• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
जिसस कैलालीले पाएन वकिल : निजी राख्न स्राेत छैन, सरकारी वकिल भन्छन्– क्षेत्राधिकार पर्दैन
64x64
शेरबहादुर ऐर आइतबार, साउन १५, २०७९  १९:५०
1140x725

धनगढी– ‘यही भदौ ५ गते पुनरावेदन दर्ता गर्न सर्वोच्च अदालत उपस्थित हुनु होला’ सर्वोच्च अदालतले जिल्ला समन्वय समिति (जिसस) कैलालीलाई पठाएको पत्रमा भनिएको छ।

जिसस कैलालीलाई प्रतिवादी बनाई शाही कन्स्ट्रक्सन सर्भिसेज प्रालिका सञ्चालक दानबहादुर शाहीले तीन वर्षअघि दर्ता गराएको मुद्दाको गत असार २३ गते सर्वोच्चले अन्तिम आदेशसँगै निस्सा दिँदै यस्तो पत्र पठाएको हो।

एक निर्माण कम्पनीले दायर गरेको उक्त मुद्दालाई सर्वोच्चले पुनरावेदन सुन्नेगरी अनुमति दिएपछि गएको पत्र हो। तर, यही रिटका कारण अहिले जिसस कैलाली अन्योलको भुमरीमा फसेको छ।  

देश संघीय संरचनामा गएपछि कामविहीन जस्तै बनेको जिल्ला समन्वय समितिलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा त दर्ता भयो तर कसरी प्रतिरक्षा गर्नेमा अहिले समस्या परेको छ। 

जिससको मुद्दा सरकारी वकिलले पनि नलड्ने र निजी कानुन व्यवसायी राख्ने स्रोत नहुँदा समस्या परेको हो।  जिसस कैलालीमा  वैतनिक कानुनी सल्लाहकार राख्न आन्तरिक श्रोत नभएपछि समस्या भएको कार्यालयका सूचना अधिकारी विमलप्रकाश जोशीले बताए।

‘हामीसँग  कानुन सल्लाहकार राख्ने स्रोत नै छैन विना स्रोत कसरी राख्ने?,’ उनले भने, ‘तर सरकारवादी मुद्दा नहुने र सरकारी वकिललको कार्यालयले पनि आफ्नो क्षेत्राधिकार नपर्ने भनेकाले अब कसरी सर्वोच्चमा उपस्थित हुने भन्ने अन्योलमा छौं।’ 

सर्वोच्चमा लिखित जवाफ दिनुपर्ने मिति नजिकिँदै गर्दा जिससले के गर्ने भनेर छलफल गरिरहेको भन्दै उनले यसमा एक/दुई दिनमा निर्णय गर्ने बताए।  

यसरी सुरु भयो विवाद 
आर्थिक वर्ष २०७४/७५ मा नदीजन्य पदार्थ (ढुंगा, बालुवा, गिट्टी उत्खन्न)को ठेक्का पाएका ठेकदार शाहीले लक्ष्यअनुसार राजस्व संकलन नभएको भन्दै रकम मिनाहाका लागि कार्यालयमा निवेदन दिएका थिए। तर, कार्यालयले कागजपत्र र महालेखा प्रतिवेदनका आधारमा मिनाहा गर्न नसकिने भनेपछि २०७६ भदौ ८ गते शाहीले जिसस, कैलालीलाई प्रतिवादी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

अदालतले सोही वर्षको कात्तिक ५ गते तारेख दिएकोमा २५ गतेलाई स्थगित गरिएको थियो। पटक–पटक स्थगित भएको सो मुद्दाको गत असार २३ गते न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको इजलासले अनुमति हुने अन्तरिम आदेश दिएको थियो। सोही अनुसार सो मुद्दाको अर्को पेसी अगामी भदौ ५ गतेलाई साधारण तारेखको मिति तोकिएको छ।

सूचना अधिकारी जोशीले भने, ‘सर्वोच्चले तारेख दिए पनि कार्यालयको रिटमा सरकारवादी कार्यालयहरूले प्रतिरक्षा गर्न नसकिने भन्दै पन्छिएपछि समस्या भएको हो।’

उनले सो मुद्दाको प्रतिरक्षा गरिदिन सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ताको कार्यालयसँग पनि अनुरोध गरेको बताए। ‘मुद्दाको कानूनी प्रतिरक्षा गरिदिन कार्यालयबाट मुख्य न्यायाधिवक्ताको कार्यालयलाई अनुरोध गरिएकोमा सो कार्यालयले नसकिने जवाफ दियो,’ उनले भने, ‘नेपालको संविधानको धारा १५८ को उपधारा (२) बमोजिम महान्यायधिवक्ता वा सरकारी वकिलबाट नेपाल सरकारको मात्र प्रतिनिधित्व गरिने हु“दा मुद्दाको प्रतिरक्षा महान्यायधिवक्ता वा सरकारी वकिलबाट कार्यालयबाट करार सेवामा वैतनिक कानुनी सल्लाहकारको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको छ।’

सूचना अधिकारी जोशीले कानुनी प्रतिरक्षार्थ जिल्ला समन्वय समितिको कार्यालयमा बजेट व्यवस्थासमेत नभएको सन्दर्भमा साविक जिल्ला विकास समिति हु“दादेखिका अन्य मुद्दाहरूको फलोअप र कानुनी प्रतिरक्षा गर्न समस्या भएको बताए। 

‘हालको संरचनाले जिल्ला समन्वय समितिको आन्तरिक श्रोत शून्य रहेको र मिल्दो शीर्षकमा बजेट व्यवस्थासमेत नभएकोले वैतनिक कानुनी सल्लाहकारको प्रबन्ध गरी मुद्दास“ग सम्बन्धित खर्च गर्ने व्यवस्था मिलाउन जिल्ला समन्वय समितिको कार्यालय, कैलालीको निम्ति विनियोजन भएको कुनै शीर्षकहरूको बजेट रकमान्तर गरी परामर्श सेवा वा अन्य मिल्दो शीर्षकमा बजेट व्यवस्था गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने’ जिल्ला समन्वय समिति कैलालीको असार २६ गते बसेको छैठौं जिल्ला सभाले गरेको निर्णयमा उल्लेख छ। 

मुद्दामा कानुनी प्रतिरक्षा र फलोअपका लागि २०७७ पुस १२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राय प्रतिक्रिया सहित निर्देशन माग गरिएको थियो। सो विषयमा मन्त्रालयबाट हालसम्म पनि कुनै निर्देशन प्राप्त नभएकोले पुनः बजेट व्यवस्था वा अन्य उपयुक्त विकल्पका लागि अनुरोध गर्ने सभाबाट निर्णय गरिएको छ।

कार्यालयले मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, ‘आन्तरीक श्रोत शून्य रहेको र मिल्दो शीर्षकमा बजेट व्यवस्थासमेत नभएकाले वैतनिक कानुनी सल्लाहकारको प्रबन्ध गरी मुद्दास“ग सम्बन्धित खर्च गर्ने व्यवस्था मिलाउन जिल्ला समन्वय समितिको कार्यालय, कैलालीको निम्ति विनियोजन भएको कुनै शिर्षकहरूको बजेट रकमान्तर गरी परामर्श सेवा वा अन्य मिल्दो शीर्षकमा बजेट व्यवस्था गरिदिन मन्त्रालयलाई अनुरोध गरिन्छ।’
 

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
विपद प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदहरुको माग प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले विपदको पूर्वतयारीलाई तिव्रता दिन, मौसमजन्य सूचना प्रणालीलाई थप व्यवस्थित गर... मंगलबार, असार २४, २०८२
प्रधानमन्त्रीसँगै स्पेन गएर केही व्यक्ति नफर्किएको भन्दै छानबिन गर्न रास्वपाको माग पार्टीकी सांसद सोविता गौतमले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएर फर्किएको स्पेनको कार्य... मंगलबार, असार २४, २०८२
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबारको बैठकमा प्रमुख सचेतक शाहीले सहकारीमा धेरै जनताको पैसा डुबेको भन्दै राईलाई खोज्न माग गरेका हुन्। मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
विपद प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदहरुको माग मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार (भिडियो) मंगलबार, असार २४, २०८२
धेरैजसो कम्पनीको मूल्य बढे पनि घट्यो नेप्से परिसूचक मंगलबार, असार २४, २०८२
महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्यान दिनुपर्छ : प्रकाशमान सिंह मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्