• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत
रेलको बाटो भाग २: ‘गाउँ गाउँबाट उठ’को आधुनिक भर्सन- उठीबास!
64x64
धनु विश्वकर्मा शनिबार, असार २५, २०७९  ०७:०६
1140x725

काठमाडौं- 'व्यवस्था त बदल्यौं, अवस्था बदल्ने कहिले ...?' ‘रेलको बाटो भाग २’ गीतको अन्तिममा गरिएको प्रश्न यही हो। ‘रेलको बाटो’ गीत शृंखला वर्तमान समयको जनवादी गीतजस्तो लाग्छ। कुनै समय व्यवस्था बदल्न गाउँ–गाउँबाट उठेकाहरुको अहिले उठीबास लाग्ने अवस्था बनेको छ। ‘गाउँ गाउँबाट उठ’को आधुनिक भर्सन ‘उठीबास’ हुन पुगेको छ। दृश्यमा दुर्गमका दुःखी जनताको जीवनमा कसरी उठीबास लाग्दैछ भन्ने देखाइएको छ। गीतमा त्यहाँको वेदना समेटिएको छ। गीतको स्थायी यस्तो छ-

जाउँ कहाँ गाउँ छाडी लुक्ने सहर देख्या छैन
ठूलो महल बनाइबस्ने त्यो नि मेरा रहर हैन

पहिलो शृंखलामा सुदूर र कर्णाली प्रदेशका पहाडी भूभागको बाध्यता पस्केका गीतकार  तथा गायक सुरज पण्डितले अर्को भागमा प्रश्न गरेका छन्। ‘सिंहदरबार’ शीर्षकको यो गीतमा उनी नेता र व्यवस्थामाथि गीतबाटै प्रश्न गर्छन्-

राजधानीले बिर्सिएछ मेरा गाउँको बाटो 
कि नेपाली होइन र म होइन एउटै माटो

गीतकार पण्डितले एक वर्षअघि ‘रेलको बाटो’ बोलको गीत बजारमा ल्याए। देशमा रेल, मोनोरेल र पानीजहाजको चर्चा भइरहेको परिस्थितिमा गाउँको हाल उनले देखाइदिएका थिए। सामान्य उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको चित्रण उनले गरेका थिए। 

हुम्लामा सुटिङ गरिएको भिडियोसहितको उक्त गीतमा भनिएको थियो-

रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरमा, 
हुम्ला कहिले मोटर आउला बस्याको छु हेर्न रहरैमा...

हुम्ला भर्खरै मोटरबाटोसँग जोडिएको छ। गाउँबाट अझै बस्तिसम्म बाटो पुग्न लाग्ने समयको हिसाब राज्यसँग छैन। त्यस्तो अवस्थामा एउटा परिवारको कथाबाट उनले पूरै सुदूर र कर्णालीको व्यथा सुनाएका/देखाएका छन्।

एउटा सचेत नागरिकले गाउँको ‘परिवर्तन’का लागि राजनीति गर्न पनि सहज नभएको यो भागमा देखाइएको छ। गाउँमै सेवासहित राजनीति गर्नेले ‘टिकट’ पाउन मुस्किल छ। गाउँका ‘सिंहदरबार’मा पनि सिंहदरबारमा बस्नेहरुसँग पहुँच नभइ पुग्न सक्ने अवस्था छैन। 

railko bato1657255963.JPGनेपालको शासन व्यवस्थामा संघीयता आएको छ। तीन तहका सरकार छन्। तर, हुम्लाजस्तै दुर्गम जिल्लाका पालिकामा ‘पूर्व स्थानीय’ नेताहरुको प्रवेश भइरहेको छ। उनीहरु धेरै समय काठमाडौं वा अन्य सहरमा बस्छन्। त्यहीँ घर बनाएका छन्। परिवार राखेका छन्। स्थानीय समस्याका उनीहरु भुक्तभोगी हुन पाउँदैनन्। नभोग्नेले नबुझ्नु सामान्य कुरा भइहाल्यो। 

भिडियोमा हेलिकोप्टरमा नेता ‘ढुवानी’ भइरहेको दृश्य देखाइएको छ। क्रान्तिका झन्डा बोक्नेहरु र गाउँ भनेर कुर्नेहरु हेरेका हेर्‍यै भएका छन्। त्यही बीचमा एउटा संवाद छ– टाठाबाठाले मात्रै गन्र्यां हो राजनीति। 

मलाई सुख्खा रोटी छैन तिम्लाई अनेक व्यन्जन
गाउँ गाउँमा सिंहदरबार आयो अरे भन्छन्
गाउँमा बत्ति पुल छैन अभाव चामल नुनको
आश्वासनले मात्रै टार्‍यौ मैले लाको गुनको

प्रजातन्त्र  वा गणतन्त्रका लागि भनेर ज्यान दाउमा पार्नेहरु अहिले गाउँमा समस्यासँग अर्को ‘जनयुद्ध’ गरिरहेका छन्। बिरामी भएर उपचार गराउन लैजान न यातायात व्यवस्था छ, न उपचार गर्ने पैसा हुन्छ। त्यही कुरा गीतमा यसरी प्रस्तुत गर्छन् पण्डित-

ऋण मागौं त पत्याउँदैनन् के पर्‍यो विपत्ति
कहिले आउला मेरा गाउँमा डाक्टर र ओखती

भिडियोमा श्रीमती रोगले छट्पटिएको दृश्य प्रस्तुत गरिएको छ। अहिले पनि स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधि अभाव समाचार बन्न छाडिसके। नियमित कुरा कसरी समाचारका विषय बनुन्? बच्चा जन्माउन नसकेर मृत्युवरण गर्नुपर्ने अवस्था छ। उपचार कति दूर  छ र दुसाध्य छ, सिंहदरबार नजिककै रहेको वीर अस्पतालमा दुर्गमका बिरामीको लाइन हेरे पुग्छ। बझाङ्गका सांसद प्रकाश रसाइली स्नेही गर्भवती महिलाको उद्धार गर्न संसदमा आवाज उठाउनुपर्ने बाध्यता रहेको बताउँछन्। ‘गर्भवती महिलालाई उद्धार गर्नका लागि संसदमा आवाज उठाउनुपर्र्ने  बाध्यता छ। दुर्गमका लागि योभन्दा दर्दनाक अरु कुन अवस्था होला र?’ उनको प्रश्न छ। 

संगीत समाजको ऐना हो। अशिक्षा, गरिबी, भोकमरी, अशिक्षा र अन्धविश्वासले ग्रस्त क्षेत्र हो। यी र यस्तै समस्याको समाधानका लागि संघीयतासहितको गणतन्त्रको परिकल्पना गरिएको छ। गणतन्त्र आएको १६ वर्ष पूरा भइसकेको छ। आजसम्म समस्या जहाँको त्यहीँ छन्। गीतमार्फत् पण्डितले त्यही अवस्थालाई दर्शाएका छन्। पण्डितको शब्द, संगीत र स्वर रहेको गीतको म्युजिक भिडियोमा उनीसँगै अस्मिता सुनार जुरेलीको अभिनय रहेको छ। म्युजिक भिडियोको निर्देशन लक्ष्मण सुनारले गरेका हुन्। 

गीतको म्युजिक भिडियो सुरु हुनुअघि लेखिएको छ–यस गीतमा देखाइएका घटना र पात्र काल्पनिक हुन्। कसैको वास्तविक जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ। दुःखको कुरा यही छ, जुन संयोग त्यहाँको जनजीवनका लागि नियमित बनिरहेको छ। 
 

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘माछा खोलीमा’ बालगीत सार्वजनिक गीतमा स्वर दिनुभएको छ- बालगायक अभय दुवाडीले, जसको मिठासपूर्ण स्वरले गीतलाई जीवन्त बनाएको छ। मीठो लय र सरल शब्दले सजिएको यो गीतको संग... सोमबार, असार २३, २०८२
"आँखा झिमझिम झिम भो" बोलको गीत सार्वजनिक यसैक्रममा गज्जब टिभीको प्रस्तुतीमा "आँखा झिमझिम झिम भो" बोलको गीत सार्वजनिक भएको छ। सोमबार, असार १६, २०८२
कर्णबाघ प्रोडक्सनको ‘अन्त नसरे’गीत सार्वजनिक (भिडियो) बुधबार राजधानीमा आयोजित एक समारोहका बिच गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो । बिहीबार, असार ५, २०८२
ताजा समाचारसबै
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार, असार २३, २०८२
कारोबारसँगै खुम्चियो सेयर बजार सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा शाह सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प, बिरामीहरुको बिजोग (तस्बिरहरू) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्