• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
वाम तालमेलले उब्जाएको प्रश्न : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको सपना कति नजिक?
64x64
किशोर दहाल बिहीबार, असोज १९, २०७४  ०६:२९
1140x725

प्रमुख दलहरुबीच २०७२ जेठ २५ गते भएको सहमतिले नेपालमा संसदीय व्यवस्थालाई निरन्तरता दिने बाटो खोलेको थियो। सहमतिको बुँदा नम्बर ८ ‘नेपालमा एक संवैधानिक राष्ट्रपति हुनेछन्’ भन्ने उल्लेख थियो। तर, यो बुँदामा माओवादीको भिन्न मत रहेको पनि उल्लेख छ। तर, भिन्न मत रहे पनि संविधान निर्माणको प्रक्रिया अघि बढाउने कुरामा ऊ सहमत भएको थियो।

चुवानी घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेन्डा लिएर चुनाव लडेको नेकपा एमालेले भने संसदीय प्रणालीलाई नै स्वीकार ग¥यो। माओवादीले भिन्न मत राख्दा एमालेले पनि आफ्नो घोषणापत्रलाई सम्झिने जाँगर देखाएन। एमालेका आलोचकहरु भन्छन्, एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री भइहाल्ने हतारोले देशले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखबाट शासित हुने अवसर गुमायो। उनीहरुको तर्क छ, शासकीय स्वरुपमा ठीक विपरित एजेन्डामा कांग्रेस र माओवादी रहेको त्यस अवस्थामा एमालेको एजेन्डा सहमतिको बिन्दु हुनसक्थ्यो।

संविधान निर्माणकै बखत कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा सुझाब दिने जनमत ठूलो थियो। अन्य क्षेत्रमा सहजताका साथ र मधेसमा आन्दोलन र अवरोधका बीचबाट ल्याइएको सुझाबमा पनि राष्ट्रपतीय प्रणालीको पक्षमा ठूलै जनमत थियो। तर, त्यसलाई लत्याइएपछि देश उही पुरानै अस्थिरताको दुष्चक्रमा फस्ने भन्दै धेरैले निराशा व्यक्त गरेका थिए।

तर, देशले सुधारिएको संसदीय व्यवस्था र संवैधानिक राष्ट्रपतिको मोडल तय गर्यो। र, संविधान निर्माणपछि एउटा नयाँ राष्ट्रपति र तीन फरक सरकारको अनुहार देखिसक्यो। अर्थात्, संविधान निर्माणपछि जुन संसदीय खेलहरु दोहोरिने आशंका गरिएको थियो, त्यस्तै भइरहेको छ।

जनताको निराशा सत्यको केन्द्रमै उभिएको रहेछ भन्ने दुई वर्षमा तीन सरकार फेरिएबाट प्रष्ट भइसकेको छ। सत्ताको ‘फिजेट स्पीनर’ यसैगरी घुमिरहने हो भने यो देशमा कहिल्यै पनि स्थिरता नआउने अनुमान गर्न गाह्रो पर्दैन।

तर, मंगलबार एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेल गर्ने सहमति भएपछि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको चाहना राख्नेहरुलाई पुनः आशावादी तुल्याएको छ। संविधान निर्माणताका सम्झौता गर्नुपर्ने बाध्यताका कारण संसदीय व्यवस्थामा जानुपरे पनि अब चुनावमार्फत आवश्यक दुईतिहाइको जोहो गरेर संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने शासकीय स्वरुप अपनाउने सकिने सम्भावनाबारे छलफल हुन थालेको छ।

साझा चुनावी घोषणापत्र

वाम तालमेलको सहमतिमा आगामी मंसिरमा हुने प्रतिनिधिसभाको चुनावमा साझा घोषणापत्रका आधारमा सहभागी हुने उल्लेख छ। त्यसका लागि तीनवटै दलका प्रतिनिधिहरु सम्मिलित प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र मस्यौदा समिति गर्ने पनि भनिएको छ। यस किसिमको सहमतिले देशलाई नयाँ खालको शासकीय स्वरुपमा लैजाने संकेत पनि दिएको छ। कारण, उनीहरुको साझा घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डाले प्रवेश पाउने छ।

घोषणा पत्रमा यो मुद्दाको सहज प्रवेश किन पनि अपेक्षित छ भने तालमेल गरेका तीन वटै दलको साझा एजेन्डा यही नै हो। विगतमा आफैंले उठाएको र घोषणापत्रमा राखेको मुद्दालाई छोड्नुपर्ने अवस्था कसैसँग पनि छैन। विगतको संविधान निर्माणको चरणमा जस्तो सम्झौता गर्नुपर्ने बाध्यता अब छैन। त्यसो त, एमाले र माओवादीले संसदीय व्यवस्थाकै कारण छोटो समयमै सरकारबाट बाहिरिनुपरेको निकट विगत पनि छ। एमाले अध्यक्ष ओलीमा संसदीय खेलकै कारण सरकारबाट बाहिरिनुपरेको रिस पनि तातो नै छ। त्यसैले पनि १६ बुँदेको गल्ती सच्याउने अवसर उनलाई छ।

नयाँ शक्ति त कार्यकारी राष्ट्रपतिको एजेन्डालाई निरन्तर बहसमा ल्याइरहेको पार्टी हो। बहसमा ल्याउने मात्रै नभइ नयाँ शक्तिको उदयको एउटा आधार नै यही मुद्दा हुने पार्टी संयोजक बाबुराम भट्टराईको आकलन थियो। एउटा छलफलमा भट्टराईले भनेका थिए, ‘संसदीय व्यवस्थाले निम्त्याउने अस्थीरतालाई जनताले बुझ्दै जाँदा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाउने नयाँ शक्तिको पनि सान्दर्भिकता बढ्छ।’

यस मुद्दाप्रति माओवादीको प्रतिबद्धतामा शंका गर्नुपर्ने कुनै कारण देखिदैन।

कुन मोडलको शासकीय स्वरुप?

शासकीय स्वरुपमा पनि नयाँ शक्ति र माओवादीको मोडल र एमालेको मोडल फरक किसिमका छन्। अघिल्ला दुई दल प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा छन् भने एमाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा। एमालेले कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको परिकल्पना गरेको छ। राष्ट्रपति राष्ट्रप्रमुखका रुपमा रहने छन्।
तर, मुलभूत रुपमा जनताबाट प्रत्यक्ष निर्वाचित व्यक्तिले नै शासन गर्न पाउनुपर्छ भन्ने आधारभूत कुराचाहिँ यी तीनवटै दलहरुको साझा अपेक्षा हो।

नयाँ शक्तिका नेता खिमलाल देवकोटाले भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री के हुने भन्ने विषय खास ठूलो नभएको बताए। ‘प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिने कुरामा यी तीन वटै दलहरु एकमत छन्’, देवकोटाले भने, ‘बाँकी कुरामा खास विवाद हुँदैन।’

देवकोटाको कुराप्रति एमाले नेता रवीन्द्र अधिकारीको समान धारणा छ। उनी आफ्नो दलले खास मोडललाई ठूलो विषय नबनाउने बताउँछन्। भन्छन्, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी भयो भने बाँकी तपशीलका कुरा हुन्।’

तर, तालमेल गरेका तीन दलबीच आफ्नै मोडललाई स्थापित गर्न पहल गर्ने सम्भावना पनि रहन्छ। त्यसो भयो भने एमाले प्रभावी हुन सक्ने सम्भावना छ। चार वर्ष अघिदेखिको संसदको गणित र स्थानीय तहको परिणामले पनि एमाले अन्य दुई भन्दा ठूलो पार्टी हो। त्यसैले घोषणा पत्र मस्यौदा समितिमा उसको प्रभाव बलियो देखिने नै छ।

अर्कोतिर एमालेमा एजेन्डा निकै मध्यमार्गी खालको छ। जसमा सबैले जितेको महसुस गर्ने सम्भावना रहन्छ। र, मुख्यतः राष्ट्रप्रमुखको रुपमा संवैधानिक राष्ट्रपतिको अभ्यास गरेको नौ वर्षे अनुभवले पनि यसमा सहयोग गर्न सक्छ। एमालेको मोडललाई सुरक्षित ठान्ने जमातका कारणले पनि यसमा सहमति जुट्ने सम्भावना रहन्छ। कारण, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बढी स्वेच्छाचारी र निरंकुश भएमा के गर्ने भन्ने आशंकाको उत्तर थोरै भए पनि यसले दिने छ। आवश्यक परे संविधान मिचेरै भए पनि त्यस्ता प्रधानमन्त्रीलाई नियन्त्रण गर्नका लागि अभिभावक स्वरुपमा राष्ट्रपति त चाहिन्छ भन्ने समूहलाई त्यसले सम्बोधन गर्ने छ।

संविधान संशोधन होला?

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको लागि संविधान संशोधन हुने कि नहुने भन्ने विषय यो गठबन्धनको चुनावी प्रदर्शन कस्तो रहन्छ भन्नेमा निर्भर रहन्छ। स्पष्ट रुपमा दुई तिहाइ मत ल्याएको खण्डमा संविधान संशोधन गर्न सहज हुने छ। तर, दुई तिहाइको सम्भावना भने न्यून रहन्छ। मधेस क्षेत्रको सिट सङ्ख्या र त्यहाँ यी दलहरुको तुलनात्मक कमजोर उपस्थितिले दुई तिहाइको सम्भावनालाई अवरोध गर्न सक्छ। अर्कोतिर लोकतान्त्रिक गठबन्धनको पनि चर्चाले वाम गठबन्धनको उदयको आकलन गर्न कठिन छ।

अधिकारीले यसै पटकको निर्वाचनले गठबन्धनको दुई तिहाइ आउने सम्भावना कम भए पनि यस पक्षमा निरन्तर लागी पर्ने बताए। ‘अब जे हुन्छ, संवैधानिक प्रक्रियाबाटै हुने हो,’ अधिकारीले भने, ‘तर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने सम्भावना भने बढेको छ।’

देवकोटाले भने संसदमा कम्युनिष्टहरु नै दुईतिहाइ पुग्न सक्ने आशा व्यक्त गरे। भन्छन्, ‘छरिएर रहेका कम्युनिष्ट दलहरुका सांसदहरु नै झण्डै दुई तिहाइ छ भने एकैसाथ चुनाव लड्दा त्यो सम्भावना बलियो छ।’

‘तालमेलले दुई तिहाइ मत दिलाउँछ,’ देवकोटाले भने, ‘पार्टी एकता नै भयो भने आफ्नो एजेन्डा सहजताका साथ लागु गर्न सकिन्छ।’

त्यस अवस्थामा यो मुद्दा लागु गराउनको लागि नारायणमान विजुक्छे नेतृत्वको नेमकिपा र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सहयोगी हुन सक्छन्। तर, संविधान नै जारी भइसकेको अहिलेको परिस्थितिमा ती दलको आगामी एजेन्डा कस्तो हुने छ, त्यसले पनि प्रभाव पार्ने छ।

एउटा कुरा केचाहिँ निश्चित छ भने, अब कार्यकारी प्रमुखको एजेन्डा झन् बढी बलियो बनेको छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको चाहनेहरु सपनाको नजिक पुगेका छन्। तालमेलमा आबद्ध दलहरुले इमानदारीताका साथ पहल गर्ने हो भने बाहिरका मतदाताको मत पनि जोडिन सक्छ। कारण, कांग्रेसका धेरै शुभचिन्तकहरु पनि यसप्रति आकर्षित छन्। तर, शंका भने उही जेठ २५ मा जस्तै छ, निजि महत्त्वाकांक्षाले त्यसलाई कति प्रमुख र कति सहायक मुद्दा बनाउने छ।

प्रकाशित मिति: बिहीबार, असोज १९, २०७४  ०६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ः ३० बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएक... सोमबार, असार २३, २०८२
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक जारी बैठकले दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ। सोमबार, असार २३, २०८२
दुई संसदीय समितिको बैठक बस्दै जसअन्तर्गत बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै सोमबार, असार २३, २०८२
‘माछा खोलीमा’ बालगीत सार्वजनिक सोमबार, असार २३, २०८२
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार, असार २३, २०८२
प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्