• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सुदूरपश्चिम प्रदेश सभाका पाँच वर्ष : प्रदेशको नाम, राजधानी र ६७ विधेयक नै मुख्य उपलब्धि
64x64
शेरबहादुर ऐर आइतबार, भदौ २६, २०७९  २०:१३
1140x725

धनगढी- संघीयता कार्यान्वयनपछि गठित सुदूरपश्चिम प्रदेश सभाको पाँच वर्षे कार्यकाल आगामी असोज ३० गते सकिँदैछ। गत शुक्रबार बसेको अन्तिम बैठकले निर्वाचनको प्रक्रिया सुरु भएसँगै प्रदेश सभाको अन्त्य भएको घोषणा गरिसकेको छ।

सुदूरपश्चिम प्रदेश सभाले पाँच वर्षको अवधिमा सरकार सञ्चालन र सेवा प्रवाह गर्ने ६७ वटा कानुन निर्माण गरेको छ। सभाबाट पारित भएका तीन वटा विधेयक भने प्रदेश प्रमुखबाट प्रमाणीकरण हुन बाँकी रहेको सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले बताए।

प्रदेश सभाले पछिल्लो एक सातामा पारित गरेका निजामती सेवाको गठन, सञ्चालन तथा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण प्रक्रियामा रहेका छन्।

सभाले पारित गरेको प्रदेश रेडियो, एफएम तथा टेलिभिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कार्यान्यवन हुन सकेको छैन। आम सञ्चारमाध्यमलाईं कुण्ठित गर्न विधेयक ल्याएको भन्दै विरोध भएपछि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आम सञ्चार नीति ल्याउने तयारी गरेको छ। नीतिबारे छलफल भए पनि सभामा भने पेस भएको छैन।

प्रदेशको नाम राखियो, राजधानी तोकियो 
प्रदेश सभाले २०७५ असोज १२ गते प्रदेशको नाम सुदूरपश्चिम तथा राजधानी गोदावरी नगरपालिकाको तेघरीमा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पारित गरेको थियो। प्रदेश सरकारले राजधानी घोषणा गरे पनि हालसम्म भौतिक संरचना निर्माण लगायतका कुनै पनि प्रगति भने गर्न सकेको छैन।

प्रदेश सभाका सभामुख थापाले भने, ‘सभाले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूर्ण रुपमा कार्यान्वयन भएको छ। सरकारको जिम्मेवारी कति पूर्ण भयो, त्यसबारे भने सरकार सजग हुनुपर्छ।’

महालेखा परीक्षकको प्रतिवेदन सभामा पेस भएन
सुदूरपश्चिम प्रदेश सभामा महालेखा परीक्षकको एक वार्षिक प्रतिवेदनबाहेक अन्य पेस हुन सकेन। कार्यकाल सकिनै लाग्दा महालेखा परीक्षकको प्रतिवेदन २०७५ मात्र सभामा पेस भएको हो।

महालेखा परीक्षकको कार्यालयले प्रदेशका चार वटा वार्षिक प्रतिवेदन सार्वजनिक गरिसकेको छ। आर्थिक वर्ष २०७५ को वार्षिक प्रतिवेदन सार्वजनिक भएको दुई वर्षपछि मात्र सभामा पेस गरेको थियो।

महालेखा परीक्षकको कार्यालयले २०७७, २०७८ र २०७९ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरे पनि प्रदेश सरकारले सभामा छलफलका लागि पेस नगरेको सार्वजनिक लेखा समितिकी सभापति कुमारी नन्दा बमले बताइन्। 

प्रदेश सभामा पेस नभई समितिले चार वटा प्रतिवेदनमा प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख सचिव, विभिन्न मन्त्रालयका मन्त्री तथा सचिव लगायतलाई बोलाई छलफल गरी सुझाव तथा निर्देशन दिइएको उनले बताइन्।

‘प्रतिवेदनमाथिको छलफल सभामा व्यापक हुनुपर्ने थियो,’ उनले भनिन्, ‘प्रदेश सरकारले आफ्ना कमजोरीमाथि प्रदेश सभा सदस्यहरुले आवाज उठाउने देखेपछि प्रतिवेदन नै पेस गर्न सकेन।’

प्रदेश सवारी तथा यातायात ऐन पारित
सुदूरपश्चिम प्रदेश सभाले प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ।

प्रदेश सभाको दसौं अधिवेशनको २७औं बैठकबाट सभामुख अर्जुनबहादुर थापाले विधेयक सर्वसम्मतिले पारित भएको जानकारी दिएका हुन्। भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले विधेयक पारितका लागि प्रस्ताव पेस गरेका थिए। 

साथै, सभामा विधायन तथा प्रदेश मामिला समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समितिको प्रथम प्रतिवेदन २०७९ सभामा पेस भएको थियो।

मुख्यमन्त्रीमा पाँचै वर्ष भट्ट 
मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यकाल पूरै सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीको विघटनपछि देशका पाँच प्रदेशमा मुख्यमन्त्री परिवर्तन भए पनि सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट र मधेश प्रदेशका लालबाबु रावतले पाँच वर्ष कार्यकाल पूरा गरेका हुन्। 

२०७४ साल फागुन ३ गते नेकपा माओवादी केन्द्रबाट पहिलो पटक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा भट्ट नियुक्त भएका थिए। प्रदेशका मुख्यमन्त्री नियुक्त भएसँगै ५ गते उनले प्रदेश प्रमुख मोहनराज मल्लबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए। सोही दिन उनले ६ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए।

नेकपा विभाजनसँगै पद धरापमा रहँदा २०७८ साल जेठ २५ गते मुख्यमन्त्री भट्टले ५२ सदस्य रहेको प्रदेश सभामा दोस्रो पटक विश्वासको मत लिएका थिए। भट्टले सभाबाट पक्षमा ३० र विपक्षमा ९ मत प्राप्त गरेका थिए।

नेकपा माओवादीका नेता मुख्यमन्त्री भट्टले नेकपा विघटनपछि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा गठबन्धनको सरकार गठन गरेका थिए। 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले प्रदेशको विकासमा एक आधारशीला तयार पारेको दावी गरेका छन्। उनले अन्य प्रदेशमा मन्त्रालय बढाए पनि प्रदेश सरकारले मन्त्रालय बढाउने काम नगरेको बताए।

‘जनताले लाभ लिने कुरा र संघीयताप्रति आशा तथा विश्वास कायम गर्ने काम भएको छ,’ उनले भने, ‘संघीयता आएपछि जादुको छडीझैं विकास भइहाल्ने र जनताका आशा एकै साथ बढ्दा जनतामा प्रदेश सरकारप्रति निराशा व्यक्त गरिरहेका छन्।’ उनले संघीय सरकारले संविधानले प्रदेशका साझा अधिकारहरुमा असहयोग गर्दा प्रदेश सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको बताए। 

प्रदेश सभा सदस्यहरुको मिश्रित प्रतिक्रिया 
सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुले पाँच वर्षे कार्यकाललाई मिश्रित रुपमा व्याख्या गरेका छन्। प्रतिपक्षी दलहरुले सरकारलाई आलोचना गरेका छन् भने सत्तापक्षका सदस्यहरुले कार्यकाल सन्तोषजनक, चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिएका छन्।

प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्य कृष्णबहादुर चौधरीले प्रदेश सभाको पाँच वर्षे कार्यकाललाई तितो अनुभवका रुपमा लिएको बताए। उनले भने, ‘सरकारले जनताको पक्षमा काम गर्न सकेन। सभामा उठाएका प्रश्नहरुमा सरकार गम्भीर भएन। प्रदेश सरकारले जनताले देख्ने गरी कुनै पनि काम गर्न सकेन। आर्थिक अनियमितता, भ्रष्टाचार वृद्धि भएको छ। जनतालाई प्रदेश सरकार छ भन्ने अनुभूति सरकारले दिन सकेन।’ 

नेकपा एमालेका सांसद कृष्णराज सुवेदीले सरकारले जनताको भन्दा पनि कार्यकर्ता र आफन्त खुसी बनाउने गरी काम गरेको बताए। उनले प्रदेश सरकार जनताको साथमा छ भन्ने गरी सरकारले काम गर्न नसकेको उल्लेख गरे। उनले सभाबाट पारित भएका ऐनहरु पनि प्रदेश सरकारले कार्यान्वयन गर्न नसकेको आरोप लगाए। ‘सभाबाट जनताका पक्षमा महत्वपूर्ण ऐनहरु पारित भएका छन्। तर सरकारले त्यसको कार्यान्वयनमा ध्यान दिएन,’ उनले भने।

एकीकृत समाजवादी पार्टीकी प्रदेश सभा सदस्य पूर्णा जोशीले संघीयतापछिको पहिलो प्रदेश सभा भएकाले अपेक्षा अनुसारका धेरै काम गर्न नसकिएको बताइन्। ‘संघीयता नौलो अभ्यास हो। यहाँ व्यक्तिका गल्तीहरुलाई देखाएर प्रणालीलाई विफल बनाउने काम नहोस्,’ उनले भनिन्, ‘संघीयता कार्यान्वयनमा देखिएका कमजोरीलाई अझै परिस्कृत गर्दै लगेमा यसबाट प्रदेशको विकास, संविधानको रक्षा र आम जनताको चाहना अनुसार कार्यहरु गर्न थप मद्दत पुग्छ।’

प्रदेशको सार्वजनिक लेखा समितिकी सभापति कुमारी नन्दा बमले प्रदेश सरकार अन्र्तगतका निकाय तथा संस्थामा देखिएका अनियमितता, बेरुजु, सार्वजनिक साधन र स्रोतको हिनामिना, चुहावट तथा भ्रष्टाचारजन्य काम कारबाहीलाई न्यूनीकरण गर्न समितिले प्रभावकारी भूमिका निर्वाह गरेको बताइन्।

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  २०:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
छानबिन समितिको बैठक : तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने सभामुखको विश्वास मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको विशेष समितिको पहिलो बैठकमा उपस्थित भइ सभामुख घिमिरेले क्षेत्राधिकारभित्र रहेर समयअवधिभित्रै प... मंगलबार, असार २४, २०८२
विपद प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदहरुको माग प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले विपदको पूर्वतयारीलाई तिव्रता दिन, मौसमजन्य सूचना प्रणालीलाई थप व्यवस्थित गर... मंगलबार, असार २४, २०८२
प्रधानमन्त्रीसँगै स्पेन गएर केही व्यक्ति नफर्किएको भन्दै छानबिन गर्न रास्वपाको माग पार्टीकी सांसद सोविता गौतमले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएर फर्किएको स्पेनको कार्य... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
रसुवा बाढी अपडेट : बेपत्ता हुनेको संख्या २० पुग्यो मंगलबार, असार २४, २०८२
छानबिन समितिको बैठक : तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने सभामुखको विश्वास मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
विपद प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदहरुको माग मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार (भिडियो) मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्