• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली
काठमाडौं विश्वविद्यालयले सुरु गर्‍यो ‘ब्याचलर इन योग साइन्स एण्ड वेलबिइङ्’ 
64x64
कल्पना घिमिरे शनिबार, असोज २९, २०७९  १५:३३
1140x725

काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयु) ले स्नातक तहमा ‘ब्याचलर इन योग साइन्स एण्ड वेलबिइङ्’ विषय अध्यापन गराउन लागेको छ। 

अन्तर्राष्ट्रिय रुपमै विश्वविद्यालय तहमा योगको अध्यापन हुनुपर्छ भन्ने मान्यता विकसित हुँदै गएको कुरालाई मध्यनजर गरेर काठमाडौं विश्वविद्यालयले योग विज्ञानका विषयमा कक्षा सुरु गरेको यौगिक विज्ञान शाखाका प्रमुख संयोजक इ. अनन्त रिसालले बताए।

‘विश्वमा अहिले अनेकन समस्याहरु व्याप्त छन्। तिनीहरुमा प्रमुख रुपमा अशान्ति, युद्ध, भ्रस्टाचार, अपराध,  बेरोजगारी तथा जीवनशैलीजन्य रोगजस्ता समस्याहरु छन्। यो सँगै मानव जीवन आनन्दको यात्राबाट विमुख हुँदै गैरहेको छ,’ नेपाल लाइभसँग कुरा गर्दै रिसालले  भने, ‘यस्ता धेरै समस्याहरुको निवारण गर्न तथा जीवनलाई खुसी र आनन्दित बनाउन योगको अहम् भूमिका रहँदै आएको बारे वैज्ञानिक अनुसन्धान भइरहेका  छन्। त्यही भएर हामीले पनि यो विषय समेटेका हौं।’

Anant-Risal1665836616.jpg
इ. अनन्त रिसाल, यौगिक विज्ञान शाखा प्रमुख 

पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमै विश्वविद्यालय तहमा योगको अध्यापन हुनुपर्छ भन्ने मान्यता विकास हुँदै गएको छ। यही कुरालाई ध्यान दिएर काठमाडौं विश्वविद्यालय (केयु) ले उच्च शिक्षामा योग विज्ञान विषयक कक्षा सञ्चालन गर्न भर्ना अभियान सुरू गरेको संयोजक रिसालले बताए।

क–कसले अध्ययन गर्न पाउँछन्?
यस विषयको अध्ययन गर्नका लागि जुनसुकै विषयमा कक्षा १२ पास गरेको हुनु पर्दछ। १२ कक्षा उत्तीर्ण गरेका स्वदेशी तथा विदेशी नागरिकले यो विषय अध्ययन गर्न पाउने छन्। पहिलो पटक यस विषयमा अध्यापन गराउन २४ जना विद्यार्थी  भर्ना लिने केयुले बताएको छ। ती २४ मध्येबाट उत्कृष्ट पाँच जनालाई छात्रवृत्तिको  व्यवस्था हुनेछ। 

उक्त विषय अध्ययनका लागि विश्वविद्यालयमा प्रवेश परीक्षा दिनुपर्ने हुन्छ। यसका साथै  केको लागि उक्त विषय अध्ययन गर्ने भनेर निबन्ध समेत लेख्नुपर्ने हुन्छ। र, अन्तवार्ता दिनु पर्छ। यी तीनवटा परीक्षामा उत्तीर्ण भएपछि भर्ना लिइन्छ। उक्त विषयको अध्ययनका लागि कुनै उमेर हद भने नतोकिएको रिसालले बताए। 

चारवर्षे कोर्षमा आठओटा सेमेस्टर हुन्छन्। ६–६ महिनाको एक सेमेस्टर हुने समेत रिसालले बताए।

किन योग शिक्षा?
काठमाडौं विश्वविद्यालयले योग शिक्षाका माध्यमद्वारा ज्ञान र विज्ञानलाई पूर्वीय र पाश्चात्य दर्शनसँग संयोजन गर्दै सकारात्मक सोच, नैतिक निष्ठा र विश्वमा आत्मीय सौहार्द्रपूर्ण वातावरण सिर्जना र परिपूर्ति गर्ने उद्देश्य लिएको छ।  यी उद्देश्य पूर्ति गर्नका लागि केयुले नेपालमै पहिलो पटक स्नातक तहको ४ बर्षे ‘ब्याचलर इन योग साइन्स एण्ड वेलबिइङ्’ को पठनपाठन सुरु गरेको हो । स्कूल अफ आर्ट्स हात्तीवन र स्कूल अफ मेडिकल साइन्सेज धुलिखेलले संयुक्त रुपमा उक्त विषय अध्यापन गराउने व्यवस्था गरिएको छ।

उच्च क्षमतायुक्त योग विज्ञ तथा अन्वेषकहरुबाट अध्यापन हुने यो विषयको सम्पूर्ण व्यवस्थापन हात्तीवनको स्कूल अफ आर्टसले गर्ने छ। यसबाट योगको उच्च शिक्षालाई वैज्ञानिक, खोजमूलक र आधुनिक प्रविधियुक्त बनाउन तथा मानव जीवनका हरेक पक्षको विस्तृत अध्ययन गर्न सहयोग पुग्ने विश्वविद्यालयको दाबी छ। हरेक व्यक्तिको शारीरिक, मानसिक, भावनात्मक, सामाजिक र आध्यात्मिक कल्याणसंगै विश्वमा शान्ति र सौहार्द्रता  कायम गर्न योग शिक्षाको अध्यापन सुरु  गरिएको संयोजक रिसालले बताए।

योग शिक्षाले केवल रोजगारमुखी जनशक्ति निर्माण गर्ने मात्र नभई नेपाललाई योग भूमिको रुपमा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन, वैदेशिक मुद्रा आर्जन गर्न, मौलिक संस्कृतिको विकास र संरक्षण गरी स्वस्थ र निष्ठावान समाज निर्माण गर्न सहयोग गर्ने उद्देश्य लिइएको छ।

अध्ययनका क्रममा विद्यार्थीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य गर्दै प्रयोगशाला, आरोग्य केन्द्र, आश्रम, गुरुकुल तथा योग संस्थाहरूमा प्रयोगात्मक प्रशिक्षण र इन्टर्नशिप तथा अनुसन्धान गर्ने अवसर प्राप्त गर्नेछन्।  उत्पादित जनशक्तिले  सहज रुपमा नेपालका स्कूल तथा कलेजमा अध्यापन गर्ने, आफैं योग केन्द्र स्थापना गर्ने, योग रिट्रिट खोल्ने, योग अनुसन्धानकर्ता बन्ने, अन्तर्राष्ट्रिय योग प्रशिक्षक बन्ने, आरोग्य प्रशिक्षक बन्ने, योग टुर गाइड बन्ने अवसरहरु प्राप्त गर्नेछन्। पछि जुनसुकै विदेशी विश्वविद्यालयहरुमा गएर मास्टर्स डिग्री गर्न सक्ने छन्।

भर्ना शुल्क कति?
‘ब्याचलर इन योग साइन्स एण्ड वेलबिइङ्’ विषयको अध्ययन गर्न भर्ना शुल्क एक लाख २० हजार रुपैयाँ लाग्छ। त्यसपछि मासिक शुल्क १० हजार बुझाउन पर्छ। पहिला नै पुरै रकम बुझाउँदा चारवर्षे कोर्ष पूरा गर्न लगभग चार लाख शुल्क लाग्ने  संयोजक रिसाल बताउँछन्। यो शुल्क स्कुल अफ आर्ट्सकै अन्य विधाको शुल्कभन्दा कम भएको पनि उनले बताए। 

क–कसले पाउँछन् छात्रवृत्ति? 
‘ब्याचलर इन योग साइन्स एण्ड वेलबिइङ्’ विषयको अध्ययन गर्न २४ जनाको भर्ना लिइने छ। ती मध्येबाट पाँच जनालाई  छात्रवृत्तिको व्यवस्था हुन्छ। भर्ना लिनेबेला प्रवेशिका परीक्षा हुन्छ। केको लागि आएको छु भनेर निबन्ध लेख्नुपर्ने हुन्छ। र, अन्तर्वार्ता दिनु पर्छ। यी तीनवटा परीक्षा उत्तीर्ण गरेपछि भर्ना लिइन्छ। छात्रवृत्ति पाउनलाई सबै विषयमा ४५ प्रतिशत ल्याउनु पर्छ। 

‘गुरुकुलमा पढेका वा  संस्कृत पढेकाहरुले भने योगबारे पनि पढेका हुन्छन्। उनीहरुलाई उक्त विषयमा पहिले नै ज्ञान हुन्छ’, संयोजक रिसालले भने ‘यसरी पढ्ने मन भएको तर अर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई हामीले २० प्रतिशत छात्रवृत्ति  दिन्छौँ।’

छात्रवृत्ति पाएवापत विद्यार्थीले दैनिक एक, दुई घण्टा सेवा गर्नु पर्ने विश्वविद्यालयले नियम बनाएको छ। जसका लागि उनीहरुले कलेज बाहेकका संस्थामा समेत आवद्ध भएर दैनिक योगको विषयमा अध्ययन, अनुसन्धान गर्नु पर्ने हुन्छ। 

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १५:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सरकारी स्वास्थ्य संस्थामा फोलिक एसिड र आइरन चक्कीको अभाव: कारण र असर यस्ता छन् अन्य कतिपय स्थानीय तहका स्वास्थ्य संस्थाहरूले पनि ती औषधिको उपलब्धताबारे ताकेता गर्ने गरेको विभागका अधिकारीहरू बताउँछन्। शुक्रबार, असार १३, २०८२
पाइल्स मुक्त अभियानमा डा. सुवर्ण पौडेल, मेदान्तबाट गर्छन् सबै खाले समस्याको निदान ‘डाक्टरले औषधी लेखिरहँदा औषधि दिने मान्छे पनि क्वालिटीयुक्त हुनुपर्छ। औषधि पनि क्वालिटीको चाहिन्छ भनेर हामी जनशक्ति उत्पादनमा पनि सक... आइतबार, असार ८, २०८२
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्र... शनिबार, असार ७, २०८२
ताजा समाचारसबै
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्