• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ ५, २०८२ Mon, May 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
राखेप सदस्यसचिवको अन्तर्वार्ता: अब नवौं राष्ट्रिय खेलकुदका लागि होमिउँ
64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २, २०७९  १७:३२
1140x725

कोरोना महामारीको विश्वव्यापी कहरबाट नेपाली खेलकुद क्षेत्र पनि अछुतो रहेन। वर्ष २०७८ मा तङ्ग्रिने विश्वास गरिएपनि अपेक्षा अनुसारको गति खेलकुद क्षेत्रले लिन सकेन। उपलब्धिभन्दा खेलकुद क्षेत्रको राजनीतिक खिचातानी बढी चर्चामा रह्यो। संघीय सरकार परिवर्तन भएपछि युवा तथा खेलकुद मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवको रुपमा टंकलाल घिसिङलाई जिम्मेवारी दिइयो। पुराना सदस्यसचिव रमेशकुमार सिलवाल अदालत पुगे पनि अदालतले उनको विपक्षमा फैसला गरिदियो। मंसिरमा संघीय सरकारले सदस्यसचिवको जिम्मेवारी दिएपछि रमेश सिलवाल अदालत जाँदा चार महिना खेलकुदको सर्वोच्च निकाय निमित्तको भरमा चल्यो।

वर्ष २०७८ भर छिटफुट केही प्रतियोगिता भए पनि सरकारी क्यालेण्डरमा रहेका प्रतियोगिता हुन सकेनन्। गण्डकीमा तय भएको नवौं राष्ट्रिय खेलुकद यो वर्ष हुन सकेन र अर्को वर्षलाई धकेलिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद पोखरामा जेठ २२ देखि २८ सम्म आयोजना गर्ने निर्णय गरेको छ। यो तेस्रोपटक नवौं राष्ट्रिय खेलकुदको मिति तय भएको हो। चीनमा हुने एसियन गेम्स हुन ५ महिना मात्रै बाँकी हुँदा नेपालले प्रतियोगितामा सहभागिता जनाउने विषयमा कुनै छलफल पनि हुनसकेको छैन। सहभागिताका लागि खेलाडी छनोट प्रक्रिया अझै हुनसकेको छैन भने कुन खेलमा कति खेलाडीले सहभागिता जनाउने भन्ने विषय पनि टुंगोमा पुग्न सकेको छैन। यही विषयको सेरोफेरोमा रहेर न्युज एजेन्सी नेपालले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग गरेको कुराकानी:

अदालतको फैसलापछि सदस्यसचिवको रुपमा पुनः काम गर्न फर्किनु भएको छ।  के–के छन् अजेन्डाहरु?
गत मंसिरमा सदस्यसचिवमा नियुक्त भएसँगै मैले अजेन्डा सार्वजनिक गरिसकेको थिएँ। अहिलेको अजेन्डा भनेको चार महिना पदवाहली हुँदा सार्वजनिक गरिसकेको छु। भर्खरै नियुक्त भएको सदस्यसचिव होइन। मलाई सकारले मंसिर १३ गते नै नियुक्त गरको हो। १४ गतेबाट कार्यक्रम आरम्भको चरणमा पुगेको पनि हुँ। त्यसपछि अवस्था र वातावरण मिलेको थिएन। मेरो कार्यकालमा त्यो चार महिना अगाडि घोषणा गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न लागि पर्छु। अहिले मुल रुपमा लामो समयदेखि राष्ट्रिय खेलकुद हुन नसकेको अवस्थामा गण्डकी प्रदेशमा आयोजना हुने गरी निर्णय गरिएको छ। अदालतको निर्णयअघि नै पदमा आउँदा मैले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र चीनमा आयोजना हुने १९औं एसियाली खेलकुदको तयारी पनि मेरो प्राथमिकतामा परेको छ। त्यही अन्तर्गत नवौं राष्ट्रिय खेलकुदको पनि मिति तय भएको छ। म नेपाल सरकारप्रति कृतज्ञ र अभार छु। साथै धन्यवाद दिन चाहन्छु। अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गरी होमिन आग्रह गर्न चाहन्छु।

Ncell 2
Ncell 2

मुख्य रुपमा अगाडि सारिएका दुई प्रतियोगिताको अवधि निकै छोटो छ, कसरी सम्पन्न गर्ने योजना बनाउनुभएको छ?
विश्वभर फैलिएको कोरोना महामारीले खेलकुद क्षेत्रसँगै अन्य क्षेत्रलाई नै अस्तव्यस्त बनायो। यद्यपि पनि केही संघहरुले राष्ट्रिय प्रतियोगिता गरिरहेका थिए, छन्। केही खेलले अन्तर्राष्ट्रिय सहभागिता पनि जनाएका छन्। देश संघीय संरचनामा गइसके पछि प्रदेश र स्थानीय तहमा खेलकुदका गतिविधि सञ्चालन भइराखेका छन्। सबै बाहिर आएका छैनन्। उहाँहरुले गरेको प्रतियोगिता जोडेर तयारी थाल्छौं। कतिपय प्रदेशले टिम बनाइसक्नु भएको छ भने कतिपयले बनाउन बाँकी छ। यो बाटोलाई खुलाउँदै राष्ट्रिय प्रतियोगिताको लागि तयारीमा जुट्नेछु। नवौं राष्ट्रिय खेलकुदको लागि मिति तय भइसकेको अवस्था छ। हामीले नै प्रश्ताव गरेको मितिमा क्याबिनेट (मन्त्रीपरिषद्) ले पारित गरेको छ। लामो समयदेखि तयारी गरिरहेका खेलाडीले प्रतियोगिताको पर्खाइमा छन्। खेलाडीले प्रतियोगिता कहिले हुन्छ भन्दै कुर्दा खेलाडी नै थाकिसकेका छन्। ती थाकिसेका खेलाडीलाई नयाँ ताजकि दिनका लागि भए पनि प्रतियोगिता चाँडो भन्दा चाँडो गर्न आवश्यक छ। देशमा आउँदै गरेको निर्वाचनलाई बहाना बनाउनु हुँदैन। स्थानीय तयको निर्वाचन पश्चात् प्रदेश र केन्द्रको आउँछ। कहिलेसम्म निर्वाचनको बहाना बनाउने। यस्तै विषयले खेलकुदका गतिविधि रोकिनु हुँदैन। राजनितिक दलहरुलाई चुनाव लागिरहेको अवस्थामा खेलकर्मीहरुलाई राष्ट्रिय खेलकुद लाग्छ। खेलबाट नै राष्ट्रलाई खेलकुदमय बनाउन लाग्नेछौँ।

नयाँ खेलकुद ऐन लागू भइसकेको छ, ऐन बने पनि धेरै नियमावली बन्न बाँकी छ। यसले पूर्णता कहिले पाउला?
हामी यसको जिम्मेवार निकाय हौँ। यसबारेमा हामीले सम्बन्धित निकायमा पेश गरिसेका छौं। नियामक निकाय, युवा तथा खेलकुद मन्त्रालयले ड्राफ्ट बनाएर अर्थ र कानूनमा सहमतिका लागि पठाइसकिएको छ। सहमति हुनासाथ क्याबिनेटमा पेश गरेपछि यसले अन्तिम रुप पाउनेछ। तर नियामवलीकै कारण ऐन कार्यन्वयनका निमित्त ठूलो समस्या हुँदैन। ऐन जारी भइसकेको छ। त्यसमा टेकेर काम गर्न सकिने भएकाले काम गर्न कठिन हुने छैन।

shivam cement
shivam cement

समय छोटो छ। काम धेरै गर्नु पर्नेछ। यसमा धेरै व्यवस्थापनका काम पनि उत्तिकै छन्। सँगै प्राविधिक कुराहरु पनि जोडिन्छन्। बोर्डले पूर्णता पाउने विषय, सदस्यसचिवको कार्यक्षेत्र सिमित हुँदा कतै काम गर्दा ऐन बाधक बन्छ की बन्दैन?
ऐनका ती दफाबार व्यवस्थाहरुलाई म सम्मान गर्छु। संस्थागत अपनत्व नै मूल विषय हो। व्यक्ति त्यो संस्थाले गरेका निर्णयहरुलाई कार्यन्वयन गर्ने पात्र मात्र हो। म यहाँ कार्यकारी प्रमुखको रुपमा नियुक्त भएको छु। स्वभाविक रुपमा खेलकुदलाई रितपूर्वक चलाउन नियम हुन्छ। परिषद् चलाउन पनि एउटा नियम हुन्छ। पछिल्लो समय दुई विषयलाई ऐनले व्यवस्था गरेको छ। एउटा सदस्य सचिव आफैँ संयोजक रहेको कार्यकारीणि समिति, जसले धेरै निर्णय गर्नसक्छ।

दैनिक कार्य सम्पादनदेखि केही महत्वपूर्ण निर्णय लिनसक्छ। बैठक डाक्नका लागि २४ घण्टा अगाडि सूचना दिएर जति बेला पनि बस्न सकिनेछ भन्ने ऐनमा छ। म संस्थागत तरिकाले चालउँछु। व्यक्तिगत रुपमा म समस्या देख्दिन। म आफैँ संयोजक रहँदा चाहेको अवस्थामा बैठक बोलाउन सकिन्छ। अर्को भनेको परिषद्को बैठक वैशाख १० गते भित्र राख्न माननीय मन्त्री समय प्रश्ताव राखिसकेको छु। अहिलेलाई यति भनेँ। मन्त्रीज्यूको परामर्शमा छिट्टै परिषदको बैठकको मिति आह्वान गर्छु। तर परिषद् कसरी पूर्णता दिने कसरी दिने भन्ने ऐनले सदस्य सचिवको क्षेत्राधिकारमा छैन। सदस्य सचिवको परिषद्को पूर्णता भनेको मन्त्री ज्यू र क्याबिनेटबाट हुने हो। लामो समयदेखि हुन नसकेको परिषद्को बैठकले बोलाउन प्रयास गर्छु। झन्डै २०७५ सालदेखि हुन नसकेको परिषद्को बैठकबाट परिषद्को चलाइरहेका छौं, सदस्य सचिवले कार्यसम्पादन गरी राखेका छौँ। यो कुरा रितपूर्वक, ऐन पूर्वक छैन। बैठक बस्दा राम्रो हो। कसले गर्‍यो, किन गर्‍यो भन्नेमा जानु भन्दा पनि बैठक राख्नु मेरो प्रयास हुनेछ।

नयाँ सरकारको आगमनसँगै राखेपको नेतृत्वमा पनि परिवर्तन भएको छ। पदावधि ४ वर्ष भन्दै नियुक्त गरिए पनि नयाँ सरकारले परिवर्तनले असर पार्ने देखियो। ४ वर्षे कार्यकाल पूरा गर्छु भन्नेमा ढुक्क हुनुहुन्छ?
सरकार परिवर्तनसँगै सदस्य सचिवको परिवर्तन समान्य रुपमा पनि लिनुहोला। यसअघि के भयो र कसरी कार्यसम्पादन गर्ने भन्ने विषयमा छलफल नगरौं। ऐन र कानुनले निर्देश गरे अनुसार म कार्यसम्पादनमा लाग्नेछु। कहिलेसम्म रहन्छ भन्ने भन्दा पनि खेलकुदमा मैले राम्रो गरेर अगाडि बढ्ने हो। नयाँ सरकार बनेर कानुनपूर्वक मूल्याङ्कन गर्नुहुन्छ र कानुनपूर्वक गरेको मूल्याङ्कनलाई अन्यथा लिनुभएन। खेलकुद क्षेत्रमा लामो समय बिताएको हिसावले म खेलकुद क्षेत्रको विकासका लागि काम गर्छु।

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ
सम्बन्धित सामग्री
म फुटबलमा ‘डिक्टेटर’ बन्न आएको होइन : कर्मा छिरिङ शेर्पा [अन्तर्वार्ता] हाम्रो जुन ‘चेन्ज एन्फा’को नारा छ, त्यो निरन्तर चलिरहेकै छ। अब जसलाई ‘चेन्ज कर्मा’को नारा लगाउनु छ, त्यो उहाँहरूको विवेकमा म छोड्छु।... बिहीबार, असार २, २०७९
राखेप सदस्यसचिवको अन्तर्वार्ता: अब नवौं राष्ट्रिय खेलकुदका लागि होमिउँ अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गरी होमिन आग्रह गर्न चाहन्छु। शुक्रबार, वैशाख २, २०७९
‘व्यापारीक घरानालाई आकर्षण गर्ने कोसिस गरेका हौं, एनएसएललाई ‘ए’ डिभिजनको विकल्प बनाउन खोजेका होइनौं’ नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरामा आयोजना हुँदैछ। विगतको संस्करणमा सात टिमले सहभागिता ज... बिहीबार, चैत ३, २०७८
ताजा समाचारसबै
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ आइतबार, जेठ ४, २०८२
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति आइतबार, जेठ ४, २०८२
पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ आइतबार, जेठ ४, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
इच्छाराजलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्