• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कमजोर राज्यको बेताले कूटनीतिक चाल!
64x64
ईश्वर बराल मंगलबार, असार ७, २०७९  १४:३४
1140x725

काठमाडौं- संयुक्त राज्य अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदा सार्वजनिक भएसँगै नेपालको कूटनीतिक अक्षमताबारे फेरि चर्चा भइरहेको छ। एसपीपी अमेरिकाका राज्यहरूसँग गरिने सैन्य सम्बन्धी सहयोग आदानप्रदान गर्ने कार्यक्रम हो।

एसपीपी सम्झौताको मस्यौदा भनिएको १० वटा भाग रहेको दस्तावेज सार्वजनिक भएको थियो। उक्त मस्यौदा नेपालले अहिलेसम्म अपनाएको विदेश नीतिको प्रतिकूल देखिन्छ। यद्यपि, मन्त्रिपरिषद्को सोमबारको बैठकले एसपीपी सम्झौता प्रस्ताव अस्वीकार गर्ने र अमेरिकालाई पत्र पठाएर त्यसको जानकारी दिने निर्णय गरिसकेको छ।

तर, उक्त सम्झौताका लागि नेपाल र अमेरिकाबीच सन् २०१५ बाटै पत्र आदनप्रदान भएको देखिन्छ। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिकाको औपचारिक भ्रमणमा यो सम्झौतालाई अन्तिम रुप दिने तयारी गरिएको आशंका गरिएको थियो। तर, विवादित बनेपछि सरकारले प्रधानमन्त्री देउवाको भ्रमण तय नै नभएको जनाएको थियो।

एसपीपी सम्झौताको भनिएको उक्त मस्यौदा सार्वजनिक भएसँगै त्यसले राजनीतिक रुपमा बहस र विवाद सिर्जना गरेको थियो। सडकदेखि सदन हुँदै सामाजिक संजालसम्म बहस उत्पन्न भयो। 

एसपीपी कार्यक्रम मुख्यत: नेपाली सेना र अमेरिकी सेनाबीचको विषय हो। यसरी अर्को मुलुकसँगको विषय जोडिएपछि यसको मुख्य नेतृत्व वा मध्यस्थता परराष्ट्र मन्त्रालयले गर्नुपर्ने हुन्थ्यो। तर, यो विषयमा परराष्ट्र मन्त्रालय बेखबर रहेको देखिन्छ। 

एसपीपीबारे देखिएको बहसले फेरि नेपालको विदेश नीतिमा अपर‍िपक्वता तथा देशभित्रै अन्तरमन्त्रालय समन्वयको अभाव देखिएको छ। गत वर्षको फागुनमा मात्र लामो रस्साकस्सीबीच अमेरिकी सहयोग सम्झौता एमसीसी सदनबाट पारित भएको थियो। उक्त परियोजनाका कारण नेपालको राजनीति पक्ष-विपक्षमा ध्रुवीकृत भएको थियो। 

सन् २०१७को अन्त्यतिर सम्झौता भएको उक्त कार्यक्रमलाई सदनबाट अनुमोदन गर्न सन् २०२२ सम्म पुग्नु परेको थियो। यद्यपि, अर्थमन्त्रालयले उक्त कार्यक्रम अनुमोदन नभई बजेटमा समावेश गर्न थालिसकेको थियो। यसमा पनि तालुकदार परराष्ट्र मन्त्रालयको भूमिका तथा नेपालको विदेश नीतिको अनुकूलता वा प्रतिकूलता बुझ्नमा अर्थमन्त्रालयले समन्वय गरेन।

२०७५ सालमा तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गरेको एउटा कच्च कुटनीतिक कामको स्मरण हुन जरुरी छ।

प्रचण्‍डले भेनेजुएलाका राष्ट्रपतिको पक्षमा पार्टीको तर्फबाट विज्ञप्ति जारी गरेका थिए। विज्ञप्तिमा त्यहाँ अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध गरिएको थियो। उनी सत्तासिन पार्टीका दुईमध्ये एक अध्यक्ष थिए।

उक्त विज्ञप्तिले नेपाल–अमेरिकाको सम्बन्धमा दरार उत्पन्न हुने संकेत बुझेपछि परराष्ट्र मन्त्रालयले नै विज्ञप्ति निकालेर खण्डन गर्नुपरेको थियो। देशका प्रधानमन्त्री भइसकेका व्यक्तिको कृयाकलापले नेपालको परराष्ट्र मामिलामा उच्चपदस्थ व्यक्तिहरूले समेत लापरबाही गर्ने गरेको यो घटनाले देखाउँछ।

यो पनि पढ्नुहोस्

एसपीपीमा राजनीति : ‘राष्ट्रवादी’ देखिन दलहरूको प्रतिस्पर्धा, तर फुक्लिसक्यो चुक्लीमंगलबार, असार ७, २०७९

नेपालले बिर्सिनु नहुने तथ्य के हो भने, यहाँको अर्थतन्त्र आयतमुखी छ। विप्रेषण तथा बाह्य ऋण र अनुदानले धानेको अर्थतन्त्रमा वैदेशिक सम्बन्धमा परिवर्तन आए, आर्थिक सूचकमा पनि प्रत्यक्ष परिवर्तन आउनसक्छ। 

तसर्थ, एकातिर नेपाल आर्थिक, पूर्वाधार, कल्याणकारी राज्यका हिसाबले कमजोर अवस्थीतिमा छ। यसको पुष्टिका लागी विभिन्न संस्थाले प्रकाशित गरेको तथ्यलाई हेरे पुग्छ। अर्कोतिर,नेपालको परराष्ट्र मामिला संचालनमा एकरुपता तथा साझा धारणा नबन्नाले बेलाबेला गम्भीर चुनौतिहरूको सामना गर्नु परिरहेको हुन्छ। 

के भन्छन् विज्ञ?
परराष्ट्र मामिलाका विज्ञ डा. रूपक सापकोटा एसपीपीकै उदाहरण दिंदै परराष्ट्र मन्त्रालयको सहकार्यबिना अघि बढ्दा प्रश्न उठेको बताउँछन्। उनी भन्छन्, ‘एसपीपीसम्बन्धी पत्र नेपालको एक एजेन्सीले लेखेको सार्वजनिक भएको छ। तत्कालीन समयमा प्रधानमन्त्रीदेखि रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहभागिता किन भएन भन्ने प्रश्न उठेको छ।’ यस्तो किसिमको सम्झौता हुँदा मन्त्रालयगत रुपमा सहकार्य हुनुपर्ने र संयन्त्र निर्माण गरेर अघि बढे समस्या कम आउने उनको भनाइ छ।

‘हामीले जुनसुकै सहकार्यमा पनि एकीकृत संयन्त्र बनाउनुपर्ने देखिएको छ। परराष्ट्रबाहेक जुन मुद्दासँग सम्बन्धित मन्त्रालयले अध्ययनपछि मात्र कार्यक्रममा सहभाागी हुनुपर्ने पाठ सिक्नु जरुरी छ’ उनले भने, ‘शक्ति राष्ट्रहरुसँग गरिने सहकार्यलाई अलग्गै मेकानिजम बनाउन पर्छ वा भएको संयन्त्रमार्फत अध्ययन गरेर सहयोग लिने परम्परा बसाल्न सकेमा अहिलेको समस्या आउँदैन।’

त्यस्तै, भूराजनीति र कूटनीतिक मामिलाका ज्ञाता डा. निश्चलनाथ पाण्डे पनि एसपीपी मामिलाले परराष्ट्र मन्त्रालयलाई कमजोर बनाएको नेपाल लाइभसँग बताएका छन्। उनी भन्छन्, 'स्टेट पार्टनरसिप प्रोग्रामका लागि भनेर जुन मस्यौता सार्वजनिक भएको कुरा गर्नु भयो त्यसमा पनि परराष्ट्र मन्त्रालयको सुरुआतबाट संग्लनता भएको पाइँदैन। यसबाट के प्रस्ट हुन्छ भने परराष्ट्र मन्त्रालयलाई कमजोर र एउटा पोस्ट अफिसको रुपमा राखेका छौं।’

अरु मुलुकसँग सम्झौता गर्दा तथा धारणा व्यक्त गर्दा राष्ट्रिय स्वार्थलाई ध्यान दिनु पर्ने डा.पाण्डे बताउँछन्। तर, नेपालमा व्यक्तिपिच्छे वा पार्टीपिच्छे पनि विदेश नीति हुने गरेको र यसलाई सम्बोधन हुने गरी आगामी दिनमा रणनीति बनाउनुपर्ने उनको तर्क छ।

‘अरु मुलुकसँग सम्झौता गर्दा मुख्य कुरा राष्ट्रिय स्वार्थ हेर्नुपर्छ। यसका लागि राष्ट्रअहित नहुने गरी आधारभूत विषय तय हुनुपर्छ। मुख्य कुरा राष्ट्रहित भनेको के हो भन्नेमा प्रष्ट हुनुपर्छ,’ उनी भन्छन्, ‘देशको सार्वभौमिकता र अखण्डता पहिलो राष्ट्रिय स्वार्थ हो। यो स्थायी स्वार्थ पनि हुनुपर्छ। विभिन्न समयक्रममा हरेक देशको विदेशनीति परिर्वतन हुन्छ। तर, उसको राष्ट्रिय स्वार्थ भने सधैँ प्राथमिकतामामै हुन्छ।’

डा. पाण्डेको जोड परराष्ट्र मन्त्रालयको भूमिकालाई विस्तार र सशक्त पार्नुपर्नेमा छ। उनी भन्छन्, ‘परराष्ट्र मन्त्रालयलाई त अझै सशक्त, भूमिकामा अझै प्रभावकारी र विदेश मामिलका विषयमा सम्झौता तथा छलफलमा यो मन्त्रालयकै अहम् भूमिका रहनु पर्छ।’

विकासका सूचकले कमजोर रहेको नेपाल कूटनीतिक चाल पनि सरकार परिवर्तनसँगै परिवर्तन हुनुले हाम्रा मित्रराष्ट्रहरूसँगको सम्बन्धमा दूरी बढ्न सक्छ। यस्ता गतिविधिले झन् गम्भीर संकट ल्याउन सक्छन्। विज्ञका सुझावअनुसार नेपालले परराष्ट्र मामिलामा सबलता नदेखाए मुलुक झन्झन् कमजोर हुँदै जानसक्छ। 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १४:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे... सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ। यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने... सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्