• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
६० वर्षदेखि फुटपाथमा नाङ्लो थापेर परिवार पालिरहेकी हरिमाया
64x64
कल्पना घिमिरे बिहीबार, असोज १३, २०७९  ०८:२६
1140x725

काठमाडौं– भोटाहिटीबाट असन छिर्ने बाटोको छेउ। हरेक दिनजसो एक वृद्धा नाङ्लो थापेर बसेकी हुन्छिन्। नाङ्लोभरी कहिले अमला हुन्छ, कहिले तितौरा। कहिले बदाम (मूंगफली) त कहिले कागती हुन्छ। नाङ्लोसँगै छेउमा गुट्खादेखि, चुरोट, नमकिन, कुरकुरे, चिजबल बच्चाहरुले खाने ‘ललिपप’ पनि राखेकी छन्। 

बाटो भएर ओहोर–दोहोर गर्ने मानिसतिर आशा भरिएका नजर डुलाउँदै हेर्छिन्। कसैका पाइला रोकिए भने सोधिहाल्छिन्– हेर्नोस् नानी, के लानुहुन्छ? 

उमेरले ८० कटिसकेकी हरिमाया शाही खड्की हुन् उनी। भोटाहिटीकी स्थायी बासिन्दा हरिमायाले सोही क्षेत्रमा नाङ्लो थापेर सामान बेच्न थालेको ६० वर्ष भइसक्यो। 

हरेक साँझ ५ बजेपछि छोरासँगै घरबाट निस्किन्छिन्। उनका सामान छोरा श्यामले बोकेर सडक छेउ (फुटपाथ)सम्म पुर्‍याइदिन्छन्। उनी नाङ्लोमा मिलाएर राख्छिन्। आँखाले उज्यालो देखुञ्जेलसम्म सडकमा सामान बेच्छिन्। गर्मीको समयमा ८ बजेसम्म र हिउँदमा ७ नबज्दै सामान प्याक गर्छिन्। छोरा श्याम आउँछन्, बिक्री नभएर बचेका सामान बोकेर घर लान्छन्। 

बाध्यताबाट सुरु भएको फुटपाथ व्यापार, अहिले त बानी भइसक्यो! 
कीर्तिपुरमा जन्मिएकी हरिमायाको विवाह भने भक्तपुर भयो। विवाह पछिको २/४ वर्ष भक्तपुरमै बसिन्। खेतीकिसानी गरेर गुजारा चलाउनुपर्ने। 

खानलाई ठिक्कै हुने खेतीकिसानीले लाउनका लागि भने धौ–धौ पर्ने। खानलाउनलाई राम्रैगरी पुगोस् भनेर श्रीमान्‌ले व्यापार गर्ने सोच बनाए। श्रीमान्‌को व्यापार गर्ने सोचसँगै उनको परिवार भक्तपुरबाट काठमाडौंको भोटाहिटी सर्‍यो। श्रीमान्‌ले व्यापार पनि सुरु गरे। तर, भनेको जस्तो भएन। 

हरिमायाले १० सन्तानलाई जन्म दिइन्। तर ६ जना छोराछोरी शिशु अवस्थामै मरे। कोही निमोनिया भएर मरे। कोही सामान्य बिरामी भएरै मरे। बल्लतल्ल बाँचेका ४ जना छोराछोरीको लालनपालन गर्नुपर्ने। श्रीमान्‌को व्यापार राम्रो नचलेपछि उनले फुटपाथमा सामान बेच्न सुरु गरिसकेकी थिइन्। 

उमेरले २० वर्षको हुँदा फुटपाथको व्यापार थालेकी हरिमायाले बेच्ने धेरै सामान फेरिए। पहिला उनी नाङ्लोमा राखेर बिँडी बेच्थिन्। पछि बिँडी पिउनेको स्वाद फेरिएर चुरोटमा सर्‍यो, उनको नाङ्लोमा पनि चुरोटको संख्या बढ्न थाल्यो। 

सूर्तिजन्य पदार्थ खुला रुपमा बेच्न नपाइने नियम आयो। उनले नाङ्लोबाट चुरोट हटाएर छेउमा राखिन्। नाङ्लोमा भने सिजनअनुसारका उत्पादनहरु अटाउन थाले, कहिले अमला, कहिले लिची। कहिले स्ट्रबेरी, कहिले तितौरा, उनको नाङ्लोमा अटाउन थाले। हिउँदमा चना र बदाम पनि बेचिन्।     

‘पहिले त परिवार पाल्न यसरी सामान नबेची हुँदैन थियो। बाध्यता थियो नि नानी!’ हरिमायाले सुनाइन्। 

श्रीमान् गम्भीर रोगले थलिए। उपचारका लागि धेरै ठाउँ धाइयो, तर बचाउन सकिनन् हरिमायाले। श्रीमान् नभएपछि एक्लैले छोराछोरी हुर्काउनु पर्‍यो।  फुटपाथमा सामान बेचेर जोडेको ‘२/४ पैसा’ले नै ३ छोरा र १ छोरी हुर्काइन्। घरखर्चदेखि छोराछोरीको पढाइखर्च, सबै फुटपाथकै व्यापारले धानेकी थिइन् उनले। 

अहिले छोरा–छोरी आ–आफ्नो इलममा छन्। परिवारिक खर्च छोराछोरीकै कमाइले चलिहाल्छ। तर, हरिमायाको मन मान्दैन। 

‘जीवनभरी काम गरेर खाएको बानी। त्यत्तिकै घरमा त कसरी बस्नु नानी!’ उमेरले ८० कट्दा पनि फुटपाथमा बस्नुपर्ने ‘बाध्यता’बारे सुनाउँछिन् हरिमाया। 

अहिले उनका छोरा श्यामले पनि फुटपाथमै व्यापार थालेका छन्। सडक छेउमै कपडा र भगवानका फोटोहरु बेच्छन् श्याम। आमाछोरा दुवै जना नै फुटपाथमा व्यापार गरेर घर चलाइरहेका छन्। 

हरिमाया भन्छिन्, ‘काठमाडौंमा घर छ भन्दैमा काम नगरेर खान पुग्दैन। घर खोस्रेर खान मिल्दैन। आफूले सकुञ्जेल काम गरेर खाने हो। मरेपछि त सक्किगो नि!’

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  ०८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्