• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
एक पलको हिस्सा बेदकोट ताल
64x64
गगन अविदित बिहीबार, कात्तिक २४, २०७९  ०९:०९
1140x725

भदौको महिना। वर्षा ऋतु मैजारो हुने बेला। शरदको आरम्भ हुने याम। 

पहाडमा चिसोको उपस्थिति बाक्लिन थाले पनि तराईमा गर्मीले आफ्नो उपस्थिति मजबुत नै राखेको थियो। उसो त महाकाली किनार, चाँदनी–दोधारा, गड्डाचौकी, महेन्द्रनगर घुम्दा शरीरले उखुम् प्रतिक्रिया जनाइरहेको थियो। कायालाई शीतल छायाँको सख्त जरुरत थियो।

घडिले साढे १ बजाइसक्यो। हामी अब कहाँ जाने त ? राजेन्द्र दादा फ्याट्ट सुनिए। जहाँ गएनि जाउँ, तर शीतल ठाउँमा जाउँ। मेरो प्रतिकृया आयो। 

डडेलधुराको आलिताल घुम्ने हाम्रो योजना तुहिएको थियो। ताल नै जाउँ न त। थप बोलेँ। प्रशान्त दादाले फनक्क बाइक मोडे। बेदकोट जाने अब। उनी सुनिए। म उनलाई फलो गर्दै पूर्वपश्चिम हाइवेमा बतासिएँ। बीच सडकमा निर्धक सुतिरहेका छाडा चौपायाले झसङ्ग बनाइ नै रहे।

Nepal_India_border_gaddachauki_21668050452.jpg
नेपाल–भारत सीमा क्षेत्र, गड्डाचौकी। जहाँ नेपाली झण्डा फरफराइरहन्छ। 

भासी, लालपुर, सुडा हुँदै दैजी आइपुग्यौं। यहाँबाट हामी उत्तरतिर मोडियौं। केहीबेर छाडा चौपाया, सवारी चाप, मान्छे र बस्ती छिचोल्दै घना जंगलभित्र पस्यौं।

केहीबेर जंगलको यात्रा गरेपछि दैजी–जोगबुढा सडकबाट बायाँ मोडियौं। एउटा छाप्रो र सत्तल, ठूल्‌ठूला रूखहरूको बीचमा उभियौं। सत्तलको आगनमा बाइकहरू रोक्यौं। कोही किनारामा उभिएर, कोही साल, सिसौँका रुखहरूमा बसेर हामीलाई मधुर ध्वनीले स्वागत गर्न थाले, राता बाँदरहरू। घना जंगलबीच अगाडि ठूलो पानीको कुण्ड देखियो। बेदकोट ताल! 

Bedkot_Lake_taal_kanchanpur_31668049748.jpg

बेदकोट ताल:
यो ताल सुदूरपश्चिम प्रदेशको सीमावर्ती जिल्ला कञ्चनपुरमा पर्दछ। सदरमुकाम महेन्द्रनगरदेखि २० किलोमिटर टाढा पर्दोरहेछ। महेन्द्र राजमार्गको दैजी चौराहाबाट १३ किलोमिटर टाढा। यही तालको नामबाट साबिकका दैजी र सुडा गाविसलाई गाबेर बेदकोट नगरपालिका बनाइएको रहेछ। यो ताल बेदकोट नपा वडा नम्बर ३ मा पर्दो रहेछ। 

समुद्र सतहदेखि झण्डै ३०० मिटर उचाइमा रहेको यो तालको क्षेत्रफल ५८० मिटर लम्बाइ, २६० मिटर चौडाइ र १५.८५ मिटर गहिराइ रहेको बताइन्छ।

Bedkot_Lake_taal_kanchanpur_11668049747.jpg

तालमा थरीथरीका माछाहरू भएता पनि मार्ने गरिँदैन रे। घना जंगलको बीचमा अवस्थित यो तालको पानी कंचन नै देखियो। तालको सतहमा पातहरू देखिएनन्। देउताको शक्तिका कारण पातहरू नहुने किम्बदन्ति रहेछ। 

हामी तालको वरिपरि एक फन्को हान्ने योजना मुताबिक हिड्यौं। मन्दिर ठडियो। ढुङ्गाले बनेको चौतारोमा विशाल पिपलको शीतलतामा सुस्तायौं निकै बेर। हामिले फन्को मारेनौं। प्रशान्त दादालाई असहज महसुस भएको थियो। राजेन्द्र दादाले दाहिने हत्केलाको पञ्जा प्रशान्त दादाको निधारमा राखे। ज्वरो रैछ। ज्वरो उतार्ने पुरातन विधि राजेन्द्र दादाले तत्काल लागु गरे। एकछिन हाँसो छायो। 

हामी तालकै अग्रभागमा फर्कियौं। राजहाँस देखियो तालमा। उसको उडान, अवतरण, पौडाइ र चराइलाई निकै बेर नियालेँ मैले। 

Raj_Haans_Duck_Bedkot_taal1668049750.jpg

नजिकैको मन्दिर शिवको रहेछ। सिद्ध–बैजनाथ बाबाको मन्दिर पनि भनिदो रहेछ। मन्दिरमा विवाह, ब्रतबन्ध जस्ता कर्मकाण्ड पनि हुने रहेछन्। 

थरिथरिका पुतलीहरू, फूलहरू, विभिन्न चराचुरुङ्गीको चिरविर, बाँदरको चिरविर, हरिया चुरे पर्वत, घना जंगलले निकै सुन्दरता भरेको पाइयो तालमा। 

Bedkot_Lake_taal_kanchanpur_51668049749.jpg

सुदुर पश्चिमकै धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलका रुपमा परिचित हुँदै गैरहेको रहेछ ताल र यस वरपरको क्षेत्र। तालबारे थरिथरि किम्बदन्ति रहेछन्। 

तालको रेखदेख गरिरहने बझाङतिरका जट्टावाल बाबा त्यहीँ बस्दा रहेछन्। उनीसँग निकै बेर भलाकुसारी भयो। एउटा ज्याद्रो बाँदरदेखि, राजहाँससम्म, उनको जीवन भोगाइदेखि ताल बारेका किम्बदन्तिसम्म। उनी खुलेर प्रस्तुत भए।  

पाण्डवहरूको वनबासकालीन समयमा १ वर्ष यहीँ विताएका थिए। उनीहरूले पानीका लागि यो ताल बनाएका थिए भन्ने किम्बदन्ति पनि रहेछ। पाण्डवहरुले बेदधुनि जगाएकाले यो क्षेत्रको नाम बेदकोट रहेको भन्ने पनि भनाइ रहेछ।

Bedkot_Lake_taal_kanchanpur_41668049749.jpg

परापूर्वकालमा बेदकोट क्षेत्रमा आइ माघ शुक्ल दशमीका दिन रात्री समयमा पूजा गरियो। पूजापछि ब्राह्मणले खाना पकाएर सबै भक्तालुलाई खुवाए। तर ब्राह्मणलाई पुगेन।  ब्राह्मण भोकै सुत्न लाग्दा उनको शिरानीबाट पानीको मुहान फुट्यो। त्यहि मुहान बेदकोट नामले प्रचलित बनेको अर्को किम्बदन्ति पनि सुनियो। 

Flower_Bedkot_lake_kanchanpur1668049749.jpg

तराईको उखरमाउलो गर्मीलाई छल्न तथा एकान्तमा रमाउन चाहाने पर्यटकको लागि यो क्षेत्र उत्तम रहेछ। धनगढी, महेन्द्रनगर तथा छिमेकी देश भारतका बनबासा, टनकपुर, खटिमा लगायतका विभिन्न ठाउँबाट भ्रमण तथा पूजापाठ गर्ने उद्देश्यले मानिसहरू आउँदा रहेछन्। 

६० फिट अग्लो भ्यू टावर बनाइएको रहेछ, जहाँबाट ताल, बेदकोट छेत्र, चुरे पहाड र कञ्चनपुर र कैलालीका विशाल फाँटहरूको अवलोकन गर्न सकिने रहेछ। 

Bedkot_Lake_taal_kanchanpur_21668049748.jpg

यस क्षेत्रका मन्दिरहरूमा रहेका पुरातात्त्विक महत्वका मुर्तिहरू चोरी पैठारी भएको भन्ने पनि सुनियो। 

घडीको सुइले ४ बजाइसकेको थियो। चर्को सूर्य शीतल भइरहेको थियो। उसको यात्रा पश्चिमी डाँडातिर लम्किरहेको थियो। हामीलाई फर्कनु थियो। जट्टावाल बाबासँग सेल्फी हानेर हामि जोगबुढा–दैजी मार्ग हुँदै महेन्द्र राजमार्गमा मिसियौं। 

Selfie_Bedkot_lake1668050038.jpg

अत्तरिया आइपुग्दा हामीलाई चर्को हुरी र बतासे पानीले पछ्याइसकेको थियो।

 

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  ०९:०९
  • #यात्रा
  • #सुदूरपश्चिम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गगन अविदित
लेखकबाट थप
सम्बन्धित सामग्री
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थ... आइतबार, फागुन १८, २०८१
ताजा समाचारसबै
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
दुई संसदीय समितिको बैठक बस्दै सोमबार, असार २३, २०८२
झलनाथ खनाल चीन भ्रमणमा जाँदै सोमबार, असार २३, २०८२
अमेरिकी सहयोग कटौतीले २०३० सम्म १ करोड ४० लाखभन्दा बढीको ज्यान जाने खतरा: द ल्यानसेटको रिपोर्ट सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्