• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
मोबाइल चोरी काण्डमा 'गलत मान्छे'लाई पिटेको बदलामा अर्जुन दासको हत्या!
64x64
नारायण अधिकारी शुक्रबार, वैशाख २, २०७९  १६:०७
1140x725

काठमाडौं– कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दास हत्याको कारण मोबाइल चोरी घटनाबाट सिर्जित परिणाम रहेको देखिएको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दासको हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो। 

गत पुस ३ गते जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा अर्धनग्न बनाएर बाँधी टाउको र शरीर छिनाएर हत्या गरिएको अवस्थामा दासको शव फेला परेको थियो। उक्त घटनापछि एउटा अडियोसमेत बाहिरिएको थियो। अडियोमा आफूहरुले अर्जुन दासलाई घाँटी छिनाएर हत्या गरेको बताइएको थियो।

अडियो सार्वजनिक हुँदा र मान्छे पहिचान हुँदासमेत हत्यारा पक्राउ पर्न सकेका थिएनन्। हत्या गरी भागेर भारत पुगेको समूहका ४ जनालाई पक्राउ गरी महाशाखाले सार्वजनिक गरेपछि हत्याको कारण खुलेको छ।

महाशाखाको टोलीले कैलालीको जानकी गाउँपालिका–९ का १९ वर्षीय मनोज भण्डारी, जानकी–९ कै १९ वर्षीय सुमित साउद, सोही ठाउँका बमे भनिने बमबहादुर बोहोरा र रोनी परियार भनिने दिलिप दासलाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

पक्राउ परकोहरुमाथिको प्रारम्भिक अनुसन्धानको क्रममा मोबाइल चोरी घटनाबाट सुरु भएको विवादको परिणाम दासको हत्या भएको खुलेको महाशाखाका एसएसपी वसन्तबहादुर कुँवरले बताए।

चोरी आरोपमा गलत व्यक्तिले पिटाइ खाँदा दासको हत्या
कैलाली जानकी गाउँपालिकाकै कमल साउदको मोबाइल फोन मंसिरको अन्तिम दिन हराएको थियो। मोबाइल हराएको रात साउदका साथी तथा हाल पक्राउ परेका सुमित साउद कमलसँगै उनको घरमा सुतेका थिए। त्यही राति मोबाइल हराएपछि कमलले सुमितलाई चोरीको आरोप लगाउँदै पिटेका थिए।

दासको शव फेला परेको क्षेत्र (क्राइम सिन)

आफूले पिटाइ खाएपछि सुमितले यो कुरा उनीहरुकै समूहका साथी मनोज भण्डारी र बमबहादुर बोहरालाई जानकारी गराएका थिए। कमल आफू लागुऔषध सेवनकर्ता र बिक्रेता समेत हुन्। त्यसको बदलामा भण्डारीसहितको समूहले कमलको करिब २५ हजार रुपैयाँ बराबरको 'नाइट्रोभेट' लग्यो।

मोबाइल चोरीको आरोपमा पिटाइ खाएका सुमितले नै कमलको मोबाइल उनकै घरमा काम गर्न आउने अर्जुन दास (पछि उनीहरुले हत्या गरेका व्यक्ति)ले चोरेको पत्ता लगाएका थिए।

अर्जुन दासले मोबाइल चोरेर आफ्नै छिमेकी हर्के भाटलाई दिएको पत्ता लगाइ कमललाई मोबाइल फिर्ता समेत दिएका थिए।

मोबाइल चोर्ने अर्जुन दास कुटाइ खान म (सुमित) भन्दै उनीहरुले त्यसको बदलामा अर्जुनको हत्या गर्ने योजना बनाएर हत्या गरेको खुलेको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइराला बताउँछन्। ‘कमलको मोबाइल चोरी भयो। चोरेको आरोपमा सुमितले कुटाइ खायो। तर चोर्ने व्यक्ति अर्जुन (पछि हत्या गरिएका) भएपछि त्यसैको बदलामा अर्जुनलाई हत्या गरेको देखिन्छ,’ एसपी कोइरालाले भने।

लागुऔषध खान बोलाएर रुखमा बाँधेर हत्या
मोबाइल चोरी भएको दुई दिनपछि पुस २ गते लागुऔषध खान बोलाएर अर्जुन दासको हत्या गरिएको पाइएको छ। मोबाइल चोरी आरोपमा सुमितले पिटाइ खाएपछि त्यसको बदलामा उनीहरुले कमलले बेच्ने गरेको लागुऔषध नाइट्राभेट चोरेर अमरावती सामुदायिक वनमा लुकाए थिए।

त्यहीँ नाइट्राभेट र गाँजा खान मनोज भण्डारी, सुमित साउद, बम बहादुर बोहोरा, सुशील मयाल, दिलिप दास, बादल विक, करण दर्नाल समेत भेला भएका थिए। उनीहरु यो जंगलमा बसेर अघि पनि नियमित लागुऔषध सेवन गर्दै आएका थिए। त्यही ठाउँमा पुस २ गते साँझ ६ बजेतिर अर्जुनलाई पनि उनीहरुले लागुऔषध खान बोलाएका थिए। 

सबै जना मिलेर लागुऔषध खाएपछि कमल साउदको चोरी भएको मोबाइल सुमितले पिटाइ खाएको कुरा निकालेर अर्जुनलाई हातखुट्टा बाँधेर कुट्न थाले। करिब ५ घण्टासम्म हातखुट्टा बाँधेर उनीहरुले अर्जुनलाई कुटेका थिए। त्यसपछि मार्ने योजना बनाएर सुशील मयाललाई घरबाट खुकरी ल्याउन लगाएर उनीहरुले अर्जुनका हत्या गरेको खुलेको एसपी कोइरालाले बताए। खुकुरी दिएर मयाल भने घर लागेका थिए। यसरी १० जना मिलेर राति ११ बजेत अर्जुनको हत्या गरेको प्रहरीले जनाएको छ। 

हत्यापछि ६ घण्टासम्म घटनास्थलमै 
अर्जुनलाई अर्धनग्न बनाइ रुखमा बाँधेर हत्या गरेपछि करिब ६ घण्टासम्म उनीहरु घटनास्थलमै सुतेका थिए। लागुऔषध गाँजा र नाइट्राभेट खाएर हत्या गरेका उनीहरुले त्यसपछि पनि करिब ६ घण्टासम्म घटनास्थलमै बिताएका थिए। दुई जना भने कोही आउँछ कि भनेर नसुति बसेका थिए भने बाँकी ८ जना भने सोही ठाउँमा सुतेर बिहानपख करिब ५ बजे उठेर फरार भएका पाइएको छ।

५ बजे उठेर मनोज, बादल, दिलिप, बमबहादुर, सुमित र विवेक सिंह भारतको दिल्लीतर्फ भागेका थिए। कनकलाल विक, करण दर्नाल, सुशील मयाल र नाम थर नखुलेका सुशीलको साथी नेपालमै लुक्ने भनेर बसेका थिए। उनीहरुलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सेकेको छैन। 

लागुऔषधको नशामा भारत बसेर भिडियो बनाउँदै प्रहरीलाई नै धम्की
हत्यापछि मुख्य नाइके मनोजले कमल साउदलाई फोन गर्दै अर्जुनलाई मारेको जानकारी गराएका थिए। उक्त अडियो समेत सार्वजनिक भएको थियो। कमल भने यो हत्यामा संलग्न नरहेको पाइएको एसएसपी कुँवरले बताए। उनी अहिले बलात्कारको कसुरमा पक्राउ परेका छन्। 

हत्यापछि भागेर भारत पुगेका उनै भण्डारीको समूहले त्यहाँ पनि लागुऔषधको नशामा भिडियो बनाउँदै प्रहरीलाई चुनौती दिँदै आएको थियो। 

भण्डारीले एक भिडियो सार्वजनिक गर्दै भनेका थिए, ‘हत्यारा हौं, पक्राउ गरेर देखा।’ उक्त भिडियो मुम्बईबाट बनाएर पोस्ट गरेको पाइएको छ। भण्डारीले अहिले आफू शान्त बसेको बताउँदै तुफान आउनेवाला रहेको भन्दै भिडियोमा धम्की दिएका थिए। भण्डारीले भनेका थिए, ‘समुन्द्र तब शान्त हुन्छ, जब तुफान आउनेवाला छ। ए तेरा बाउ मारेको छु मैले कि श्रीमती लगेको छु? तँ एउटा मोबाइल चोरेर लुकेर बसेको छस्। दाइले के गर्‍या छ थाहा होला नि? क्रिमिनल हो हामी, क्रिमिनल!’

पक्राउ परेका ४ जना आरोपीहरु, शुक्रबार अपराध महाशाखामा सार्वजनिक गरिँदै

उक्त भिडियो सार्वजनिक भएपछि महाशाखाको टोली उनीहरुलाई खोज्दै भारत पुगेको थियो। स्रोतका अनुसार भारतबाटै पक्राउ गरी उनीहरुलाई काठमाडौं ल्याइएको हो।

मनोज भण्डारीको बयान- गाँजा खाँदै काट्यौं, हत्यापछि त्यहीँ सुत्यौं
कमल साउद र सुमित साउद सँगै सुतेका थिए। अर्जुन दास कमल साउदको घरमा सधैं काम गर्ने जाने गर्थे। कमल साउदको मोबाइल हराएको थियो। उक्त मोबाइल उनकै घरमा काम गर्ने आउने अर्जुन दासले चोरेका थिए। तर कमलले भने उक्त मोबाइल त्यस दिन आफ्नो घरमा सुत्न आएका सुमितले चोरेको भन्ने ठानेका रहेछन्। मोबाइल हराएपछि पनि निरन्तर घरमा काम गर्न आइरहेकाले कमलले अर्जुनमाथि शंका गरेका थिएनन्। 

अर्जुन दासले मोबाइल चोरेर आफ्नो घर छेउको सानो भाइ हर्के भाटलाई सीम फालेर राख्न दिएका थिए। त्यो कुरा कमललाई थाहा थिएन। कमलले सुमितलाई मोबाइल चारेको आरोप लगाउँदै पिटे। तर एक दिनपछि कमलको मोबाइल उनकै घरमा काम गर्न आउने अर्जुनले चोरेको कुरा सुमितले पत्ता लगायो। 

त्यसपछि सुमितले यो कुरा हामीलाई सुनायो। कमलले नाइट्रोभेट भन्ने लागुऔषध बेच्ने गर्थे। बदलामा त्यसको लागुऔषध समेत हामीले उठाइदियौं। 

यो सबैको कारण अर्जुन दास हो। अर्जुनकै कारण सुमितले कुटाइ खायो भन्ने निष्कर्ष हाम्रो थियो। भोलिपल्ट हामी जंगलमा नाइट्रोभेट र गाँजा खाँदै थियौं। त्यो जंगलमा हामी नियमित लागु औषध खान्थ्यौं। अर्जुन  दास पनि लागु औषध खान आए। हामीहरु सबै एउटै समूहका हौं। यसअघि पनि सँगै बसेर लागु औषध खाँदै आएका थियौं। त्यतिकैमा अर्जुनलाई हामीले मोबाइल किन चोरिस्? भनेर साध्यौं। अर्जुनले भने आफूले मोबाइल चोरेको कुरा कसैलाई थाहा नभएको भन्ने ठानेको रहेछ। तर सुमितले ‘तँ’ झुट नबोल मलाई सबै कुरा थाहा छ भन्यो। 

त्यसपछि अर्जुनलाई १० जना मिलेर पिट्यौं र रुखमा बाँध्यौं। त्यसति बेलासम्म  मार्ने प्लान केही थिएन। बाँधेर राख्यौं र फेरि गाँजा खान थाल्यौं। साँझ ६ बजेदेखि राति साँढे ११ बजेसम्म लागु औषध खायौं। खाँदाखाँदै सबैको योजना बन्यो– अब अर्जुनलाई मार्नुपर्छ। 

त्यसपछि हतियार चाहिने भएकाले सुशील मयाललाई खुकुरी ल्याउन लगायौं। उसले घरबाट खुकुरी ल्याएर दिए। आफ्नो घर फर्किए। २ बजेतिर बाँधेर तीन जनाले घाँटी काटेका हौं। सुरुमा मैले घाँटीमा काटे। अनि दिलिप र सुमितले खुकुरीले हाने। 

त्यसपछि हामी त्यही सुत्यौं। त्यतिबेला हामीलाई केही मतलब थिएन। के गर्‍यौं, के गरेनौं केही होस थिएन। सबै जना झ्यापमा थियौं। हामी साढे ४ बजेतिर उठ्यौं। दुई जना सुतेका थिएनन्। उनीहरुले उठाए। त्यसबेला बल्ल हामीलाई लाग्यो गर्न नहुने काम गर्‍यौं। त्यसपछि डर लाग्न थाल्यो। काठमाडौं पढ्न जाने भनेकाले घरबाट दिएको ७/८ हजार भारु मसँग थियो। काठमाडौं जाऔं भन्ने लाग्यो। त्यहि पैसा लिएर हामी काठमाडौं नगइ दिल्ली गयौं। त्यहाँबाट मुम्बई गयौं। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको... मंगलबार, असार २४, २०८२
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
छानबिन समितिको बैठक : तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने सभामुखको विश्वास मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
विपद प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदहरुको माग मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार (भिडियो) मंगलबार, असार २४, २०८२
धेरैजसो कम्पनीको मूल्य बढे पनि घट्यो नेप्से परिसूचक मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्