• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ १०, २०८२ Sat, May 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन
दशैंको बिदामा घुम्ने योजना छ? यी हुन सक्छन् उपयुक्त गन्तव्य
64x64
कल्पना घिमिरे शनिबार, असोज १५, २०७९  १२:२७
1140x725

काठमाडौं– नेपालीहरुका लागि सबैभन्दा लामो बिदा दशैंमा नै हुन्छ। कम्तिमा एक हप्ताको बिदा सबै कर्मचारी, श्रमिकहरुले पाउँछन्। 

पछिल्लो एक दशकयता दशैंको बिदाको समयमा घुम्ने जाने प्ररचन बढ्दो छ। अझ हुने खानेहरु त यही बिदाको मौकामा विदेश सयर गर्दछन्। 

कोही पूरै परिवारका साथ विभिन्न रमणीय ठाउँको अवलोकन गर्दछन् त कोही साथीभाइको समूह बनाएर बिदाको समयलाई सदुपयोग गर्दछन्। 

के तपाईं पनि यो दशैं बिदाको समयको मौका पारेर घुम्न निस्किँदै हुनुहुन्छ? यदि यसो हो भने देशभित्रकै परिचित ठाउँहरु छन् जहाँ तपाईंले परिवार तथा साथीभाइका साथमा रमाइलो महशुस गर्न सक्नुहुनेछ। 

त्यसका लागि हामीले केही ठाउँका बारेमा जानकारी पस्केका छौं। जहाँ तपाईं परिवार र साथीभाइको समूह बनाएर आनन्द लिन सक्नुहुनेछ। 

मोहरे डाँडा
तीन हजार तीन सय १० मिटर उचाईमा रहेको मोहरे डाँडा म्याग्दी जिल्लामा पर्दछ। अन्नपूर्ण क्षेत्रको अवलोकनका लागि यो ठाउँ निकै उपयुक्त मानिन्छ। 

यो गन्तव्य बेनी र जोमसोमको माझमा धौलागिरी र अन्नपूर्ण हिमालबीचमा पर्ने विश्वकै सबैभन्दा गहिरो खोँचसँगै पर्दछ। 
पोखरादेखि त्यहाँ जान बेनीसम्म गाडीमा पुग्न सकिन्छ। त्यसपछि बाँसखर्क हुँदै नाङ्गी र मोहरे हुँदै जाने घोरेपानीसम्म पुग्न पैदल यात्रा गर्नुपर्दछ। 

Mohare_Danda1664429151.jpg

Ncell 2
Ncell 2

कटुस, लालिगुँरासका रुखहरु, अन्नपूर्ण र सगरमाथा हिमालश्रेणीको मन लोभ्याउँदो दृश्यको अवलोकनको अनुभव यस पैदल यात्राका क्रममा पाउन सकिन्छ। अन्नपूर्ण हिमालको दक्षिण क्षेत्रको दृश्यावलोकनका साथै पूर्वतिर माछापुच्छ्रे हिमालको अवलोकन गर्न सकिन्छ। 

यो मोहरे डाँडाको बाटो एकदमै रमणीय छ। प्राकृतिक सौन्दर्य भएता पनि भौगोलिक रुपले यो एकदमै विकट थियो। महाविर पुनले यहाँसम्म वाइफाईको पुहँच पुर्‍याएका थिए। जसका कारण यहाँ गुग्ने पर्यटकले इन्टरनेट पनि उपभोग गर्न पाउनेछन्। 

पछिल्लो समय पर्यटकको आवतजावत बढेसँगै यहाँ बस्न र खानका लागि स्तरीय होटल तथा लज बनेका छन्। मोहरेसम्म पुग्नका लागि बेनीबाट तीन दिनको पैदल यात्रा गर्नुपर्छ। 

मोहरे डाँडासम्म पुग्न बेनीदेखि प्रतिदिन दुई हजार रुपैयाँ जति खर्च लाग्ने ट्रेकिङ एजेन्सी लक्जरी होलिडेज नेपालका सञ्चालक शिशिर बन्जरा बताउँछन्।

मार्दी हिमाल 
कास्कीको मााछापुच्छ्रे गाउँपालिकामा मार्दी हिमाल छ। यसको बेसक्याम्प चार हजार पाँच सय मिटरको उचाईमा रहेको छ। 

व्यवस्थित ट्रेकिङ रुट भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ झुम्मिने गर्दछन्। विश्वमै चर्चित पदमार्ग अन्नपूर्ण सर्किटभित्रको एक हो मार्दी हिमाल बेसक्याम्प जाने बाटो। बेसक्याम्पबाट चाँदीझै टल्किेने हिउँको लेपनले मार्दी हिमाल निकै मनमोहक देखिन्छ। 

यहाँको यात्रा गर्दा अन्नपूर्ण रेञ्ज, धौलागिरी, माछापुच्छ्रे, मनास्लुलगायतका हिमालहरुको दृश्यावलोकन पनि गर्न सकिन्छ। 

Mardi_Himal1664429475.jpg
तस्बिर: नेपालयट्रेक्स

साथै, हरियाली जंगल तथा स्थानीय बस्तीहरुसमेत अवलोकन गर्न पाइन्छ। पाँच दिनको पैदल दूरीपछि मार्दीको बेसक्याम्पसम्म पुग्न सकिन्छ। 

कास्कीको काँडेबाट यसको पैदल यात्रा सुरु हुन्छ। काँडेबाट अष्ट्रेलियन क्याम्प, पोथाना हुँदै पितम देउराली पुगिन्छ। त्यसपछि फरेष्ट क्याम्प र फरेष्ट क्याम्पबाट लो क्याम्पतर्फ पुगिन्छ। बतासे डाँडा हुँदै त्यसैदिन हाइक्याम्प पुगिन्छ। हाइक्याम्पबाट मार्दी हिमालको बेसक्याम्प पुग्न सकिन्छ। 

मार्दीको अवलोकनपछि पैदल हिँडेर लो क्याम्प हुँदै सिदिङ आइपुगिन्छ। सिदिङबाट जीपमा पोखरा आउन सकिन्छ। 
यहाँ बास बस्ने होटल तथा लजहरु हाइक्याम्प पुगेपछि भेटिन्छन्। यो हिमालको यात्रा गर्न पोखरा देखि ५ दिनमा सकिन्छ। यहाँको यात्राका लागि प्रतिदिन एक जना बराबर दुई हजार रुपैयाँ खर्च लाग्ने शिशिर बताउँछन्। 

पोखरा–बेनी–जोमसोम हुँदै मुक्तिनाथ
मुक्तिनाथ हिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रशिद्ध तीर्थस्थल हो। मुक्तिनाथ मन्दिर चार धाममध्ये एकमा पर्छ। यो मन्दिर ३८ सय मिटर उचाईमा रहेको छ। यहाँ बर्सेनि स्वेदशी तथा विदेशी पर्यटक हजारौंको संख्यामा धार्मिक भ्रमणका लागि पुग्छन्। 

मुक्तिनाथ पनि अन्नपूर्ण सक्रिटभित्रै पर्छ। त्यसैले ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ। पोखराबाट हिँडेको ५ देखि ७ दिनमा मुक्तिनाथ पुगेर फर्किन सकिन्छ। तर, ट्राभल एजेन्सीमार्फत् जाँदा ५ दिनमा घुमेर सकिन्छ। 

Muktinath_tample1664429585.jpg
तस्बिर: नेपाल पर्यटन बोर्ड

मुक्तिनाथ ट्रेकिङ म्याग्दीको तातोपानीबाट सुरु हुन्छ। काठमाडौंबाट सार्वजनिक बस वा आफ्नै गाडीमा पोखरा, बेनी हुँदै तातोपानीसम्म पुग्न सकिन्छ। धार्मिक मान्यताअनुसार मुक्तिनाथ जानुअघि तातोपानीमा स्नान गरेर जानु उपयुक्त मानिन्छ। 

यहाँको तातो पानीमा नुहाउँदा छाला, वाथ तथा ग्याष्ट्रिक निको हुने विश्वास छ।

पहिलो दिन तातोपानी पुगेर बास बस्नुपर्छ। भोलिपल्ट बिहानै उठेर तातो पानीमा स्नान गरी सोही दिन घाँसा बास बस्न पुगिन्छ। घाँसा तातोपानीबाट ५ घण्टा पैदल दूरीमा छ।

तेस्रो दिन घाँसाबाट ७ घण्टा हिँडेर मार्फा पुगिन्छ। मार्फा नेपालकै सबैभन्दा बढी स्याउ उत्पादन हुने क्षेत्र पनि हो। यहाँ स्थानीय लघु जलविद्युत् भएकाले लोडसेडिङको तनाव यात्रुले झेल्नुपर्दैन। 

पर्यटकको चहलपहल बढेसँगै केही वर्षदेखि यहाँ खान र बस्नका लागि समान्यदेखि लक्जरी होटलहरु सञ्चालित छन्। 
चौथो दिन बिहान मार्फाबाट हिँडेर बास बस्न कागवेनी पुगिन्छ। कागवेनी धार्मिक रुपमा महत्वपूर्ण ठाउँ हो। 

पाँचौं दिन कागवेनीबाट मुक्तिनाथ मन्दिरमा पुग्न सकिन्छ। यो ६ घण्टाको बाटो हो। अन्नपूर्ण सक्रिटमा थोरङ्ला क्रस गरेपछि बस्ने ठाउँ भनेको मुक्तिनाथ मन्दिरमा हो। यहाँ खान बस्नका लागि राम्रो सुविधा रहेका होटलहरु छन्। 

छैठौं दिन मुक्तिनाथबाट जोमसोम फर्किन सकिन्छ। त्यही दिन नै जोमसोमबाट जहाज वा बसमार्फत् पोखरा फर्किन पनि सकिन्छ। त्यो दिन जोमसोम नै बसे पनि हुन्छ। त्यहाँ  निलगिरी र धौलागिरी हिमाल अवलोकन गर्न सकिन्छ। 

यहाँसम्मको यात्रा गर्न धेरै जनाको समूहमा जाँदा एक जना बराबर २५ हजार रुपैयाँ भए पुग्छ। एक्लै जाँदा अलि महंगो पर्छ। 

कालिञ्चोक  
दोलखाको कालिञ्चोक भगवतीको मन्दिर पछिल्लो समय पर्यटनका लागि निकै प्रख्यात ठाउँ हो। हरेक हिउँदमा यहाँ हजारौंको संख्यामा पर्यटकहरु घुम्न पुग्छन्। दोलखाको सदरमुकाम चरिकोटबाट १७ किलोमिटर दूरीमा रहेको कालिञ्चोकस्थित कुरी पुग्न सकिन्छ।

कुरी बजारबाट कालिञ्चोक भगवतीको मन्दिर पुग्न झण्डै एक घण्टा उकालो चढ्नुपर्छ। ३ हजार ८ सय ४२ मिटर उचाईको कालिञ्चोक भगवतीको मन्दिर अवस्थित छ।

Kalinchok_NTB1664430556.jpg
तस्बिर: नेपाल पर्यटन बोर्ड

प्रायः शुक्रबार र शनिबार बढी पर्यटक तथा दर्शनार्थीहरु यहाँ पुग्ने गर्दछन्। काठमाडौंबाट बोलेरो जीप रिजर्ब गर्नेदेखि मोटरसाइलक र निजी गाडी लिएर पनि यहाँ पुग्न सकिन्छ। काठमाडौंदेखि सबैभन्दा नजिकको प्रशिद्ध पर्यटकिय स्थलका रुपमा यसलाई लिने गरिएको छ। 

पहिलो दिन कुरी बजारमा पुगेर होटलमा रात बिताएर भोलिपल्ट कालिञ्चोक मन्दिरको दर्शन पनि गर्न सकिन्छ। पुगेकै दिनमा पनि मन्दिरको दर्शन गर्न सकिन्छ। 

कुरी बजारबाट कालिञ्चोक मन्दिरसम्म केबुलकारबाट जान मिल्छ। पैदल हिँडेर पनि जान सकिन्छ। यस क्षेत्रमा जाडो अत्याधिक हुन्छ। यसपाली दशैं अगाडि नै भएका कारण हिउँदको जस्तो जाडो भने यसपटक महशुस हुँदैन। 

कालिञ्चोक भगवती मन्दिरबाट गौरीशंकर हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ। टाकुराबाट चारैतिर देखिने हिमाल, डाँडाकाँडा, घनाजंगलले मोहित पार्छ। कुरीपूर्वका ठूल्ठूला घाँसे मैदान अवलोकन गर्न सकिन्छ। 

काठमाडौंदेखि कालिञ्चोक र त्यहाँबाट पुन काठमाडौं फर्किन तीन दिनको समय लाग्ने अल्फालाइन कैलाश ट्रेक प्रालिले जनाएको छ। जीपमा जाँदा ९ देखि १० हजार रुपैयाँसम्म प्रतिव्यक्ति खर्च हुने गर्छ। 

रारा ताल
कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल नेपालकै ठूलो ताल हो। राराको मनमोहकताबाट मोहित भएका स्वर्गिय राजा महेन्द्र शाहले २०२० सालमा यसलाई रारा ताललाई स्वर्गकी अप्सरा भनि चित्रण गरेका थिए। यसलाई महेन्द्र तालका नामले पनि चिनिन्छ। 

कर्णालीमा सडक सञ्जालको पहुँच पुगेसँगै यसको महत्व बढ्दै गएको छ। छायाँनाथ रारा नगरपालिकामा पर्ने यो ताल समुद्र सतहदेखि २९ सय ९० मिटर उचाईमा अवस्थित छ। यो तालको लम्बाई करिब पाँच किलोमिटर रहेको छ भने चौडाई करिब तीन किलोमिटर छ। यसको गहिराई १६७ मिटर छ। 

यसको वरिपरी रारा राष्ट्रिय निकुञ्ज छ। निकुञ्जमा कस्तुरी मृग, रतुवा, हिमाली कालो भालु, बँदेल, कालिज, डाँफे, च्याखुरा जस्ता पंक्षी पाइन्छन्। 

Rara_lake1664430685.jpg
तस्बिर: रामगोपाल तामाखु

सूर्योदय र सूर्यास्तका बेला यस तालको दृश्य निकै मनमोहक देखिन्छ। यस्तै चंखेली र कान्जिरोवा हिमालको छाँया तालमा पर्दा त झनै रोमाञ्चक देखिन्छ। राराबाट पश्चिमतर्फ तीन घण्टा हिँडेपछि पुगिने मुर्माटपबाट राराको पूरा दृश्य देख्न सकिन्छ। साथै मुर्माटपबाट सैपाल हिमालको समेत अवलोकन गर्न सकिन्छ। 

रारा जान जहाज र बस दुवैको प्रयोग गर्न सकिन्छ। काठमाडौंबाट बसमा ३२ घण्टामा जुम्लाको सदरमुकाम खलंगा पुगिन्छ। खलंगाबाट बस चढेर ऐतिहासिक उपत्यका सिञ्जा हुँदै मुगुको सदरमुकाम गमगडी पुग्न सकिन्छ। गमगडीबाट दुई घण्डाको पैदल यात्रापछि रारासम्म पुग्न सकिन्छ। यता जुम्लाबाट डाँफे लेक हुँदै पैदल जान पनि सकिन्छ। जसमा स्थानीय एक दिनमै पुग्छन् भने बाहिरबाट जाने पर्यटकले विस्तारै हिँड्दा करिब दुई दिन लगाउँछन्। 

काठमाडौंदेखि रारासम्म पुग्न र काठमाडौं फर्किन स्कार्पियोमार्फत् जाँदा भने करिब एक साताको समय लाग्छ। पछिल्लो समय साथीभाइको समूहमा रारासम्म मोटर साइकलमा जानेहरुको संख्या पनि उच्च छ। राराको दृश्यावलोकनका साथै तालमा पाइने असला माझा पनि हेर्न सकिन्छ। यहाँसम्म पुग्न र फर्किन प्रतिव्यक्ति करिब २५ हजार रुपैयाँ खर्च लाग्दछ।

तिलिचो ताल
नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको ताल हो तिलिचो ताल। जुन समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाईमा अवस्थित छ। यो ताल वरिपरि रहेका मुक्तिनाथ, तिलिचो हिमाल र नीलगिरि हिमशृंखलाले मनमोहक बनाएका छन्। 

तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किलोमिटर दूरीमा पर्छ। काठमाडौंबाट लमजुङको बेँसीसहर हुँदै मनाङको खाङसारसम्म गाडीमा जान सकिन्छ।

Tilicho_Lake1664431497.jpg
तस्बिर: नेचर लभर ट्रेक्स

खाङसारमा बास बसी पाँचौं दिन तारे गुम्बा र श्रीखर्क हुँदै लगभग ८ घण्टा पैदल हिँडेपछि तिलिचो बेस क्याम्प पुग्न सकिन्छ। बेसक्याम्पबाट झण्डै तीन घण्टाको उकालोपछि छैठौं दिनमा तिलिचो ताल पुग्न सकिन्छ। त्यसदिन त्यहिँ बास बसेर भोलिपल्ट फर्किने तरखर गर्नु पर्छ।

तिलिचोको यात्रा लगभग ७ दिनको हुन्छ। तर दमको समस्या भएका मानिसका लागि भने यहाँ केही समस्या उत्पन्न हुन्छ। तर स्थानीय र प्रहरीले समस्यामा परेका यात्रीको उद्धार भने गर्दै आएका छन्। यहाँको यात्राका लागि प्रतिव्यक्ति करिब ४० हजार रुपैयाँसम्म खर्च लाग्छ।

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १२:२७
  • #दशैं_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
राष्ट्रिय ललितकला प्रदर्शनीमा ‘कलामा विविधता’ थप्नेगरी तयारी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा यही जेठ १५ देखि ३० गतेसम्म आयोजना हुने प्रदर्शनीमा सातै प्रदेशका विविधता झल्किने गरी प्रदर... शुक्रबार, जेठ ९, २०८२
चितवनलाई  पर्यटकीय राजधानी घोषणा गर्न माग जिल्ला समन्वय समितिको अगुवाईमा यहाँका सात पालिकाले जिल्लालाई पर्यटकीय राजधानी वनाउन आग्रह गरेका हुन्। बुधबार, जेठ ७, २०८२
एकै परिवारका छ जनाले गरे मकालु हिमालको आरोहण विश्व कीर्तिमानका लागि मकालु २ का ङिमा ओङ्जुक शेर्पाका चार छोरा, एक छोरी र एक नातिनीले गत वैशाख २६ मा मकालु हिमाल आरोहण गरेको आरोही... बुधबार, जेठ ७, २०८२
ताजा समाचारसबै
हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना रोक्ने ट्रम्प प्रशासनको कदममा अदालतको रोक शनिबार, जेठ १०, २०८२
पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध शनिबार, जेठ १०, २०८२
अवरुद्ध कान्ति लोकपथ पूर्ण रूपमा सञ्चालनमा शनिबार, जेठ १०, २०८२
रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक शनिबार, जेठ १०, २०८२
पूर्वराष्ट्रपति भण्डारी चीन जाँदै शनिबार, जेठ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
लामिछाने र जोशीको मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउने शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्