• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
तीन व्यवसायीको हत्या घटना मोहनको हत्या गरिसकेपछि खोज्न जाऔं भन्दै राजेन्द्र र शम्भुलाई मोरङ पुर्‍याएर हत्या !
64x64
नारायण अधिकारी शुक्रबार, माघ २१, २०७८  १३:०३
1140x725
हत्या गरिएका व्यवसायी।

काठमाडौं– मोरङमा दुई र ललितपुरमा एक जग्गा व्यापारीको हत्या घटनाको अनुसन्धानको क्रममा नयाँ–नयाँ पाटाहरु खुल्दै गएका छन्। व्यापारी हत्याको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङ र मोरङ प्रहरीलाई अनुसन्धानमा सहयोग गरिरहेको महानगरीय अपराध महाशाखाको टोलीले हत्यामा हुनसक्ने सम्भावित विभिन्न पाटाहरुको अनुसन्धानको क्रममा नयाँ तथ्यहरु खुल्दै गएका हुन्।

तीन व्यवसायी राजेन्द्रकुमार श्रेष्ठ, शम्भु चौधरी र मोहन लिम्बूको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेर मोरङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। श्रेष्ठ, चौधरी र लिम्बूको हत्या आरोपमा सिरहाको सिरहा नगरपालिका–२१ स्थायी घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलम र मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनारलाई प्रहरीले सार्वजनिक गरेको हो। 

पक्राउ परेकाहरुबाट नयाँ नयाँ तथ्यहरु खुल्दै गएका प्रहरी बताउँछ।

गत माघ १२ र १३ गते मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा २ जनाको शव फेला परेको थियो। उक्त शव सिरहा घर भई काठमाडौं बस्दै आएका शम्भु चौधरी र धरान घर भई भक्तपुर बस्दै आएका ३९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको खुलेको थियो।

उखु काट्न गएका किसानले भर्खर खनेजस्तो खाल्डो र बाहिर रगत देखेपछि प्रहरी कन्ट्रोल नम्बर १०० मा फोन गरेर जानकारी गराएका थिए। त्यसपछि मोरङका एसपी जनार्दन जिसीसहितको टोली गएर खाल्डो उत्खनन् गर्दा चौधरीको शव भेटिएको थियो। शवमा हात डोरीले बाँधिएको र घाँटीमा समेत डोरीको डाम थियो। 

भोलिपल्ट अर्को खाल्डो खनेर हेर्दा श्रेष्ठको शव भेटिएको थियो। उक्त खाल्डोबाट मोबाइलको सीमकार्ड, पर्स, सवारी चालक प्रमाणपत्र समेत फेला परेको थियो। करिब २० मिटरको दूरीमा रहेका दुई खाल्डाबाट प्रहरीले दुई शव निकालेको थियो। दुवैलाई एउटै प्रकृतिबाट हत्या गरी खाल्डोमा गाडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। शव गलाउन नुनको समेत प्रयोग गरिएको थियो।

ग्राहक खोजिदिएवापत कमिसन लिने गरेका मण्डलबाट तीन जनाको हत्या
हत्या गरिएका राजेन्द्र र हाल पक्राउ परेका मण्डल मिल्ने साथी थिए। राजेन्द्र घरजग्गाको काम गर्थे भने मण्डल त्यसका लागि ग्राहक खोजिदिने काम गर्थे। ग्राहक खोजिदिएवापत उनले केही रकम कमिसन लिन्थे। एक अनुसन्धान अधिकृत भन्छन्, ‘मण्डल राजेन्द्रका बडिगार्ड जस्ता थिए। जहाँ जाँदा पनि राजेन्द्रले उनलाई छुटाउँदैनथे।’

अनि, राजेन्द्रको दोस्ती थियो मोहनसँग। ‘राजेन्द्र मोटरसाइकल चलाउँथे। मोहन पछि बस्थे। उनीहरु व्यवासायिक साझेदार समेत भएकाले प्रायः सँगै हुन्थे। गाडी लिएर जानुपर्ने ठाउँमा गाडी भाडामा लिएर राजेन्द्र आफैं चलाउँथे। मोहन उनीसँगै गाडीमा बस्थे’ ती अनुसन्धान अधिकृतले नेपाल लाइभलाई सुनाए, ‘यसरी राजेन्द्रका पार्टनर मोहनसँग मण्डलको चिनजान भएको देखिन्छ।’ 

अर्कोतर्फ मोहनका अर्का मिल्ने साथी थिए मोरङमै मृत भेटिएका शम्भु चौधरी। राजेन्द्रसँको जस्तै दोस्ती शम्भुसँग पनि थियो मोहनको। मोहनमार्फत नै मण्डल शम्भुसँग जोडिएका थिए। राजेन्द्रमार्फत उनका व्यावसायिक पार्टनर मोहन र शम्भुसँग समेत मण्डलको चिनजान र राम्रो सम्बन्ध बढेको थियो।

सिमेन्ट, हाइड्रोपावर र घरजग्गाको कारोबारी तीन व्यवसायीको सम्पूर्ण आर्थिक पाटोको बारेमा मण्डल जानकार भइसकेका थिए। त्यसपछि उनीहरुको हत्या गरेर आर्थिक लाभ लिने उद्देश्यले उनले तीन जनाको हत्या योजना बनाएको देखिएको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। त्यसका लागि उनले भारतीय नागरिकलाई 'सुपारी दिएर' तीन व्यवसायीको हत्या गरेको प्रहरीको अहिलेसम्मको अनुसन्धानले देखाएको छ। 

साढे २ अर्बको तमसुक, पैसा लिन बोलाएर हत्या?
हत्याको मुख्य योजनाकार भनिएका मण्डलले मोहनलाई साढे २ अर्ब दिनपुर्ने भन्ने उल्लेख भएको तमसुक समेत प्रहरीले बरामद गरेको छ। उक्त तमसुक बिहीबार मोहनको लास उत्खनन् गर्दा फेला परेको हो। ‘तमसुक नक्कली बनाएको हुनसक्ने हाम्रो आशंका छ’ अनुसन्धान अधिकृत भन्छन्, ‘त्यही तमसुकको आधारमा रकम दिने भनेर बोलाएर हत्या भएको हुनसक्ने देखिन्छ।

तमसुकमा उल्लेख भएअनुसार रकम मोहनलाई दिने भनेर भाडामा लिएको घरमा बोलाएर मण्डलले हत्या गरेको प्रहरीको अहिलेसम्मको अनुसन्धानले देखाएको छ। त्यसपछि मोहनलाई दिनुपर्ने रकम मोहन नभेटिएको र मोरङतिर गएको हुनसक्ने भन्दै राजेन्द्र र शम्भुलाई मोरङ पुर्‍याएर हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ। 

ललितपुरमा मोहनको हत्या, खोज्न भन्दै मोरङ पुर्‍याइएका दुई व्यवसायी मारिए 
प्रहरी अनुसन्धान अनुसार मोहनको हत्या गत मंसिर २८ गते भएको खुलेको छ। उनको हत्या गर्न मण्डलले एउटा घर नै भाडामा लिएका थिए। सामाजिक सञ्जाल फेसबुकमा घर भाडामा रहेको जानकारी पाएपछि मण्डलले उक्त घर मासिक ३० हजार रुपैयाँ तिर्नेगरी भाडामा लिएका थिए। त्यसपछि मोहनलाई उक्त घरमा बोलाएर मण्डलले हत्या गरेको खुलेको छ। 

नाइलनको डोरीले घाँटी कसेर हत्या गरेपछि मण्डलको शव घरकै कम्पाउण्डमा खाल्डो खनेर गाडिएको अवस्थामा बिहीबार प्रहरीले उत्खनन् गरेको थियो। ‘सुरुमा मण्डलले घरभित्रै शव गाड्ने प्रयास गरेछन्। घरभित्रको सिमेन्टको ढलान फोड्न नसकेपछि उनले बाहिर करिब ५ फिटको खाल्डो खनेर शव गाडेको अवस्थामा भेटियो’, एक अनुसन्धान अधिकृतले भने, ‘खाल्डो खनेर शव गाडेपछि माथिबाट ढलान समेत गरिएको थियो।’

हत्या आरोपमा पक्राउ परेका अनिल मण्डल, नासिर आलम र अमित साह भनिने दिनानाथ सोनार।

मण्डल पक्राउ परेपछि उनैले दिएको बयान तथा सूचनाका आधारमा प्रहरीले उत्खनन् गर्दा मोहनको शव भेटिएको हो। काठमाडौंमा पक्राउ परेका मण्डललाई बिहीबार मात्रै हवाईजहाजमार्फत मोरङ पठाइएको थियो। मोरङ पुगेपछि उनले आफ्नो अपराध स्वीकार्दै मोहनको शव गाडेको ठाउँ प्रहरीलाई भनेका थिए।

यता, ललितपुरमा मंसिर २८ गते मोहनको हत्या गरेपछि उनलाई खोज्न भन्दै राजेन्द्र र शम्भुलाई मण्डलले मोरङ पुर्‍याएका थिए। प्रहरी स्रोतका अनुसार एउटा गाडी रिजर्भ गरेर तीनै जना मोरङ गएका थिए। त्यसपछि मण्डलले योजनाअनुसार उनीहरुलाई केही दिन मोहन आउनसक्ने भन्दै भुलाएका थिए। त्यसपछि भारतीयको सहयोगमा राजेन्द्र र शम्भुलाई मोहनकै शैलीमा मारेर गाडेको प्रहरी अधिकारी बताउँछन्।

अभियुक्त ठानिएका व्यक्तिकै हत्या, मोबाइल लोकेसनले खोल्यो पोल
दुई जना मृत भेटिएपछि प्रहरीले परिवारमार्फत उनीहरुको काम, पृष्ठभूमि पत्ता लगाएको थियो। त्यसपछि खुल्यो, उनीहरुसहित थप दुई जना (मण्डल र मोहन) मिलेर गर्दै आएको व्यावसायिक कारोबार। 

चार जना व्यावसायिक साझेदारमध्ये दुई जना मृत भेटिएपछि प्रहरीले बाँकी रहेका दुई साझेदार मण्डल र लिम्बुमाथि अनुसन्धान सुरु गरेको थियो। उनीहरु दुवैजना अभियुक्त हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान थियो। प्रहरीले खोजी गरेकामध्ये मोहनको मोबाइल अफ थियो। अनिलको भने अन भएकाले लोकेसन काठमाडौं नै देखाएको थियो। त्यसपछि मोरङबाट डीएसपी मन्जिल मुकारुङसहितको टोली अनुसन्धानका लागि काठमाडौं आएको थियो। 

महानगरीय अपराध महाशाखा समेतको सहयोगमा मण्डल चार दिनअघि काठमाडौंबाट पक्राउ परे। तीन दिनसम्म काठमाडौंमा राखेर अनुसन्धान गर्दा समेत मण्डलले अपराध स्वीकार गरेनन्। मोरङ पुर्‍याएपछि भने उनले प्रहरीलाई ढाँट्न सकेनन्। त्यहाँ उनका अपराधका साक्षी तथा सहयोगी मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई पक्राउ गरेर प्रहरीले राखिसकेको थियो। 

त्यसपछि उनले अपराध स्वीकार गर्दै प्रहरीले खोजी गरेका अर्का व्यक्ति मोहनको पनि हत्या गरी गाडेको बयान दिएका थिए। त्यसपछि प्रहरीले अभियुक्त भनेर सोचेका मोहनकै हत्या भएको खुलेको थियो।

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  १३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको... मंगलबार, असार २४, २०८२
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
विपद प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदहरुको माग मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार (भिडियो) मंगलबार, असार २४, २०८२
धेरैजसो कम्पनीको मूल्य बढे पनि घट्यो नेप्से परिसूचक मंगलबार, असार २४, २०८२
महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्यान दिनुपर्छ : प्रकाशमान सिंह मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्