• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
किसान सूचीकरण प्रणालीमा दर्ता नै सुस्त, किसानको पहिचान खोज्ने कार्यक्रम ‘हल्ला बढी’
64x64
युवराज भट्टराई शुक्रबार, वैशाख ९, २०७९  १२:५७
1140x725
फाइल तस्बिर: तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र कृषिमन्त्री पद्मा अर्याल किसान सूचीकरण व्यवस्थापन प्रणालीको उद्घाटन गर्दै।

काठमाडौं– २०७७ फागुन २३ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सुरु भएको किसान सूचीकरण व्यवस्थापन प्रणाली निकै सुस्त गतिमा अघि बढेको छ। कृषकलाई सूचना तथा विवरणहरुमा एकीकृत रुपमा व्यवस्थापन गर्न एउटै प्रणालीमा ल्याउने उद्देश्यले सुरु भएको यो कार्यक्रममा हालसम्म तीन लाख ८० हजार कृषकमात्रै सूचीकृत भएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिएका छन्। 

ओलीले यो प्रणालीको सुरुवात भएसँगै कृषिमा उत्पादन र उत्पादकत्व बढ्ने बताएका थिए। तर, प्रणालीमा कृषक सूचीकृत हुने प्रक्रिया नै ढिलो हुँदा प्रणालीमार्फत् किसानले लिन पाउने सेवा सुविधामा पनि ढिलाइ हुने देखिएको छ। 

योजना सुरु भएको १४ महिना बितिसक्दा सबै स्थानीय तहमार्फत् तीन लाख ८० हजार किसान  मात्र सूचीकृत भएका छन्। स्थानीय तहले सूचीकरण प्रणालीमा राख्ने तथ्यांकमा दैनिकजसो ६ हजार किसान थपिइरहेको सन्जेल बताउँछन्। 

केन्द्र सरकारले स्थानीय तहका सरकारसँग सरसल्लाह र सुझाव नलिई एक्लै कार्यक्रम ल्याउँदा यसको कार्यान्वयनमा समस्या भएकाले सूचीकरण सुस्त गतिमा भएको प्रवक्ता सञ्जेलले बताए। कार्यक्रमबारे स्थानीय तह र किसानसम्मलाई अभिमुखीकरण तालिम दिँदा र स्थानीय तहले कार्यान्वयन हुने कार्यक्रमको योजना बनाउँदा समय लागेकाले सूचीकरणमा सुस्तता देखिएको हो। 

कार्यक्रमलाई केन्द्र सरकारले ल्याए पनि यसलाई सञ्चालन गर्ने र कृषकलाई सूचीकरण गर्ने जिम्मा भने सम्बन्धित स्थानीय तहलाई दिइएको छ। जसका कारण केन्द्र सरकारले स्थानीय तहसम्म यो कार्यक्रमबारे बुझाउँदा र यसलाई सुरुवात गर्दा धेरै समय लागेको सञ्जेलले बताए। ‘सुरुवाती ६ महिनाको समय तालिम र अभिमुखिकरणमै गयो,’ उनले भने, ‘पछिल्ला केही महिनायता सूचीकरणलाई तीब्र बनाएका छौं।’

उद्घाटनमा हल्ला, कार्यान्वयनमा सुस्तता
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र कृषि तथा पशुपंक्षीमन्त्री पद्मा अर्यालले संयुक्त रुपमा उद्घाटन गरेको यो कार्यक्रमलाई दुवैले प्राथमिकताका साथ कार्यान्वयन हुने बताएका थिए। ओलीले यो प्रणालीको सुरुवातसँगै कृषि आधुनिकीकरण, कृषि व्यावसायीकरण, उत्पादन र उत्पादकत्व बढ्ने र देशभरका कृषिमा आबद्ध भएका किसानहरुको पहिचान हुने बताए।

‘किसान सूचीकरण व्यवस्थापन प्रणालीबाट किसानको अवस्था, हैसियत, कृषि क्षेत्र, कुन हावापानीमा उत्पादन गरिरहेको र कुन कृषिको विधामा काम गरिरहेको सरकारले तथ्यांक राख्नेछ। अबदेखि देशभरका सबै प्रकारका किसानको आ–आफ्नो पहिचान हुनेछ,’ ओलीको जोड थियो। सँगै देशमा मानव विकासलगायत अन्य सूचकांकमा अघि बढेको भन्दै आगामी दिनमा कृषिमा आत्मनिर्भर भएर निर्यातमा जोड दिनुपर्ने उनको तर्क थियो।

तत्कालीन कृषि तथा पशुपंक्षीमन्त्री पद्मा अर्यालले सातै प्रदेशबाट सुरु भएको कार्यक्रमले किसान पहिचानविहीन नहुने जिकिर गरेकी थिइन्। उनले भनेकी थिइन्, ‘विगतको दिनमा किसानको नाममा विभिन्न गैरकानुनी रुपमा सरकारबाट प्राप्त भएको सुविधाको खर्च भएको गुनासो थियो। तर, अबका दिनमा वास्तविक किसानको पहिचान हुने भएकाले सरकारले उपलब्ध सेवा सुविधा वास्तविक किसानले पाउनेछन्।’

तर, उद्घाटनको समयमा भनेजस्ता सेवासुविधा प्राप्त गर्नका लागि सूचीकरणको काम चुस्त रुपमा हुनुपर्ने थियो। तर। ३८ लाखभन्दा धेरै किसानहरुमा केवल ३ लाख ८० हजारमात्रै सूचीकरण प्रणालीमा आबद्ध भएका छन्। सूचीकरणपश्चात कृषकले पाउने सेवा सुविधाबाट पनि उनीहरु वञ्चित भइरहेका छन्। 

अभिमुखीकरण तालिमपछि सूचीकरण सुरु
प्रवक्ता सन्जेलका अनुसार प्रणालीको सुरुवातसँगै हरेक स्थानीय तहलाई केन्द्रबाट ३ लाख रुपैयाँ बजेट दिइएको थियो। प्रणालीमा कृषकको सूचीकरणका लागि आवश्यक अभिमुखीकरण तथा तालिमका लागि उक्त बजेट दिइएको उनी बताउँछन्। हरेक स्थानीय तहलाई केन्द्र सरकारले यो कार्यक्रमका बारेमा अभिमुखीकरण तालिम दिएको थियो। 

सञ्जेलका अनुसार अभिमुखीकरण तथा तालिमपछि गणकहरुबाट किसानहरुलाई सूचीकरण गर्ने काम भएको छ।  केन्द्रबाट प्रदेशस्तर हुँदै सम्बन्धित स्थानीय तहलाई तालिम दिइएको छ। प्रदेश तहमा रहेका कृषि ज्ञान केन्द्रले स्थानीय तहहरुलाई सूचीकरण गर्ने तरिका र यसको महत्वबारे तालिम दिएका थिए। उनका अनुसार प्रणालीमा किसानको सम्पूर्ण विवरण राख्ने काम नै सूचीकरण हो। 

अभिमुखीकरण तालिमपछि सम्बन्धित स्थानीय तहमा विभिन्न संख्यामा गणकहरुलाई खटाएर किसानको तथ्यांक सूचीकरण प्रणालीमा इन्ट्री गर्ने कामको सुरुवात भएको थियो। सञ्जेल भन्छन्, ‘ठ्याक्कै यति संख्यामा किसानको सूचीकरण भयो भनेर भन्न सकिदैंन। तर, सबै स्थानीय तह र प्रदेशबाट आउने तथ्यांकका आधारमा अहिलेसम्म तीन लाख ८० हजारको सेरोफेरोमा किसानको सूचीकरण भएको छ।’

सूचीकरण भएका कृषकहरुमा सबैभन्दा धेरै कर्णाली प्रदेशका छन्। सञ्जेलका अनुसार अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा यो प्रणालीतर्फ कृषकहरुको चासो धेरै देखिएको छ। 

किसान सूचीकरण व्यवस्थापन प्रणालीमा किसान आफैंले वा गणकको सहयोगमा सूचीकृत हुन सक्ने व्यवस्था छ। अनलाइन र अफलाइन दुवै माध्यमबाट कृषकलाई सूचीकृत गर्न मन्त्रालयको समन्वयमा स्थानीय तहमार्फत् कार्यक्रम सञ्चालन भइरहेको उनी बताउँछन्। कार्यक्रमलाई सञ्चालन गर्दा स्थानीय तहले विभिन्न समयमा घर संख्याका आधारमा अस्थायी रुपमा गणकलाई खटाएर सूचीकरणको सुरुवात गरेका थिए। प्रति २ सयदेखि ३ सय घरमा एक गणकलाई खटाएर सूचीकरण गरिएको थियो। 

‘अहिले हामीसँग विवरणमात्रै छ,’ उनी भन्छन्, ‘किसानको विवरण भर्ने काममात्रै भएको छ। त्यसपछिका काम गर्न हामी ऐन मस्यौदाको चरणमा छौं। किसान परिचयपत्र दिने, किसानलाई वर्गीकरण गर्नेजस्ता कार्यक्रमहरु सूचीकरण प्रणालीसँगै आएपछि त्यसतर्फ अझैं काम हुन समय लाग्छ।’

सूचीकरणको कामलाई आगामी वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ। सञ्जेलका अनुसार यो आर्थिक वर्षको अन्त्यसम्म थप साढे दुई लाख किसान सूचीकृत हुने सम्भावना देखिएको छ। आगामी आर्थिक वर्षभित्रै सम्पूर्ण कृषकहरुलाई यो प्रणालीमा ल्याउने लक्ष्य राखेको उनले बताए। 

देशभरका ३८ लाखभन्दा धेरै कृषकलाई आगामी आर्थिक वर्षको ६ महिनाभित्र सूचीकरण प्रणालीमा भित्र्याउने लक्ष्य रहेको सञ्जेल बताउँछन्। उनी भन्छन्, ‘अहिले धमाधम सूचीकरणको काम भइरहेको छ। आगामी वर्षको ६ महिनाभित्र यसलाई सम्पन्न गर्ने लक्ष्य छ।’

सूचीकरणको फाइदाः किसानको पहुँचमा कार्यक्रम
किसान सूचीकरण प्रणालीको सञ्चालनसँगै देशमा रहेका वास्तविक किसानको पहिचान हुने सञ्जेल बताउँछन्। ‘किसान सूचीकरण कार्यक्रम कार्यान्वयन विधि २०७७’मा कृषि विकासका लागि तीनै तहका सरकारमार्फत् सञ्चालन हुने कार्यक्रम किसानसम्म पुग्ने र किसानकेन्द्रित योजना तर्जुमा गर्न र कार्यान्वयन गर्न सहज हुने उल्लेख गरिएको छ। प्रणालीले तीनै तहका सरकारबीच समन्वय गर्ने र सहकार्यमार्फत् किसान र कृषि क्षेत्रमा विकास हुने किसिमका कार्यक्रम सञ्चालनमा ल्याउन सहज हुने प्रवक्ता सञ्जेल बताउँछन्। 

तर, हाल भइरहेको सूचीकरणबाट मात्रै यो सम्भव छैन्। किसानको वर्गिकरण, किसान परिचयपत्रजस्ता अन्य कार्यक्रमहरुको कार्यान्वयनपछि मात्रै कृषि सूचीकरण प्रणालीको कार्यान्वयन स्पष्ट रुपमा हुन सक्छ।

‘कुनै कुनै स्थानीय तहले यो सूचीकरण प्रणालीमार्फत् सूचीकृत भएका कृषकलाई उल्लेखित सुविधा दिएका पनि होलान,’ सञ्जेल भन्छन्, ‘तर, राष्ट्रिय स्तरमा यी योजना र कार्यक्रमहरु सञ्चालनका लागि किसान परिचय पत्रसँग टाइअप गर्नुपर्ने हुन्छ। कृषि परिचय पत्रका लागि सूचीकरण भएर किसानको वर्गिकरण पनि भइसक्नुपर्छ।’

कार्यक्रमलाई राष्ट्रिय स्तरमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ। तर, सूचीकरणपछि किसानले पाउने सेवासुविधाका निम्ति भने सम्पूर्ण सूचीकरणको काम र किसानको वर्गिकरण आवश्यक पर्छ। तर, विभिन्न निकायमार्फत् प्रवाह हुने सेवा र लाभग्राही किसानसम्बन्धी विवरण एकीकृत गर्ने र किसान वर्गिकरणका आधारमा आवश्यक तथ्यांकसहितको राष्ट्रियस्तरको अभिलेखालय तयार गर्ने गरि सुरु भएको कार्यक्रमसँग जोडिएका कार्यक्रम भने अन्योलमै छन्।

‘सूचीकरणपछि किसानको वर्गिकरण गरेर उनीहरुलाई परिचय पत्र दिने र सेवा सुविधा दिन सुरुवात गर्ने योजना छ,’ प्रवक्ता सञ्जेल भन्छन्, ‘हामीसँग परिचय पत्रको मस्यौदा तयार छ। ऐनको रुपमा पास हुन बाँकी छ। सूचीकरण भएसँगै हामी कृषकको वर्गिकरण गर्ने र उनीहरुलाई परिचय पत्र दिएर सेवा सुविधा दिनेछौ।’

तर, यो सबै हुन अझैं कति समय लाग्छ भन्नेमा भने अन्योल नै देखिएको छ। प्रवक्ता सञ्जेल भने आगामी वर्षको ६ महिनाभित्र सूचीकरणको काम सम्पन्न हुने र त्यसपछि किसानलाई परिचय पत्र वितरण सुरु हुने बताउँछन्। उनी भन्छन्, ‘सूचीकरणको काम र तथ्यांकको अभिलेखिकरणको काम निरन्तर भइरहेको छ। आगामी वर्षको पहिलो ६ महिनामा यसलाई सकेर परिचय पत्रको काम सुरु हुन्छ। कार्यक्रममा हुनुपर्ने आवश्यक काम भइरहेका छन्।’

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १२:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
गण्डकीमा घट्दै बर्खे धानखेती घरघडेरीले उब्जाउ क्षेत्र नासिनु, जग्गाको खण्डीकरण, जग्गा बाँझो रहनु, तीव्र बस्ती विस्तार जस्ता कारणले धानखेती घट्दै गएको निर्देशनालय... शनिबार, असार २१, २०८२
मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ। शनिबार, असार २१, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सान... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन सोमबार, असार २३, २०८२
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक जारी सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
टेक्सासमा बाढीको कहर : ७८ जनाको मृत्यु, ४१ जना बेपत्ता सोमबार, असार २३, २०८२
चिकित्सक संघले रोक्यो अस्पतालमा आकस्मिक बाहेकका सेवा सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
पर्यटन राज्‍यमन्त्री अरूण चौधरीले ५ बजे राजीनामा बुझाउने आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्