• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
दुःख पाएर राजनीति छोडेकी बच्चुमायालाई फुटपाथमा पनि छैन सुख!
64x64
कल्पना घिमिरे शनिबार, कात्तिक १२, २०७९  ०७:२३
1140x725

काठमाडौं– प्रजातन्त्रको पुनस्र्थापनापछि २०४९ जेठ १५ र १८ मा स्थानीय तहको चुनाव भएको थियो। जसमा मकवानपुर जिल्लाको पालुङ गाउँ विकास समिति (गाविस) वडा नम्बर ९ को महिला वडा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बच्चुमाया मगरले पनि उम्मेदवारी दिएकी थिइन्। उनको चुनाव चिन्ह गाई थियो। उनको प्रतिस्पर्धामा कांग्रेस, एमाले लगायत पार्टीका उम्मेदवार  थिए।

पहिलोपटक चुनावमा उठेकी बच्चुमायालाई हारिने पो हो कि भन्ने अलिअलि डर थियो। काखमा जुम्ल्याहा छोराछोरी थिए। उनीहरूले भर्खर आठ महिना मात्र टेकेका थिए। दूधेबालक घरमा छाडेर त्यो बेला भोट माग्न गाविस भरका घर–घरमा पुगेको उनी सम्झिन्छिन्।

उनका अनुसार सो गाविसमा राप्रपा चर्चित थियो। राप्रपाले जित्ने पक्कापक्की नै थियो। पछि नतिजा पनि सोहीअनुसार आयो। गाविसको अध्यक्षमा राप्रपाका रामबहादुर कार्कीले चुनाव जितेका थिए। गाविस अध्यक्षले के कति भोट ल्याएर जितेका थिए, बच्चुमायालाई याद छैन। तर, त्यो चुनावमा बच्चुमायाले भने सात हजारभन्दा बढी मत पाएर महिला सदस्य जितेकी थिइन्।

सो बेला बच्चुमाया अध्यक्ष कार्कीलाई चुनाव जिताउने अभियानमा सबै नौवटै वडामा पुगेको सम्झिन्छिन्। ‘त्यो बेला नौवटा वडा थिए। ती सबैको घर–घरमा पुगियो भोट माग्न,’ उनी भन्छिन्।

No description available.

चुनाव जितिसकेपछि उनले महिला सदस्यको पद सम्हालिन्। दैनिक गाविसको कार्यालयमा हाजिर हुन्थिन्। तर, उनको घरमा निकै समस्या थियो। छोराछोरी सानै थिए। सँगै रहेकी सासु पनि वृद्धा भएकी थिइन्। रोगी भएकाले बिरामी भइरहन्थिन्। बिरामी भए पनि सासुले घरभित्रको काम गर्थिन्।

बच्चुमायाले खेतबारीदेखि लिएर घरको काम पनि आफैँ गर्नुपर्थ्यो। घरनजिक पानीको मुहान थिएन। उनी डेढ घण्टा टाढादेखि पानी बोकेर ल्याउँथिन्। त्यति टाढाबाट ल्याउनुपर्ने पानी भर्न पनि घण्टौँ कुर्नुपर्ने हुन्थ्यो। पानी ल्याएर हतारहतार गाविसमा हाजिर हुन पुग्थिन् उनी। 

पानीको समस्या केवल बच्चुमायालाई मात्र थिएन, पूरै गाविस भरी नै थियो। यसर्थ, उनले गाउँको विकासको योजनामा खानेपानी र कलधारालाई प्राथमिकतामा राखिन्। अन्ततः उनले योजनाअनरुप गाउँमा खानेपानी ल्याउन सकिन्। यो गर्दैगर्दा पनि उनले धेरै समस्या झेल्नुपर्‍यो।

‘पानी त ल्याएँ। तर आफ्नो घर पुछारमा, यसले गर्दा आफैँलाई छैन पानी। कलधारा ल्याउँदा मेरो आफ्नै खल्तीको पैसा हाल्नु पर्याे। म नपढेकी मान्छे कता हिसाबकिताब मिलेन कुन्नि! यसले गर्दा विभिन्न भनाइ खानुपर्यो। गाउँका लागि काम गर्दा आफ्नो घरमा काम बितेको कुरा छुट्टै छ,’ पुराना दिन सम्झँदै उनी भन्छिन्। 

बच्चुमायाले विद्यालय गएर पढ्न पाइनन्। तर, घरमै आमासँग सामान्य लेखपढ सिकेकी थिइन्। तर, यसप्रति उनको चित्तबुझाइ छैन। 

‘त्यतिले काहाँ पुग्थ्यो र? धेरै नपढेको हुनाले मैले दुःख पाएँ। नपढेकी मान्छेले सबै हिसाबकिताब गर्नुपर्ने लेखनदासले पनि ५० कप चिया खाएको छ भने ८०–९० कप लेखिदिएको हुन्थ्यो। चनासँग एउटा  खायो भने १० वटा लेखिदिएको हुन्थ्यो। त्यो सबै मैले भोग्नु पर्थ्यो,’ उनी भन्छिन्, ‘यसपछि मलाई लाग्यो, सबैभन्दा ठूलो कुरा पढाइ रहेछ। पढाइ नभएपछि राजनीति गर्न पनि नसकिने रहेछ। पढाइ हुँदा धेरै समस्या भयो मलाई!’ 

जस्तै कठिनाइ आउँदा पनि बच्चुमाया काम गरिरहेकी थिइन्। घरदेखि गाविससम्म पुगेकै थिइनन्। ५१ सालमा सासु बितिन्। सासु बितेपछि उनी झन् समस्यामा परिन्। छोराछोरीलाई खुवाउनदेखि स्कुल पठाउनसम्म आफैंले भ्याउनुपर्ने अवस्था आयो। सोबेला उनका श्रीमान्‌ले केही काम नसघाएको उनको गुनासो छ।

‘मेरा बुढा केही काम गर्दैन थिए। खाना पकाउ आफैं छोराछोरीलाई स्कुल पठाउ आफैं। ६ वटा त मेरा भैंसी नै थिए। तिनलाई घाँसकुँडो दिनुपर्ने। म एक्लो मान्छेले कसरी जताततै सक्नु?,’ उनी प्रश्न गर्छिन्, ‘बाख्रादेखि खसी–बोकासम्म पालेकी थिएँ। हल गोरू पनि थए। हाँस र परेवामात्र बिहान चार माना चामलले अगाउँदैनथे। सबैतिर भ्याउनुपर्ने हुँदा कहिले बच्चालाई भोकभोकै स्कुल पठाउनु पथ्र्योे। केटाकेटी स्कुलबाट आउँथे, यता खाजा बनाएको हुँदैनथ्यो, कति दुःख खेफेँ–खेपेँ।’  

एक्लो मान्छे घर धान्नु कि राजनीति गर्नु बच्चुमायालाई निकै दुःख थियो। तर, जनप्रतिनिधि भइसकेपछि केही काम पर्दा भ्याउँदिन भन्न नमिल्ने हुन्थ्यो। यस्तै, कुराबबाट दिक्क भएर उनले राजनीति नै छोड्ने निर्णय गरिन्।

‘दिनको एकफेर त गाविसमा हाजिर हुन नपुगे सुखै थिएन, जानैपर्‍यो, सही गर्नैपर्‍यो। एकैछिन् भए पनि बैठकमा उपस्थित हुनैपर्‍यो। यता व्यस्त हुँदा उता घरको काम नभ्याइने, बच्चाहरूको पनि बिजोक हुने,’ उनी थप्छिन्, ‘यस्ता धेरै समस्या आएपछि लु यसरी त नहुने रहेछ भनेर मैले राजनीति छोड्ने निर्णय गरेँ।’

राजनीति छाडेर उनले आफ्नै परम्परागत कृषि पेसा अँगालिन्। खेतीपाती गरेर उनले दुई छोरा र दुई छोरीलाई हुर्काइन्, पढाइन्। उनको जीवन राम्रै चलिरहेको थियो। ७१ सालमा उनको कान्छो छोरा प्लस टु पढ्न काठमाडौं आए। जेठो छोरा रोजगारीका लागि विदेशिए थिए। कान्छी छोरी आँफैले विवाह गरिन्। घरमा श्रीमान् र जेठी छोरी थिए। एकदिन बच्चुमाया घरको काम गर्दै थिइन्। घरको माथिल्लो तलामा जाने बेलामा भर्याङबाट लडिन्। खुट्टा भाँचियो। अब उनलाई कहाँ लगेर उपचार गराउने भन्ने आपत पर्‍यो। 

No description available.

‘तर, कान्छो छोराले यहाँ (काठमाडौं)मा बोलायो। अनि, उपचार गराएँ। खुट्टा ठीक हुन धेरै समय लाग्यो। पैसा निकै खर्च भयो। त्यसपछि पैसाको समस्या थपियो,’ विगतका दुःख उनी सम्झिन्छिन्, ‘खुट्टा राम्ररी ठीक भएको थिएन। यहीँको फुटपाथमा व्यापार थालेँ। गाउँको जग्गा अरुलाई दिएर वस्तुभाउ बेचेँ। यतै आओ भनेर बाबु–छोरीलाई पनि यहीँ बोलाएँ।’

अहिले बच्चुमाया कलंकीस्थित शहिद मेमोरियल हस्पिटल नजिकै स्युचाटार जाने बाटोमा नाङ्ले पसल थापेर बसेकी छिन्। उनी राति १० बजे त्यहाँ पुगिसक्छिन्। उनी रातभरी व्यापार गर्छिन्। उस्तै परे त्यहीँ सुत्नलाई उनले सानो ओछ्यानसमेत लाएकी छिन्। ओछ्यानलाई पानी र शितबाट बचाउन ठूलो छाता ओडाउँछिन्। भित्तापट्टी पातलो प्लास्टिक टाँग्छिन्। यसरी सुरक्षितसाथ उनी रातभरी व्यापार गर्छिन्।

उनी घरमै चिया पकाउँछिन्। दुईटा  ठूल–ठूला चियादानीमा भर्छिन्। एउटामा दूध चिया, अर्काेमा कालो। अनि कलंकी चोकमा निस्किन्छिन्। चिया बेच्न सडकमै रात बिताउँछिन्। चिया मात्र होइन। उनले नाङ्लामा बिस्कुट, चाउचाउ, चक्लेट, चुरोट पनि राखेकी छन्। 

‘घरमै चिया पकाएर ल्याउँछु। राति १० बजे आएर बस्छु। यहीँ ओछ्यान लगाउँछु। सुती–सुती चिया बेच्छु। बिहान ७ बजेपछि पसल उठाउँछु,’ उनले भनिन्।  

बच्चुमाया रातभरीमा २५ कप दूधचिया र २५ कप कालोचिया बेच्छिन्। दूधचियाको प्रतिकप २० र कालोचियाको १५ रुपैयाँ छ। दिनमा एक हजार ५०० देखि दुई हजारसम्म कमाइ गर्ने गरेको उनी सुनाउँछिन्।

‘अस्पतालमा आउने बिरामी कुरुवा चिया पिउन आउँछन्। उनीहरूले चियासँगै बिस्कुट पनि खाइदिन्छन्। कसैले चुरोट किन्छन्। अलि–अलि बिक्छ,’ उनले भनिन्।

विदेश गएका बच्चुमायाका जेठा छोरा अहिले आइसकेका छन्। तर, उनले खासै कमाइ नगरेकाले आमासँगे बसिरहेका छन्।

No description available.

कान्छा छोराले पनि फुटपाथमा तरकारी बेच्छन्। तर, उनी भने घाटामा गएको उनले सुनाइन्। घाटामै गए पनि अलि–अलि कमाइ भने छ उनको। तर, कान्छा आफैँ बिरामी भएकाले त्यसको सकिने गरेको उनी बताउँछिन्।

‘कान्छाको व्यापार अहिले घाटामा गएको छ। तीन लाख जतिको तरकारी कुहिएर बर्बाद भयो। अहिले बिरामी पनि छ। टेन्सनले हो कि के भएको हो?’ अध्याँरो अनुहार लगाउँदै उनले थपिन्, ‘कान्छाले तरकारी बेचेर कमाएको पैसा औषधि खर्चमै सीमित हुन्छ। ठूलो जहान छ। त्यसमाथि म आफैं बिरामी छु। एक–दुई जनाको कमाइले त धान्नै मुस्किल छ।’

आफूलाई दमको समस्या, जेठी छोरी पनि मानसिक रुपमा अस्वस्थ भएको र श्रीमान् पनि वृद्धावस्थाका पुगेकाले अबका दिन झनै कठिन हुने हो कि भन्ने आशंका बच्चुमायाको छ। 

पछिल्लो समय काठमाडौं महानगरले फुटपाथ पसल घटाउने अभियान चलाइरहेको छ। यसको मारमा बच्चुमाया पनि परिरहेकी छिन्। ‘दिउँसो बेच्न बसे महानगरपालिकाले लखेट्छ। फेरि म दौडिन सक्दिनँ। त्यही भएर रातिमा भए पनि काम गर्छु,’ उनी भन्छिन्।

जहान ठूलो भएकाले उनीहरूले फ्ल्याट नै भाडामा लिएका छन्। त्यसको भाडा महिनामा १८ हजार तिर्नुपर्छ। 
‘दमको बिरामी छु, महिनामा चार–पाँच हजार आफ्ना लागि औषधी किन्दै सकिन्छ। आफ्नो औषधि किन्नकै लागि पनि मैले यो काम गर्नै पर्छ,’ उनले भनिन्।

दुःखै–दुःखले गर्दा राजनीति छोडेकी उनलाई फुटपाथमा पसल थाप्दा पनि सुख छैन। 

प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  ०७:२३
  • #बच्चुमाया मगर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्