• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
द्वन्द्वकालमा स्वीकृत चौकी राख्नै २१ वर्ष, अहिले मागिएका ८३० ठाउँमा कहिले स्थापना होलान् प्रहरी कार्यालय?
64x64
नारायण अधिकारी मंगलबार, फागुन १७, २०७८  ०९:२७
1140x725

काठामाडौं– प्युठानको दाङबाङका स्थानीयले प्रहरी चौकी माग गर्दै २०५५ सालमा निवेदन दिए। जिल्ला सुरक्षा समितिले अध्ययन गरेपछि निवेदन स्वीकृत भयो। तर, सशस्त्र द्वन्द्व भइरहेकाले त्यति बेला चौकी स्थापना हुन सकेन। 

निवेदन स्वीकृत भएको करिब आठ वर्षपछि द्वन्द्व त सकियो, चौकी भने पुगेन। २०७६ सालमा बल्ल चौकी स्थापना भयो। २१ वर्षअघि माग भएको प्रहरी चौकी द्वन्द्व सकिएको पनि १३ वर्षपछि मात्र स्थापना हुन सक्यो।

सुरक्षाको प्रत्याभूति गरेर अहिले पनि विभिन्न स्तरका प्रहरी कार्यालय माग्दै स्थानीयले निवेदन दिने गरेका छन्। बढ्दो शहरीकरण, जनसंख्याको चाप, वर्षैपिच्छे उकालो लाग्दै गरेको अपराध, अपराधका नयाँ–नयाँ शैली, सूचना प्रविधिको विकाससँगै देखिएको सुरक्षा चुनौती, अनलाइन तास–जुवा र बेटिङ जस्ता कारण समाज अशान्त हुने क्रम बढेको छ। यस्ता घटनाबाट दिकदार भएका नागरिकले प्रहरीको सहारा खोज्ने क्रम बढेको हो। त्यहीकारण ग्रामीण भेगदेखि सुविधान्मुखक शहरमा प्रहरी कार्यालय÷युटिन राख्न माग गर्दै प्रहरी प्रधान कार्यालयमा निवेदन आउने गरेका छन्।

तर, माग भएका प्रहरी कार्यालय तत्काल स्थापना हुन संभव नभएको प्रहरी अधिकारीहरू बताउँछन्। ‘चौकी आवश्यक रहेको भन्दै माग गर्नु एकदमै सकारात्मक हो। दैनिक शान्ति सुरक्षा व्यवस्थापनदेखि अपराध अनुसन्धानसम्मका लागि अहिलेकै दरबन्दी अपुग छ,’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारी भन्छन्, ‘एकातर्फ चौकी मागको संख्या ठूलो हुनु र अर्कोतर्फ स्थानीय तहको आगामी चुनाव सम्पन्न गर्न एक लाखभन्दा बढी म्यादी भर्ना गर्नुपर्ने अवस्थाले प्रहरीको दरबन्दी अपुग भएको पुष्टि गर्छ। त्यसैले प्रहरी कार्यालय थप गर्न संभव छैन।’

८३० ठाउँबाट प्रहरी कार्यालय/युनिट माग
गएको फागुन ८ गतेसम्मको नेपाल प्रहरीको तथ्यांकअनुसार अहिले देशभरबाट थप ८३० वटा विभिन्न तहका प्रहरी कार्यालय माग भएको छ। जसमध्ये सबैभन्दा बढी प्रदेश १ मा २२७ कार्यालय माग भएको छ। लुम्बिनीमा १३३, सुदूरपश्चिममा १२०, बागमतीमा ११०, मधेश प्रदेशमा ९३, गण्डकीमा ६८, कर्णालीमा ६३ र काठमाडौं उपत्यका (महानगरीय प्रहरी) मा १६ वटा कार्यालयको माग भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले बताए।

सबैभन्दा बढी प्रहरी चौकीको माग गरेर निवेदन परेका छन्। देशभरि ७०९ प्रहरी चौकी राख्न माग भएको छ। जसअनुसार प्रदेश १ मा १९२, लुम्बिनीमा १२०, सुदूरपश्चिममा १०६, बागमतीमा ९३, मधेशमा ८२, कर्णालीमा ५६, गण्डकीमा ५३ र महानगरीय प्रहरी कार्यालयमा सात वटा चौकी राख्न माग भएको छ। त्यस्तै ‘क’ श्रेणीको १९ वटा इलाका प्रहरी कार्यालय राख्न माग भएको छ। जसमध्ये प्रदेश १ मा नौ, बागमतीमा चार, गण्डकीमा तीन, लुम्बिनीमा दुई र कर्णालीमा एउटा कार्यालयको माग भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। 

‘ख’ श्रेणीका ५८ वटा इलाका प्रहरी कार्यालयको माग भएको छ। जसमध्ये प्रदेश १ मा १४, सुदूरपश्चिममा १२, मधेश र बागमती प्रदेशमा आठ–आठ, गण्डकीमा सात, लुम्बिनीमा पाँच, कर्णालीमा तीन र महानगरीय प्रहरी कार्यालयमा एक गरी ५८ वटा छन्। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा एक–एक गरी चार वटा सीमा प्रहरी चौकीको माग भएको छ। ‘क’ श्रेणीका पाँच र ‘ख’ श्रेणीका चार गरी नौ वटा वडा प्रहरी कार्यालयको माग भएको छ।

प्रदेश १ मा दुई तथा बागमती र गण्डकीमा एक–एक गरी चार वटा नगर प्रहरी कार्यालयको माग भएको छ। बागमती, गण्डकीमा एक–एक र लुम्बिनीमा दुई गरी चार वटा पर्यटन प्रहरी युनिटको पनि माग भएको छ।

त्यस्तै प्रदेश १ मा चार र बागमतीमा दुई गरी ६ वटा ट्राफिक प्रहरी कार्यालयको माग भएको छ। त्यसैगरी पाँच वटा महानगरीय प्रहरी कार्यालय आवश्यकता रहेको निवेदनसमेत परेको छ। जसमा महानगरीय ट्राफिक प्रहरी प्रभाग दुई वटा, सशस्त्र प्रहरी सेनामुख कार्यालय एउटा, विमानस्थल सुरक्षा कार्यालय दुई वटा र बाल सुधार गृह सात वटा माग भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ।

मागअनुसार कार्यालय थप्न १२ हजार जनशक्ति आवश्यक
स्थानीयले प्रहरी कार्यालय/युनिट माग गरेपछि पहिला जिल्ला सुरक्षा समितिले अध्ययन गर्छ। त्यसपछि प्रहरी कार्यालय आवश्यक रहेको ठहर भए प्रधान कार्यालयसँग माग गरिन्छ। यसरी माग भएका कार्यालयबारे हरेक नयाँ आर्थिक वर्ष सुरु हुनुअघि प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयमा जानकारी गराउँछ।

प्रवक्ता केसीका अनुसार प्रत्येक आर्थिक वर्षको बजेट भाषणअघि उक्त वर्ष कति वटा प्रहरी कार्यालय दिने भनेर अर्थ मन्त्रालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच छलफल हुन्छ। छलफलले कति प्रहरी कार्यालय थप हुने भन्ने टुंगो लाग्छ। प्रवक्ता केसीले भने, ‘प्रहरी युनिट माग गर्र्दै दैनिक निवेदन आउँछन्। निवेदन आउने बित्तिकै प्रहरी चौकी दिइहाल्ने भन्ने हुँदैन। यसको पनि निश्चित प्रक्रिया छ।’

अहिले माग भएअनुसार प्रहरी कार्यालय÷युनिट थप गर्ने हो भने करिब १२ हजारभन्दा बढी प्रहरी जनशक्ति आवश्यक हुन्छ। हाल नेपाल प्रहरीमा ७९ हजार ५३७ दरबन्दी छ। तीमध्ये झण्डै नौ हजार दरबन्दी रिक्त छन्। भएको दरबन्दीसमेत पूर्ति नहुने अवस्थामा माग भएका प्रहरी कार्यालयका लागि अरु १२ हजार जनशक्ति तत्काल थप हुने स्थित नभएको प्रहरीका उच्च अधिकारी बताउँछन्। त्यसकारण सुरक्षा आवश्यकता महसुस गर्दै माग भएका ८३० प्रहरी कार्यालय तत्कालै थप्न संभव नभएको उनीहरूको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  ०९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको... मंगलबार, असार २४, २०८२
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
विपद प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदहरुको माग मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार (भिडियो) मंगलबार, असार २४, २०८२
धेरैजसो कम्पनीको मूल्य बढे पनि घट्यो नेप्से परिसूचक मंगलबार, असार २४, २०८२
महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्यान दिनुपर्छ : प्रकाशमान सिंह मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्