• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
चुनावी कमान्डरकै गृहनगरको पराजयले कर्णालीमा खुसी हुन नसकेको कांग्रेस 
64x64
नेपाल लाइभ आइतबार, जेठ ८, २०७९  १५:२३
1140x725

सुर्खेत– स्थानीय तहको निर्वाचनको ९५ प्रतिशत बढी नतिजा आइसकेको छ। देशभरको नतिजालाई केलाउने हो भने नेपाली कांग्रेसले उत्साहजनक सफलता हासिल गरेको छ। 

सफलताले पार्टी उपसभापति तथा स्थानीय तह चुनावका ‘कमान्डर’ पूर्णबहादुर खड्कालाई खुसी बनाउनुपर्ने हो। तर, उनी खुसी बन्न सकेको देखिँदैन। 

गृहनगर सुर्खेत वीरेन्द्र नगरपालिकामा माओवादीसँग गठबन्धन गर्दासमेत कांग्रेसले हार बेहोर्नुपर्‍यो। नगरमा प्रमुख र उपप्रमुख मात्रै होइन, १६ मध्ये ११ वडा एमालेले जित्यो।

गृहजिल्ला सुर्खेतकै नतिजा पनि खड्काका लागि निराशाजनक रह्यो। २०७४ मै ६ वटा पालिका जितेको कांग्रेसले यसपल्ट दुईटा गुमायो। गुमेका दुईटै भेरीगंगा र चिंगाड गाउँपालिका उपसभापति खड्काकै निर्वाचन क्षेत्रभित्र पर्छन्।

संघीय निर्वाचनमासमेत कांग्रेसको ‘भोट बैंक’का रुपमा चिनिने यी पालिकासहित सुर्खेतको समग्र पराजयलाई खड्काले सहज रुपमा लिएका छैनन्। 

कांग्रेसको स्थानीय नेतृत्वलाई उनले हारको ‘कारक र कारण’ खोज्न निर्देशन गरिसकेका छन्। त्यसले सुर्खेत कांग्रेसमा ‘कम्पन’ पैदा गरेको छ।

समग्र लाभले नदिएको सन्तुष्टि
कर्णालीका ७९ पालिकामा २०७४ सालमा कांग्रेसले २५ पालिका मात्रै जितेको थियो। २७ पालिका जितेर एमाले पहिलो बन्दा कांग्रेसको हैसियत माओवादीसँग बराबरी बनेको थियो।

यसपल्ट कांग्रेसले ७ वटा पालिका बढाएर संख्या ३२ पुर्‍याएको छ। प्रतिष्पर्धी दल एमालेले १२ वटा गुमाएर १५ मा झरेको छ। गठबन्धनबाट माओवादी केन्द्रले शक्ति बढाउन सकेन। उल्टो दुईटा पालिका गुमाएर २३ मा झरेको छ।

यसरी हेर्दा कर्णालीमा कांग्रेसको प्रभाव बढेको छ। तर, कर्णाली प्रदेशको सदरमुकामसमेत रहेको समग्र केन्द्र सुर्खेतको हार उपसभापति खड्काले सहजै पचाउन अवस्था छैन। समग्रमा प्राप्त लाभबाट सन्तुष्टि नलिने संकेत उनले देखाइसकेको स्थानीय नेताहरु बताउँछन्। 

अन्तर्घातको आरोप
सुर्खेतको वीरेन्द्रनगरसहितका पालिकामा कांग्रेसको हारलाई पार्टीको कमजोरीका रुपमा स्वीकारिएको छैन। बरु कांग्रेसकै एउटा समूहले अन्तर्घात गरेको चर्चा चियाचौतारोमा छ। उपसभापति खड्का पक्षले कांग्रेस पूर्व केन्द्रीय सदस्य हृदयराम थानी समूहले अन्तर्घात गरेको आरोप लगाएको छ।
 
स्थानीय तहको उम्मेदवारीमा ४० प्रतिशत भाग उक्त समूहले मागेको थियो। तर, उक्त समूहको माग सम्बोधन हुन सकेन। थानी समूह असन्तुष्ट रह्यो। त्यही असन्तुष्टि मतपेटिकामा झरेको रुपमा कांग्रेसको खड्का समूहले आरोप लगाएको छ। 

कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको एमालेलाई सघाएकोदेखि राप्रपालाई मतदान गरेकोलगायतका चर्चा अहिले सुर्खेतमा चलिरहेका छन्। 

वीरेन्द्रनगरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र खड्कालाई ५५४ मत अन्तरले पराजित गर्दै एमालेकी मोहनमाया ढकाल मेयरमा विजयी भएकी हुन्। 

ढकालले १६ हजार ३८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्र खड्काले १५ हजार ४८४ मत पाए ।  जबकी अघिल्लो निर्वाचनमा कांग्रेस एक्लै लड्दासमेत देवकुमार सुवेदीले १४ हजार चार सय पाँचमत ल्याएर नगर प्रुमख पदमा विजयी भएका थिए। यसपल्ट मतदाता संख्या १६ हजारभन्दा बढीले बढ्नुका साथै माओवादी केन्द्रसँग गठबन्धन छ।
 
२०७४ मा एमालेका बालाराम शर्माले १३ हजार आठ सय ९९ मत ल्याएका थिए। मोहनमाया ढकालले थप ३ हजार बढाउनु बढेकै मतको अनुपातका रुपमा लिइएको छ। 

कांग्रेसले गत वर्ष ल्याएको मतको अनुपातमा बढ्दासमेत अहिले ल्याएको भन्दा बढी हुन्छ। त्यसैमा माओवादी केन्द्रको मत थपिएको छ। उक्त मतको खोजी कांग्रेसका स्थानीय नेताहरुले गरिरहेका छन्। 

त्यसमध्ये एउटा ‘क्लु’ भेटेका छन्। कांग्रेसका असन्तुष्ट कार्यकर्ताले राप्रपामा भोट हालेको रुपमा प्रचार हुन थालेको छ। गत निर्वाचनमा एक हजार भन्दा कम मत ल्याएको राट्रिय प्रजातन्त्र पार्टीले यसपल्ट १० हजार मत पाएको छ।
 
राप्रपाका मुकुन्दश्याम गिरीले १० हजार ६ मत पाएका हुन्। राप्रपाकै मत बढेको भन्ने विश्लेषण सोही पार्टीकी उप्रमुखकी उम्मेदवार लक्ष्मीकुमारी सार्कीले ल्याएको भोटले गलत सावित गर्छ। सार्कीले जम्मा ३ हजार ६९७ मत पाएकी छन्।

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १५:२३
  • #नेपाली_कांग्रेस
  • #स्थानीय_तहको_निर्वाचन_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधिसभाको बैठक बस्दै,यस्ता छन् कार्यसूची
श्रम मन्त्रालयको गाडी दुरुपयोगपछि एक साताभित्र सवारी विवरण उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयको सर्कुलर
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
प्रतिनिधिसभाको बैठक बस्दै,यस्ता छन् कार्यसूची सोमबार, असार २३, २०८२
श्रम मन्त्रालयको गाडी दुरुपयोगपछि एक साताभित्र सवारी विवरण उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयको सर्कुलर आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
केन्द्रीय समितिमा उपप्रधानमन्त्री सिंहले भने- यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ आइतबार, असार २२, २०८२
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्