• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सिसीटिभी फुटेजमै ‘संदिग्ध’ देखिँदा पनि किन पत्ता लाग्दैनन् सत्यनारायणका हत्यारा? प्रहरीको घाँटीमा अड्किएको ‘काँडा’ बन्यो सत्यनारायण हत्याकाण्ड
64x64
नारायण अधिकारी शुक्रबार, फागुन २०, २०७८  १४:०८
1140x725

काठमाडौं– ‘भारतीय नागरिक सत्यनारायणको हत्या जेरी झैं जेलिएको एउटा अपराध हो। हत्या पेसेवर अपराधीबाटै भएको छ। किनकी अनुसन्धानका लागि सहयोग हुने एउटा संकेत समेत अपराधीले छाडेका छैनन्’, अनुसन्धानमा निरन्तर लागिरहेका एक प्रहरी अधिकृतले भने, ‘यति जटिल अनुसन्धानको पटाक्षेप त्यति सहज छैन।’

सत्यनारायण पारिख हत्याको अनुसन्धानमा निरन्तर लागिरहेका ती प्रहरी अधिकृतले सुनाएजस्तै भएको छ, यो घटनामाथिको अनुसन्धान। विभिन्न कोणबाट अनुसन्धान जारी राखेको प्रहरीले करिब आठ महिना लामो अनुसन्धान गर्दा पनि अहिलेसम्म परिणाम शून्यमै छ। ‘केही नै नभएको जिरो अवस्थामा छौं भन्न त मिल्दैन। तर, भएका संकेतबाट पनि केही हात नलागेपछि परिणाम शून्य हुने नै भयो’, ती प्रहरी अधिकृतले भने। 

ललितपुरको सानेपास्थित गुसिटोल बस्ने भारतीय नागरिक सत्यनारायण पारिख (५९) को गत असार २० गते घरभित्रै शव भेटिएको थियो। तीनतले घर भाडामा लिएर एक्लै बस्दै आएका उनको घरमा दुई महिला काम गर्न आउँथे। 

दुई दिनसम्म उनको घरमा ताला लागेपछि आफन्त र छिमेकीलाई पहिलो सूचना दिने व्यक्ति घरमा काम गर्ने एक महिला नै थिइन्। ती महिलाको सूचनापछि प्रहरीले घरको ताला फोडेर हेर्दा पारिख मृत भेटिएका थिए। घटनाको प्रकृति र पोष्टमार्टम रिपोर्टबाट उनको हत्या नै भएको निष्कर्ष निस्किएको थियो। तर, अहिलेसम्म हत्या कसले किन गर्‍यो भन्ने प्रहरीले भेउ पाउन सकेको छैन। 

गत पुसको चौंथो साता महानगरीय प्रहरी अपराध महाशाखाको जिम्मेवारी सम्हालेलगत्तै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले पुराना ‘अनसल्भ्ड केस’को फाइल आफ्नो प्राथमिकतामा रहेको बताएका थिए।

अहिलेसम्म रहस्यको गर्भमै रहेका पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान टुंगोमा पुर्‍याउन आफू र आफ्नो टीम लागिपर्ने र त्यसका लागि अथक मिहिनेत गर्ने कुँवरले बताएका थिए। नभन्दै एसएसपी कुँवरले जिम्मेवारी सम्हालेलगत्तै आठ महिनादेखि टुंगोमा पुग्न नसकेको सत्यनारायण हत्याको गुत्थी खोतल्न सुरु गरे। अहिलेसम्म महाशाखा त्यसको निरन्तर फलोअपमा लागिरहेको छ। तर, सोचे अनुसार आशालाग्दो परिणाम हात पार्न सकेको छैन। एसएसपी कुँवर भन्छन्, ‘हामी लागिरहेकै छौं। विभिन्न कोणबाट अनुसन्धान जारी छ। एक न एक दिन यो केस टुंगोमा पुग्छ।’

यो पनि पढ्नुहोस्

सत्यनारायण हत्या : तीन महिनासम्म पनि फुकेन अपराधको गुत्थी 

गत मंसिर दोस्रो साता महानगरीय प्रहरी परिसर ललितपुरको जिम्मेवारी सम्हालेका एसएसपी यज्ञविनोद पोखरेलले पनि आफ्नो प्राथमिकतामा पारिख हत्या घटना राख्दै अनुसन्धानमा जोड दिने बताएका थिए। तर, ललितपुरबाट पनि अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन।

सिसीटिभी फुटेजमै ‘संदिग्ध’ देखिँदा पनि किन पत्ता लाग्दैनन् हत्यारा?
महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी अपराध महाशाखाले उक्त घटनाको अनुसन्धानको क्रममा महत्त्वपूर्ण मानिने सिसीटिभी फुटेज समेत प्राप्त गरेका थिए। त्यसले अनुसन्धानमा ठूलो सहयोग पुर्‍याउने उनीहरुको अपेक्षा थियो। वरपरका सिसीटिभी क्यामेराको फुटेजमा दुईटा मोटरसाइकलमा चार जना व्यक्ति सत्यनारायण बस्ने घरसम्म पुगेको दृश्य कैद भएको देखिएको थियो। तर, उनीहरु घरैभित्र छिरेको भने देखिँदैन। सत्यनारायण बस्ने घरअगाडि दुईटा मोटरसाइकल रोकिन्छन्। फेरि अघि बढ्छन्। तर, घरभित्र प्रवेश गर्ने बेलाको दृश्य सिसीटिभीमा छैन। ओहोरदोहोर र शंकास्पद हाउभाउले हत्यामा उनीहरुको संलग्नता भएको विश्लेषण प्रहरीले गरेको थियो। तर, त्यसबाट पनि केही खुल्न सकेन। 

‘रातिको सिसीटिभी फुटेज भएकाले केही प्रष्ट देखिँदैन। मोटरसाइकल नम्बर पनि देखिँदैन। जसकारण उक्त फुटेजबाट केही खुल्न सकेको छैन’, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अनुसन्धान अधिकृतले नेपाल लाइभसँग भने। 

ती अधिकारीका अनुसार राति १० बजेतिर दुई वटा मोटरसाइकलमा चार जना उक्त घर अगाडिसम्म पुगेको देखिन्छ। त्यतिबेला उनीहरु सत्यनारायणको निगरानी मात्रै गरेर फर्केजस्तो देखिन्छ। करिब एक घण्टापछि दोस्रो पटक पुनः तिनै मोटरसाइकलमा चार जना सत्यनारायणको घरअगाडि आएको सिसीटीभी फुटेजमा देखिन्छ।

सत्यनारायण बसेको घर छिर्नु अघिसम्म उनीहरुको दृश्य क्यामेरामा कैद हुन्छ। त्यसपछि उनीहरुको दृश्य कैद भएको छैन। करिब आधा घण्टापछि सत्यनारायणकै घरतर्फबाट निस्केर मोटरसाइकलमा फर्केको सिसीटीभीको दृश्य प्रहरीले फेला पारेको छ। यतिसम्मको सिसीटिभी फुटेज भएपनि प्रष्ट नुहँदा अनुसन्धानमा समस्या भएको प्रहरी अधिकारी बताउँछन्।

सिसीटीभीमा कैद भएका चार जना शंकास्पद देखिनु, झ्यालको जाली काटिनु, घटनास्थलमा रगतले लतपतिएको ह्याम्मर भेटिनु, दराजको सिसा फुट्नु, शरीरमा ह्याम्मरले हानेजस्तो चोट देखिनुले हत्या नै भएकोे प्रहरीले जनाएको छ। पोष्टमार्टम रिपोर्टमा ‘कज अफ डेथ’मा पनि ‘ब्लन्ट फोर्स इन्ज्युरी’ लेखिएको थियो। चोरी गर्ने क्रममा मुठभेड हुँदा हत्या भएको हुनसक्ने प्रहरीको अहिलेसम्मको बुझाई छ। 

चोरले के चोरेर लगे भन्ने खुल्न सकेको छैन। सत्यनारायण करिब १० वर्षदेखि उक्त घरमा बस्थे। छोरीको विवाह भइसकेको र आठ वर्षअघि श्रीमतीको पनि मृत्यु भएकाले उनी एक्लै बस्थे। 

घरमा भएको सामग्रीबारे प्रष्ट जानकारी दिने कोही नभएकाले चोरले के–के लग्यो भन्ने पनि खुलेको छैन। अन्य कारणबाट हत्या भएको भए पनि त्यहाँसम्म पुग्न प्रहरीले कुनै आधार फेला पारेको छैन। 

अनुसन्धानको विशिष्टिकृत इकाईसहित तीन युनिटबाट अनुसन्धान
सत्यनारायण हत्याको अनुसन्धान कतिसम्म जटिल छ भन्ने अनुसन्धानको विशिष्टिकृत इकाईसहित तीन प्रहरी कार्यालयले एकसाथ अनुसन्धान गर्दा समेत अहिलेसम्म कुनै पटाक्षेप हुन नसक्नुले प्रष्ट पारेको छ। 

No description available.

घटनाको सुरुवाती क्रममा महानगरीय प्रहरी परिसर ललितपुर र काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर)मा भएका जघन्य प्रकृतिका घटना अनुसन्धान गर्ने जिम्मा पाएको महानगरीय प्रहरी अपराध महाशाखाबाट अनुसन्धान भएको थियो। घटना भएको बेला परिसरको जिम्मेवारी एसएसपी किरण बज्राचार्यले सम्हालेकी थिइन् भने महाशाखाको जिम्मेवारी एसएसपी चन्द्रकुवेर खापुङले। अहिले भने दुवै कार्यालयमा नयाँ एसएसपीले कमाण्ड सम्हालेका छन्। अघिल्ला एसएसपीहरुजस्तै उनीहरुले पनि प्राथमिकतामा राखेर निरन्तर अनुसन्धान जारी राखेका छन्। तर, हत्याराको नजिक पुग्न नसकिएको प्रहरी अधिकारी बताउँछन्।

दुई युनिटबाट निरन्तर अनुसन्धान गर्दा पनि परिणाम केही हात नलागेपछि देशभर भएका ठूला अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को ध्यान सत्यनारायण हत्या केसले खिच्यो। अहिलेसम्म अनुसन्धान गरेका फाइलहरु परिसर ललितपुर र महाशाखासँग माग्दै सीआईबीले औपचारिक रुपमा गत असोजको पहिलो साताबाटै सत्यनारायणको केसमा हात हाल्यो।

यो पनि पढ्नुहोस्

रहस्यमा भारतीय नागरिक सत्यनारायणको हत्या, दुई महिलाबाट खुल्ला त अपराधको गुत्थी?मंगलबार, साउन ५, २०७८

सीआईबीले सत्यनारायण हत्याको अनुसन्धान सुरु गरेको पनि पाँच महिना पुगिसकेको छ। उसले अघिल्ला दुई युनिटको भन्दा केही प्रगति गर्न सकेको छैन। सत्यनारायण हत्या घटनालाई नियालिरहेका सीआईबीका एक अधिकारीले भने, ‘केही क्लुहरु देखिन्छ। तर, त्यहाँभन्दा अघि बढ्न सक्ने बाटो देखिँदैन। आफैं बाटो बनाउँदै हिँड्दै गर्दा केही हात लागिहाल्छ कि भनेर निरन्तर लागिरहेका छौं।’

कामदार महिलाबाट खुलेन केही तथ्य
न्यूरोडको एट्लान्टिक कम्प्युटर प्रालिमा सेल्सम्यानको रुपमा काम गर्ने सत्यनारायणले आफ्नो घरमा काम गर्न ४० र करिब २५–२६ वर्षका दुई महिला राखेका थिए। उनीहरुसँग प्रहरीले सुरुवाती क्रमदेखि नै सोधपुछ गरेको थियो। केही दिन हिरासतमा लिएर अनुसन्धान गर्दासमेत उनीहरुबाट केही नयाँ तथ्य प्रहरीले खुलाउन सकेन। 

नियमित काम गर्न जाने ४० वर्षकी महिलाले आफू असार १९ गते बिहान काममा नगएको प्रहरीलाई बताएकी थिइन्। दिउँसो जाँदा सत्यनारायणको घरको गेटमै ताल्चा लगाइएकाले फर्किएको उनले प्रहरीलाई बताएकी थिइन्। आइतबार बिहान पनि गेटमा ताला लागेको देखेपछि फोन गर्दा फोन नउठेको र झ्यालबाट चिहाएर हेर्दा रगतले लतपतिएको अवस्थामा देखेकाले प्रहरीलाई खबर गरेको बताएकी थिइन्। त्यसपछि प्रहरीले दुवै कामदार महिलामाथि सोधपुछ सुरु गरेको थियो। तर, उनीहरुबाट पनि केही 'क्लू' खुलेन। 

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १४:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको... मंगलबार, असार २४, २०८२
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
विपद प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदहरुको माग मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार (भिडियो) मंगलबार, असार २४, २०८२
धेरैजसो कम्पनीको मूल्य बढे पनि घट्यो नेप्से परिसूचक मंगलबार, असार २४, २०८२
महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्यान दिनुपर्छ : प्रकाशमान सिंह मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्