• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार १९, २०८२ Thu, Jul 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कूटनीति आवश्यक : शाहिद अफ्रिदी [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ आइतबार, असोज १०, २०७८  २०:०६
1140x725

पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शाहिद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कूटनीतिलाई स्थापित गर्ने बताएका छन्। काठमाडौंमा न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कूटनीति आवश्यक रहेको बताए। नेपालमा क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उनले बताए। कुनै समय पाकिस्तानको १९ वर्ष मुनिको टोलीलाई नेपाली टिमले हराएको प्रसंग उल्लेख गर्दै अफ्रिदीले नेपाली क्रिकेट टिमलाई आफूले सक्दो सहयोग गर्ने बताए। आफूले नेपाली क्रिकेट टिमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउने बताए। अफ्रिदीसँग गरिएको कुराकानी:

नेपाल छोटो बसाइँ कस्तो भइरहेको छ?
म एकदमै खुसी छु। अहिले नेपालमा छु। क्रिकेटको कारण अहिले म नेपालमा छु। योसँगै अर्को महत्त्वपूर्ण कुरा नेपाल र पाकिस्तानबीच क्रिकेटको माध्ययमबाट सम्बन्ध जोडिएको छ। तीन दिनको बसाइँको क्रममा नेपालीहरुमा क्रिकेटप्रतिको लगाव निकै पाएको छु। क्रिकेटसँगको लगाव सँगै-सँगै पाकिस्तानी क्रिकेट टोलीलाई माया गर्ने नेपालीहरु पाएको छु। मैले केही नेपाली खेल अधिकारीहरुलाई पाकिस्तान भ्रमणको निम्तो दिएको छु। म पाकिस्तान पुगेर उहाँहरुलाई स्वागत गर्नेछु। जुनसुकै विषय होस्, नेपाल र पाकिस्तानको सम्बन्ध जोडिनु आफैंमा महत्त्वपूर्ण छ। यो प्रगाढ हुँदै जाओस्।

तपाईं त क्रिकेटर, नेपाली क्रिकेटलाई कसरी हेर्नुभएको छ, कसरी विश्लेषण गर्नुहुन्छ?
नेपाली यू-१९ क्रिकेट टोलीले पाकिस्तानी टोलीलाई हराएको सम्झिन्छु। यसको मतलब नेपाली खेलाडीमा प्रतिभा क्षमता छ। पछिल्लो खेल ईपीएलमा मैले खेलें, उक्त खेलमा मैले क्षमता भएका नेपाली खेलाडी देखेँ। सन्दीप लामिछाने लगायतका खेलाडीहरुको टोली क्षमतावान छ। उनीहरुले नेपाललाई विश्वमा कहीँ पनि चिनाउन सक्छन्। नेपाली क्रिकेट विकास गर्नका लागि तल्लो तह 'ग्रासरुट'देखि नै ध्यान दिनुपर्छ। सरकारको संलग्‍नता निकै महत्त्वपूर्ण हुन्छ। सरकारको सहयोग मिलेको अवस्थामा क्रिकेट एकेडेमी सञ्चालन गर्न सम्भव हुन्छ, खेलाडीहरुलाई सुविधा मिल्छ। सबैभन्दा राम्रो पक्ष भनेको नेपाल सरकार क्रिकेटप्रति सकारात्मक छ।

नेपालको फ्रेन्चाइज लिगसँग जोडिनुभयो, तपाईंलाई कुन विषयले जोडिन प्रेरित गर्‍यो?
म एक व्यावसायिक खेलाडी भएको नाताले मैले क्रिकेटको बारेमा कुरा गर्छु। कोही खेलाडी शान्ति, प्रेम र सद्‍भावको खोजीमा हुन्छ र खेल पनि त्यस्तै अवस्थामा होस भन्ने अपेक्षा राख्छ। क्रिकेट नै एउटा त्यस्तो खेल हो, जसले भारत पाकिस्तानको सम्बन्ध राम्रो नहुँदा पनि भारत भ्रमण गरेर आफ्नो खेल र शान्तिको सन्देश दिएको थियो। पाकिस्तान आफ्ना मित्रराष्ट्र र छिमेकीहरुसँग सुमधुर सम्बन्ध राख्‍न चाहन्छ।  हाम्रो क्षेत्र (दक्षिण एसिया) मा क्रिकेटलाई अलग्गै दृष्टिले हेरिन्छ। भारतमा त क्रिकेटलाई धर्मजस्तै भइसकेको छ। क्रिकेटको माध्ययमबाट सम्बन्धहरुलाई प्रगाढ र घनिभूत बनाउन सकिन्छ। मलाई यस्तो लाग्छ। क्रिकेटकै माध्ययमबाट नेपाल र पाकिस्तानको सम्बन्धलाई पनि अझ बलियो बनाउन सकिन्छ। यसभन्दा अघि म नेपाल आएको थिइनँ, नेपाल देखेको पनि थिइनँ। मेरो खुट्टामा समस्या हुँदा-हुँदै पनि मैले नेपाल भ्रमण गरेको छु। क्रिकेटको माध्ययमबाट नेपालमा रहेका क्रिकेट प्रेमीहरुसँग प्रेम र सद्‍भावको सन्देश पनि लिएर आएको हुँ।

पाकिस्तान र नेपाल क्रिकेटसँग जोडिनसक्ने विषयहरु के-के छन्? कसरी जोडिन सक्छन्?
दुई देशको राजनीति आफ्नो स्थानमा छ। क्रिकेटसँग क्रिकेट र क्रिकेट कूटनीति फरक छ। यो पनि एक प्रकारको राजनीति हो। यसबारेमा मेरो बुझाइ अलि फरक छ। यही क्रिकेटबाट जोडिन म नेपाल आएको हुँ। म यहाँ रहँदा जति पनि मानिसहरुसँग भेट भयो मेरो लागि अविश्मरणीय रह्यो। नेपाल र पाकिस्तानलाई क्रिकेट कूटनीतिले जोड्न चाहन्छु। पाकिस्तान पुगेर मैले नेपाली टोलीलाई खेल्न आमन्त्रण गर्छु। यसलाई नेपालस्थित पाकिस्तान दूतावास र नेपाल सरकारले सहजीकरण गर्ने छन्।

तपाईंले परिवारसहित फेरि नेपाल भ्रमण गर्ने भन्नुभएको छ। त्यस्तो के विषयले मोहित बनायो?
यो भ्रमणमा मैले पूरै नेपाल राम्रोसँग घुम्‍न पाइनँ। छोटो भ्रमण छ। आज माउन्टेन फ्लाइट गएँ। सगरमाथा देखेँ। सँगै अन्य हिमालहरु हेरेँ। मेरो रोमाञ्चक अनुभव रह्यो। त्यसैले म परिवारलाई साथै लिएर आउन चाहन्छु। किनभने मेरो साथ परिवार भयो भने तुरुन्त फर्किने हतारो हुने छैन। सहरभन्दा बाहिर गएर नेपाल हेर्न चाहन्छु।

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  २०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन
खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको अन्तरिम आदेश
सम्बन्धित सामग्री
म फुटबलमा ‘डिक्टेटर’ बन्न आएको होइन : कर्मा छिरिङ शेर्पा [अन्तर्वार्ता] हाम्रो जुन ‘चेन्ज एन्फा’को नारा छ, त्यो निरन्तर चलिरहेकै छ। अब जसलाई ‘चेन्ज कर्मा’को नारा लगाउनु छ, त्यो उहाँहरूको विवेकमा म छोड्छु।... बिहीबार, असार २, २०७९
राखेप सदस्यसचिवको अन्तर्वार्ता: अब नवौं राष्ट्रिय खेलकुदका लागि होमिउँ अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गरी होमिन आग्रह गर्न चाहन्छु। शुक्रबार, वैशाख २, २०७९
‘व्यापारीक घरानालाई आकर्षण गर्ने कोसिस गरेका हौं, एनएसएललाई ‘ए’ डिभिजनको विकल्प बनाउन खोजेका होइनौं’ नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरामा आयोजना हुँदैछ। विगतको संस्करणमा सात टिमले सहभागिता ज... बिहीबार, चैत ३, २०७८
ताजा समाचारसबै
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको अन्तरिम आदेश बिहीबार, असार १९, २०८२
जनकपुरले आसिफ र ललितसहित ७ खेलाडी रिटेन गर्यो बिहीबार, असार १९, २०८२
दिलभूषण पाठकलाई २५ हजार धराैटीमा छाड्न अदालतको आदेश बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्