• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
स्थलगत रिपोर्ट बेथानचोक बस दुर्घटना : सुनसान सल्ले गाउँमा रित्तिएका घर
समर्पण श्री/सुरेन्द्र बजगाईं शनिबार, पुस २, २०७९  १३:२९
1140x725

बनेपा– सल्ले गाउँ शोकमग्न छ। बनेपा बजारबाट बाइकमा एक घण्टाको दुरी छिचोलेर हामी शुक्रबार दिउँसो उक्त गाउँ पुगेका थियौं। 

कच्ची सडक र खाल्डाखुल्डी बाटोहरू पार गर्दै जाँदा सहरको छेउमै रहेको गाउँले भोगेका असुविधा अनुभूत गर्न सकन्थ्यो। ‘यो ठाउँका मानिस गरिब छन्। छाक टार्न त धौ–धौ स्थितिमा घाइतेहरू बाँचुन्जेल उपचार कसरी गर्न सक्छन्? कमाउने मान्छे नै बितेपछि परिवारको हाल के होला?’ बेथानचोकमा भएको बस दुर्घटनामा गुमेका र घाइतेहरू सम्झँदै बनेपा वडा नम्बर ११का वडाध्यक्ष शिव कुमार थापा भावुक सुनिए।

गत २७ मंसिरमा काभ्रेको बेथानचोकमा ब्रतबन्धबाट फर्कँदै गरेको बस चलालगणेस्थानमा दुर्घटनामा पर्‍यो।  १७ जनाले ज्यान गुमाए। बाँकी घाइतेहरू उपचाररत् छन्। मृत्यु भएका मध्ये अधिकांश सल्ले गाउँकै छन्। एकै परिवारका ८ जना पनि यही गाउँका। घाइतेहरू पनि बढीजसो यही गाउँका। ‘अब गाउँ सुनसान भयो, विकासमा लाग्ने हात टुटे। केही गर्छु भन्नेहरू पनि रहेनन्,’ वडाध्यक्ष थापाले भने। 

उनले भनेजस्तै गाउँ मौन थियो। प्रत्येक घरका ढोकाहरू बन्द थिए। सधैं भरिने बाटाहरू रित्ता थिए। ‘कति दिन भयो मलाई माथि पसल जान मन लागेको छैन, दुध लिएर डेरी जान मन छैन,’ सल्ले गाउँ उक्लनेबेला ६० वर्षकी फूलमाया मगरले भनिन्, ‘त्यो रित्तो ठाउँ कसरी पो जानु!’

 

फूलमायालाई सधैं ओरालो झर्दा बोलाउने आवाजहरू अब कहिल्यै सुन्न नपाउने पिरले सताइरहेको छ। त्यही कुरा सम्झिरहँदा काम गर्ने जाँगर पनि हराउँछ उनको। 

आँगनबाट माथि घरहरू हेर्छिन्, घरमात्र उभिएको देख्छिन्। डिलमा देखिरहने परिचित अनुहार पाउँदिनन्। 

अनि खुइया् काढ्छिन्।

उकालो लागेपछि सल्ले गाउँको माझमा डेरी र पसल आउँछ। अरुबेला त्यहाँ मानिसहरू झुम्मिरहेका हुन्थे। अहिले त न बिहान कोही आउँछन् न साँझ। त्यसरी आउनेहरूमध्ये कोहीले ज्यान गुमाए, कोही घाइते भएर उपचारमा छन् र बाँकी घाइतेहरूको कुरुवा बस्न बनेपा, धुलिखेल, भक्तपुर र काठमाडौंका अस्पतालमा बाँडिएका छन्।

वरिपरी गाउँमा कोही बाँकी छन् भने वृद्धवृद्धा, बालबालिका र बच्चा हुर्काइरहेका महिलाहरू छन्। 

करिब ७५ वर्षीय मंगलबहादुर स्याङ्तानका छोराहरू अहिले अस्पताल धाइरहेका छन्। बाँचेकाहरूलाई स्वस्थ बनाएर फर्काउन भनी उनीहरू हिँडेका छन्। 

दुर्घटनामा मंगलबहादुरको बहिनीका परिवार परे। आफ्नाहरूको निधनले उनको निद हराएको छ। उनलाई लागिरहेको छ, ‘अब यो गाउँमा न दिन रमाइलो बित्छ, न चाड। आफ्नाहरू विनाको पनि रमझम आउला र!’

मंगलबहादुरकी श्रीमती च्याल्टीमा भएको ब्रतबन्धमा जान चाहेकी थिइन्। तर उनले जान दिएनन्। ‘पैसा जानेहरूसंग नै पठाइदेऊ भनेँ। रिसाएर बसेकी थिई। गएकी भए फर्किएर आउन पाउँदी रैछ त!’ मंगलबहादुर मलिन हुँदै भन्छन्।

पसल भएको घरको आँगनमा २/३ जना वृद्धवृद्धा थिए। उनीहरू घटनाबारे कुरा उप्काइरहेका थिए। ‘लाश बुझ्न आएका छोराहरू पनि बेहोस् भए रे है,’ ७० वर्षीया पुतली स्याङ्तान सुनाउँदै थिइन्। 

एउटै परिवारका ८ जनाको मृत्यु भएपछि लाश बुझ्ने मान्छेधरि थिएनन्। दुई सदस्य जयराम तामाङ मलेसिया र अमर तामाङ जापानबाट फर्किएका थिए। उनीहरूले शुक्रबार नै ८ जनालाई  दागबत्ती दिइसकेका छन्।

एउटै परिवारका ७९ वर्षीय निर्मला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ५० वर्षीय आकुर तामाङ, ४३ वर्षीय हेमा तामाङ, ३० वर्षीय बुद्ध तामाङ, २८ वर्षीय मञ्जु तामाङ, २७ वर्षीय कोपिला तामाङ र १० वर्षीय पुष्कर तामाङले दुर्घटनामा ज्यान गुमाएका थिए।

बाँकी घाइते उपचाररत् छन्।

नयाँ खबर के आउँछ भन्ने प्रतीक्षामा बसिरहेकी थिइन् पुतली। अब सबै निको भएको समाचार आओस् भन्ने प्रार्थना उनको थियो। कतिपयको अवस्था सामान्य  भएको सुन्न पाउँदा भने मन केही शान्त हुन्छ उनको। 

दुर्घटनामा परेको घरतर्फ पुतली आँखा उठाएर हेर्छिन्। अनि भन्छिन्, ‘धन्न। यो टोलमा त्यो दिन बिहे नपरेको भए अझ कति जना मर्ने थिए।’

उनका अनुसार त्यो दिन गाउँमा बिहे थियो। बिहेले गर्दा निम्तो आएका थुप्रै मान्छे जान पाएनन्। नत्र आफ्नै परिवारभित्रका सदस्य पनि पर्ने थिए पुतलीका। 

उनका बुहारीहरू पनि यतिबेला अस्पताल छन्। ‘सक्ने र बल भएकाहरू कोही छैनन् गाउँमा। सबै उतै गएका छन्,’ उनी भन्छिन्। 

ब्रतबन्धमा जाँदा हात हल्लाएर बाइबाइ गरेकाहरू अब कहिल्यै नफर्किने कुराले मुर्छित बनाएको छ सोनी तामाङलाई। सोनी र उनकी जेठानी आँगनमा दुर्घटनाकै कुरा गरिरहेका थिए। 

जेठानी फोनबाट घाइतेहरूको स्वास्थ्यबारे जानकारी लिँदै थिइन्। 

सोनी पनि ब्रतबन्धमा जाने तरखरमा थिइन् अघिल्लो दिनसम्म। तर जानेदिन उनको मुड बदलियो। ब्रतबन्धमा बरु जानेहरूलाई पैसा पठाइदिइन्। 

दुर्घटनाको खबर सुनेको क्षण उनीहरूको कालो दिन थियो। घाइते हिरामान तामाङकी श्रीमतीले उनकै घरमा आएर श्रीमान्‌लाई तीन पटकसम्म कल गरेकी थिइन्। चार पटकको पालोमा प्रहरीले फोन उठाएर भनेका थिए, ‘तपाईंको श्रीमान् बेहोस् हुनुहुन्छ। हस्पिटलमा आउनुहोस्।' 

साना बच्चाहरू छाडेर उनी रुँदै अस्पताल दौडिएकी थिइन्। ‘उनी त बाँचे। टाउकोमा पानी जमेर अप्रेसन गर्नुपर्छ भनेका थिए डाक्टरले। अहिले खतरामुक्त छन् रे,’ सोनी भन्छिन्। 

हिरामानका दुई सन्तान सोनीकै रेखदेखमा छन्। ‘छोरी ममी बाबा जानी भन्छिन, हामीले आज पनि बल्ल फकाएर स्कुल पठायौं,’ उनी भन्छिन्।

सोनीकै परिवारका सदस्य पनि यतिबेला घाइते कुर्न अस्पताल गएका छन्।

घटना भएको दिन त्यो गाउँको अधिकांश घरमा चुलो बलेन। कति घरमा त अहिले पनि बलेको छैन। ‘अब सबै घाइतेहरूको राम्रो भइदिए हुन्थ्यो,’ सोनीको प्रार्थना छ।

वडाध्यक्ष थापा मृतकको परिवार र घाइतेहरूलाई क्षतिपूर्ति दिलाउन लागिपरिरहेका छन्। उपचारका बारेमा जानकारी लिइरहेका छन्। गाउँमा यो संकटकाे घडीमा उनले राहतको आग्रह गरेका छन्। ‘यहाँको परिवार र गाउँलाई राहतको आवश्यक छ। सक्नेहरूले सहयोग गरिदिनुहुन मेरो आग्रह छ,’ थापाले भने।

यो पनि:

१७ जनाको ज्यान गएको बस दुर्घटनामा बाँचेका सहचालक: पुनर्जीवन मिल्यो, तर उपचारको चिन्ता 

बेथानचोक बस दुर्घटना : न आफ्ना रहे, न आफन्त!

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १३:२९
  • #बेथानचोक बस दुर्घटना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
आज मोहर्रम पर्व मनाइँदै मुसलमान समुदायका व्यक्तिहरूले पर्वका अवसरमा आफ्नो गच्छेअनुसारका ताजिया घरमा स्थापना गरेका छन्। मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदक... आइतबार, असार २२, २०८२
झोलुङ्गे पुलले छोटियो यात्रा दुई वडाका गाउँ जोड्नका लागि पुलले निकै सहज बनाएको छ। रुरुक्षेत्र गाउँपालिका–१ र २ अन्तर्गत थोर्गा तथा ग्वादीको बीचमा झोलुङ्गे पुल नि... मंगलबार, असार १७, २०८२
जनकपुरमा क्यान्सर पहिचान अभियानमा विनयतारा र पूर्व राजदूत डेलिसी नेतृत्वको इन्गेज नेपाल शिविरकै अवसरमा तीनवटा तालिम कार्यक्रम पनि सञ्चालन गरिएको थियो। उच्च रक्तचाप : रोकथाम र परीक्षण,  अष्टोमी हेरचाहसम्बन्धी जनचेतना र स्... सोमबार, असार १६, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्