• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
माओवादी छाड्दा पद गुमाएका सांसद : प्रतिनिधि सभाका सबैलाई अवसर, राष्ट्रिय सभाका गुमनाम 
64x64
ईश्वर बराल मंगलबार, असोज २५, २०७९  ०६:०८
1140x725

काठमाडौं- सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले तत्कालीन नेकपा विभाजन गरिदियो। नेकपा विभाजनपछि माओवादी केन्द्र छाडेर ४ जना प्रतिनिधि सभाका र २ जना राष्ट्रिय सभाका सांसद एमाले प्रवेश गरे।

एमाले प्रवेश गरेसँगै ती सांसदहरुको पद स्वत: खारेज भयो। एमाले प्रवेश गरेका ती नेतामध्ये प्रतिनिधि सभाका तत्कालीन सांसदहरुले आसन्न निर्वाचनमा एमालेको तर्फबाट पुन: उम्मेदवारी दर्ता गराएका छन् भने राष्ट्रिय सभा सदस्यमध्ये एक जना अवसर पाएर पनि पछि हटेका छन्। राष्ट्रिय सभाका अर्का सदस्य गुमनाम छन्।

एमाले प्रवेश गरेका तत्कालीन माओवादी सांसदहरुमा प्रतिनिधि सभातर्फका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रहेका थिए। यस्तै, राष्ट्रिय सभातर्फका रामबहादुर थापा बादल र चन्द्रबहादुर खड्का थिए। 

रामबहादुर थापा बादल
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादललाई काठमाडौं- १० बाट अध्यक्ष केपी शर्मा ओलीले उठ्न आग्रह गरेका थिए। तर उनले अस्वीकार गरे। बादलले काठमाडौं- १० अस्वीकार गर्नुको कारण भनेको कमजोर जनाधार नै हो। उनले गृह जिल्ला चितवनबाट उम्मेदवारी दिन चाहेका थिए। 

यद्यपि, बादल पत्नी नैनकला थापाको समानुपातिकतर्फ आदिवासी-महिला कोटाबाट दोस्रो नम्बरमा नाम रहेको छ।

तत्कलीन माओवादी केन्द्रको तर्फबाट बाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित बादल नेकपा विभाजन हुँदा एमालेतिर लागेसँगै उनको पद खारेजी भएको थियो। त्यसपछिको उप-निर्वाचनमा उनी सत्ता गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भएका थिए। 

बादल २०६४ को पहिलो संविधान सभा निर्वाचनमा गृह जिल्ला चितवन- २ बाट तत्कालीन नेकपा माओवादीबाट निर्वाचित भएका थिए। २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा भने मोहन वैद्य किरण नेतृत्वको नयाँ पार्टीमा गएकाले चुनाव बहिस्कार गरेका थिए। 

टोपबहादुर रायमाझी
तत्कालीन नेकपा विभाजित भएसँगै एमाले प्रवेश गरेर माओवादीबाट प्रतिनिधि सभाको सदस्य पद गुमाउने अर्का नेता हुन् टोपबहादुर रायमाझी। उनी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित सांसद हुन्। रायमाझी हाल नेकपा एमालेका सचिव छन्। उनलाई एमालेले अर्घखाँचीबाटै प्रतिनिधि सभाको लागि उम्मेदवार बनाएको छ। 

रायमाझी २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा नेकपा माओवादीबाट अर्घाखाँची- १ बाट निर्वाचित भएका थिए। यस्तै, २०७० को दोस्रो संविधान सभा निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

मंसिरको निर्वाचनमा रायमाझी चौथो पटक निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। तर, यो पटक भने नेकपा एमालेबाट। उनले निवर्तमान उपसभामुख तथा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालसँग प्रतिस्पर्धा गर्नेछन्।

लेखराज भट्ट
माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेपछि सांसद पद गुमाएका अर्का नेता हुन् लेखराज भट्ट। उनी हाल एमालेका सचिव छन्।

माओवादी केन्द्रमा हुँदा प्रचण्ड निकट मानिने भट्ट २०६४ को संविधान सभा निर्वाचनमा कैलाली- ५ बाट निर्वाचित भएका थिए। उक्त निर्वाचनमा उनले कांग्रेसका दीर्घराज भाटलाई पराजित गरेका थिए।

२०७० को दोस्रो संविधान सभा निर्वाचनमा भने उनै भाटसँग भट्ट पराजित भएका थिए। त्यस्तै,२०७४ को निर्वाचनमा भने तत्कालीन बाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार भट्टले कांग्रेसका सुनिलकुमार भण्डारीलाई पराजित गरेका थिए। 

भट्ट आसन्न निर्वाचनमा कैलाली- ४ बाट एमाले उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्दैछन्। उनी कांग्रेसका सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरसँग चुनावी मैदानमा उत्रिदैछन्। 

प्रभु साह
माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्दा सांसद पद गुमाउने अर्का नेता हुन् प्रभु साह। उनी हाल नेकपा एमालेका स्थायी कमिटी सदस्य छन्।

साहले २०७४ को निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवार भएर रौतहट- ३ बाट कांग्रेसका सुनिलकुमार यादवलाई पराजित गरेका थिए। उनले २०६४ को संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट यही क्षेत्रमा मधेशी जनअधिकार फोरमका रामकिशोर प्रसाद यादवलाई पराजित गरेर निर्वाचित भएका थिए।

यस्तै, २०७० को दोस्रो संविधान सभा निर्वाचनमा साहले उनै यादवलाई दोस्रो पटक पराजित गरेका थिए।

मधेश प्रदेशमा राम्रै पकड बनाएका साह एमाले प्रवेश गरेसँगै माओवादीमा फर्काउन अध्यक्ष प्रचण्डले धेरै कोशिस गरेका थिए। साह एमालेमै रहेपछि माओवादीले यो प्रदेशमा क्षति व्यहोरेको जानकार बताउँछन्। 

यता, मंसिर ४ को निर्वाचनमा एमालेको उम्मेदवार भनिएका साहले उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा भने स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

साहले एमालेको उम्मेदवार छनोटमा असन्तुष्ट रहेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनी निकट केही नेताहरुले अन्य क्षेत्रमा पनि उम्मेदवारी दिएका छन्। 

एमालेले भने यो क्षेत्रबाट कसैलाई उम्मेदवारी दिन लगाएको छैन। अन्तिम समयमा साह एमालेमै फर्किन सक्ने एमालेको अनुमान रहेको बुझन्छि। 

यो क्षेत्रबाट सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रवीन्द्र पटेलले उम्मेदवारी दिएका छन्। 

गौरीशंकर चौधरी
माओवादी छाडेर एमाले प्रवेश गरेसँगै सांसद पद गुमाउने अर्का नेता हुन् गौरीशंकर चौधरी। उनी हाल नेकपा एमालेका केन्द्रीय सदस्य छन्। र, आसन्न निर्वाचनमा कैलाली- ३ बाट उम्मेदवारी दिएका छन्। उनले पूर्व सहकर्मी तथा माओवादी केन्द्रका उम्मेदवार कृष्ण चौधरीसँग प्रतिस्पर्धा गर्दैछन्। 

गौरीशंकर चौधरीले २०७४ को निर्वाचनमा कैलालीबाटै कांग्रेसका रामजनम चौधरीलाई पराजित गरेका थिए। त्यस्तै, २०७० को दोस्रो संविधान सभा निर्वाचनमा उनले कांग्रेसकै खेमराज थारुलाई पराजित गरेका थिए। 

चन्द्रबहादुर खड्का
माओवादी केन्द्रको तर्फबाट तत्कालीन राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेसँगै उनको पद खारेजीमा परेको थियो। २०७८ जेठ १७ गते भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेको तर्फबाट पुन: उम्मेदवार बनेका खड्का दृगनारायण पाण्डेसँग पराजित भएका थिए। खड्काले यो निर्वाचनमा कुनै क्षेत्रबाट उम्मेदवारी दिएको जानकारी छैन। 

त्यस्तै, माओवादी छाडेर एमाले प्रवेश गरेका तत्कालीन स्थायी कमिटी सदस्य मणि थापा र केन्द्रीय कमिटी सदस्य दावा लामा पनि आसन्न निर्वाचनमा उम्मेदवारीका लागि एमालेबाट सिफारिस भएनन्।
 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  ०६:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्