• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
काठमाडौंका फुटपाथमा बदाम बेच्ने गोपी भन्छन्– ०४३ सालदेखि भोट हाल्दै आएको छु, यो चुनावमा पनि गाउँ जान्छु
64x64
कल्पना घिमिरे शनिबार, कात्तिक ५, २०७९  १३:००
1140x725

काठमाडौं– रामेछापको मन्थली घर भएका गोपीबहादुर बस्नेत हरेकजसो निर्वाचनमा भोट हाल्न छुटाउँदैनन्। २०३७ सालको जनमत संग्रहमा पहिलोपटक मताधिकार प्रयोग गरेका उनी त्यसयताका हेरक निर्वाचनमा ‘राम्रा उम्मेदवार’लाई छानेर भोट हाल्छन्। तर, उनले सोचेको जस्तो अवस्था भने भइसकेको छैन। 

काठमाडौंका फुटपाथमा व्यापार गर्दै आएका उनी आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पनि भोट हाल्न गाउँ जाने तयारीमा छन्। ‘भोट हाल्न त जानु पर्छ नि! मैले भोट नहाल्दा राम्रो मान्छे १ भोटले हार्‍यो भने नराम्रोले जित्ने अवस्था हुन्छ नि!’ गोपीले सुनाए। 

गाउँ, ठाउँको विकासका लागि राम्रो मान्छेलाई जिताउन आफ्नो मताधिकार प्रयोग गर्न छुटाउन नहुने तर्क गर्छन् उनी।  

पहिलोपटक भोट हाल्दा किशोर वयमा थिए बस्नेत। त्यतिबेलादेखि नै राम्रा उम्मेदवार छानेर भोट हाल्नुपर्छ भन्ने ‘चेतना’ विकास भएको थियो उनमा।  

‘मैले भोट हालेको पार्टीले आजसम्म हारेको छैन। जहिल्यै जितेकै छ। काम पनि राम्रो नै गरेका छन्। पञ्चायतको बेला गाउँमा राम्रो गरे। अस्तिको चुनावमा पनि मैले भोट हालेको पार्टीले जितेको छ। पहिलाका सबैले राम्रो गरेका छन्। अहिलेकाले अब के कसो गर्छन्? हेरम्,’ उनले भने।  

उनले २०४३ सालदेखिका कुनै चुनावमा भोट हाल्न छुटाएनन्। भारतमा काम गर्न गएको बेला पनि काम छाडेर  गाउँमा भोट हाल्न आए। कतिपटक भोट हाले गन्ति त आफूले गरेका छैनन्। तर, पनि ४३ सालदेखि अहिलेसम्मका सबै चुनावमा भोट हाल्न नछुटाएको उनी बताउँछन्। 

गाडी नपठाए आफैं गाडीभाडा तिरेर भोट हाल्न जाने 
काठमाडौंदेखि मन्थली पुग्न गाडीभाडा एक हजार लाग्छ। उनी चुनावमा भोट हाल्न कहिले आफ्नो खर्चमा जान्छन्। कहिले नेताहरूले पठाएको गाडिमा जान्छन्।

‘प्राय:जसो गाडी नेताहरूले मिलेर पठाउँछन्। जान खर्च लाग्दैन। खाजाखाना समेत खुवाउँछन्। त्यसमा पनि मासु खुवाउँछन्।  खानको लोभ त होइन। गाउँमा राम्रो नेताले जितोस् विकास गरोस् भन्ने चाहना छ मेरो। यो पाली पनि गाडी त पठाउँछन् होला। नपठाए म आफू खर्च लगाएर भएपनि जान्छु,’ उनले भने। 

अहिलेको चुनावमा उनको परिवारबाट पाँच भोट जान्छ। उनीहरू सबैले आ–आफूले मन लागेका पार्टीका उम्मेदवारलाई भोट हाल्ने बताउँछन्। ‘आमा, बुढी, छोराहरू सबैले भोट हाल्छन्। जुन पार्टीलाई हाल्न इच्छा लाग्छ, उसलाई हाल्ने हो। राम्रालाई छानेर हाल्छौँ,’ उनले भने।

०००  
गोपी काठमाडौंका फुटपाथमा डालोमा भुटेका चना, बदाम, मटर, मकै जस्ता खानेकुराको व्यापार गर्दै आएका छन्। उनी बदाम नपाउने सिजनमा स्ट्राबेरी र काफल बिक्री गर्छन्। 

उनले कालीमाटीका होलसेलबाट भुटेका चना, बदाम, मकै र केराउ ल्याउँछन्। डालोमा चना, मकै, बदाम, केराउ राख्छन्। बिहान नौ बजे डेराबाट निस्किन्छन्। दिनभरी बानेश्वरदेखि डालो बोकेर बिक्री गर्दै त्रिपुरेश्वरसम्म पुग्छन्। फेरि बानेश्वर फर्किन्छन्। साँझ भएपछि बानेश्वर चोकमा बसेर बिक्री गर्छन्। यसरी डुलेरै व्यापार गर्दै परिवार पाल्दै आएका छन्। 

Gopi-Basnet (1)1666406104.jpg

२२ वर्ष अघि केही काम गरेर पैसा कमाउने उद्देश्यले गोपी काठमाडौं छिरे। उनी यहाँ आएपछि बानेश्वरमा डेरा गरेर बसे। केही दिनपछि उनले आफ्ना लागि काम पनि खोजे। भनेजस्तो काम भेट्टाएनन्। काम नभेटेपछि उनले आर्थिक उपार्जन गर्ने बाटो फुटपाथ व्यापार रोजे।

‘पढेको थिएन। यहाँ मैले केही काम पाइनँ। काम खोज्दै जाँदा अरुले बाटोमा हिँडेर व्यापार गरेको देखेँ। यसो गर्दा थोरै भएपनि कमाइ गर्न सकिने थाहा पाँए। अनि व्यापार गर्न थालेँ’, उनले भने।

गोपीले यही फुटपाथको व्यापारले घर खर्च धानेका छन्। महिनाभरको कमाई आफूलाई केही खर्च गर्छन्। बाँकी रहेको घर पठाउँछन्। कहिले आफूलाई मात्र पनि पुर्‍याउन मुस्किल पर्ने उनी बताउँछन्।

‘व्यापार सधैं एकनाशको हुँदैन। भयो भने दिनमा त्यस्तै सात, आठ सय कमाई हुन्छ। कहिले दुई/चार सय मात्र पनि हुन्छ। यति भए पनि गर्जाे टार्ने बाटो भएको छ,’ गोपी सुनाउँछन्। 

गोपी चाडपर्व, बारीमा बाली लगाउने र उठाउने समयमा गाउँ जान्छन्। बाली लगाएपछि फेरि कर्मथलो काठमाडौं फर्किन्छन्। अनि आफ्नो दैनिकीमा लाग्छन्।

काठमाडौं आउनुभन्दा पहिला गोपी रोजगारीको सिलसिलामा भारत गएका थिए। त्यहाँ उनले पाँच वर्ष काम गरे। त्यहाँ काम गरेवापत उनले मासिक सात सय भारु कमाउँथे। पाँच/छ महिना काम गर्ने अनि घर फर्किने अनि फेरि उतै जाने क्रम चलिरह्यो।

कहिले होटलमा त कहिले कपडा फ्याक्ट्रीमा काम गरे। त्यहाँ कमाई गरेको पैसा खर्च गरेर १० हजार बचाएका थिए। त्यो पैसाले गाउँमा १७ रोपनी बारी किने। बारीमा मकै, कोदो र मस्याम जस्ता बाली लगाउँछन्। 

‘पाखो बारी छ। फल्न त कोदो, मकै अलिअलि फल्छ। तर, बाँदर लागेर हैरान छ। बाँदरले फूल लाग्न नपाई खान सुरु गर्छ। अरु बाली लाउन बारीमा सुख्खा लागेर केही फल्दैन’, उनी सुनाउँछन्, ‘घरमा श्रीमती, आमा र दुईजना छोरा छन्। दुई छोरीको बिहे भइसक्यो। चाडबाड आउँछ। पाहुनापाछा आउँछन्। टार्ने अरु कुनै आम्दानीको बाटो छैन।’

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १३:००
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्