• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
झलकमानको गीतले नेपाल तानिएका घुमन्ते गायक
64x64
युवराज भट्टराई बुधबार, कात्तिक ३, २०७८  ०७:०४
1140x725

काठमाडौं– उनी आफूलाई संगीतको अध्येता मान्दैनन्, तर लोकगीतबारे अनुसन्धान गरिरहन्छन्। नयाँ ठाउँ पुगेर त्यहाँको लोकगीत संकलन गर्नु, गाउनु उनको काम बनेको छ। विभिन्न देशका लोकगीतहरुलाई उनले पुनःजन्म दिएका छन्। उनी लोकगीतलाई ‘माटोको धुन’ मान्छन्।

उनी हुन् अर्को मुखर्जी।

भारतीय नागरिक मुखर्जीले धेरै नेपाली गीत गाएका छन्। कलकत्ता बस्छन्। तर, नेपाली लोकगीतबारे अध्ययन गरिरहन्छन्। उनका ‘कभर’ गीतहरु युट्युबमा चर्चित छन्। ‘रेशम फिरिरि’, झलकमान गन्धर्वले गाएको ‘अल्लारे नानी’, ‘तिम्रो नै माया’ लगायत गीतमार्फत उनी नेपाली स्रोतामाझ चिनिएका हुन्।

मुखर्जी आफूलाई ‘ट्राभलिङ म्युजिसियन’ अर्थात् ‘घुमन्ते संगीतकार’ मान्छन्। ह्वाट्स एपमार्फत सम्पर्कमा आएका मुखर्जी भन्छन्, ‘अनुसन्धान भनेको प्राज्ञिक काम हो। म यो क्षेत्रमा पर्छु जस्तो लाग्दैन। म संगीतलाई माया गर्ने मान्छे चाहिँ हुँ। कलालाई प्राज्ञिक रुप दिनु धेरै महत्वपूर्ण काम हो।’

मुखर्जी सांगीतिक परिवारमा जन्मिए। उनका बुबाआमा दुवै शास्त्रीय गायक थिए। बुबा मजदुर वर्गको व्यथा बोकेका गीत गाउँथे। आमा बंगलादेशबाट शरणार्थीको रुपमा भारत आएकी थिइन्। आमाले पनि मजदुर र भु्ईंमान्छेका गीतहरुलाई बढी महत्व दिन्थिन्। ‘म आमाबुबाले विभिन्न ठाउँमा गाएको गीत सुन्दै हुर्किएँ,’ मुखर्जी भन्छन्, ‘उहाँहरुले लोकगीत गाउनुहुन्थ्यो। हरेक ठाउँको गीतलाई उत्तिकै प्रेम गर्नुपर्छ भन्ने भावना उहाँहरुले नै उमारिदिनुभयो।’

बाल्यकालबाटै लोकगीततर्फ आकर्षित भएका मुखर्जीले यसैलाई आफ्नो क्षेत्र ठाने। त्यसमा थोरै आधुनिकता मिसाए, तर मौलिकता मर्न दिएनन्। लोकगीतमा मान्छेको कथा हुने भएकाले त्यसैलाई सुनाउन यो क्षेत्र रोजेको उनी बताउँछन्। मुखर्जी भन्छन्, ‘लोकगीत त्यस्तो गीत हो, जुन संसारमा त्यहीँको माटोसँग मिल्ने हुन्छ। शास्त्रीय संगीत पनि लोकसंगीतकै आधारमा निर्माण हुन्छन्। तर, लोकगीतको शास्त्रीय संगीतसँग कुनै लेनादेना छैन। लोकगीत लोकको भएकोले आफ्नो माटोसँग मात्रै सरोकार राख्छ।’

नेपाली लोकगीतमा लगाव
९–१० वर्षको उमेरमा उनी पहिलो पटक नेपाल आए। इलामको सन्दकपुरमा उनको भेट अर्जुन शेर्पासँग भयो। अर्जुनले नै उनलाई पहिलो पटक चर्चित नेपाली लोकगीत ‘रेशम फिरिरी’ सुनाए। मुखर्जी भन्छन्, ‘त्यसपछि हरेक वर्ष म नेपाल घुम्न आएँ। काठमाडौंमा विनय मोक्तान भन्ने साथीले मलाई धेरै नेपाली गीतसँग परिचित गराए।’

सन् २०१६ मा मुखर्जी फेरि नेपाल आए। ट्याक्सीमा काठमाडौंको कुनै गल्लीमा पसिरहँदा चालकले बजाएको गीतमा उनको ध्यान गयो। अनि सोधिहाले, ‘यो कसको गीत हो?’

तर, चालकले आफूलाई थाहा नभएको बताए। मुखर्जी भन्छन्, ‘त्यति राम्रो लोकगीत गाउने कलाकार को होला भन्ने लाग्यो। चालकले पुरानो कलाकार भएको जानकारी दिए।’ उनले ट्याक्सीमा सुनेको गीतका दुई शब्द याद गरेका थिए– तिम्रो र माया। उनले युट्युबमा यी शब्दबाट गीत खोजे। नेपाली साथीभाइलाई पनि सोधे।

त्यो गीत थियो झलकमान गन्धर्वले गाएको ‘तिम्रो नै माया लाग्दछ साइँली।’

त्यसपछि उनले झलकमानबारे खोज्न सुरु गरे। खोज्दै जाँदा उनका गीतहरूको एउटा एल्बम नै पाए। ‘त्यसलाई मैले दुई सयभन्दा बढी पटक सुनेँ होला। झलकमानको स्वरमा नेपाली बास्ना आउँछ। उनको स्वरले नेपाली माटोको कथा भन्छ,’ मुखर्जीले भने।

झलकमानको गीत मात्र नभएर उनले अन्य धेरै लोक र आधुनिक गीत गाएका छन्। उनको कभर सङ ‘रेशम फिरिरी’ त युट्युबमा ५० लाखभन्दा धेरै पटक हेरिएको छ। उनले गाएको झलकमानको ‘तिम्रो नै माया’ बोलको गीत पनि ४८ लाखभन्दा धेरै पटक हेरिएको छ। 

आफूले बाल्यकालमा बाबुआमाबाट सुनेका गीतहरुको मिठास सम्झिएर नेपाली गीतहरुमा प्रस्तुति दिने गरेको मुखर्जी बताउँछन्। तर, उनलाई कहिल्यै लागेको थिएन, आफूले गाएका गीत यति धेरै लोकप्रिय हुन्छन्। विदेशी लवजमा गाइएका नेपाली गीतलाई स्रोताले खूबै मन पराए। 

‘लोकगीत भनेको सधैं उत्पत्ति भइरहने संगीत हो, कहिल्यै हराउँदैन,’ उनी भन्छन्, ‘लोकगीत एकै ठाउँमा बस्दैन, मान्छेसँगै बसाइसराइँ गर्छ। मान्छे जुन माटोमा पुग्छ लोकगति त्यहिँ पुगिहाल्छ। मैले नेपाली लोक गीतलाई विश्वमाझमा पुर्‍याएको होइन, पहिल्यै भएको चीज गाएको हुँ।’

विश्वभरिका २१ भाषाका गायक
मुखर्जीले २१ भाषामा गीत गाएका छन्। तीमध्ये अफ्रिकामा बोलिने पाँच भाषा पनि छन्। स्पेनिस, पोर्चुगिज र सबैजसो दक्षिण एसियाली भाषामा गाइसकेका छन्। विभिन्न ठाउँ पुगेर फरक भाषाका तर नसुनिएका लोकगीत सुनाउने जमर्को गरेको उनी बताउँछन्। ‘कुनै पनि कुरालाई विश्वव्यापीकरण गर्न आवश्यक छैन। लोकगीतको आफ्नो मौलिकता हुन्छ। पुग्नुपर्ने ठाउँमा यो आफैं पुग्छ। म नसुनिएका लोकगीतलाई कानसम्म पुर्‍याउने एउटा माध्यम मात्रै हुँ,’ उनी भन्छन्।

मुखर्जीले आफ्ना गीत थोरै मात्र गाएका छन्। धेरैजसो अरुले संकलन गरेका लोकगीत नै गाएका छन्। दुई वर्षअघि मात्रै ‘बोन्धुर बारी’ नामको एल्बम सार्वजनिक गरेका थिए। एल्बममा बंगाली भाषाका तीन लोकगीत, एउटा उनले नै रचना गरेको गीत र एउटा नेपाली गीत छन्। ‘बोन्धुर बारी’को अर्थ ‘साथीको घर’ हुन्छ। उनी भन्छन्, ‘मैले यो एल्बम मेरा तमाम साथीहरुको लागि निकाले, जसले मेरो गीत सुन्छन्। यसमा झलकमान गन्धर्वकै ‘बाला जोबन’ बोलको गीत पनि संग्रहित छ।’

उक्त एल्बम युट्युबमार्फत सार्वजनिक भएको थियो। नेपाली दर्शकले यो एल्बममा संग्रहित ‘बाला जोवन’ गीतलाई पनि निक्कै रुचाएका छन्। अरुले संकलन गरेका र गाइसकेका लोकगीतलाई गाउँदै हिँड्ने उनी आफ्नै मौलिक गीत निकाल्न भने आवश्यक नरहेको ठान्छन्। 

‘लोकगीतको पिता’का रुपमा चिनिने अमेरिकी गायक पिट सिगरको उदाहरण दिँदै उनी भन्छन्, ‘उनले जीवनभर १२ हजार गीत गाए, रेडर्क गरे। तर, तीमध्ये ९८ प्रतिशत लोकगीत थिए। मलाई अरुले संलकन गरेको लोकगीत गाएर आफू हराउँछु वा आफ्नो परिचय बन्दैन भन्ने डर छैन। मलाई बनाउनु पनि छैन।’

मुखर्जी अहिले आफ्नै देश भारतमा छन्। कोलकातामा बसेर संगीत साधनामा व्यस्त छन्। कोभिडका कारण बाहिर निस्किन नपाउँदा आफूले निस्सासिएको अनुभव गरेको उनको भनाइ छ। ‘फेरि कुनै ठाउँ पुगेर त्यहाँको माटोको कथा भन्न मन छ, त्यहाँको लोकगीत गाउन मन छ। अब फेरि विस्तारै यात्रामा निस्किन्छु, सडकमा हिँड्छु। नेपालमा आएर केही समय बिताउने, लोकगीत गाउने योजना छ।’

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार, असार २३, २०८२
कारोबारसँगै खुम्चियो सेयर बजार सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा शाह सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प, बिरामीहरुको बिजोग (तस्बिरहरू) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्