• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
मिटर ब्याजले उठिबास ६ लाख ऋण लिएकी खुश्बुले २२ लाख तिरिन्, २९ लाख अझै तिर्नुपर्ने हिसाब!
64x64
कल्पना घिमिरे आइतबार, साउन २२, २०७९  १३:४२
1140x725
सबै तस्बिर: मनिष अर्याल/नेपाल लाइभ

काठमाडौं– दिनभर माइतीघर मण्डलामा धर्ना बसिरहेको एउटा समूह साँझ पर्न थालेपछि उठ्यो। र, गौशाला जाने गाडी चढ्यो। हामीले उनीहरुलाई पछ्यायौं। उक्त समूह गौशाला उत्रियो। दिनभरीको थकान बिसाउन त्यसका सदस्यहरु एउटा थोत्रो त्रिपाल भित्र छिरे।

दिनभर आन्दोलन गरेर बेलुकी थकान मार्न गौशाला पुगेका उनीहरु ठगीमा परेका किसान मजदुर हुन्। उनीहरु मिटर ब्याज ठगीविरुद्ध आन्दोलनका लागि आएका नवलपरासीका किसान मजदुर हुन्।

आफ्नो घरखेत साहुबाट फिर्ता गराइदिन सरकारसँग हारगुहार माग्दै काठमाडौं आएका उनीहरुले ओत लाग्न त्रिपाल टाँगेर एउटा छाप्रो बनाएका छन्। त्रिपालभित्र चिसो भुइँमा पातलो प्लाई बिच्छ्याइएको छ। प्लाईमाथि तन्ना ओच्छ्याएर बिस्तारा बनाइएको छ। टाउको अड्याउन झोला र काठका सिरानी छन्।  

महिला र पुरुष गरि ७२ जना मिटर ब्याज पीडित त्यही त्रिपाल मुनि रात कटाउँछन्। बिहान् सबेरै उठ्छन्। फेरि माइतीघर आउँछन्। तीन दिनदेखि उनीहरुको दिन माइतीघरको सडक र रात गौशालास्थित खुला चउरको त्रिपालमुनी बितिरहेको छ।

Miterr-byaj-pidit (2)1659853083.jpg‘भुइँमा राति साप आउँछ की भन्ने डर लाग्छ। शौच गर्न पनि चार मिनेट हिँडेर पशुपति मन्दिर नजिकै पुग्नुपर्छ। के गर्नु न्यायका लागि जति दुःख भए पनि बस्नै पर्यो,’ पीडित मध्येकी एक आश्मा खातुनले गुनासो गरिन्।

महिला र पुरुष एउटै त्रिपालमुनि सुत्छन्। शौचालय जानदेखि त्यहीँ बस्न पनि महिलाहरुलाई समस्या हुने खातुनको गुनासो छ।

खातुनले चार वर्षअघि घर बनाउनका लागि सुरेश बनियासँग ८ लाख रुपैयाँ ऋण लिएकी थिइन्।अंशबण्डा गर्दा श्रीमानका भागमा बर्दघाटको ११ कठ्ठा जग्गा परेको थियो।

अब उनीहरुलाई बस्ने घर चाहियो। घर बनाउनका लागि बैंकमा ऋण पाइन्छ कि भनेर धाए। तर कुनै बैंकले पत्याएन्। ‘ससुराले श्रीमान् र देवरलाई अंशबण्डा गरेको केही दिन मात्रै भएको थियो। घर बनाउन बैंकले ऋण नदिएपछि सुरेश बानियाँसँग जग्गा दृष्टिबन्धक गरेर ऋण लिन बाध्य भयौं,’ उनले भनिन्। 

उनीहरु खेतबारीको काम गर्थे। ऋण लिएपछि तिर्न आम्दानीको अरु बाटो थिएन। ऋण लिएको तीन वर्षपछि उनीहरुले साहु सुरेश बानियाँलाई सावाँ र ब्याजसहित हिसाब गरेर ३४ लाख बुझाए। उनी भन्छिन्, ‘तीनवर्ष पश्चात् मैले सात कठ्ठा जग्गा बेचेर चौतिस लाख बुझाएँ तर हाम्रो जग्गा अहिले उसैको नाममा छ। अझै पन्ध्र लाख मागेको छ। पन्ध्र लाख दिए मात्र जग्गा फिर्ता गर्छु भन्छ।’

Miterr-byaj-pidit (4)1659853128.jpgउनका दुई छोरा र एक छोरी छन्। जेठो छोराले कक्षा आठसम्म पढेका छन्। सानो छोरा १ कक्षामा छन्। छोरीले अहिले एसईई पास गरेकी छन्। ‘नर्स पढ्ने भन्दै छ छोरीले, कसरी पढाउने हो? जग्गा बेचेर पढाउँ त अर्काको नाममा छ,’ गहभरी आँशु पार्दै उनले भनिन्। 

आफूले तिर्नुपर्ने ऋण भन्दा चौबर पैसा बुझाउँदा पनि साहुले उनको जग्गा फिर्ता नगरेकोमा उनको गुनासो छ।

०००

बर्दघाट नगरपालिकाका कृष्णबहादुर सार्की पनि मिटर ब्याज पीडित हुन्। उनी अहिले आफ्नो जग्गा फिर्ता गरिदिन सरकारसँग हारगुहार माग्दै काठमाडौं आएका छन्।

कृष्ण र उनका भाइ प्रेमबहादुर सार्कीले विदेश जानका लागि ऋण लिएका थिए। आफूहरुले दुई लाख पचास हजार ऋण लिएको कृष्णले बताए।  

२०६९ असारमा गाउँकै एक व्यक्ति शून्य सुनारसँग उनीहरुले ऋण लिएका थिए। मासिक सयकडा तीन रुपैयाँका दरमा ब्याज तिर्ने सहमतिमा ऋण लिएको उनी बताउँछन्। उनी वैदेशिक रोजगारीका लागी कतार गएका थिए। भाइ संयुक्त अरब इमिरट्स(युएई) गएका थिए।

‘घरमा आएर होम राणाले मेरो बुवालाई फकाएछ। ढाँटछल गरेर, सयकडा डेढ रुपैयाँ ब्याजमा दुई लाख पचास हजार ऋण दिने लोभ देखाएछ। बुवाले उसको कुरा मानेर जग्गा दृष्टिबन्धक गरेर छ महिनामा तिर्ने गरी ऋण लिनुभएछ,’ उनले भने। कृष्ण कतारमा खाना पकाउने काम गर्थे। उनको महिनामा ३० हजार कमाइ थियो। खाइनखाइ पैसा जोगाएर ऋण तिर्न घरमा पठाएको उनी बताउँछन्।

‘मैले र भाइले विदेशबाट कमाएर चार महिना भित्रमा पैसा पठाएर ऋण चुक्ता गरिदियौं। तर त्यसले जग्गा हाम्रो नाममा गरिदिएन। मेरो बुबाको सोही जग्गाको कारण प्रेसर बढेर मृत्यु भयो,’ उनले सुनाए। 

Miterr-byaj-pidit (1)1659853149.jpgनवलपरासी सुस्ताकी खुश्बु नेसाले पनि जेठी छोरीको विवाहका लागि ६ लाख ऋण लिएकी थिइन्। जग्गा दृष्टिबन्धक राखेर जगदिश बानियाँसँग ऋण लिएको उनी बताउँछिन्।

 ‘श्रीमानले ७ वर्षपछि साँवा ब्याजसहित २२ लाख बुझाए। फेरि जगदिशले २९ लाख अझै बाँकी छ भनेर माग्यो। त्यही ऋणले गर्दा श्रीमानको हार्टअट्याक भएर मृत्यु भयो,’ यो सुनाउँदै गर्दा उनका आँखा आँशुले भरिएका थिए। तर आँशु नखसालिकन उनी सम्हालिइन्। अहिले घर र ११ कठ्ठा जग्गा साहु जगदिशको नाममा भएको उनी बताउँछिन्।

भन्छिन् ‘साहुको ऋण जति तिर्दा पनि सकिएन, मिटरब्याजको ऋणले घरबारबिहीन भएँ।’ 

सुस्ता ५ का रामशुभग मुसहरको पनि उस्तै पीडा छ। उनको चार छोरा बुहारी र नातिनातिना गरी २० जनाको परिवार छ। यति ठूलो परिवारको बाँच्ने आधार भनेको मजदुरी मात्र हो। आफ्नो जग्गा हुँदाहुँदै पनि मिटर ब्याजको ऋण लिनाले भूमिविहीन बन्नु परेको उनी गुनासो पोख्छन्। 

जेठो छोरो रामनाथ मलेसिया जान एक लाख ५० हजार ऋण लिएका थिए। जगदिसले तीन लाखको तमसुक बनायो। उनले त्यो तमसुकमा औंठाछाप लगाए। 

मलेसिया गएका छोराको कमाइ त्यति राम्रो थिएन। उनले कमाइ गरेर पैसा पठाउन सकेनन्।

‘ऋण तिर्न नसके पछि तीन कठ्ठा जग्गा दृष्टिबन्धक गरेर जगदिशको नाममा छिनुवा पास गरिदिएँ,’ रामशुभग तमसुक देखाउँदै भन्छन्।

Khushbu1659853173.jpg

कान्छो छोरालाई विदेश पठाउनका लागी सन्दिप जोसीसँग साढे ११ कट्ठा जग्गा दृष्टिबन्धक गरेर उनले चार लाख पचास हजार लिए। सन्दिपले पनि आठ लाख देखाएर तमसुक बनाए। रामसुभगले तमसुक नपढी औंठाछाप लगाए।

उनले पटकपटक गरेर आठ लाख र एकलाख चालिस हजार बुझाए। ‘मैले पैसा त सबै बुझाएँ तर उसले मेरो जग्गा अर्कैलाई बेचिसकेछ,’ उनले सम्झिए। गौशालास्थित त्रिपालमुनी भेटिएका सबैजसोको पीडा एउटै हो। उनीहरु सबै मिटरब्याज ऋणी हुन्। 

‘थोरै ऋण लिएको भए पनि साहुले दोब्बर तेब्बर गराएर तमसुक बनाएर सोझा सीधा हामी माथि अत्याचार गर्यो,’ मलिन अनुहार पार्दै मिटरब्याज पीडित तथा ठगीविरुद्ध संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ता सुदखोरले सुनाए। 

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १३:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
धेरैजसो कम्पनीको मूल्य बढे पनि घट्यो नेप्से परिसूचक सेयर बजार झिनो अंकले गिरावट भएसँगै कारोबार रकम खुम्चिएको छ। साेमबार कुल ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज ६ अर्ब... मंगलबार, असार २४, २०८२
रेमिट्यान्स आप्रवाहमा अर्को रेकर्ड, भित्रियो १५ खर्ब ३२ अर्ब चालू  आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको हो। अघिल्लो वर... मंगलबार, असार २४, २०८२
कारोबारसँगै खुम्चियो सेयर बजार यसअघि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अंकले बढेर २७०६ विन्दुमा पुगेको थियो। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
पश्चिमी युरोपमा गर्मीले जनजीवन प्रभावित बुधबार, असार २५, २०८२
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (तस्बिरहरु) बुधबार, असार २५, २०८२
द्वन्द्वपीडित, जनआन्दोलन र भूकम्पका घाइतेले अब निःशुल्क उपचार पाउने बुधबार, असार २५, २०८२
टेक्सास बाढी : केर काउन्टीमा अझै १६१ जना बेपत्ता बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्