• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
ओलीलाई ‘काउण्टर’ दिन दार्चुला पुगेका सत्ता गठबन्धनका नेता भन्छन्: उनले मात्र ‘चुच्चे नक्सा' ल्याएका हैनन्
64x64
ईश्वर बराल बुधबार, कात्तिक २३, २०७९  २२:१२
1140x725

काठमाडौं– ‘जब चुनाव आउँछ दार्चुला आउँछन् अनी तुइनबाट मरेको वा अर्को दुर्घटनामा परेर सहिद भएकोहरुलाई सम्झेर गोहीको आँसु झार्छन्। सक्कली आंसु हैन त्यो,’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दार्चुलको चुनावी सभामा भने ‘तपाईहरु कोही भ्रममा नपर्नु होला। केपी ओलीले हैन नयाँ नक्सा बनाएको। म पनि अध्यक्ष थिएँ त्यही पार्टीको। म समेत अत्यधिक बहुमत स्थायी कमिटीले यो नक्सा बनाउनु पर्छ भनेपछि बाध्य भएर बनाएको हो।’

एमाले अध्यक्ष ओलीले १८ कात्तिकमा दार्चुलाको सदरमुकाम खलङ्गाबाट चुनावी सभा सुरु गर्दा  राष्ट्रियतालाई प्रमुख ‘चुनावी हतियार’ बनाउने देखिएको थियो। उक्त दिन ओलीले सुदूर पश्चिम प्रदेशका तीन जिल्लामा गरेको भाषणको सार मूलतः उनी नेतृत्वको सरकारले जारी गरेको ‘चुच्चे’ नक्सालाई लिएर राष्ट्रवाद उछाल्नेमा केन्द्रित थियो। त्यसपछिका चुनावी भाषणमा ओली निरन्तर त्यसैको पक्षपोषणमा केन्द्रित भइरहेका छन्। सुदूरपश्चिम पछि गण्डकी प्रदेशमा गरेको चुनावी सभामा पनि ओलीले त्यहि कुरालाई प्राथमिकता साथ दोहोर्याएका थिए।

ओलीले चुनावी सभा सुरु गरेको दार्चुलाकै खलङ्गाबाट करिब ६५ किमी टाढा दार्चुलाकै गोकुलेश्वरमा बुधबार चुनावी सभा गर्न पुगेको सत्ता गठबन्धनका प्रमुख नेताको भाषण ओलीको चुनावी हतियारलाई खण्डन गर्न र गठबन्धनको महत्ता स्थापित गर्नमा केन्द्रित रह्यो। गठबन्धनका नेताको एकै स्वर थियो ‘चुच्चे’ नक्सा ओलीले मात्र ल्याएका हैनन्। त्यस्तै, गठबन्धनको महत्ता स्थापित गर्ने सन्दर्भमा भने गठबन्धनका नेताहरु आफूहरु संविधान बचाउन अग्रगमनतर्फको यात्रामा  र ओली संविधान च्यात्तै प्रतिगमनको बाटोमा भन्ने भाष्य स्थापित गर्ने प्रयत्नमा छन्। 

दार्चुला सभालाई ‘काउण्टर’ दिंदै दार्चुलाबाटै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले ‘चुच्चे’ नक्सा सबै दल भएर ल्याएकोले ओलीले मात्र ल्याएको भन्ने दावी गर्नु गलत भएको टिप्पणी गरे।

‘अहिले धेरै किसिमका अफवाह फैलाउने काम भइरहेका छन्। मैले सुनिरहेको छु ओलीजी आएर दार्चुलामा लिपुलेक फिर्ता ल्याउँछु भन्नुभएछ। उहाँले भनेर केही हुनेवाला छैन। यो कालापानी, लिपम्पियाधुरा, लिपुलेक नेपालको भूमि हो भनेर संसद्ले एकलौटी भएर, एक आवाज भएर हामी सबैले पास गरेका हौं,’ देउवाले भने,‘अरुले गरेकै थिएनन्, ओलीले मात्रै गरेको भन्ने झुटा कुरा गर्नुभएको हो। दुई तिहाई उहाँले गरेर आएको छ? दुई तिहाइले गरेको हो। त्यसमा कांग्रेस, माओवादी सबै पार्टी भएर गरेको हो। अहिले ओलीले अरुले केही गरेकै छैन, आफूले मात्रै गरेँ भनेर झुटो कुरा गर्दैछन्।’

देउवाले भारतसँग सम्वाद गरेर गुमेको भूमि फिर्ता लिनु पर्नेमा ओलीले राष्ट्रलाई अप्ठ्यारोमा पारेको आरोप लगाए। ‘भारतसँग कुरा गर्नुपर्छ। ओलीजीले बोलेर जानुभएको छ, उहाँले दार्चुलामा होइन भारतसँग कुरा गर्नुपर्थ्यो। दार्चुला आएर फिर्ता हुने छैन। सबैलाई थाहा छ लिम्पियाधुरा, लिपुलेक, कालापानी कहाँ छ भन्ने। नेपालको भूभाग हो तर नेपालसँग छैन। आज राष्ट्रलाई अप्ठ्यारो ठाउँबाट ल्याइएको छ,’ देउवाले भने।

यस्तै‚ प्रचण्डले ओलीसँग एकता गरेर नेकपा बनाउंदा आफू भम्रमा परेको दुखेसो पोख्दै ओली चरित्र, उनकै शब्दमा, पाखण्डी रहेको टिप्पणी गरे। 

‘संविधान सभाको विरोध गर्ने, नेपालमा गणतन्त्र हुनै सक्दैन भनेर टिप्पणी गर्ने केपी ओलीले पनि संविधानमा हस्ताक्षर गरिसकेपछि यिनको बुद्धि फिरेको भन्ने म भ्रममा परेँ, देशमा राजनीतिक स्थिरता होला भनेर पार्टी एकताको प्रस्ताव पनि गरेँ,’ प्रचण्डले भने,‘तर एकता गरिसकेपछि थाहा भयो ओली त मौकाको ताकमा बसेका रहेछन्। जब पावर हातमा आउँछ अनि यो संविधान च्यात्ने दाउमा बसेका रहेछन्। सबै उत्पीडित, जाति, वर्ग समुदायले पाएको अधिकार खोस्ने उद्देश्यले उनी बसेको थाहा भयो। उनले पाखण्डी चरित्र देखाएका रहेछन्।’

गठबन्धनको आवश्यकता र औचित्यबारे चर्चा गर्दै प्रचण्डले ओलीले संविधान च्यात्न लागेको आरोप लगाए। 

‘ठूलो संघर्षबाट प्राप्त नेपाली जनताको अधिकारको संरक्षण, संविधानको रक्षा, संघीयता, लोकतन्त्र र नेपाली जनताको पक्षमा हाम्रो गठबन्धन बनेको छ,’ प्रचण्डले ओलीलाई र एमालेलाई लक्षित गर्दै भने, ‘जो हिजोका दिनदेखि नै संघर्षबाट प्राप्त उपलब्धिहरुको विरोधी थियो। अहिले पनि निकै ठूलो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरुलाई उल्टाउन चाहन्छ, संविधानलाई च्यात्न चाहने, मुलुकमा राजतन्त्र फर्काउन चाहनेहरुको पनि गठबन्धन बनेको छ। त्यसको नेतृत्व केपी ओलीले गरेका छन्।’

यता प्रधानमन्त्री देउवाले वर्तमान गठबन्धनको आवश्यकता रहेको भन्दै यो बर्षैँसम्म जाने बताए।

‘लामो लडाइँपछि लोकतान्त्रिक व्यवस्था हामीले ल्याएका छौं। यसलाई बचाएर देशको विकास गर्नुछ। देशलाई समृद्ध, सम्पन्न बनाउनु छ। त्यसैले आज यो महत्वपूर्ण जिम्मेवारी गठबन्धनको काँधमा आएको छ। हामीमा पूर्ण एकता छ। कुनै शंका नगरे हुन्छ। यो गठबन्धन वर्षौंसम्म चल्नेछ। नेपालको अहिलेको आवश्यकता हो। राष्ट्रिय आवश्यकता हो,’ देउवाले भने।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  २२:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्