• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण
करण केसीको ब्रिलियन्ट अचिभ्मेन्ट!
64x64
दीप सुवेदी बिहीबार, चैत १७, २०७८  २१:११
1140x725

विश्व क्रिकेटमा ह्याट्रिक विकेट व्यक्तिगत सफलता मात्र हो, यसको खासै महत्त्व हुँदैन। तर, यसले खेलाडीको प्रदर्शनलाई भने निक्कै हौसला दिन्छ।

बिहीबार कीर्तिपुर क्रिकेट मैदान पपुवा न्यू गिनीविरुद्धको टी२० आई खेलमा तीव्र गतिका बलर करण केसीले यस्तै उपलब्धि हासिल गरे। उनले लगातार ३ विकेट लिए, त्यो पनि एकै खेलमा। तर, त्यो अन्य ह्याट्रिक विकेटभन्दा फरक थियो।

सन् २०१५ मा नेदरल्यान्डविरुद्ध टी२० आईमा डेब्यू गरेका करणले यसअघि यस्तो उपलब्धि हासिल गर्न सकेका थिएनन्। तर, बिहीबार यो उपलब्धि मात्रै होइन, उनले एकै खेलमा ५ विकेट लिएर राष्ट्रिय कीर्तिमानसमेत कायम गरे। यसअघि नेपालका कुनै पनि खेलाडीले एकै खेलमा ५ विकेट लिएका थिएनन्। न त कसैले ह्याट्रिक नै गरेका थिए।

यसअघि टी२० आईमा उत्कृष्ट प्रदर्शन ४ विकेट रहँदै आएको थियो। करणले पनि यो उपलब्धि हासल गरिसकेका छन्। उनले टी२० आईमा दुईपटक ४ विकेट लिएका छन्। 

ओडिआईमा भने अर्का तीव्र गतिका बलर सोमपाल कामी र लेग स्पिनर तथा कप्तान सन्दीप लामिछानेले ५ विकेट लिइसकेका छन्। करणले तीनपटक ४ विकेटसम्म लिएका छन्। ५ विकेटको सफलता भने प्राप्त गर्न बाँकी छ। 

तर, करणले टी२० आईमा सोमपाल र सन्दीपलले भन्दा अगाडि ५ विकेट लिए। यो ५ विकेटसँगै ५० को आँकडा पनि पूरा भएको छ।

बिहीबार पपुवा न्यू गिनीविरुद्धको खेलको पहिलो ओभरको चौथो बलमा लेगा सियाकालाई १ रनमा आसिफ शेखबाट क्याच गराउँदै करणले आफ्नो ५०औं टी२० आई विकेट पूरा गरेका थिए।

टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने उनी दोस्रो नेपाली बलर हुन्। यसअघि सन्दीप लामिछानेले उक्त सफलता हात पारेका थिए। करणले यो उपलब्धि हासिल गर्न ३७ खेल खेले। सन्दीपले ५० विकेट पूरा गर्न २९ खेल खेल्नु परेको थियो।

तर, आफूले भने ५० विकेट लिन्छु भन्ने केही नसोचेको उनी बताउँछन्। ‘क्रिकेट खेल्ने हो, जहाँसम्म पुगिन्छ पुगिन्छ भन्ने लागेको थियो। भविष्यमा कति रेकर्ड बन्छ, कति भंग हुन्छ,’ उनी भन्छन्। 

५० विकेट लिसकेका करणले नै असाद भालालाई तेस्रो ओभरको दोस्रो बलमा सोमपाल कामीबाट १ रनमा क्याच गराए। यी दुई ओभरमा निकै किफायती बलिङ गरेका करणलाई कप्तान सन्दीपले १७औं ओभरमा व्यक्तिगत तेस्रो ओभर फ्याँक्न पठाए। तर, करण अघिल्ला दुई ओभरमा जति किफायती देखिएनन्। उनको ६ बलमा नर्मन भानुआ र सेसे बाउले एक छक्का र एक चौकासहित १४ रन बनाए।

यसपछि नेपालको अन्तिम ओभरमा बलिङ गर्न आएका करणले उत्कृष्ट पुनरागमन गरे। २०औं ओभरको पहिलो बलमा रन नदिएका करणले त्यसपछि लगातार तीन बलमा क्रमश : चाद सोपार, सिमोन अटाई र नैसान पोकनाको विकेट लिए। 

उनले २०औं ओभरको दोस्रो बलमा चाद सोपारलाई २ रनमा रोहित पौडेलबाट थर्डमा क्याच गराए। तेस्रो बलमा शिमोन आतीलाई बोल्ड गरे। र, अटेईलाई आउट गरेपछि कीर्तिपुर मैदानमा ‘ह्याट्रिक ह्याट्रिक’ भनेर दर्शकको ठूलो आवाज सुनियो। र, भयो पनि त्यस्तै। 

चौथो बलमा पुछारमा ब्याटिङमा आएका नोसेइना पोकानाको ब्याटमा लागेर बल माथि उठेलगत्तै करणले खुसी मनाए। उक्त बल दीपेन्द्रसिंह ऐरीले समातेपछि टी२० क्रिकेटमा नयाँ कीर्तिमान मात्रै बनेन, पपुवा न्यू गिनी अलआउट भयो र नेपाल ३७ रनले विजयी हुँदै फाइनलमा पुग्यो।

जारी प्रतियोगितामा नेपालको लगातार तेस्रो जित हो। नेपालले यही प्रतियोगिताको पहिलो खेलमा पपुवा न्यू गिनीलाई १५ रनले हराएको थियो। दोस्रो खेलमा भने मलेसियामाथि ६ विकेटको जित निकाल्यो।

खेलपछि बल क्याच नै नभइ किन खुसी मनाएको भन्ने सञ्चारकर्मीको प्रश्नमा करणले भने, ‘क्याचमा दिप्पी (दिपेन्द्रसिंह ऐरी) थियो, उमाथिको विश्वासले क्याच नहुँदै सेलिब्रेट गरेँ।’

नेपाली बलरको टी२० को उत्कृष्ट बलिङ यहीँ नै हो भन्ने उनलाई खेलका दौरान भने थाहा थिएन। उनी आफ्नो उत्कृष्ट खेल्ने कोसिस गरिरहेको बताउँछन्।

‘यो बलिङ प्रदर्शन नेपाली बलरको उत्कृष्ट प्रदर्शन हो भन्ने थाहा थिएन। सबैले फिल्डिङ प्लान नै गरिरहेका थिए। मैले पनि ब्याट्सम्यानले डिफेन्स गर्छ होला भनेर सोचिरहेको थिएँ। स्लो बल फालौं भन्ने थियो,’ उनले भने, ‘म आफ्नो उत्कृष्ट खेल्ने कोसिस गरिरहेको थिएँ।’

नेपाली खेलाडीले टी२० आईमा करणले हासिल गरेको यो उपलब्धिलाई कप्तान सन्दीपले ‘ब्रिलियन्ट अचिभ्‌मेन्ट’ भनेका छन्। क्रिकेट यात्रामा पछि फर्केर हेर्दा पनि यसको महत्त्व हुने उनको तर्क छ। 

‘करण केसीको स्पेल ब्रिलियन्ट अचिभ्‌मेन्ट हो। क्रिकेटमा थोरै मात्र यस्तो उपलब्धि प्राप्त हुन्छ’, सन्दीपले भने, ‘क्रिकेट यात्रामा पछि फर्केर हेर्दा पनि यसको महत्त्व हुन्छ।’

हुन पनि हो, किक्रेटमा पहिलो छक्कादेखि अन्तिमसम्म र पहिलो विकेटदेखि सर्वाधिकसम्म पनि छुट्टै कीर्तिमान बन्छ। तर, करणले अहिले हात पारेको यो कीर्तिमान कुनै नेपाली खेलाडीले बनाउन सकेका थिएनन्। शक्ति गौचनले भने सन् २०१२ मा विश्व टी२० छनोटमा डेनमार्कविरुद्ध ह्याट्रिक विकेट लिएका थिए।

खेलपछि करणले यो कीर्तिमान आफ्नो लागि विशेष रहेको बताएका छन्। उनले भने, ‘स्पेशल नै हो, ह्याट्रिक पनि, ५ विकेट पनि। टी२० आईमा यो मेरो बेस्ट फिगर नै हो। खुसी लागिरहेको छ। अब भविष्यमा अझै चार/पाँच पटक यस्तो गर्न सकुँ।’

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  २१:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्