• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
#२०४८ देखिका सांसद ५ पटकका प्रधानमन्त्री र ६ पटकका सांसद देउवा, जसले २०४८ सालमा ७१ प्रतिशत मतसहित जितेका थिए
64x64
राजनीतिक ब्यूरो शनिबार, असोज २९, २०७९  १९:५५
1140x725

काठमाडौं- राजनीतिको खुड्किलो निरन्तर उक्लिनेमा पर्छन्, शेरबहादुर देउवा। २०१७ सालमा राजा महेन्द्रले गरेको 'कु'पछि राजनीतिमा सक्रिय भएका देउवा २०२८ मा कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको प्रथम सभापति बनेका थिए। २०४८ पछिका निर्वाचनमा उनी निरन्तर निर्वाचित हुँदै आएका छन्।

देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ भएको निर्वाचनमा डडेलधुराबाट विजयी भएका थिए। उनी २०६४ मा कञ्चनपुर- ४ र २०७० मा कैलाली- ६ बाट पनि विजयी भएका थिए।

देउवाको गृहजिल्ला डडेलधुरामा २०४८ सालदेखि एउटा मात्रै निर्वाचन क्षेत्र रहँदै आएको छ। त्यतिबेला डडेलधुरामा कुल मतदाता ७५ हजार ७८ थिए। तर निर्वाचनमा खसेको सदर मत भने ३४ हजार ७७८ मात्रै थियो। सदर मतको ७०.६५ प्रतिशत मत पाएर देउवाले सानदार ढंगले संसद् यात्रा निश्चित गरेका थिए। त्यतिबेला उनले २४ हजार ५७० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका गोविन्दबहादुर कलौनीले ६ हजार ६२८ मत मात्रै पाएका थिए। राप्रपा (चन्द)का गणेशप्रसाद भट्टले ३ हजार ५८० मत पाएका थिए।

२०५१ को मध्यावधि निर्वाचनमा डडेलधुरामा कुल मतदाता ७८ हजार ५८३ पुगेका थिए। जसमध्ये ३३ हजार ५२३ सदर मत खसेको थियो। त्यतिबेला देउवाको मत र मत प्रतिशतमा कमी आएको थियो। देउवाले २० हजार ७०१ मत अर्थात् ६१.७५ प्रतिशत मात्रै मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाल जनवादी मोर्चाका खेमराज भट्ट (मायालु)ले  हजार ९६६ मत पाएका थिए। अर्का उम्मेदवार राप्रपाका लालबहादुर खडायतले २ हजार ८५६ मत पाएका थिए।

२०५६ को आम निर्वाचनमा देउवाको मत थप बढेको देखिन्छ। कुल मतदाता ७५ हजार ९३८ रहेको र सदर मत ४४ हजार २९३ खसेको डडेलधुरामा देउवाले ६४. ६८ प्रतिशत मत पाएका थिए। उनले २८ हजार ६५१ मतसहित जित निकालेका थिए। उनका निकटतम प्रतिस्पर्धी एमालेका बागेश्वरी दत्त चटौतले ७ हजार ८४० र राप्रपा चन्दका गणेशप्रसाद भट्टले ४ हजार ८९३ मत पाएका थिए।

२०६४ मा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा डडेलधुरामा देउवा तुलनात्मक रुपमा कमजोर देखिएका थिए। उनले निकटतम प्रतिस्पर्धीसँग १ हजार ३६८ मतान्तरले मात्रै जित निकालेका थिए। डडेलधुरामा त्यतिबेला मतदाताको संख्या १ लाख ४०७ पुगेका थियो। जसमध्ये सदर मत ५१ हजार ८६८ थियो। देउवाले  २० हजार ५२९ मत मात्रै पाएका थिए। त्यो सदर मतको ३९. ५८ प्रतिशत थियो। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका खगराज भट्टले १९ हजार १६१ मत पाएका थिए। एमालेका विक्रम बहादुर शाहीले भने ७ हजार ९८२ मत मात्रै पाए।

सो निर्वाचनमा उनी कञ्चनपुर- ४ बाट पनि उम्मेदवार भएका थिए। त्यहाँ उनले सदर मतको ३६.५६ प्रतिशत मत पाएर जितेका थिए। 

२०७० मा सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनमा डडेलधुरामा देउवाले आफ्नो मत प्रतिशत बढाएका थिए। उनले सदर मतको ५०.५३ प्रतिशत मत पाएका थिए। त्यतिबेला देउवाले २३ हजार ९२० मत पाउँदा निकटतम प्रतिस्पर्धी एनेकपा माओवादीका खगराज भट्टराईले १२ हजार ४९३ मत मात्रै पाएका थिए। तेस्रा भएका एमालेका ताराप्रसाद जोशीले ‍७ हजार १९० मत पाएका थिए।

२०७० को निर्वाचनमा उनी कैलाली ६ बाट पनि उम्मेदवार भएका थिए। जहाँ उनले १६ हजार ४८९ मत पाएका थिए। निकटतम प्रतिस्पर्धी एमालेका महेश्वर पाठकले ८ हजार ५६३ पाएका थिए। त्यस्तै, एनेकपा माओवादीकी लिलाकुमारी भण्डारीले ४ हजार ७६४ मत पाएकी थिइन्।

२०७४ मा वाम गठबन्धन हुँदा र जतातै कांग्रेसले पराजय बेहोर्दा पनि देउवा भने विजयी भए। मत प्रतिशत पनि बढाएका थिए। ५१ हजार १२७ सदर मतमध्ये देउवाले २८ हजार ४४६ अर्थात् ५५.६४ प्रतिशत मत पाएका थिए। तेस्रो पटक प्रतिस्पर्धी बनेका माओवादी केन्द्रका खगराज भट्टले २१ हजार ४९८ मत मात्रै पाए। तेस्रो बनेका राष्ट्रिय मुक्ति आन्दोलन नेपालका लक्ष्मीदत्त भट्टले ८५७ मत मात्रै पाए।

रोचक त के छ भने, २०६४ को निर्वाचनपछि मात्रै उनले सत्ताको स्वाद लिन पाएनन्। नत्र, बाँकी सबै चुनावले उनलाई मन्त्री वा प्रधानमन्त्रीको रुपमा सत्ताको अंश बनाएको छ। २०४८ मा सांसद् बनेपछि उनी गृहमन्त्री भएका थिए। २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकारलाई ढालेर २०५२ सालमा आफ्नै नेतृत्वमा सरकार गठन गरेका थिए। त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उनी पाँच पटक प्रधानमन्त्री बनिसकेका छन्। आफ्नो शासकीय क्षमताका कारण आलोचना खेपिरहने भएता पनि प्रधानमन्त्रीको कुर्सी बेलाबखत देउवाकै निवासतिर धाइरहने अनौठो संयोग नेपाली राजनीतिमा छ।

सार्वजनिक रुपमै आफूलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्छ भनेको भन्दै देउवाले आफ्नो लक्ष्य निर्धारित गरिसकेका छन्। त्यसैले आगामी निर्वाचनपछि पनि उनी प्रधानमन्त्री बन्ने तयारीमा छन्। त्यसका लागि नै उनले पार्टीभित्रको दबाबलाई बेवास्ता गर्दै गठबन्धनलाई बलियो बनाउने उद्देश्य राखेका थिए।

[समानुपातिक प्रणालीबाट पटकपटक सांसद बन्नेहरुको जति चर्चा/आलोचना हुन्छ, प्रत्यक्षतर्फ सांसद बन्नेहरुको खासै हुँदैन। हुन त, व्यक्तिगत रुपमै लोकप्रिय नेता जनताबाट प्रत्यक्षरुपमा जति पटक अनुमोदन भए पनि के फरक पर्छ र? भन्ने बहस पनि हुने गरेको छ, तर दुवै प्रणालीबाट निर्वाचित हुनेहरु पार्टीगत लोकप्रियताभन्दा धेरै पर भने नहुने स्पष्टै छ। प्रत्यक्ष प्रणालीबाट एउटै व्यक्ति कति पटक सांसद बन्ने? यही बहसलाई सघाउ पुगोस् भनेर यो शृंखला सुरु गरेका छौँ। यसअन्तर्गत हामी २०४८ मै सांसद भइसकेका र अहिले पनि सांसद बन्ने प्रयत्नमा रहेका नेताहरुको विषयमा चर्चा गर्नेछौँ]

यस शृंखलाका अन्य सामग्रीहरु पढ्नुहोस्- https://nepallive.com/news-list/tags/1994

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १९:५५
  • #२०४८ देखिका सांसद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्