• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नयाँ सांसद समानुपातिक सांसद गमता विकः दुई दिन बन्धक, तानेर विवाह
64x64
धनु विश्वकर्मा शनिबार, पुस २, २०७९  ०८:३६
1140x725

काठमाडौं- कर्णाली प्रदेशको दैलेखबाट समानुपातिक सांसद बन्न सफल दलित महिला हुन् गमता विक। उनी नेकपा एमालेका तर्फबाट प्रदेश सभा सदस्य चुनिएकी हुन्।

दैलेखको आठबीस नगरपालिका- १, सात्तला निवासी गमता लामो समयदेखि राजनीतिसँगै सामाजिक काममा समेत सक्रिय थिइन्। विद्यालय गएर पढ्न नपाए पनि प्रौढ शिक्षा लिएकी उनलाई राजनीति तथा समाजमा गरेको योगदानको कदर गर्दै एमालेले प्रदेश सभामा सांसद बनाएको हो।

गमताका बुबा भारतमा चौकीदारी गरेर घर चलाउँथे। बुबाको निधनपछि घरकी जेठी छोरी भएकोले आमा, चार भाइ र तीन बहिनीको जिम्मेवारी उनकै काँधमा आयो। गरिब परिवारकी गमताको बाल्यकाल मेलापात, घाँस-दाउरा, वस्तुभाउ हेरेर बित्यो।

केही पछि उनका भाइ भारत जान थाले। गाउँका पुरुष भारतमा चौकादारी र कालापहाडमा काम गर्न जान्थे। गाउँमा महिला मात्र हुन्थे। उनकी आमाले पनि आठ छोराछोरी हुर्काउन निकै कष्ट भोग्नुपर्‍यो। गमता भन्छिन्, ‘जसोतसो आमाले हुर्काइन्, बढाइन्। पढ्न मन थियो। त्यो बेला छोरी त्यसमाथि दलित समुदायबाट सम्भव भएन। पढ्ने हुट्हुटी कहिल्यै सकिएन। बाँच्न धौधौ थियो, कहाँ पढ्न पाउनु’, उनले सुनाइन्।

दुई दिन बन्धक राखेर, तानेर विवाह
गमता १८ वर्षकी भएकी थिइन्। उनका सबै दौंतरीको विवाह भएर छोराछोरी समेत भइसकेका थिए। यो उमेर परिवार र समाजका लागि भारी थियो। उमेर बढ्दै जाँदा घरमा विवाहको कुरा चल्यो। चर्चा सुरु भयो। आफूभन्दा साना बहिनीको विवाह भइसकेकोले उनलाई पनि जसरी हुन्छ घर गरेर खाने चुनौती बढ्यो। 

२०४९ सालमा गाउँ नजिकैका हरि कामीसँग गमताको विवाह गरिदिने कुरा भयो। दुवै परिवारले निर्णय गरे तर गमतालाई सोधिएन। उनलाई हरिसँग विवाह गर्न मन थिएन। इन्कार गरिन्। केही सिप चलेन। 

असार १४ गतेको दिन थियो। घरकाले उनलाई दुई दिनसम्म कोठामा बन्धक बनाएर राखे। उनी हरिसँग केही भन्न चाहन्थिन् तर छुट थिएन। त्यतिबेला श्रीमान्को अनुहारसम्म नहेरी विवाह गर्ने चलन थियो।

नमान्दा नमान्दै माइती र घर पक्षले उमेर ढल्किसकेको भन्दै जबरजस्ती तानेर ८ कक्षासम्म पढेका हरिसँग उनको विवाह गरिदिए।

झरोको सहारामा प्रौढ शिक्षा
विवाह भइसकेपछि पनि पढ्ने इच्छा कायमै थियो। तर कसरी पढ्ने? माइतीघरमा पढ्ने अवसर नपाएकी गमताले श्रीमान्को घरमा पढ्न पाउने त कल्पना नै थिएन। 

२०५३ सालमा उनले छोरा जन्माइन्। छोरा दुर्गेश विकले रेडियोग्राफी पढेका छन्। बुटवलको निजी अस्पतालमा काम गर्छन्। २०५४ मा उनकी छोरी जन्मिइन्। 

श्रीमान् नेकपा एमालेका कार्यकर्ता थिए। राजनीतिक चेतनाको श्रेय श्रीमानलाई नै दिन्छन् उनी। दुवै जनाको सल्लाहमा दुई सन्तान ईश्वरका बरदान भन्दै परिवार नियोजन गरे। उनी भन्छिन्, ‘त्यो बेला ८/१० सन्तान जन्माउने मेरा दौंतरी छन्। घरमा दबाब हुँदाहुँदै मैले भने परिवार नियोजन गरें।’

छोरी जन्मिसकेपछि गाउँमा प्रौढ शिक्षा सुरु भएको थियो। जहाँ निरक्षरहरुलाई पढाइन्थ्यो। पुरुषहरु पढ्न जान्थे। महिलालाई भने भात–भान्सामा ठिक्क। उनले परिवारमा विद्रोह गरेर प्रौढ शिक्षा पढिन्। सल्लाको झराको सहारामा नाम लेख्न सिकिन्। 

बेलुका खाना खाइसकेपछि गाउँकै प्रौढ शिक्षक महेन्द्र थापाले पढाउँथे। बिजुली थिएन। पहिलो पटक लाल्टिन त्यहीँ देखेकी हुन् उनले। गाउँमा पढाइबाट वञ्चित भएका महिलाले पछि प्रौढबाट १० कक्षासम्म पढे।

गमताको भने पारिवारिक कामले गर्दा पढाइ प्रौढमै सीमित भयो। बाहिर गए छरछिमेकमा फलानोकी श्रीमती बिग्री भनेर कुरा काट्थे। छोराछोरी साना थिए। उनी सासु–ससुरासँग अलग भइन्। घरधन्दा उनको थाप्लोमा आइलाग्यो। जसले गर्दा विद्यालय जान पाइनन्। ‘अझै विद्यालयमा गएर पढ्न मन छ,’ उनले भनिन्। 

छाउ नबार्दा गाउँमा दही-दूध बारेँ
गमता विभिन्न सामाजिक काम लागिन्। स्वास्थ्य स्वयंसेविका भएर काम गरिन्। गाउँमा कृषि समूह, आमा समूह निर्माण गरिन्। छुवाछुत र छाउपडीमुक्त गर्नाका लागि महिला सञ्जाल खोलिन्। 

दैलेखमा छाउपडी प्रथाले समाज आक्रान्त थियो। रजस्वला हुँदा विभेद हुन्थ्यो। आजसम्म पनि महिनावारीलाई पापका रुपमा बुझिन्छ। २०५६ सालदेखि छाउ बार्न छाडिन्। उनी भन्छिन्, ‘गाउँमा पहिलो पटक मैले छाउ बार्न छाडें।’ पहिला अन्य महिला जस्तै छाउगोठ बसे पनि चेतनशील हुँदै गएपछि यसको विरुद्ध आवाज उठाएको उनी बताउँछिन्।

जब छाउ उनले बार्न छाडिन् समाजले बहिष्कार गर्‍यो। घरमा छरछिमेक आउने छाडे। छिमेकीको घरमा जान बन्देज गरियो। एकै धारा र कुवाको पानी पिउन दिइएन। उनको हातको कसैले खाएनन्। दूध-दही न कसैले खाए न कसैले दिए। 

उनले छाउपडी प्रथा विरुद्ध आन्दोलन गरिन्। गाउँमै देवी-देवताका धामी समेत रहेका भीमसिंह थापा र गाउँकै विद्यालयमा विज्ञान पढाउने शिक्षक शेरबहादुर थापाले भने सहयोग गरे। गाउँकै दिदी बहिनीहरुले पहिला छोइछिटो गरे। 

‘तिमी महिनावारी हुँदैनौ’ भनेर सोध्न थाले। छाउ रोक्ने औषधि भए हामीलाई पनि देऊ भन्न थाले। गमताले छाउ नबार्दा पनि छोराछोरी पढेकै छन्। उसलाई केही भएको छैन। यस्तो खालका जिज्ञासा महिलाहरुमा बढ्न थाल्यो। उनले प्रशासनसँग पनि सहयोग मागिन्। 

२० जना महिलाको समूह बनाएर छाउपडी प्रथाका विरुद्ध अभियान चलाइन्। २० जना महिलालाई साथमा लिएर ‘छुई छाना भत्काउने शौचालय बनाउने’ पहिला ७ नम्बर वडामा यो अभियान चलाइन्। र, छुई छानामुक्त वडाका रुपमा घोषणा गरिन्। विस्तारै १ देखि ९ वडासम्म छुई छाना भत्काइन्। जसले गर्दा एक खालको सामाजिक जागरण समेत ल्यायो। 

दलित भएकै कारण प्रमुख अतिथि अस्वीकार
२०५४ को स्थानीय निर्वाचनमा श्रीमान् हरि कामी नेकपा एमालेको तर्फबाट साविकको ५ नम्बरमा वडाध्यक्ष निर्वाचित भए। श्रीमान्को सहयोगले राजनीतिमा लाग्न प्रेरित भइन्। २०५१ सालदेखि नै टोल कमिटीमा संगठित सदस्य भइन्। पार्टीको वडा कमिटी अध्यक्ष हुँदै इलाका उपाध्यक्ष भइन्। 

उनले दुई कार्याकाल क्षेत्रीय कमिटीमा पनि सक्रिय रुपमा काम गरिन्। २०७१ मा भने पार्टीको जिल्ला कमिटी सदस्यमा निर्वाचित भइन्। जिल्ला कमिटी सदस्य भइसकेपछि विभिन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोलाइन्थ्यो। तर जातकै कारण कसैले उनले स्वीकार गरेनन्। गमता भन्छिन्, ‘दलित भएकै कारण मलाई प्रमुख अतिथि बनाएनन्।’ उनी २०७४ पछि पार्टीको प्रदेश सदस्य भइन्। 

२०६२ सालदेखि उनले स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गरिन्। गाउँमा महिलालाई हुने हरेक समस्याको सारथि थिइन गमता। स्वास्थ्य स्वयंसेविका भएर नै उनले दुई सन्तान जन्माउने निर्णय गरेकी थिइन्। महिलाका स्वास्थ्यका सवालमा पनि पैरवी गरिन्। २०७४ मा उपमेयरमा उम्मेदवारी दिएपछि भने स्वयंसेविकाबाट राजीनामा दिइन्।

आठबीस नगरपालिकाको उपमेयरको उम्मेदवार हुँदै प्रदेश सभा सांसद
२०७४ मा संघीयतापछि पहिलो पटक स्थानीय तहको निर्वाचन भयो। गमताले स्वास्थ्य स्वयंसेविकाबाट राजीनामा दिएर आठबीस नगरपालिकाको उपमेयरको उम्मेदवार बनिन्। काम देखेर पार्टीका नेताहरु रातको १२ बजे घरमै आएर उपमेयरको टिकट दिएको उनी बताउँछिन्।

महिला त्यसमा पनि दलित, भोट पाउँदिन कि भन्ने डर लाग्यो। चुनाव लड्न आर्थिक स्रोत थिएन। चुनावी कार्यक्रममा विपक्षीले दलित महिलाले हार्छन् भनेर भाषण गर्न थाले। चुनावी अभियानमा जाँदा उनलाई पनि त्यो खालको अनुभूति भयो। अन्ततः उनी पराजित भइन्। नेपाली कांग्रेसकी दीपा बोहरा निर्वाचित भइन्।

चुनाव हारे पनि पार्टीका काममा भने निरन्तर सक्रिय भइन् गमता। भर्खरै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा पनि उनलाई उपमेयरमा उठ्ने दबाब थियो। अन्य महिलालाई पनि अवसर दिनुपर्छ भन्ने लाग्यो। र, उनी पछि हटिन्।

पार्टीले गमताको कामको मूल्यांकन गरेको थियो। पार्टीबाट प्रदेश सभामा समानुपातिकतर्फ उनको एकल सिफारिस भयो। सबैले स्वागत गरे। अन्ततः उनी प्रदेश सभा सदस्यमा निर्वाचित भइन्।

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  ०८:३६
  • #नयाँ सांसद
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
दुई संसदीय समितिको बैठक बस्दै जसअन्तर्गत बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। सोमबार, असार २३, २०८२
झलनाथ खनाल चीन भ्रमणमा जाँदै चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा आयोजित विश्व सभ्यता संवादमा सहभागी हुन खनाल आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्। सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने दिउँसो १ बजे सदनलाई आफ्नो विदेश भ्रमण लगायतका विषयमा सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
दुई संसदीय समितिको बैठक बस्दै सोमबार, असार २३, २०८२
झलनाथ खनाल चीन भ्रमणमा जाँदै सोमबार, असार २३, २०८२
अमेरिकी सहयोग कटौतीले २०३० सम्म १ करोड ४० लाखभन्दा बढीको ज्यान जाने खतरा: द ल्यानसेटको रिपोर्ट सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्