काठमाडौं– मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर ठगी गरेको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठलाई थुनामा राखी अनुसन्धान गर्न ललितपुर जिल्ला अदालतले ४ दिन म्याद दिएको छ। ललितपुर प्रहरीले उनलाई बिहिबार अदालतमा उपस्थित गराएको थियो।
काठमाडौं जिल्ला अदालतले मागेको १० लाख रुपैयाँ धरौटी तिरेर उनी बुधबार छुटेलगत्तै ललितपुर प्रहरीले पक्राउ गरेको थियोे।
ललितपुरमा उनीविरुद्ध सोही प्रकरणमा थप छानबिन अघि बढाइएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको बिगो दाबी गरी मुद्दा दायर गरेको थियो। तर, थोरै मात्र धरौटीमा उनी छुटेका थिए।
मलेसिया जाने युवाहरूसँग सरकारले तोकेकोभन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा भिएलएनका अध्यक्ष श्रेष्ठसहित ४० जना पक्राउ परेका थिए। पक्राउ परेका धेरै जसो व्यवसायीहरु धरौटीमा छुटिसकेका छन्।
श्रेष्ठलाई भक्तपुर प्रहरीले पनि अनुसन्धान हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।