• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
नारायणी किनारमा भेटिएका ‘ओली क्रेजी’हरू
डिबी खड्का/बीपी अनमोल शुक्रबार, मंसिर १०, २०७८  १२:०१
1140x725

चितवन– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन समय आज, शुक्रबार १२ बजे तोकिएको थियो। तर, बिहान सातै बजेदेखि मञ्चको अग्रभागमा पलेंटी कसेर बसेका छन्, स्याङ्जा, हरिनासका ६५ वर्षीय बाबुराम लम्साल। 

उनले कम्युनिस्ट पार्टीलाई समर्थन गरेको २९ वर्ष पुग्यो। १६ वर्षको उमेरदेखि कम्युनिस्ट रुचाएका उनी पहिले मदन भण्डारीबाट प्रभावित थिए। तर, उनलाई भेट्न पाएनन्।

अहिले केपी शर्मा ओली असाध्यै मन पर्छ। उमेरको उकालीलाई बेवास्ता गरेर ओलीको भाषण आफ्नै कानले सुन्न उनी आइपुगेका छन्। उमेरजन्य कारणले कमजोर हुँदै गएका आँखाले एक सय मिटरभन्दा टाढाको मञ्चका ओलीलाई राम्रोसँग देख्न सक्ने छैनन्। तैपनि उनी भन्दैछन्, ‘आफ्नै आँखाले ओली हेर्ने रहरले आएँ।’ ओलीको बोल्ने शैलीले आफूलाई आकर्षित गरेकोकाले यहाँसम्म पुगेको उनी बताउँछन्। 

दोलखा, शैलुङ गाउँपालिकाका उद्धब खड्का साथीहरूसँग मादल र खैजडी बजाएर भजन गाउँदै गरेको भेटिए। भजनमा ‘नारायण... हरिहरि’ त थियो तर बीचका टुक्काहरू कहिले ओलीसँग जोडेर गाउँथे भने कहिले एमालेका आफ्नै स्थानीय नेताको नाम जोडेर। 

लोप हुँदै गएको खैजडी नाँच एमालेजनलाई (मौका पाए ओलीलाई पनि) देखाउन मन छ। उनी ओलीका क्रेजी फ्यान हुन्। कक्षा ८ पढ्दादेखि नै ओलीबारे जान्ने मौका पाएका थिए उनले। ओलीले सारंगी बजाउने गरेको कसैले बताएपछि ओलीभित्रको त्यो कलाकारिताले उनलाई ओलीप्रेम जगायो। अहिले ओलीका हरेक कुरा मनपर्छ उनलाई। 

ओलीप्रतिको क्रेज उनी यसरी पोख्छन्, ‘ओलीमा यस्तो शक्ति छ, सारा नेपालीलाई ऊर्जा दिनुहुन्छ। उहाँ गाना गाउने गर्नुहुन्छ। सारंगी साह्रै राम्रो बजाउनुहुन्छ। गितार हान्नुहुन्छ। त्यसैले असाध्यै मनपर्छ।’

ओली एउटा नेता नभएर विचार भएको दाबी गर्दै पार्टीको मात्रै नभइ, देश र हरेक नागरिकको जिम्मेवारी लिनसक्ने उनले उल्लेख गरे।

कपिलवस्तुबाट ७२ वर्षका राज मण्डल दुईजना आफ्नै उमेरका साथीहरूसहित महाधिवेशनमा आइपुगेका छन्। उनलाई एमालेले के गर्दैछ भन्ने कुरा थाहा छैन। महाधिवेशनको अर्थ उनले खुट्याएका छैनन्। उनका स्थानीय नेता शिवपुजनले भने, ‘केपी ओली आउने कार्यक्रम हो। उनीहरू तयार भइहाले।

आफ्नो मातृभाषा मिश्रित लवजमा मण्डलले थपे, ‘ओलीले भत्ता बढाइदिएको छ। त्यसैले मन पराउँछु। आज उनलाई हेर्न आएको।’

रौतहट फतवाविजयपुर नगरपालिकाका वडाअध्यक्ष सञ्जयप्रसाद साह तत्कालीन माओवादीबाट जनप्रतिनिधि बनेका हुन्। एमाले र माओवादी एकता भएपछि ओलीलाई नजिकबाट नियाले, उनका भाषणहरू सुन्न थाले। त्यसले उनलाई ओलीप्रति आकर्षण बढायो।

जब माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरे, उनको माओवादीप्रति नै मोह भंग भयो र एमालेमै बसे। उनी भन्छन्, ‘मलाई ओलीको देश विकासको सपना मन परिरहेको थियो। प्रचण्डले कम्युनिस्ट मत कांग्रेसको पाउमा राखेपछि माओवादीमा बस्न मन लागेन।’ ओलीलाई नजिकबाट नियाल्न उनी बिहान ८ बजेदेखि मञ्चको अघिल्लो भागमा पलेंटी कसेर बसेका छन्। 

माओवादीकोे आधारभूमि रोल्पाबाट आइपुगेका छन् बालाराम बस्नेत। उनी राजनीतिसँग त्यति नजिक छैनन्। एमालेका मतदाता हुन्। माओवादीलाई कहिल्यै मत नदिएका उनी यसपल्ट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हेर्न यहाँ आइपुगेका हुन्। किन ओलीलाई हेर्ने भनेर गरिएको प्रश्नमा उनले छोटो उत्तर दिए, ‘राम्रो नेता भएकाले।’ 

स्याङ्जा, चापाकोटबाट आएकी राधा भूसालको समूहले आफूले हिलोधुलो बाटो झेल्नुपरेको र बिजुलीबत्ती नभएको गुनासोबाट कुरा सुरु गरिन्। एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा आफ्ना ती दुःख दूर हुने आशा गरेकी रहिछन्। तर, ओली आफ्नै कारण चाँडै प्रधानमन्त्रीबाट हटे। उनलाई भने ओली फेरि प्रधानमन्त्री भइदिए आफ्ना ती समस्या समाधान हुने आशा रहेछ। 

उनले भनिन्, ‘फेरि एमालेलाई जिताउन सकियो भने राम्रो हुन्थ्यो। ओली प्रधानमन्त्री भए विकास हुन्थ्यो, त्यसैले उहाँलाई हौसला दिन हामी गाउँबाट आयौं।’

दाङ, अम्बापुरबाट आएका शोभाराम जिसी बिहान ७ बजेदेखि नै मादल बजाएर गीत गाइरहेका छन्। आफूले सुनेजतिका लोकगीत फेरिफेरि गाइरहेका उनले महाधिवेशनस्थलमा रौनक ल्याएका थिए। रातभरि बसमा समेत मादल बजाएर गाउँदै आइपुगे। ओलीको पनि गानाबजानामा रुचि रहेको उनले बुझेका छन्। ओलीलाई मादल बजाएर गीत सुनाउने चाहना उनले वरीपरी रहेका एमाले कार्यकर्तामाझ राखे। 

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १२:०१
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन सोमबार, असार २३, २०८२
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक जारी सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
टेक्सासमा बाढीको कहर : ७८ जनाको मृत्यु, ४१ जना बेपत्ता सोमबार, असार २३, २०८२
चिकित्सक संघले रोक्यो अस्पतालमा आकस्मिक बाहेकका सेवा सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
पर्यटन राज्‍यमन्त्री अरूण चौधरीले ५ बजे राजीनामा बुझाउने आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्