• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
चाडपर्व सकिएपछि निर्वाचन केन्द्रित हुँदै दलहरु, एकअर्काको आलोचना बाहेक छैनन् नयाँ अजेन्डा 
64x64
ईश्वर बराल सोमबार, कात्तिक १४, २०७९  १०:३५
1140x725

काठमाडौं– चाडपर्व सकिएसँगै राजनीतिक दलहरु मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा केन्द्रित हुन थालेका छन्। अब २० दिनमात्र रहेको निर्वाचनमा बहुमत ल्याउने दाबी र रणनीतिका साथ उनीहरु निर्वाचनको मैदानमा उत्रन थालेका हुन्। 

निर्वाचन आचारसंहिताका कारण मतदाताको घरदैलोमा जान नपाएका उम्मेदवारहरु १७ गतेबाट मतदाताको घरदैलोमा पुग्नेछन्। घरदैलोसँगै उम्मेदवारहरु चुनावी प्रचार–प्रसारका लागि सभा सम्मेलनहरुमा पनि केन्द्रित हुनेछन्। अहिले केही सीमित कार्यकर्तासँग भेटघाट र आन्तरिक रणनीति बनाउन दलहरुका उम्मेदबारहरु केन्दित रहेका छन्। दशैं, तिहार, छठ लगायतका पर्वहरुले पारिवारिक भेटघाटमा व्यस्त उम्मेदवार तथा राजनीतिक दलहरु चाडपर्वको मैझारो गर्दै चुनावी गतिविधिलाई प्राथमिकताका साथ अगाडि बढाउन थालेका हुन्। 

नेताहरु मतदाता समक्ष पुग्न थालेका छन् भने पार्टीहरु आफूले तयार गरेको घोषणापत्र सार्वजनिक गर्ने तयारीमा केन्द्रित भएका छन्। यही मेसोमा नेपाली कांग्रेसले शनिबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। त्यस्तै सत्ता गठबन्धनका दलहरु र प्रतिपक्षमा रहेका दलहरुले पनि घोषणापत्र ल्याउने अन्तिम तयारी थालेका छन्।

हालसम्म नेपाली कांग्रेस, नेपाल मजदूर किसान पार्टी, नेपाल समाजवादी पार्टी र केही स्वतन्त्र उम्मेदवारहरुले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। जनतालाई मत माग्न आफ्ना प्रतिज्ञा सार्वजनिक गरिसकेका उनीहरुले आफूले बहुमत ल्याएर सरकार बनाए ५ वर्षमा के–के गर्ने भनेर घोषणापत्रमा उल्लेख गरेका छन्। सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले पनि आफ्नो घोषणापत्रलाई अन्तिम रुपमा दिएका छन्। मंसिर ४ गतेको निर्वाचनमा सत्ता गठवन्धन भर्सेस प्रमुख प्रतिपक्ष नेकपा एमाले नेतृत्वको गठबन्धन हुने देखिएको छ। सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन्। 

त्यस्तै, एमालेको नेतृत्वमा जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल लगायतले गठबन्धन गरेका छन्।

सत्ता गठवन्धनभित्र रहेको माओवादी केन्द्र र एकीकृत समाजवालेले आफ्नो घोषणापत्रलाई अन्तिम रुप दिँदै सोमबार सार्वजनिक गर्ने तयारी गरेका छन्। त्यस्तै, प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग केही क्षेत्रमा तालमेल गरेको राप्रपाले पनि सोमबार घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ। 

नेकपा एमालेले कात्तिक १५ गते आफ्नो घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। 

जनता समाजवादी पार्टीले चुनावी घोषणापत्र कात्तिक १६ वा १७ गतेसम्म सार्वजनिक गर्ने तयारी गरेको जसपाका नेता प्रकाश अधिकारीले बताए। लोकतान्त्रिक समाजवादी पार्टी भने अहिलेसम्म घोषणापत्र बारे अन्योलमै हेको एक नेताले नेपाल लाइभसँग बताए। कम क्षेत्रमा उम्मेदवारी दिएकोले उम्मेदवारले प्रतिबद्धताहरु सार्वजनिक गरेकोले पार्टीको बेग्लै घोषणापत्र आउने सम्भावना पनि कम रहेको उनले बताए।

एकअर्काको आलोचनमामै सकिएका २० दिन
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्तापछि उम्मेदवारहरु तथा दलका शीर्ष नेताहरु कार्यकर्ता भेटघाटमा छन्। यी २० दिनमा अपवाद बाहेक अधिकांश नेताहरु विपक्षीको आलोचनामा मात्र केन्द्रित भए। एकातिर कांग्रेस–माओवादी–एकीकृत समाजवादी लगायत दलको सत्ता गठबन्धन छ भने अर्कोतर्फ एमाले–जसपा–राप्रपाको प्रतिपक्षी गठबन्धन छ। दुवै गठबन्धनमा रहेका दलका नेताहरुले अर्को गठबन्धन तथा गठबन्धनका दलको चर्को आलोचना गर्ने गरेका छन्। बितेका २० दिनमा दलका नेताहरु चुनावी अजेन्डाभन्दा एकअर्काको आलोचनामा बढी केन्द्रित भएको देखियो।

सरकारको नेतृत्वमा रहँदा दुई–दुईपटक संसद् विघटन गरेका एमाले अध्यक्ष केपी ओली आफू नेतृत्वको सरकारको उक्त निर्णयको बचाउ गर्दै चुनावी कमाण्डको नेतृत्व गर्दै मैदानमा छन्। ओलीले १७ गते दार्चुलाबाट चुनावी सभा सुरु गर्दै छन्। ओलीले आफू नेतृत्वको सरकार हुँदा ल्याइएको चुच्चे नक्साको अधिकारिकता र राष्ट्रवादको नयाँ ‘तुरुप’ फ्याल्न पनि दार्चुला रोजेका हुनसक्ने जानकारहरु बताउँछन्। 

अर्कोतर्फ एमाले छोडेर नयाँ पार्टी गठन गरेका माधव नेपाल, तत्कालीन नेकपामा हुँदा ओलीसँग सह–अध्यक्ष रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अघिल्लो निर्वाचनमा बामगठबन्धनकै कारण सानो पार्टीमा खुम्चिए पनि ओलीले संसद् विघटन गरेपछि सत्तामा पुनारागमन गरेका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाहरुले ओलीको आलोचनालाई प्रथम अजेन्डा बनाएका छन्। ओलीले गरेको संसद् विघटनलाई ‘प्रतिगमन’को संज्ञा दिएका उनीहरुले आगामी निर्वाचनमा पनि उक्त विषयलाई प्रमुख मुद्दा बनाउने भएका छन्। 

घोषणापत्रमा अनेक प्रतिबद्धता
नेपाली कांग्रेसले (उसकै शब्दमा) अव्यवस्थालाई सुव्यवस्थामा बदल्न घोषणापत्रमा १२ प्रतिबद्धता व्यक्त गरेको छ। 

प्रतिबद्धताको पहिलो नम्बरमा हरेक सार्वजनिक निकायका अधिकारीहरूले प्रत्येक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्ने बाध्यकारी कानुन जारी गर्ने भनिएको छ। 

सेवा प्रवाहसम्बन्धी तीनै तहका सरकारका कार्यालयमा हुँदै आएका विकृति–विसंगति, भ्रष्टाचार, ढिलासुस्ती र झन्झटिलो अवस्थाको अन्त्य गरी प्रभावकारी, कार्यमूलक र सेवामुखी बनाउँदै आधुनिक प्रविधिको प्रयोग गरी सरल, सहज र छिटोछरितो सेवा उपलब्ध गराउने पनि कांग्रेसले बताएको छ।

यस्तै, कृषकले प्रत्येक वर्ष भोग्नु परिरहेको रासायनिक मलको समस्या समाधान गर्न निजी क्षेत्र समेतको सहभागितामा आन्तरिक उत्पादनलगायत दीर्घकालीन उपाय खोज्ने भनिएको छ।

यस्तै, बाबुरमा भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टीले भने आफ्नो घोषणापत्रमा ‘लोकतन्त्रको लोकतान्त्रिकीकरण’का लागि १० संकल्प प्रस्तुत गरेको छ। राज्यको संघीय पुनर्संरचना, आन्तरिक लोकतन्त्र, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुख, मन्त्रीमण्डल स्वतन्त्रतापूर्वक गठन, सांसदको भूमिका विधायकी, समन्यायिक समावेशिता, शक्ति पृथकीकरण, जनमत संग्रह, राइट टु रिजेक्ट र राइट टु रिकल र आर्थिक पारदर्शीता जस्ता बुँदाहरु नेसपाको घोषणापत्रमा समावेश छन्।

नेपाल मजदूर किसान पार्टीले नेपाली कांग्रेस र नेकपा (एमाले)को भूमिकाको चर्चा गर्दा घोषणापत्रमा ती दुवै दल नेतृत्वको गठबन्धनलाई एउटै सिक्काका दुई पाटाको रुपमा चित्रित गरेको छ। दुवै गठबन्धन सिद्धान्तहीन भएको टिप्पणी गर्दै नेमकिपताले पुँजीवादी सरकारको भागबन्डा गर्ने चाँजोपाँजोका लागि मात्रै गठबन्धन भएको बताएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १०:३५
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्