• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ १०, २०८२ Sat, May 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
आहारा नपाएर मर्दैछन् गाई, उपेक्षामा सरकारी कान्जी हाउस
64x64
शेरबहादुर ऐर सोमबार, साउन २३, २०७९  १४:३३
1140x725

धनगढी– धनगढी उपमहानगरपालिका–७, देवहरियास्थित कान्जी हाउस छाडा पशुचौपायले भरिभराउ छ। खुल्ला मैदानभित्र तारजाली र पर्खाल तथा टिनको टहराभित्र पशुचौपायाहरू राखिएका छन्। त्यसको केही पर जाँदा सामुदायिक वनको किनारमा लोपोन्मुख गिद्धको हुल देखिन्छ। 

कान्जी हाउसमा मरेका गाईलाई त्यहाँ फालेपछि गिद्धहरूले सिनो खाइरहेका थिए। कान्जी हाउसमा गाईगोरुलाई उचित आहारा नभएपछि कमजोर हुँदै मर्ने गरेको जनाइएको छ। गाई हेरालु पृथ्वी रानाले भने, ‘यहाँ गाईहरूलाई खुवाउन भुस्सा र चोकर मात्र छ। घाँस नपाएपछि गाईहरू कमजोर बनिरहेका छन्।’ 

उनका अनुसार गाईलाई उचित संरक्षण गर्न चुनौति छ। आइतबार मात्र दुईवटा गाई मरेको उनले जानकारी दिए। दुई गाई मरेपछि सामुदायिक वन छेउमा राखिएको थियो। जहाँ गिद्धहरू गाईका सिनो लुछाचुँडी गरिरहेका थिए। गिद्धले सिनो लुछाचुँडी गरिरहेका ठाउँभरी मरेका गाईको हड्डी देखिन्थे। 

उनले उपमहानगरपालिकाले धमाधम छाडा पशुचौपायालाई कान्जी हाउसमा ल्याउँदा बचाउन समस्या भइरहेको बताए। ‘पहिला यहाँ १८० मात्र थिए। जेठयता धमाधम गाईलाई यहाँ ल्याउने गरिएको छ। कहिले २० वटा, कहिले २५ गरि अहिले यहाँ ४०० गाई छन्’, रानाले भने, ‘चरिचरण गराउन लाँदा जंगलबाटै भाग्ने डर छ। हरियो घाँस काटेर ल्याउन सकिने अवस्था छैन। अहिले यहाँ भएको भुस्सा र चोकर दिइरहेका छौं। घाँस नपाएपछि गाई कमजोर भइहाल्छन्।’ 

आइतबार पनि धनगढी उपमहानगरपालिकाभित्र रहेका छाडा गाईलाई सो गौशालामा लगिएको छ। हरियाली मौसममा पनि गाईगोरुलाई खुल्ला आकाशमा तारजालीभित्र थुनिएको भन्दै स्थानीयबासीले चिन्ता व्यक्त गरेका छन्। स्थानीय रोहित गिरीले भने, ‘घाँस नपाएर गाईहरू मर्दा समेत उपमहानगरपालिकाले गौ संरक्षणमा ध्यान दिन सकेको छैन। हरियो घाँसको सट्टा थुनेर भुस्सा र चोकरमात्र खुवाइरहेको छ।’

गाई हेरालु राना गाईहरूलाई चरिचरण गराउन ठाउँ र जनशक्ति अभाव भइरहेको बताउँछन्। ‘सामुदायिक वनले आफ्नो क्षेत्रभित्र चरिचरण गराउन दिँदैन। यहीँ रहेको देवहरिया वनस्पति उद्यान क्षेत्रमा चरिचरण गराइरहेका छौं’, उनले भने।  ४०० गाई भएपनि आफूले एक सय गाईलाई मात्र चरिचरण गराउन लग्ने गरेको राना बताउँछन्। 

उनका अनुसार अन्य गाईहरू भुस्सा र चोकरकै भरमा थुनेर राखिएको छ। भुस्सा र चोकर पनि अभाव भइरहेको छ। यही चैतमा उपमहानगरपालिकाले पाँच डल्लप आठ ट्रली र मारवाडी सेवा समाजले सात ट्रली भुस्सा तथा सात कठ्ठा चोकर उपलब्ध गराएको थियो। त्यसयता गौशालामा गाई थप्ने काम मात्र भयो। गाईलाई चाहिने स्रोत साधनको व्यवस्थापनमा कसैको ध्यान नपुगेको उनले गुनासो गरे।

आइतबार गाई चराएर फर्किएका राना अन्य गाईलाई सोही भुस्सा र चोकर दिने तयारी गरिरहेका थिए। उनले भने, ‘पहिला यहाँ आठ जना हेरालु थिए। अहिले छ जना मात्र छौं। सबै गाइलाई जंगल चराउन लग्न बढी हेरालु राख्नुपर्ने देखिन्छ। नत्र चरिचरण गर्न नपाएका गाईहरू मर्ने जोखिम बढेको छ।’

Ncell 2
Ncell 2

२०७४ सालमा अस्थायी रुपमा सञ्चालनमा ल्याइएको सो कान्जी हाउसलाई हटाउन वनस्पति अनुसन्धान केन्द्रले पटक–पटक पत्राचार गरिरहेको छ। केन्द्रका प्रमुख गंगा दत्त भट्टले गौशालाका कारण देवहरिया वनस्पति उद्यान केन्द्रमा असर परिरहेको बताए। 

‘छाडा पशुचौपायाको अस्थायी रुपमा व्यवस्थापन गर्न सहज होस् भनेर उपमहानगरपालिकालाई केही वर्षका लागि सहमति जनाई कान्जी हाउस सञ्चालन गर्न दिइयो’, उनले भने, ‘सम्झौता सकिएपनि उपमहानगरपालिकाले कान्जी हाउसको स्थायी समाधान भने निकाल्न सकेको छैन।’ उनले कान्जी हाउसमा रहेका गाईगोरुलाई उद्यानमा ल्याएर चरिचरण गराउँदा संरक्षित वनस्पतिहरू मासिन थालेको बताए। 

भट्टले कान्जी हाउसमा रहेका गाईगोरुलाई सामुदायिक वन वा अन्य क्षेत्रमा चरिचरण गराउनुपर्ने बताए। ‘सामुदायिक वनले आफ्नो क्षेत्रमा चरिचरण गर्न दिँदैन। अनि त्यहाँ भएका हेरालुले उद्यानमा चरिचरण गराउँछन्। हामीसँग त्यति जनशक्ति पनि भएन। कर्मचारी अभावकै कारण रोक्न समस्या भएको छ’, भट्टले सुनाए। उनले काञ्जी हाउसका कारण त्यहाँका स्थानीयहरूले पनि उद्यान क्षेत्रमा चरिचरण गराइरहेको बताए।

रकम असुलेर गाई संरक्षण गर्ने संस्थालाई सेवा सुविधा
‘धनगढी उपमहानगरपालिकाबाट जेठ महिनामा (२३ दिन) को सेवा सुविधाबापत प्राप्त भएको रकम ५५ हजार छ सय ८७ रुपैयाँ ८३ पैसा धनगढी उपमहानगरपालिका–३ स्थित गौ संरक्षण सेवा समितिलाई प्रदान गरियो। साथै प्रत्येक महिना सेवा सुविधामार्फत् आएको रकम सामाजिक संघ सस्थालाई हस्तान्तरण गरिने छ’, उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले पहिलो सेवा सुविधा पाएपछि दिइएको प्रतिक्रिया हो।

सरकारबाट सञ्चालित गौशालालाई जनशक्ति, स्रोत साधन अभाव झेलिरहेका बेला नगर प्रमुख हमालले घरभित्रका गाईलाई संरक्षण गर्ने संस्थालाई रकम सहयोग गरेकोमा गर्व व्यक्त गरे। सो संरक्षण समितिले सडकमा रहेका छाडा पशुचौपायालाई संरक्षण गरेर राख्ने भन्दै घर–घरबाट मुठ्ठीदान, उपमहानगरपालिका, प्रदेश सभा सदस्य डिल्लीराज पन्त, प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट रकम संकलन गरि भौतिक संरचना तयार गरेको थियो।

तर, अहिले सो समितिले सडकभन्दा पनि घरमा रहेका गाईलाई घरधनीबाट रकम लिएर संरक्षण गरिरहेको छ। सो समितिले गाई तथा बाच्छा राखेबापत प्रतिघरधनी वार्षिक चार हजार रकम लिने गरेको जनाइएको छ। नगर प्रमुख हमालले पहिलो सेवा सुविधा सो समितिलाई प्रदान गरेपनि अहिले उपमहानगरपालिकाले सडकमा रहेका गाईलाई समात्दै वडा नम्बर ७ स्थित देवहरिया पुर्‍याउने गरेको छ।

‘आइतबार साउन २२ गते सडकमा रहेका छाडा गाई एवं चौपायाहरूलाई देवहरियामा रहेको गौशालामा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी र सफाई कर्मचारीद्वारा पुर्‍याइयो’, नगर प्रमुख हमाललको सचिवालयले भनेको छ। नगर प्रमुखले नाफाजनक संस्थालाई सेवा सुविधावापतको रकम सहयोग गर्ने तर, सरकारले सञ्चालन गरेको गौशाला व्यवस्थापनमा ध्यान नदिएको स्थानीयबासीहरूको आरोप छ। 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १४:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
सिग्मा कलेजको क्यान्टिनमा आगलागी ग्यास लिक भएर भएको उक्त आगलागीले क्यान्टिनका सामान जलेर नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । बुधबार, जेठ ७, २०८२
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै कैलाश पर्वत र हरित हिललाई मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको वडाध्यक्ष कुमार थापाले बताए । कैलाश डाँडाको संरक्षणक... मंगलबार, जेठ ६, २०८२
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उन भने, “पहिलो वर्ष त बजेट थिएन होला भनेर... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
पूर्वराष्ट्रपति भण्डारी चीन जाँदै शनिबार, जेठ १०, २०८२
गाजामा इजरायलको पछिल्लो बम आक्रमणमा ७६ जनाको मृत्यु शनिबार, जेठ १०, २०८२
कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार शनिबार, जेठ १०, २०८२
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयद्वारा मुद्दा दायर शनिबार, जेठ १०, २०८२
कान्तिलोकपथ सडक अवरुद्ध शनिबार, जेठ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
विवादास्पद अभिव्यक्ति पछि बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्