टेक्सास– अमेरिकाको टेक्सास राज्यमा आएको बाढीमा परी अहिलेसम्म ७८ जनाको मृत्यु भइसकेको छ भने ४१ बेपत्ता छन्।
सबैभन्दा धेरै क्षति केर काउन्टीमा भएको छ। जहाँ ३८ बालबालिकासहित ६८ जनाको मृत्यु भएको छ। राहत तथा उद्धार अभियान जारी राखिएको छ। अधिकारीहरुले मृतकको संख्या बढ्नसक्ने बताएका छन्।
बाढीका कारण केर काउन्टीको नदी किनारास्थित क्याम्प मिस्टिक गम्भीर रुपमा प्रभावित भएको छ। यहाँ १० जना किशोरी र एक काउन्सलर अहिलेसम्म बेपत्ता छन्। खोज अभियानलाई यहाँ केन्द्रित गरिएको छ।
स्थानीय अधिकारीका अनुसार अहिलेसम्म २८ जनाको शब बरामद गरिएको छ। जसमा १० जना बालबालिका रहेका छन्। तर उनीहरुको अहिलेसम्म पहिचान भएको छैन।
टेक्सासका गभर्नर ग्रेग अबोटले कुनै पनि बेपत्ता मानिसको उद्धारका लागि सक्दो प्रयास गर्ने बताएका छन्। मौसम विभागले आगामी २४ देखि ४८ घण्टाभित्र यस क्षेत्रमा तुफान आउनेसक्ने चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।