडेका नेताहरुले सोमबार अध्यक्ष ओलीसँग सहमति भन्दा पनि सम्झौता गरेको जस्तो देखिएको छ। आफ्नो पूर्ववर्ती अडान र नेतृत्व दुवै गुमाएका उनीहरुलाई एमाले मोहले र नेपालले नसोधेर नयाँ पार्टी गठन गरेकाले त्यहाँसम्म पु¥याएको प्रतीत हुन्छ। 

एमालेमा बिग्रहको अवस्था सिर्जना भएको केही समय बितिसकेको थियो। अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई ससम्मान पार्टीमा राख्न आनाकानी गरिरहेका थिए। नेपालपक्षमा रहेका केन्द्रदेखि तल्लो तहका नेता कार्यकर्ता यही प्रवृत्तिबाट प्रताडित थिए। 

त्यसैले फरक पार्टी गठन गरेर अघि बढ्न नेपाललाई चर्को दबाब थियो। नेपाल पक्षीय स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा त्यही कोणबाट विचार आउन थालेका थिए। नेपालले ओलीसँग सहमतिका लागि पठाएको ‘एकता कार्यदल’ले अन्तिमसम्म एकताको प्रयास गर्ने निर्णय गराउन सफल भए। साउन २२ गते बसेको केन्द्रीय कमिटी बैठकले उक्त निष्कर्ष निकालेको थियो। त्यसपछि आकस्मिक निर्णय गर्नुपरे स्थायी कमिटीको बैठक बोलाउनुपर्ने निर्णय भएको नेपालपक्षमा रहेर अहिले उनलाई छाडेका गोकर्ण विष्ट बताउँछन्। 

तर, भदौ २ गते नेपालले नयाँ पार्टी दर्ताका लागि निवेदन दिँदा स्थायी कमिटीका नेताहरुलाई एक वचन नसोधेको नेता योगेश भट्टराई बताउँछन्। सोमबार अध्यक्ष ओलीसँग भेटवार्तापछि प्रतिक्रिया दिँदै उनले भने, ‘नयाँ पार्टी गठन गर्नुअघि उहाँले हामीसँग छलफल नै गर्नुभएन।’

पार्टी विभाजनको पक्षमा नलाग्न भन्दै स्थायी कमिटीका धेरै नेताहरुले गरेको आग्रह नेपालले नसुनेको रघुजी पन्तको भनाइ छ। नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘हामीले माधव नेपाललाई छोडेको होइन। बरु माधव नेपालले रघुजी पन्त र उहाँलाई साथ दिँदै आएका साथीहरुलाई छोड्नुभयो। छोडेर ‘जम्प’ गर्नुभयो।’

अधिकतम एकतामा सफल ओली 
असार १६ गते प्रधानमन्त्री तथा अध्यक्ष ओलीनिकट एक नेताले भनेका थिए, ‘अबको लक्ष्य अधिकतम एकता हो।’ ‘अधिकतम एकता’ रणनीतिको बेलिविस्तार लगाउँदै उनले थपेका थिए– ‘एमालेमै रहन चाहने नेपाल पक्षमा रहेका साथीहरुलाई लक्ष्य गरेर पछि हट्ने तर, नेपालले भनेअनुसार नै नगर्ने।’ 

भदौ ७ गतेसम्म आइपुग्दा ओली पक्ष आफ्नो रणनीतिमा सफल देखिएको छ। तत्कालीन नेपाल पक्षका अधिकांश नेता–कार्यकर्ता एमालेमै राख्ने आफ्नो रणनीतिमा ओली पक्ष सफलता उन्मुख देखिन्छ।

नेपाल अलग्गै बाटोबाट हिँड्न संकल्पित देखिएकाले फर्केर नआउने निष्कर्ष समेत सोमबारको बैठकबाट निस्किएको एमाले प्रवक्ता ज्ञवालीले बताएका छन्। सोमबारको भेटवार्तापछि प्रतिक्रिया दिँदै उनले भने, ‘उहाँले विभाजनको बाटो रोजिसक्नुभएको छ। उहाँको बाटोमा अरु नजाऊन् भन्नका लागि, गलत छ भन्नका लागि हामीले सहमति गरेका हौं।’

नेपालले आफ्नो बाटो तय गरिसकेकाले बाँकीलाई जुन तहसम्म लचिलो भएर पनि एमालेमै राख्ने निष्कर्षमा ओली पक्ष पुगेको सोमबारको सहमतिले देखाउँछ। एमालेका वरिष्ठ नेता नेपालले दर्ता गरेको पार्टीमा नलागेका र फर्किन चाहनेलाई जेठ २ पूर्वकै जिम्मेवारीमा फर्काउने पनि ज्ञवाली बताउँछन्।

बालकोट झर्ने कि चन्द्रागिरि चढ्ने?
सोमबार दुवै पक्षले आफ्नो ‘मुभ’ बढाएका छन्। बुधबार नयाँ पार्टीको सनाखतसँगै दर्ता प्रक्रियामा रहेका नेपालले आफू पक्षीय नेतालाई चन्द्रागिरि चढाएका छन्। उनी पक्षीय स्थायी, केन्द्रीय कमिटी सदस्य र सांसदहरु कोही सोमबार, कोही मंगलबार चन्द्रागिरि चढ्नेछन्। मंगलबार दिनभर राजनीतिक विमर्शपछि बुधबार सिधै निर्वाचन आयोग पुग्ने कार्यक्रम रहेको छ। 

ओलीले मंगलबार स्थायी कमिटीको बैठक बोलाएका छन्। जेठ २ मा फर्किने सहमतिअनुसारको स्थायी कमिटी बैठक भएकाले लामो समयदेखि नेपाल पक्षमा लागेर पछिल्लो समय उनीबाट टाढिएकाहरुले मंगलबारदेखि सदाका लागि नेपाललाई छाड्नेछन्। एमालेको अध्यक्ष केपी शर्मा ओली भएकाले उनीहरुको आगामी राजनीतिक यात्रा ओलीको छत्रछायाँमा हुनेछ। 

एमाले केन्द्रमा को कता लाग्ने? मंगलबारसम्म तय भइसक्नेछ। तर, प्रदेश, जिल्ला र स्थानीय तहका नेता र आम कार्यकर्तालाई भने चन्द्रागिरि चढ्नेहरुलाई समर्थन गर्ने वा बालकोट झर्नेहरुसँग जाने भन्ने कुरा निर्क्यौल गर्न केही समय लाग्न सक्छ।

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  २१:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्री ओलीले स्पेनको पाँच दिन भ्रमणको उपलब्धिबारे जानकारी गराएका हुन्। सोमबार, असार २३, २०८२
संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री (लाइभ) बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे जानकारी गराउने छन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार, असार २३, २०८२
कारोबारसँगै खुम्चियो सेयर बजार सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा शाह सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प, बिरामीहरुको बिजोग (तस्बिरहरू) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्