काठमाडौं- सरकारले सबै प्रदेशमा ज्येष्ठ नागरिकहरुका लागि सुविधासम्पन्न आश्रम बनाउने भएको छ। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारले आगामी आर्थिक वर्षभित्र सबै प्रदेशमा सुविधासम्पन्न ज्येष्ठ नागरिक आश्रम बनाउने विशेष योजना बनाएको जानकारी गराइन्।
राष्ट्रियसभाको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्र्र्रश्नको जवाफ दिँदै मन्त्री थापाले हाल ज्येष्ठ नागरिकहरुका लागि देशका विभिन्न भागमा ८७ वटा दिवा सेवा केन्द्र सञ्चालनमा रहेको पनि जानकारी दिइन्। उनले ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य बिमाको व्यवस्था गर्न पनि सरकारले बजेट विनियोजन गरेको बताइन्।
महिला हिंसालाई न्यूनीकरण गर्न सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने योजना बनाएको पनि उनले स्पष्ट पारिन्। महिला हिंसा अन्त्य गर्न सबै स्थानीय तहमा महिला डेस्क स्थापना गर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।