• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सीपीसीका विदेश विभाग प्रमुखको चासो–चीनको सुरक्षा र दलहरुसँग सम्बन्ध विस्तार
64x64
ईश्वर बराल सोमबार, असार २७, २०७९  २०:३०
1140x725

काठमाडौं–चिनियाँ कम्युनिस्ट पार्टीका(सीपीसी) विदेश विभाग प्रमुख लिउ चियान छाओ आठ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै आईतबार बिहान त्रिभुवन विमानस्थल ओर्लिए। केहीबेरको आरामपछि लिउले अपराह्नबाटै उच्च तहको भेटघाट सुरु गरे।  

उनी सुरुमै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगे। अन्य चिनियाँ नेताहरुजस्तै उनले पनि प्रधानमन्त्रीसँग एक चीन नीतिमा प्रतिबद्धता खोजे। 

उक्त भेटमा सहभागी कूटनीतिज्ञ दिनेश भट्टराईका अनुसार प्रधानमन्त्री देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका थिए। लिउलाई देउवाले नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिनेबारे आश्वस्त तुल्याए। 

प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्र प्रतिकूल रहेकाले चीनसँग ऋण नलिने र अनुदानमात्र स्वीकार गर्ने बताएको भट्टराईले जानकारी दिए। 

chiniya fm1657460355.jpg

देउवालाई भेटे लगत्तै लिउले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटे। उनीहरुबीच दुई देशबीचको सम्बन्ध र द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र स्रोतले बताएको छ।

खड्कासँगको भेटपछि लिउको सम्मानमा आईतबार मन्त्री खड्काले रात्रिभोज दिएका थिए। 

बुधबार बेइजिङ फर्कने तालिकासहित आइतबार आएका लिउ सोमबार बिहान सुन्दरीजलस्थित बिपी संग्रहालय पुगे। 
त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग संयुक्तरुपमा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको सुरुआत गरे। काठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीलाई खाना खुवाएर परियोजनाको सुरुआत गरिएको थियो। 

उक्त भेटमा मन्त्री भुसालले नेपालमा गणतन्त्रको स्थापनासँगै नेपालको समृद्धि यात्रामा गति प्रदान गर्न छिमेकी चीनको प्राविधिक अनुभव र आर्थिक सहयोग आवश्यक पर्ने उल्लेख गरेकी थिइन्।

नेपाल–चीनबीच जनस्तरको सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्दै मन्त्री भुसालले यी देशका सम्बन्ध पञ्चशीलमा आधारित रहेको बताइन्। ‘दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध शान्ति र सहअस्तित्वका आधारमा अझ प्रगाढ बन्दै गएको छ,’ उनले भनिन्,‘यो सम्बन्ध आपसी विश्वास, सहकार्य, सहयोग र सम्मानसहित पञ्चशीलका आधारमा स्थापित छ।’

उक्त कार्यक्रममा लिउले नेपाल असल छिमेकी भएको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध जनस्तरमा थप विस्तार हुँदै जाने विश्वास व्यक्त गरेका थिए।

लिउ सोमबार अपराह्नतिर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। दाहालसँगको भेटमा पनि उनले चीनको सुरक्षा चासो राखेका थिए। जवाफमा दाहालले नेपाल एक चीन नीतिप्रति सधैं प्रतिबद्ध रहेको बताएका थिए। लिउ मंगलबार पनि राजनीतिक भेटमा व्यस्त रहनेछन्। 

prachanda1657546243.jpg

नेता लिउको मंगलबार र बुधबार उच्चपदस्थ भेटघाट र केही महत्वपूर्ण स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको छ। लिउले  राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनका अन्य नेता,एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सोही पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतलाई भेट्ने कार्यक्रम रहेको छ। 

लिउको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ। सोमबार साँझसम्मको नेता लिउको सक्रियतालाई हेर्दा विशेषगरी चीनले आफ्नो देशको सुरक्षा र नेपालका पार्टीहरूसँग सम्बन्ध थप मजबुत र विस्तार गर्ने उद्देश्य रखेको बताउँछन् कूटनीतिज्ञ भट्टराई।

नेपालमा, चीनको उपस्थिति बढ्नुलाई पश्चिमाको प्रवाहलाई न्यूनीकरण गर्ने तर्क बलियो रहेको छ। त्यससँगै पछिल्ला समयमा देउवा सरकारको आगमनसँगै चीनसँगको सम्बन्धमा आएको दूरी र अमेरिकाका परियोजना नेपालमा आउने क्रम बढ्नुले चीनको सक्रियता स्वाभाविक रहेको बताउँछन् चीनामामिलाका जानकार रुपक सापकोटा। 

चीनको चासो भनेकै सुरक्षा रहेको उनको भनाइ छ। ‘चीनको खास चासो भनेकै उसको सुरक्षासम्बन्धी हो,’ उनले भने,‘अमेरिकी परियोजनाले तथा पश्चिमा प्रभावले चीनलाई सुरक्षा चुनौती हुनसक्ने भएकाले उ नेपालबाट एक चीन नीतिमा प्रतिबद्धता चाहन्छ।’

तर अहिलेको भ्रमणमा चीनको ध्यान पार्टीहरूसँगको सम्बन्ध र सुरक्षाको विषयमा रहेको बताउँछन् भट्टराई।

उनका अनुसार लिउले पार्टीस्तरमा सम्बन्ध विस्तार गर्न चाहेको बताएका छन्। ‘सीपीसीका नेताको भ्रमण नेपालका पार्टीहरूसँग सम्बन्ध विस्तार गर्नेमा देखिन्छ,’ भट्टराईले भने, ‘अन्र्तक्रिया तथा पार्टीतहमा विचार आदानप्रदान गर्नेमा केन्द्रित रहेको देखिन्छ।’

लिउले चिनियाँ कम्युनिस्ट पार्टीको आगामी अक्टोबरमा हुने बिसौँ महाधिवेशनमा सहभागीका लागि यहाँका दललाई निम्तो गरिरहेका छन्। 

‘अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन हुन गईरहेको छ,’ भट्टराईले भने, ‘लिउले उक्त महाधिवेशनका लागि उनले कांग्रेस सभापतिका हैसियतमा देउवालाई निम्तो गरेका छन्।’ भट्टराईका अनुसार लिउले भेट्ने अन्य दलका नेतालाई पनि उक्त महाधिवेशनका लागि निम्तो गर्ने बताएका छन्। 

यसैले यो भ्रमणलाई भट्टराई पार्टीहरूसँगको सम्बन्धलाई मजबुत बनाउनेमा केन्द्रित रहेको बताउँछन्। 

बाम एकताको चर्चा
२०७४ को प्रतिनिधिसभाको निर्वाचनको मुखमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन गरेर निर्वाचनमा सहभागी भए। चुनावपछि दुवै पार्टी एकीकरण भएर २०७५ जेठमा नेकपा नामको पार्टी निर्माण भयो। नेकपाको गठनको पृष्ठभूमिमा चीनको सक्रियता प्रस्ट देखिएको थियो। 

नेकपाको सरकार बनेपछि चीनसँगको सम्बन्धमा थप सुमधुर सम्बन्ध विस्तार भएको थियो। साथै, नेकपाभित्रको विवाद बढेसँगै चिनियाँ राजदूत होउ यान्छीको सक्रियता निकै थियो। तर उनको सक्रियताले नेकपाको पहिरो रोकिएन। अन्ततः नेकपा पुरानै स्वरुपमा फर्किए। 

त्यसपछि कांग्रेसको सरकार बनेसँगै राजदूत यान्छीको सक्रियता कम हुन थाल्यो। उता अमेरिका र भारतसँगको सक्रियता बढ्न थाल्यो। यसले चीन ओझेलमा परेको थियो। 

नेपाल भ्रमणमा आएका सीपीसीको विदेश विभाग प्रमुख लिउ चियान छाओले उक्त पद सम्हालेसँगै नेपालका शीर्ष नेताहरूसँग असारको दोस्रो साता भर्चुअल संवाद गरेका थिए। लिउले जेठको मध्यतिर पदभार ग्रहण गरेका हुन्।

अहिलेको भ्रमण असार दोस्रो साता भएको संवादको थप विस्तारित संवाद हुनसक्ने अनुमान गर्छन् कूटनीतिज्ञ भट्टराई।

लिउको भ्रमण प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गर्ने समयमा भएको छ। भ्रमण बाम एकताको पहलका लागि पनि हुन सक्ने अनुमान छ।

तर, एमाले नेता विष्णु रिजाल कसैले चाहँदैमा एकता नहुने बताउँछन्। ‘पार्टी मिलाउने, फुटाउने भन्ने नै भ्रमपूर्ण कुरो हो। हामी नेपालका वामपन्थीहरू आफ्ना आवश्यकताअनुसार मिल्यौं,’ रिजाल भन्छन्, ‘हामीले आफ्नो आवश्यकतालाई व्यवस्थापन गर्न सकेनौं विभाजित भयौं। यो अलग्गै प्रक्रिया हो। शुभेच्छा प्रकट गर्नु एउटा विषय हो तर यो भ्रमणले पार्टी मिलाउँछ भन्ने कुरामा पट्टक्कै विश्वास गर्नु हुन्न।’

रिजाल पनि भट्टराईले भनेजस्तै यो भ्रमण सीपीसीको विदेश विभागको नेतृत्व परिर्वतन भएपछिको स्वाभाविक भ्रमण मान्छन्।

‘मैले यो भ्रमणलाई नेपालका सबै राजनीतिक दलसँग हार्दिक सम्बन्ध बनाउनका लागि चालिएको कदम भन्ने बुझेको छु। उहाँहरू तालिका अनुसार मुख्य दलसँग भेट गर्ने रहेको छ,’ उनले भने,‘विदेश विभागमा नेतृत्व परिवर्तन भएपछि, नजिकको छिमेकी मुलुकको मुख्य दलका नेतासँगको भेटघाट गरेर समान सम्बन्ध राखौं, हार्दिक सम्बन्ध राखौं भन्ने देखिन्छ।’ 
 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे... सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ। यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने... सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्